सम्झनामा चीन भ्रमण



                                   सम्झनामा चीन भ्रमण
              नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डलको एक सदस्य भएर यस पटक चीनका केही ठाउँ भ्रमण गर्ने अवसर जुर्‍यो । चिनियाँ लेखक सङ्घको निम्तामा सो अवसर जुरेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबिच भएको सम्झौता अनुरूप गत वर्ष चिनियाँ लेखक सङ्घको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आएको थियो भने यस वर्ष हामी त्यहाँ पुगेका थियौँ । चीन जाने धोको पुरा भएकोमा एक प्रकारको सन्तोषको अनुभव पनि भएको छ । अगिल्लो पटक म प्रज्ञा प्रतिष्ठानमा भाषा विभाग प्रमुख हुँदा नेपाली र चिनियाँ साहित्यकारहरुको सद्भावना भ्रमण पालैपालो हुने प्रचलन थियो । चिनियाँ प्रतिनिधि मण्डललाई निम्त्याउने हाम्रो पालो थियो तर कारणवश हामीले निम्त्याउन सकेनौँ । त्यसैले त्यतिखेर चिनियाँ प्रतिनिधि मण्डल पनि आएन, हामी पनि  जान सकेनौँ । त्यतिखेर मनको कुरा मनैमा रह्यो भने झैँ भएको थियो जुन अहिले हुन पाएन । यस भ्रमणले चीन हेर्ने मात्र होइन त्यहाँका लेखकहरुलाई भेट्ने, नेपाली र चिनियाँ साहित्य एवम् वाङ्मयका विविध विषयमा जानकारी साटासाट गर्ने अनि सांस्कृतिक महत्त्वका स्थलहरुको अवलोकन गर्ने मौका प्रदान गर्‌यो ।
              यस भ्रमणका निम्ति हामीले प्रस्ताव गरेपछि चीनबाट  ७ जनाको प्रतिनिधि मण्डल आउन निम्ता प्राप्त भएको थियो । यसबारे  हामीले प्राज्ञ परिषद्का पदाधिकारीहरुबिच सल्लाह र सहमति गर्‍यौँ । कुलपति गङ्गा प्रसाद उप्रेतीको नेतृत्वमा म स्वयम् र प्राज्ञहरु प्रा. दिनेश राज पन्त, डा.अमर गिरी, नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ तथा आर्थिक प्रशासन महाशाखा प्रमुख सुमन अधिकारीको सात सदस्यीय प्रतिनिधि मण्डल चयन भयो । हामीले भ्रमणको तयारी स्वरूप राहदानी लिने काम सक्यौँ  र चिनियाँ अनुरोध अनुसार राहदानीका छायाप्रतिहरु  त्यहाँ पठायौँ । चीनबाट हाम्रो भ्रमणको कार्यक्रमलाई अन्तिम रूप दिई जानकारी पठाइयो । हामीलाई पथ प्रदर्शन एवम् अन्य आवश्यक व्यवस्थाका लागि छेन्दु विमान स्थलमा चिनियाँ लेखक सङ्घका विदेश विभागका महानिर्देशक चाङ थाओ र सोही विभागकी युरोपेली एवम् अमेरिकाली महाशाखा सम्बद्ध चिन लिउयुएको उपस्थिति रहने जानकारी पनि प्राप्त भयो । नेपालमा रहेको चिनियाँ राजदूतावासबाट हामीले निःशुल्क प्रवेशाज्ञा पनि पायौँ । हामीले चीनमा खर्च गर्न चिनियाँ मुद्रा युआन साट्यौँ । २० भदौ २०७२ देखि २६ भदौ २०७२ सम्म अर्थात् ६ सितम्बर २०१५ देखि १२ सितम्बर २०१५ सम्म चीनको भ्रमण गरी त्यसको भोलिपल्ट २७ भदौ तदनुसार १३ सितम्बरमा काठमाडौँ फर्कने चाँजोपाँजो मिलायौँ । यसका निम्ति एअर चाइनाको टिकट लिने काम भयो । यस भ्रमणमा छेन्दुसम्म पुग्न र त्यहाँबाट नेपाल फर्कन लाग्ने यातायात खर्च हामीले बेहोरे पनि चीन भ्रमणको अरू सम्पूर्ण खर्च चिनियाँ लेखक सङ्घले बेहोर्ने व्यवस्था भएको थियो ।
