सरुमा रानी लोकगाथामा परिवेश चित्रण
                                  प्रा.डा. जीवेन्द्र देव गिरी
( लेखको सार - सरुमा रानी  नेपाली लोक साहित्यमा एक चर्चित लोकगाथा हो । रानी सरुमा र उनका पतिले भोगेको  घटनासँग सम्बन्धित  यो लोकगाथा थापा र सुवेदी (२०४१) तथा पराजुली (२०४९) मा प्रकाशित छ । यसको परिवेश अर्थात् त्यति वेलाको देश, काल र परिस्थितिको वर्णन  रोचक त छँदै छ, प्राचीन समयका कैयन् जानकारी समेत दिन सक्षम छ ।  यसले उहिलेको नेपाली समाज र भूगोललाई अङ्गीकार गरेको पाइन्छ । यस गाथाको परिवेशको वर्णनबाट हाम्रा पुर्खाहरु कस्तो परिवेशबाट गुज्रँदै आए भन्ने रोचक सूचना पाइन्छ । पानीछायाँलाई ऐनाका रूपमा हेरेर उमेरको अड्कल काट्नु पर्ने, आरु फुलेको देख्ता बर्खा लागेको र पैयुँ फुलेको देख्ता हिउँद लागेको थाह पाउनु पर्ने प्रसङ्ग त्यहाँ छ । विभिन्न शकुन अपशकुनको ख्याल गरेर यात्रा गरिने र ख्याल गरिएन भने दुःख पाइने कुरा त्यहाँ उल्लिखित छ । त्यतिखेर यात्रामा हात्ती र डोलाको प्रयोग हुने प्रचलन देखिन्छ । यस्तै घर र माइतीका बिचको दूरी पार गर्न सिरहिरे नाग पाइने विकट कालीलेक पार गर्नु पर्ने बयान त्यहाँ गरिएको छ । आफ्ना सत्‍मा रहेका नारीमा दैवी शक्ति रहने विश्वास त्यहाँको समाजले गरेको छ र सरुमामा पहाड भत्काउने र धर्ती चिरा पार्ने तागत थियो भनी पुष्टि गर्न खोजिएको छ ।   त्यहाँ दमाहा बजेको र मलेवा घुर्केको आबाज सुन्न सकिन्छ । यसका साथै सौताने सासूका व्यवहारबाट  जुवाइँले भोगेको अपमान, हत्या अनि सौताने आमाको सो कुकर्म र षड्यन्त्रबाट सौभाग्य खोसिएकी नारीले सतीका रूपमा  पतिसँगै चितामा डढेको दृश्य यस लोकगाथामा देख्‍न सकिन्छ । यिनै परिवेशगत वैशिष्ट्यको सेरोफेरोमा यो लेख केन्द्रित रहेको छ ।)
१.परिचय
       सरुमा रानी लोकगाथाका दुई वटा पाठहरु उपलब्ध छन् । (क) धर्मराज थापा र हंसपुरे सुवेदीद्वारा नेपाली लोक साहित्यको विवेचना (२०४१, पृ.३७१-३७६) मा सङ्कलित तथा (ख)  मोतीलाल पराजुलीको नेपाली लोकगाथा (२०४९, पृ.२०२-२०९) मा पोखरा हेमजा निवासी हीरासिङ गन्धर्वबाट सङ्कलित । थापा र सुवेदी (२०४१, पृ.३७६) अनुसार प्रस्तुत गाथा गण्डकी अञ्चलको  भेकमा गाइने प्रसिद्ध गाथा हो र सरुमा मगर भुरे राजाकी रानी हुन् भने पराजुली ( पृ.२०२) का  अनुसार यो लोकगाथा  पेसेवार गायकहरू विशेषतः गाइनेहरूद्वारा धनधान्यको  सङ्कलनका लागि गाउने गरिन्छ । यो लोकगाथा नेपाली स्नातकोत्तर तहको पाठ्यक्रममा पनि रहेको थियो । विद्यार्थीहरूको अध्ययन सामग्रीका रूपमा यसका पाठहरू  गिरी (२०५७) र लामिछाने (२०६४) मा पनि प्रस्तुत  छन् र   दुबै लेखकले यसका विशेषतामा केही प्रकाश पनि पारेका छन् । यस लोकगाथाको परिवेश विशिष्ट