शुभ कामना
शुभ
कामना
अनुपम साहित्य समाज,
बर्दियाबाट 'उद्गार' नामक साहित्यिक
पत्रिका प्रकाशन हुन लागेको समाचारले मलाई हर्षित तुल्याएको छ । साहित्यको
अध्ययनबाट नै मान्छे थाह नै नपाई परिवर्तन हुन्छ र सभ्यताको यात्रातिर अगि बढ्छ ।
त्यसैले साहित्य समाज रूपान्तरणको महत्त्वपूर्ण माध्यम मानिन्छ । अतः 'उद्गार'को
प्रकाशनमा संलग्न प्रकाशक, सम्पादक र सर्जक महानुभावहरुको सत्प्रयासको म सराहना
गर्दछु र प्रकाशनको सफलता एवम् निरन्तरताका निम्ति हार्दिक शुभ कामना व्यक्त
गर्दछु ।
बर्दियामा नेपालीका
साथै अवधी, थारु, उर्दु, राजी आदि भाषाहरु बोलिन्छन् । तिनका आआफ्नै मौखिक र लिखित
साहित्य छन् । विभिन्न शैक्षिक, बौद्धिक र सामाजिक सङ्घसंस्थाहरु पनि त्यहाँ
सक्रिय छन् । खास गरी परिवर्तित नेपालको उन्नतिका लागि केही गर्न चाहने नयाँ
पुस्ता भरोसालाग्दो ढङ्गले क्रियाशील हुन थालेको छ । यी सबैलाई 'उद्गार'ले स्थान
दिई समाजमा जागरणका निम्ति विशेष योगदान गर्न सक्तछ । यसतर्फ सम्बन्धित सबैको
दृष्टि पुग्ने विश्वास म गर्दछु ।
हाम्रो समाज अहिले
पनि रूढिबुढि, असमानता र उत्पीडनमा निसासिएको छ । तिनबाट मुक्तिका उपायका निम्ति
छटपटाइ रहेको छ । ज्ञान विज्ञानका नौला नौला प्रदेश चहारेर समाजका आँखा खोल्ने
काममा साहित्यिक पत्रिकाको ठुलो भूमिका रहन्छ । कथा, गीत, कविता, नाटक, निबन्ध,
संस्मरण, चुट्किला, हास्यव्यङ्ग्य आदिका रसिला अभिव्यक्तिको प्रकाशनबाट मान्छेको
ज्ञानको भोग मेट्तै सुन्दर समाजको निर्माण गर्न यसले मार्ग प्रशस्त गर्दछ ।
त्यसैले यो एक विशिष्ट अनुष्ठान हो । यस अनुष्ठानलाई सफलताको सिँढीमा पुर्याउने
सिलसिलामा कैयन् बाधा व्यवधान पनि आउन सक्तछन् । ती सबैको सामना गर्दै अनुपम
साहित्य समाजले एकपछि अर्को उपलब्धि प्राप्त गर्दै जाओस् ! यही मेरो हार्दिक
सदिच्छा छ ।
२०७२ चैत ४ प्रा.डा.जीवेन्द्र
देव गिरी
सदस्य
सचिव
नेपाल प्रज्ञा
प्रतिष्ठान, कमलादी काठमाडौँ
Comments
Post a Comment