              हामी अन्तर्राष्ट्रिय उडानको नियम अनुसार समयमै विमान स्थल पुग्यौँ । टिकट र  सुरक्षा जाँच गरायौँ  अनि त्रिभुवन विमान स्थलको अति विशिष्ट कक्षमा गएर विमानको प्रतीक्षा गर्‍यौँ । विमानले हामीलाई १०.४० मा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडायो । सगरमाथा हेर्दै उडिने कुराले मेरा मनमा उत्सुकता र उल्लास छाएको थियो । नभन्दै काठमाडौँ छाडेको २० मिनटमै त्यहाँ पुगियो । सबैले सगरमाथा आयो भने तर आफू त विमानको दक्षिणी झ्यालतिर पो परिएछ । त्यसैले सगरमाथा पार गरेको चाल त पाइयो तर देख्‍न भने पाइएन । अलिकति थकथकी लाग्यो । फर्किँदा मौका नगुमे हुन्थ्यो भन्ने सोच्तै मन थुमथुम्याएँ । एक घण्टामा विमानले चीनको तिब्बत स्थित ल्हासाको गङ्ग ग विमान स्थलमा उतार्‍यो । हामी ११.४० मा त्यहाँ पुग्यौँ । हाम्रो ११.४० त्यहाँको १. ५५ पो हुँदो रहेछ । मौसम राम्रो थियो । विमान स्थल व्यवस्थित थियो । रमाइलो लाग्यो । त्यहाँ पुनः टिकट र सुरक्षा जाँच गराउनु पर्दो रहेछ । अरू यात्रीहरु झैँ विमानबाट ओर्लेर सो प्रक्रिया पुरा गर्न हामी अगि बढ्यौँ । हाम्रा एक जना साथी फोटो लिँदै हुनु हुन्थ्यो । त्यसै वेला  फोटो खिच्न पाइँदैन भन्दै एक जना सैनिक वेशभूषाका व्यक्ति देखा परे । ती त मैले त्रि.वि.को कीर्तिपुरमा चार वर्ष पढाएका चिनियाँ विद्यार्थी आइछुङ  पो रहेछन् । उनले त्यहाँको नियम अनुसार फोटो खिच्न नमिल्ने कुरा गरेको बताए र गुरुलाई आफ्नो ठाउँमा देख्‍न पाइयो भन्दै आफ्नो कार्यालयमा लगेर सत्कार गरे । म भने नयाँ ठाउँमा आफूलाई सम्मान गर्ने विद्द्यार्थी पाउँदा मक्ख परेँ । चिनियाँ विद्द्यार्थी लगायत कैयन् विदेशी विद्द्यार्थीलाई मैले कीर्तिपुरमा पढाउने अवसर पाएकोमा मनमनै खुसी पनि लाग्यो । चीनका अन्य ठाउँमा पनि यसरी नै विद्यार्थी भेटिने सम्भावनाले भित्रभित्रै मनको सन्तुष्टिलाई मुसार्‍यो किनकि सयौँ चिनियाँ सञ्चारकर्मी, शिक्षक र युवाहरु त्रि.वि.मा नेपाली भाषा साहित्यको अध्ययन गरेर चीन फर्केका छन् ।
               ल्हासाको विमान स्थलबाट हामी छेन्दुका लागि चिनियाँ समय ३.