प्रकारको छ जसबाट प्राचीन नेपालका कैयन् विशेषतालाई नियाल्न सकिन्छ । त्यस वेलाको समय, स्थान र समाजका अनेक विशेषताको  जानकारी यसले दिन्छ । हाम्रा पुर्खाहरू कस्तो अवस्था पार गरेर वर्तमान अवस्थामा आइ पुगेका हुन् भन्ने कुरा थाह पाउन यसले धेरै सहयोग पुर्‍याउँदछ । विगतका अनुभवबाट शिक्षा लिएर नै कुनै पनि समाज अगि बढ्ने हुँदा यसको अध्ययन महत्त्वपूर्ण छ । त्यसैले सरुमा रानी लोकगाथाको सङ्क्षिप्त कथावस्तु प्रस्तुत गर्दै परिवेश चित्रण गर्ने काम यहाँ गरिएको छ ।
२.कथावस्तु
    प्रस्तुत लोकगाथामा बुढेस काल लाग्दासम्म माइती जान नपाएकी सरुमाले आफ्ना पतिसँग माइती जाने प्रस्ताव राखेकी छन् तर समय अनुकूल  नभएकाले तत्काल नजान पतिले आग्रह गरेका छन् । सरुमाले नगई नछाड्ने अत्यन्त उत्कट इच्छा प्रकट गरेपछि जाने तयारी गर्न थाल्दा साइतको समयमा विभिन्न अपशकुन देखा परे तर पनि सरुमा आफ्ना  पति सहित माइती प्रस्थान गरिछाडिन् ।  लेकाली भूमिको कठिन यात्रामा विभिन्न विघ्नबाधा आइलागे तर  सरुमाको सतीत्वको अलौकिक शक्ति प्रदर्शनबाट माइतीसम्मको यात्रा सम्पन्न भयो । माइतीमा सौतेनी सासूद्वारा सरुमाका पतिलाई अपमानपूर्ण व्यवहार मात्र गरिएन षड्यन्त्रपूर्वक विष सेवन गराई प्राण हरण समेत गरियो । सौतेनी आमाले आफ्ना देवरसँग सरुमाको विवाह गराउन राखेको प्रस्ताव लत्याउँदै सरुमाले पतिभक्ति प्रदर्शन गरिन् र आफ्नैतर्फबाट दाह संस्कारको तयारी गरी अन्त्यमा पतिकै चितामा जलेर सतीका रूपमा प्राणत्याग गरिन् । यस कथावस्तुसँग गाँसिएको परिवेशको  रोचक वर्णन सरुमा रानी लोकगाथामा पाइन्छ ।
३.परिवेश चित्रण
सरुमा रानी लोकगाथामा के कस्तो परिवेशको कसरी वर्णन गरिएको छ भन्ने कुराको चित्रण गर्ने प्रयत्न यहाँ गरिएको छ । परिवेश भन्नाले स्थान, समय र सन्दर्भ ( कहाँ, कहिले, कस्तो) को प्रस्तुतिलाई लिइन्छ । यस क्रममा स्थान, देश, भूगोल वा प्रकृतिको वर्णन एक मुख्य पक्षका रूपमा रहेको हुन्छ । काल वा समय अर्को उल्लेखनीय पक्ष रहेको हुन्छ । यिनका अतिरिक्त समाज व्यवस्था, रहनसहन, खानपान, वेशभूषा आदि अन्य कुराहरूले पनि परिवेशको बोध गराउँछन् । अतः यिनै कुराहरूमा केन्द्रित रहेर सरुमा रानी लोकगाथाको परिवेशको विश्लेषण यहाँ गरिएको छ ।
३.१स्थानगत परिवेश चित्रण
    सरुमा रानी लोकगाथा पहाडी परिवेशसँग सम्बन्धित छ । यसको गायन गण्डकी क्षेत्रमा हुनु र कास्कीको हेमजाबाट यसको सङ्कलन हुनुले पनि त्यही कुरा जनाउँछन् । त्यसैले पहाडी परिवेश झल्काउने विभिन्न प्रकारको वर्णन यहाँ भेटिन्छ ।
(क)आरु र पैयुँ फुल्ने ठाउँ
    सरुमा रानी लोकगाथामा आरु र पैयुँका वृक्षहरूको वर्णन छ । यी वृक्षहरू नेपालको पहाडी भूभागमा उपलब्ध हुन्छन् । यहाँका बासिन्दाहरू आरु फुल्दा बर्खा लागेको र पैयुँ फुल्दा हिउँद लागेको ठान्दछन् । लोकगाथाहरूमा यो कुरा यसरी भनिएको छ -
      आरु फुल्यो  सरुमा रानी, बर्खाको मैना लाग्यो नि
   पैयुँ फुल्ला र सरुमा रानी, हिउँदको मैना बरु लाग्ला हो
   तब जाउली तिमी माइतीको देश हो राम ।
                (पराजुली,२०४९:२०२)
सरुमाले माइती जाने कुरा उठाएपछि उनका पतिले भनेको भनाइ हो यो । बर्खाको समयमा नेपालका पहाडमा यात्रा गर्न निकै कठिनाइ हुन्थ्यो । बाटाघाटाको राम्रो व्यवस्था थिएन । डाँडाकाँडा कुहिराले ढाकिन्थे । गन्तव्य पहिल्याउन निकै कठिन हुन्थ्यो । खोलानालामा पुलको अभाव थियो । बर्खाको बाढीमा उर्लने सानातिना खोला पार गर्न पनि गारो पर्थ्यो । त्यसैले माइती जान पैयुँ फुल्ने वा हिउँद लाग्ने दिन कुर्न सरुमाका पतिले यी पङ्क्तिमा आग्रह गरेको पाइन्छ । सरुमा रानीको गाथाले यही समस्यामा  दिन गुजारि रहेको जन जीवनको परिवेशलाई अगि सारेको छ ।

(ख)काली लेक
सरुमा रानीले माइती जान काली लेक पार गर्नु पर्थ्यो । लेकका ढुङ्गिला बाटामा त्यसै त हिँड्न सजिलो थिएन । झन् जताततै अँध्यारो हुन्थ्यो । त्यसमै डरलाग्दा सर्पहरूका फेला परिन्थ्यो । तलका पङ्क्तिहरूमा यस कुराको बयान पाइन्छ –
काला काला पथरू लेखमा हिँड्यौ रानी सरुमा
    सिरनिहुरे कालो नागले डस्यो सरुमालाई  (थापा र सुवेदी, २०४१, पृ.३७२)

     काला काला पथ्थरू लेखमा हिँड रानी त सरुमा
     सिरहिरे नागले तिमीलाई खाला हो सरुमै (पराजुली,२०४९:२०३)
(ग) मधुवन
सरुमाका पतिले यात्राका अरू पनि कठिनाइ देखेका  थिए ।  त्यहाँ मधुवन वा घना वन पर्थ्यो । त्यस्ता वनमा बाघको वास पनि हुन्थ्यो । त्यसले  बटुवालाई झम्टन सक्थ्यो । बाघ ज्यादै खतरनाक हुने भएकाले त्यसले बाटामा हिँड्ने जो कोहीको ज्यान लिन सक्थ्यो । त्यसैले बाघले सरुमालाई खान सक्ने सम्भावना थियो । यो कुरा उनले यसरी दर्साएका थिए –
    मधुवनमा जाउली सरुमा बघुवाले खाला (थापा र सुवेदी, २०४१, पृ.३७२)
     बाघको वास हुने मधुवनलाई वर्णनमा भित्र्याएर सरुमा रानी लोकगाथाले वनले ढाकेको भूभागलाई आफ्नो परिवेशमा समाहित गरेको छ । यसले नेपालको एक बस्तीबाट अर्को बस्तीमा पुग्न  कसरी वन पार गर्नु पर्थ्यो भन्ने जानकारीका साथै त्यस वेला नेपालमा रहेको बाक्लो वनको व्याप्तिलाई पनि जनाउँदछ ।
 (घ)  तुवाँलो लाग्ने स्थान
    सरुमाले बर्खा लाग्नुअगिको गर्मीमा यात्रा गरेकाले आकाश तुवाँलाले ढाकिने कुराको पनि गाथामा उल्लेख भएको छ । पारिको बस्तीमा पुग्न वारिबाट हेरेर ठाउँ पहिल्याउनु पर्नेमा तुवाँलो बाधक बनेर तेर्सिन्थ्यो । तुवाँलाको तिरिमिरीमा दिशा पहिल्याउन गारो थियो । वास्तवमा नेपालका भूभाग गर्मी मौसममा तुवाँलाले ढाकिने यथार्थलाई यहाँ प्रस्तुत गर्दै भनिएको छ -