४५ मा उड्यौँ । तिब्बतका खुरिल्ला डाँडाका माझ ल्हासा विमान स्थल वरपरको हरियाली लोभ लाग्दो देखिँदो रहेछ । हवाई जहाज र हेलिकोप्टरहरु पनि ठुलै सङ्ख्यामा विमान स्थलमा देखिए । त्यहाँको दृश्य नितान्त नौलो थियो आफ्ना लागि । छेउको सिटमा प्राज्ञ नर्मदेश्वरी सत्याल हुनु हुन्थ्यो । नजिकै कुलपति र अरू प्राज्ञहरु पनि हुनु हुन्थ्यो । यात्रा रमाइलो लागि रहेको थियो । सामान्य कुराकानी पनि गर्दै थियौँ । २० मिनट उडि सकेपछि अचानक विमानमा धुवाँ र त्यसको गन्ध आयो । अब पर्‍यो बित्यास ! मान्छेहरु डराउन थाले । चालक दलका सदस्यहरु हातले नडराउन सङ्केत गर्दै यताउता दगुर्न थाले । कसै कसैले 'ब्याक टु ल्हासा' भन्न थाले । अब बाँचिन्न क्यारे जस्तो लाग्यो । केही छिनमा भुईंमा पुगिन्छ र खोज्नेहरुले लासका टुक्राहरु फेला पार्ने छन् भनी मनले हिसाब लगायो । परेको नबेहोरी सुख छैन भनी चुपचाप बसियो । प्राज्ञ नर्मदेश्वरी पनि के हुन्छ होला भन्ने त्रासमा देखिनु हुन्थ्यो । हामीले वैशाख १२ को भूकम्पको त्रासदी  पनि प्रज्ञा भवनमा सँगसँगै बेहोरेका थियौँ । अरूको पनि मुखमा सन्त्रासका रेखाहरु दगुरि रहेका थिए । यस्तैमा विमान ल्हासा फर्किने सूचना दिई पछाडि मोडियो । छिटै विमान स्थल पुगे हुन्थ्यो भन्ने लाग्न थाल्यो । ठिक २० मिनटमा हामी अगि उडेको विमान स्थलमा आइ पुग्यौँ । त्यहाँ माथिबाटै विमान स्थलमा दमकलहरु ठुलो सङ्ख्यामा यताउता गर्न लागेको देखियो  । सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति देखियो । स्वास्थ्यकर्मीहरु पनि ठुलै सङ्ख्यामा तैनाथ थिए । तलको वातावरण देखेपछि मन ढुक्क भयो । केही छिनमै विमानले सुरक्षित अवतरण गर्‍यो । हामीले सकुशल भुईंमा पाइला टेक्यौं । हामीलाई तुरुन्त गाडीमा हालेर कुदाइयो । मूर्च्छा परेका तिन जना यात्रीलाई स्वास्थ्यकर्मीहरुले उपचार गरेपछि ठिक भयो । उहाँहरुमध्ये चीनमा कला प्रदर्शनीका लागि आउनु भएका नेपाली कलाकारहरु पनि हुनु हुन्थ्यो । सबै स्थिति सामान्य भएपछि हामीलाई खाना खुवाइयो । हामीलाई भोक र थकाइ दुबैले सताएका थिए । हामीले त ल्हासामै हाम्रो वास हुन्छ कि भन्ने  ठानेका थियौँ तर त्यसो भएन । विमान स्थलबाटै हामीलाई छेन्दुमा हाम्रो प्रतीक्षा गरि रहनु  भएका चिनियाँ लेखक सङ्घका मित्रहरुसँग हाम्रो टेलिफोन सम्पर्क गराइयो । हामीलाई विमान परिवर्तन गरेर तिब्बतियन एअर लाइन्सको विमानबाट छेन्दु पठाउने तयारी भयो । नेपाली समय अनुसार साँझको ८.४५ मा विमान छेन्दुका लागि उड्यो । अँध्यारो भएकाले भुईंमा केही देखिएन । एकै पटक छेन्दु नजिक पुगेपछि ठुलो क्षेत्रमा सहरको झिलिमिली देखा पर्‍यो । हामीले हाम्रो समय अनुसार  १०.४५ मा छेन्दु विमान स्थलमा पाइला टेक्यौँ । चीनको समय अनुसार रातिको १ बजेको थियो । हामीलाई त्यहाँ चाइना एअरले हस्ताक्षर गराउँदै प्रतियात्री ४०० युआन दियो । सायद दिउँसोको घटनाको क्षतिपूर्ति होला भन्ने हामीले सोच्यौँ ।  