    त्रिभुवनमा जाउली सरुमा तुँयेलाले छेक्ला (थापा र सुवेदी, २०४१, पृ.३७२)
३.२ समयगत परिवेश चित्रण
    सरुमा रानी लोकगाथामा तिथिमिति उल्लेख भएको पाइँदैन तर समय खुट्याउने केही आधार भने प्राप्त छन् । यहाँ विद्यमान आधारहरूलाई दृष्टिगत गरेर यो गाथा पुरानो समयको हो भन्न सकिन्छ । यो त्यस्तो समयको गाथा हो जुन समयमा आरु फुलेपछि बर्खा लागेको र पैयुँ फुलेपछि हिउँद लागेको ठान्नु पर्दथ्यो । आजका जस्ता वैज्ञानिक साधन, क्यालेन्डर आदिको उपलब्धता नभएको समय थियो त्यो । त्यहाँ वर्णन गरिएका समय सन्दर्भ यस प्रकार छन् -
(क)पानीछाया हेरेर उमेर अनुमान गरिने समय
प्रस्तुत लोकगाथामा सरुमाले आफ्नो उमेर अवस्था थाह पाउन  पानीछाया हेर्नु परेको  छ । पानीछाया हेर्दा आफ्नो कपाल फुलेको देखेर उनले आफू बुढी भएको अनुभव गरेकी छन् ।  गाथामा भनिएको छ-  
कति बुढी भए सरुमा रानी पानीछाया मैले हेरु नि
पानी छाया हेर्दाहेर्दै सिउँदो केश मेरो फुल्यो  (पराजुली,२०४९:२०२)
    थापा र सुवेदी ( २०४१, पृ. ३७२) ले दर्पणको प्रयोग गरिएको कुरा पनि उल्लेख गरेका छन् तर पानीछाया हेर्ने कुरा पनि सँगसँगै विद्यमान रहेको जानकारी त्यहाँ उपलब्ध छ । उनीहरूले भनेका छन्-
    कति वृद्ध भए सरुमा रानी
     पानी छायाँ हेरू त सिउँधो केश झर्‍यो
     दर्पण छायाँ हेरूँ त निधार डोरा पर्‍यो (थापा र सुवेदी, २०४१, पृ.३७२)
     जे होस्, आफ्नो उमेर अनुमान गर्न पानीछायाको भर परिने व्यापक प्रचलन त्यस समयमा रहेको देखिन्छ । दर्पण कुन प्रकारको प्रयोग गरिएको हो त्यसको उल्लेख छैन । अतः काठको वा सिसाको कुन किसिमको दर्पण प्रयोग भएको हो भन्ने कुरा थाह हुँदैन ।
(ख) गर्मी र बर्खाको चौमास
    गर्मी र बर्खाको चौमासको बयान लोकगाथामा पाइन्छ । थापा र सुवेदी (२०४१) ले चैत जाँदो वैशाखको समयमा सरुमाले यात्रा गरेको कुरा उल्लेख गरेका छन् । त्यतिखेर नेपालमा चर्को घामले पोल्ने कुरा यसरी व्यक्त गरिएको छ –
    चैत जाँदो वैशाखमा हिँड्यौ रानी सरुमा
पाहाडै जलिजाने लागिहाल्यो घाम (थापा र सुवेदी, २०४१, पृ.३७२)
पराजुली (२०४९) ले सङ्कलन गरेको गाथामा भने यात्रालाई चौमास बर्खाको समयसँग गाँसेर प्रस्तुत गरिएको छ । त्यसमा चौमास बर्खामा यात्रा नगर्न सरुमालाई आग्रह गरिएको छ । हुन त आरु फुलेपछि बर्खा लाग्ने दृष्टिले हेर्दा वैशाखलाई पनि बर्खासँग गाँसेर हेर्न नसकिने होइन तर पनि दुई वटा पाठभेदमा रहेको अन्तर विचारणीय छ । चतुर्मास बर्खाको उल्लेख यसरी गरिएको छ -
न र जाउन माइती राजाको देश हो राम
     अवरिया  अहिलेको चतुर्मास बर्खा बस रानी सरुमै
     अहिलेको चतुर्मास बर्खा हो बस रानी सरुमै (पराजुली,२०४९:२०२)
३.३ अन्य परिवेश चित्रण
     सरुमा रानी लोकगाथामा अन्य परिवेशका पनि विभिन्न सन्दर्भ रहेका छन् । विवाहित नारीले  घर-माइती यात्रा गर्दाको परिवेश, उनले माइती जान गरिने विशेष तयारीको परिवेश,  शकुन अपशकुन सम्बन्धी चिन्तनगत परिवेश,  नारीको विशिष्ट शक्तिमा विश्वास गर्ने परिवेश, सौतेनी आमाको षड्यन्त्रमूलक व्यवहारको परिवेश, दाह संस्कारको प्रचलन सम्बन्धी परिवेश, भाषिक परिवेश आदिसँग सम्बन्धित रोचक प्रसङ्गहरू यहाँ विद्यमान छन् ।  यी सबैका विषयमा तल प्रकाश पार्ने प्रयत्न गरिएको छ –
(क)विवाहित नारीले  घर-माइती यात्रा गर्दाको परिवेश
सरुमा रानीको गाथाका अनुसार विवाहित नारीले लामो समयसम्म आफ्नो विवाह भएको घरबाट माइती जान पाउँदैनथे । उनीहरू बुढेस कालमा माइती जान खोज्दा पनि परिस्थिति सहज हुँदैनथ्यो । त्यसमा अझ पतिको स्वीकृति नभई त अगि बढ्नै सकिँदैनथ्यो । पतिले राम्रा पोसाक हालिदिने आश्वासन दिँदै भरसक माइती नजान आग्रह गर्थे । सरुमाले माइती जान खोज्दा उनका पतिले "नजाऊ रानी माइतीको देश" (थापा र सुवेदी, २०४१, पृ.३७२)";  "न र जाउन माइती राजाको देश हो राम" (पराजुली,२०४९:२०२), "सुनैपाते चोलिया सिलाइ दिउँला" (पराजुली,२०४९:२०२) भन्दै रोक्न खोजेका थिए तर यसमा आमाबाबाको मुख हेर्ने सरुमाको उत्कट इच्छा  यसरी प्रकट भएको थियो –
सुनैको चोलिया महाराज
तिम्रो ज्यान छन्जेल लगाम्ला
आमैबाबै भेट्न हो कहिले पाम्ला ! (पराजुली,२०४९:२०२)

सुनबुट्टे चोलिया राजाको जिउ छन्जेल लाउँला
मेरा माइती भेट्न कहिले पाउँला ! (थापा र सुवेदी, २०४१, पृ.३७१)

 पतिबाट स्वीकृति पाएपछि पनि अनेक प्राकृतिक र अन्य विघ्नबाधा बेहोर्नु पर्दथ्यो । पत्थरिलो र जङ्गली बाटाको यात्रा गर्नु पर्दथ्यो । बाटामा जीवजन्तुका फेला परिने डर रहन्थ्यो । सुरक्षित एवम् रबाफिलो यात्राका लागि पुरुषले हात्तीघोडा र नारीले डोलाको प्रयोग गर्ने प्रचलन थियो ।
हात्तीघोडा र डोलाको सवारी
राजाज्यूलाई कसि दिए हात्ती वा घोडा नि
राजाज्यूलाई  कसि दिए हो हात्तीमा प्रभु घोडा नि
सरुमालाई फुदै दिए प्रभु डोला हो राम (पराजुली,२०४९:२०३)

राजालाई कसिदिया हात्तीमाथि हौदा
     सरुमालाई मियाना र डोली (थापा र सुवेदी, २०४१, पृ.३७२)
यी हात्ती र घोडामा हुने सवारीको व्यवस्थापन कसरी हुन्थ्यो त्यसबारे भने गाथा केही बोलेको छैन । त्यसमा खटिने डोले र अन्य सेवकहरूको कथा गाथामा लुकेको अवस्थामा छ । त्यसका पाना पल्टाएर तत्कालीन कामदारहरूले साँघुरा र कष्टकर बाटामा सवारी चलाउँदाको परिवेश पनि हामीले पहिल्याउनु पर्दछ ।
बाटामा जाँदा गन्तव्यका रूपमा रहेको माइतीको देश कता होला भनी पहिल्याउन दमाहा (एक प्रकारको बाजा) बजेको र मलेवा (सेतो रङको परेवा जस्तै चरो) घुर्केको आबाजको भर पर्नु पर्थ्यो -