हामी चेकजाँच सकेर निस्किने बित्तिकै चाङ थाओ, चिन लिउयुए र सिचुआन लेखक सङ्घका मित्र सोइ छिङ जिङसँग भेट भयो । उहाँहरुले स्वागतका हात मिलाउनु भयो । उहाँहरु अङ्ग्रेजी बोल्ने भएकाले दुबैतिरको स्थिति बुझ्न बुझाउन सजिलो भयो । गाडीमा राखेर उहाँहरुले हामीलाई सिचुवान होटलमा पुर्‍याउनु भयो । त्यहाँ खाना खुवाउने र कोठा कोठामा हामीलाई पुर्‍याउने काम उहाँहरुले गर्नु भयो । भोलिपल्टको कार्यक्रम बिहान ९.३० मा नास्ता खाने, १०.०० मा भ्रमणमा निस्कने र ३.००बजे सिचुआन प्रान्तका लेखकहरुसँग भेटघाट एवम् अन्तरक्रिया हुनेबारे हामीलाई जानकारी दिएर मात्र उहाँहरु हामीसँग बिदा भई आआफ्ना वासतिर लाग्नु भयो । होटलमा कार्डको प्रयोग गरेर ढोका खोल्ने व्यवस्था रहेछ । त्यो हामीलाई सिकाइयो तर हामी सबै त्यसमा अभ्यस्त थिएनौँ । त्यसैले कहिले कार्ड भित्र र आफू बाहिर पर्दा ढोका खोल्न नसकी पुनः होटलका कामदारको सहारा लिनु पर्‍यो भने कहिले भाषा बुझाउन नसकी हातका इसाराले पनि काम लिनु पर्‍यो । यी सामान्य झन्झट आइ लागे पनि चिनियाँहरुको सहयोगी भावना एवम् तत्परताले गर्दा खासै अप्ठ्यारो भने हामीले बेहोर्नु परेन । होटल व्यवस्थित थियो । हेर्नका लागि टेलिभिजन, सञ्चारका लागि टेलिफोन, खानका लागि  फलफुल, पिउनका लागि पानी चिया कफी बियर आदि, नुहाउनका लागि तातो पानी, चिसो पानी, स्याम्पो साबुन, दारी काट्ने सामग्री, काँगियो, दाँत माझ्ने ब्रस, दन्त मञ्जन आदि कोठामै थिए ।  नेपालमा कुरा गर्न भने हामीसँग भएको मोबाइल र फेसबुकले काम गरेन । घरमा सम्पर्कका लागि भाइबर हाम्रो  सहारा बन्यो । त्यसका माध्यमबाट छोरी मञ्जूसँग कुरा गरी यात्रामा सानोतिनो समस्या आए पनि सकुशल छेन्दु पुगेको र चिनियाँ मित्रहरुको  न्यानो स्वागत र साथले गर्दा कुनै समस्या नरहेको अवगत गराएँ ।
      ७ सितम्बरका बिहान नित्यकर्म सकेर नुहाइ धुवाइ गरी हामी नास्ताका लागि कोठाबाट निस्कियौँ । नास्ता खाने ठाउँमा विभिन्न परिकार थिए । त्यहाँ चिया, कफी, जाउलो, भात, खिर, गेडागुडी, केक, सुप, दुध, दही, मिठाई, चाउमिन, अन्डा, माछामासु, फलफुल, आइसक्रिम आदि  किसिम किसिमका खाने कुरा थिए । सबैले आआफ्नो रुचि अनुसार नास्ता गर्नु भयो । आफू सुगरको रोगी भएकाले गुलियो नखाने र मासु पनि खान छाडि सकेको हुँदा आफूलाई मिल्ने खाने कुरा खाएँ । त्यसपछि हामीलाई निर्धारित समयमा सिचुवान सहरका सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थलहरु हेर्न गाडीमा चढाइयो । हामीसँग बेलुका हामीसँग रहनु भएका मित्रहरुका साथै छेन्दुका अन्य दुई जना महिला मित्रहरु पनि थपिनु भएको थियो । उहाँहरु हुनु हुन्थ्यो-लु स्याओ पिङ र सन ली साङ । लु स्याओ पिङ सिचुआन लेखक सङ्घसँग सम्बन्धित हुनु हुन्थ्यो भने सङ ली साङ विद्यार्थी हुनु हुन्थ्यो ।