तैं पारि काली लेख दमाहा प्रभु गुन्ज्यो नि
तैँ पारि काली लेख हो तैं होला मेरो माइतीको देश
तैँ पारि काली लेख मलेवा प्रभु घुर्केको
देख्‍न पाइन मेरा माइतीको देश (पराजुली,२०४९:२०३)
वास्तवमा ज्यादै चुनौतीपूर्ण परिवेश बेहोर्दै चेलीले घर-माइतीको यात्रा गर्नु पर्ने युगको परिवेश सरुमा रानी लोकगाथामा सञ्चित छ ।
(ख) माइती जान विशेष तयारी गरिने परिवेश
       विवाहित नारीले माइती जाँदा विशेष तयारी गर्ने प्रचलन नेपाली समाजमा छँदै छ र सो प्रचलन रहेको  परिवेशको चित्रण सरुमा रानी लोकगाथामा पाइन्छ । कपडालाई सफा सुग्घर पारिने, बाटाका लागि विशेष खाने कुरा बनाइने र माइतीमा कोसेली लगिने प्रचलन रहेको त्यहाँ देखिन्छ ।  खास गरेर कपडा धोएको, चिउरा कुटेको, रोटी पोलेको र तमाखु भुटेको बयान त्यहाँ छ । यहाँ उल्लिखित खाने कुरा माइतीमा कोसेलीका रूपमा पुर्‍याउने गरिन्थ्यो र बाटामा खाइन्थ्यो पनि । बाटामा   पकाएर खानका लागि चामल कुटेर अनि दाल दलेर पनि लगिन्थ्यो । सरुमा रानी लोकगाथामा "चिउरी कुट्यौ सरुमा", "रोटी त पोल्यौ सरुमा", "तमाखु भुट्यौ सरुमा", "धान कुटी चामलु राजा चामल कुटेको पिठो नि" (पराजुली,२०४९:२०३) जस्ता भनाइ एकातिर रहेका छन् भने "चिउरी कुटायो रानी सरुमाले","दाल दलायो सरुमाले", "तमाखु भुटायो सरुमाले", "धान कुटी चामलु त चामल कुटी पिठो" (थापा र सुवेदी, २०४१, पृ.३७३) जस्ता अभिव्यक्ति अर्कातिर रहेका छन् ।
(ग) शकुन अपशकुन सम्बन्धी चिन्तनगत परिवेश
    सरुमा रानी लोकगाथामा शकुन अपशकुनमा विश्वास गर्ने रूढिग्रस्त चिन्तन बोकेको सामाजिक परिवेश विद्यमान छ । सरुमाले माइती जाने तयारी गर्दा अनेक अपशकुन भएको वर्णन त्यहाँ पाइन्छ । चिउरा कुट्ता सिरौला (कलिलो धान भुटेर कुटी तयार गरिने र चपाउँदा रसिलो हुने खैरो खैरो रङको चामल) वर्णमा र कपडा धुँदा गेरुवा वर्णमा परिणत भएको, रोटी पोल्दा ठुन्कै ठुन्का भएको, अर्साको ताई डढेको, दाल दल्दा खडेम्लो वर्णमा र तमाखु भुट्ता खोटो वर्णमा परिणत भएको, माइत जान लागेकी सरुमालाई टीका लगाउन तयार गरिएको पिठो राखेको थाल भुईंमा झरेर फुटेको जस्ता बयानले अपशकुनको सङ्केत गरेको जानकारी गाथामा दिइएको छ । यसले गर्दा सरुमाको माइती यात्रा विरहले युक्त हुने छ भन्दै उनलाई माइती नजान भनिएको छ । यस प्रकारको वर्नन गरिएका केही पङ्क्ति यहाँ प्रस्तुत छन् ‍-
     चिउरा कुटायौ सरुमाले सिरम्ला वर्ण भएछन् नि
     दाल दलायौ सरुमाले खडेम्ली वर्ण भएछ
तमाखु कुटायौ सरुमाले खोटो वर्ण भएछ नि (थापा र सुवेदी, २०४१, पृ.३७२)

     धान कुटी चामलु हो चामलु कुटेर पिठो नि
     माइत जानी र सरुमा रानीलाई लगाइ देउन बरु टिको हो
     खस्यो पर्‍यो हातको थरिया हो राम