             सिचुवान प्रान्तको मात्रै जनसङ्ख्या ८ करोड ८८ लाख र राजधानी सहर छेन्दुको जनसङ्ख्या १ करोडको सेरोफेरोमा रहेको हामीले चाल पायौँ । सिचुआनमा भुइँचालो आएर गएको धेरै समय भएको रहेनछ तर पनि अग्ला अग्ला गगन चुम्बी घरहरु निकै निर्माण भएको देखियो । बाटाघाटा पनि चौडा, सफा र व्यवस्थित रहेछन् । गाडीको घुइँचो भए पनि बाटो काट्न सजिलो पार्न जमिनमाथि आकासे पुल र जमिनमुनि सुरुङ मार्गको व्यवस्था गरिएको रहेछ । ठाउँ ठाउँमा बगैँचा त छँदै थिए आकासे पुलका छेउछाउमा पनि फुलहरु फुलि रहेको दृश्य सुन्दर देखिन्थ्यो । चिनियाँ मित्रहरुले त्यहाँका मन्दिर, माओको ठुलो प्रतिमा रहेको पार्क लगायत विभिन्न ठाउँको परिचय दिँदै हामीलाई तु फु थ्याच्ड कटेज नामक सङ्ग्रहालयमा पुर्‍याउनु भयो । त्यहाँ हाम्रो प्रतीक्षामा रहनु भएको व्यवस्थापकले हाम्रो स्वागत गर्नु भयो । ट्रयासी वाङ नाम गरेकी महिला पथ प्रदर्शकले हाम्रा कान कानमा एअर फोन जडान गर्न लगाउनु भयो र वर्णन गर्दै सङ्ग्रहालयभित्र घुमाउन लैजानु भयो । तु फु प्राचीन चीनका प्रसिद्ध कवि भएको र छेन्दुमा निर्वासित जीवन बिताउँदा उहाँले २०० भन्दा बढी कविता रचना गरेको जानकारी वाङले हामीलाई दिनु भयो । सङ्ग्रहालयमा विभिन्न भवनहरु, तु फु र उहाँसँग निकट व्यक्तिहरुका प्रतिमा र अभिलेख, तु फुका कविता पढेर तयार गरिएको उहाँ बस्ने, सुत्ने, खाना पकाउने, खाने र लेख्‍ने कोठा आदि सहितको घर, कवितामा वर्णित वृक्षहरु भएको आँगन सहितको घर, तु फु र प्राचीन कविहरुका कविता सिकाइने घर आदि हामीले हेर्‍यौँ, फोटाहरु लियौँ । वन, खोला र रुख बिरुवाले युक्त सो सङ्ग्रहालय छेन्दु सहरको एक प्रमुख शोभा रहेछ । प्राचीन साहित्यकारका नाममा त्यति राम्रो सङ्ग्रहालय बनेको र हेर्ने मान्छेहरुको घुइँचो लागेको देख्ता हाम्रा साहित्यकारका नाममा पनि यस्ता सङ्ग्रहालय कहिले बन्लान् भनी भानुभक्त आचार्य, मोतीराम भट्ट, लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, चित्तधर हृदय, विद्यापति, फाल्गुनानन्द आदिको नाम स्मरण गरेँ । हामीसँग रहनु भएका चाङ थाओ र चिन ल्युयुएले हामीलाई कहिले छाड्नु भएन ।  हामी भिँडमा कहीँ अलमलिन्छौँ कि भनी उहाँहरु चार आँखा चार कान गरि रहनु हुन्थ्यो । सङ्ग्रहालय हेरि सकेपछि हामीलाई बिहानको खाना खुवाउन एक मुस्लिम होटलमा पुर्‍याइयो । त्यहाँ जातभातको कुनै छेकबार थिएन । हामीले पनि आफूलाई रुच्ने खाना खायौँ । त्यसपछि हामीलाई हामी बस्ने होटलमा पुर्‍याइयो  । सिचुआनका लेखकहरुसँग अन्तरक्रियाको कार्यक्रममा हामी जानु थियो । त्यसैले त्यसको तयारीमा हामी लाग्यौँ । ३.०० बजे हामीलाई त्यहाँ पुर्‍याइयो ।
            कार्यक्रम सिचुआन लेखक सङ्घको कार्यालयमा आयोजना गरिएको थियो र त्यहाँ सिचुआन लेखक सङ्घका अध्यक्ष आ लाई, उपाध्यक्ष माङ फिङ, साहित्यकारहरु सोइ छिङ जिङ, लु स्याओ पिङ, लुओ वई चाङ, चाङ ली र सुन ली यु साङको उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष आ लाईले नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डललाई सिचुआन लेखक सङ्घका तर्फबाट सिचुआनमा स्वागत छ भन्दै दुई देशका महत्त्वपूर्ण प्राज्ञिक साहित्यिक संस्थाको सम्मिलन सुखद छ भन्नु भयो । उहाँले त्यहाँ उपस्थित आफ्नो लेखक सङ्घका पदाधिकारी र साहित्यकारहरुको परिचय पनि गराउनु भयो ।  उपाध्यक्ष मान पिङले तु फुले साधना गरेको छेन्दु सहरमा अहिले तमाम सर्जकहरुले साधना गरि रहेको र छेन्दु लगायत सिचुआनका लेखकहरु सिचुआन लेखक सङ्घसँग सम्बद्ध रहेको जानकारी दिनु भयो । उहाँले  चिनियाँ लेखक सङ्घको एक एकाइका रूपमा सिचुआन लेखक सङ्घले गरि रहेका गतिविधिमा पनि प्रकाश पार्नु भयो ।
           नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले छेन्दुमा सिचुआन प्रान्तका लेखकहरुसँग पहिलो भेट हुन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो प्रतिनिधि मण्डलका सदस्यहरुको परिचय गराउनु भयो । उहाँले चिनियाँ र नेपाली लेखकहरुको सम्बन्धको प्राचीनताबारे चर्चा गर्दै नेपालबाट बौद्ध भिक्षुहरु चीनमा आएर वाङ्मयका क्षेत्रमा गरेका कामको स्मरण गर्नु भयो । अहिले पनि चिनियाँ र नेपाली लेखकहरुको सम्बन्ध गाँस्न नेपाल प्रज्ञा प्रतिष्ठानले चिनियाँ लेखक सङ्घ र चिनियाँ साहित्य कलाको सङ्घीय परिषद्सँग सम्झौता गरी प्रतिनिधि मण्डलको आदान प्रदान गर्दै आएको र अनुवाद, गोष्ठी, सम्मेलन आदिको आयोजना संयुक्त रूपमा गर्ने कुराकानी भइ रहेको जानकारी दिनु भयो । उहाँले गत वर्ष चिनियाँ लेखक सङ्घको प्रतिनिधि मण्डलले नेपालको सद्भावना भ्रमण गरेको कुराको स्मरण गर्दै चिनियाँ साहित्य कला सङ्घीय परिषद्सँग छिटै सम्झौता नवीकरण गरिने कुरा पनि राख्‍नु भयो । उहाँले नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत साहित्य, भाषा, संस्कृति, दर्शन र सामाजिक शास्त्र सम्बन्धी ११ वटा विभागहरु रहेको, नेपाल प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक प्रधान मन्त्री रहने र उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक रहनु भएका संस्कृति मन्त्रीको अध्यक्षतामा दुई जना विशिष्ट विद्वान सहित गठित समितिको सिफारिसमा ३५ जना प्राज्ञ सभा सदस्य तथा उहाँहरुमध्येबाट  ११ जना प्राज्ञ परिषद् सदस्यको नियुक्ति गर्ने कुरा पनि राख्‍नु भयो । प्राज्ञ परिषद्को कार्यकाल चार वर्ष रहने जानकारी पनि उहाँले  दिनु भयो ।
       कार्यक्रममा सोइ  छिङ जिङले अनुवादका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा स्रोतको के व्यवस्था छ र चिनियाँ तथा नेपाली भाषाको अनुवाद कत्तिको सम्भव छ भनी प्रश्न राख्‍नु भएको थियो भने कुलपति उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानमा अनुवाद विभाग रहेको, नेपालमा चिनियाँ भाषा जान्ने व्यक्तिहरु पनि रहेको, चाइना रेडियो इन्टरनेसनल लगायतमा नेपाली भाषा जानेका व्यक्तिहरु रहेको र हरेक वर्ष चीनबाट नेपालमा गएर चिनियाँ भाषा सिकी फर्कने विद्यार्थीहरु पनि भएको अनि चिनियाँ लेखकहरुका सङ्गठन तथा नेपाल प्रज्ञा प्रतिष्ठान परस्पर सम्पर्कित भएर काम पनि गरि रहेको हुँदा यो कुरा सम्भव छ भन्नु भयो । उहाँले सिचुआन लेखक सङ्घसँग पनि मिलेर काम गर्न सकिने धारणा प्रस्तुत गर्नु भयो । आधुनिक कविताको स्थिति के छ भनी हामीले पनि त्यहाँ जिज्ञासा राखेका थियौँ। यस जिज्ञासामा उपाध्यक्ष माङ फिङले विस्तृत प्रकाश पार्दै नोबल शान्ति पुरस्कार पाउन चिनियाँ लेखक सफल भएको, नयाँ पुस्ताका तमाम लेखकहरु साहित्य लेखनमा सक्रिय रहेको र चिनियाँ भाषामा १००० भन्दा बढी उपन्यास लेखिएको र चिनियाँ साहित्यकारहरु चीनको उन्नतिका लागि दत्तचित्त भएर लागेको विचार व्यक्त गर्नु भयो । कार्यक्रममा चिनियाँ महिला कवि सुन ली साङले चिनियाँ कविता वाचन गर्नु भएको थियो भने प्राज्ञ नर्मदेश्वरी सत्यालले आफ्नो नेपालीबाट अङ्ग्रेजीमा अनूदित कविता वाचन गर्नु भएको थियो । सत्यालको कविता सिचुआनमा आएको भूकम्पका सम्बन्धमा थियो र चिन ल्युयुएले त्यसको भाव चिनियाँ भाषामा प्रस्तुत गरि दिनु भएको थियो । सिचुआनका लेखकहरुलाई नेपाल भ्रमणमा आउन अनुरोध गर्दै हामी त्यहाँबाट बिदा भएका थियौँ ।
       बेलुका ६.०० बजे एक रात्रि भोजको आयोजना गरिएको थियो । त्यसमा चान थाओ, चिन ल्युयुए लगायत सिचुआन लेखक सङ्घका उपाध्यक्ष माङ फिङ, सोइ छिङ जिङ, लुओ वई चाङ, सुन ली साङ र नेपाली प्रतिनिधि मण्डलको उपस्थिति थियो । त्यहाँ पनि दुबै देशका साहित्यिक गतिविधि र लेखकहरुको परस्पर सम्बन्धबारे कुराकानी भएको थियो । त्यहाँ सुन ली साङले चिनियाँ कविता र गीत सुनाउनु भएको थियो भने मैले पनि आफूले लोकलयको एक गीत गाएको थिएँ । भोलिपल्ट बिहान हामीलाई उ हाउ मेमोरियल टेम्पल र फा चिन एकेडेमी हेर्ने कार्यक्रमको जानकारी गराउँदै त्यसका निम्ति बिहान ८.४५ मा नास्ता खाई तयार रहन आआग्रह गरी चिनियाँ मित्रहरु आआफ्ना गन्तव्यतिर लाग्नु भयो ।
       ८ सितम्बरको बिहान सिचुआन होटलमा नास्ता गरेर हामी तयार हुने बित्तिकै मित्रहरुले हामीलाई मिनिबसमा राखेर उ हाउ मेमोरियल टेम्पलतिर प्रस्थान गराउनु भयो । सिमसिम पानी परि रहेको थियो । हामीले छाता बोकेका थिएनौँ । मन्दिरमा पुगेपछि तुरुन्त हामी सबैका निम्ति एक एक वटा छाताको व्यवस्था गरियो ।

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/