     खस्यो पर्‍यो भैँमा झर्‍यो हातको थरिया फुट्यो नि
     माइत जान सरुमालाई अब टुट्यो हो सरुमा
     जानु छैन सानी आमाको माइत हो राम (पराजुली,२०४९:२०३) 
     सरुमा भने अपशकुनको वास्ता नगरी माइतीतिर लागिन् । उनको उत्कट इच्छालाई अपशकुनहरुले रोक्न सकेनन् । या त उनी यस्ता अपशकुनमा विश्वास गर्दैन्थिन् या त जे परे पनि भोग्ने मानसिकतामा थिइन् । गाथाले भने सरुमाको धारणाबारे केही जानकारी दिएको छैन, बरु त्यसले उनले  अनिष्ट भोग्नु परेको वर्णन गरेर अपशकुनको बेवास्ता गर्न नहुने सन्देश दिन खोजेको छ । यसबाट हाम्रा पुर्खा कति पछौटे चिन्तन बोकेको परिवेशमा निसासिन विवश रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ ।
(घ) नारीको विशिष्ट शक्तिमा विश्वास गरिने परिवेश
    नारीको विशिष्ट शक्तिमा विश्वास गरिने परिवेशका सम्बन्धमा सरुमा रानी लोकगाथाले प्रकाश पारेको छ । सरुमाको माइती यात्राका क्रममा काला काला पत्थर भएका पहाडहरू पार गर्नु पर्ने अवस्था छ । बाटो पहिल्याउन साह्रै गाह्रो छ । परेवा घुर्केको र दमाहा बजेको आधारमा माइती गाउँको अनुमान गर्नु परेको छ । हिँडाइले मात्र नभएर सर्पको डसाइमा परेको पीडा सरुमाले भोग्नु परेको कुरा गाथामा भेटिन्छ-
    काला काला पत्थरु लेकैमा हिँड्यौ रानी सरुमा
     सिरनिहुरे कालो नागले डस्यो सरुमालाई
    
जौन जनले सरुमाको विष झारिदेला
सुनचुरी कानमुन्द्री चढ्ने घोडा दिउँला (थापा र सुवेदी, २०४१, पृ.३७२)
सम्भवतः विष झार्ने मान्छे पनि फेला पारेर अगाडि बढ्दा सिरनिहुरे(सिरहिरे-पराजुली, २०४९, पृ. २०३) नागको विषबाट उनले छुटकारा पाइहोलिन् तर पहाड पार गर्न र माइती घर ठम्याउन भने उनलाई समस्या परेको हुनु पर्दछ । त्यसैले उनले आफ्नो विशिष्ट शक्तिको प्रयोग गरिन् भन्ने भनाइ गाथाले अगि सारेको छ –
अवरिया बद्रिजा न काली लेख हो
देख्‍न पाइन मेरो माइतीको देश  हो राम !
बद्रेच काली लेख फाटि गयो प्रभु धरती
तै आयो मेरो माइतीको देश हो सरुमा (पराजुली,२०४९:२०४) 
सरुमाको विशिष्ट शक्तिले गर्दा पहाड भत्केको र उनी सहज रूपमा माइती पुगेको यहाँ देखिन्छ । यसबाट पनि अदृश्य शक्तिप्रति विश्वास गर्ने सामाजिक परिवेश गाथामा रहेको देखिन्छ ।
(ङ)सौतेनी आमाको षड्यन्त्रमूलक व्यवहारको परिवेश
सौतेनी आमाको षड्यन्त्रमूलक व्यवहारबाट सरुमाका पतिको ज्यान गएको छ । सुरुमै ससुराली आएका जुवाइँप्रति सरुमाकी आमाले अपमानजनक व्यवहार गरेको पाइन्छ । छोरीलाई रूप(चाँदी)को खाटमा र जुवाइँलाई पिँढीको छेउमा बस्न लगाएर उनले यसरी विभेद गरेकी छन् –
सुकेली रानी तिमी सरुमा, तिमी बस रूपको खाटमा
बाह्र वर्ष पुगेर नि आयौ मेरा जवाइँ, जवाइँ बस पिँडीको छेवैमा
नजाऊ भन्दै थिए पापी मुलुकको देश हो राम (पराजुली,२०४९:२०४)
ससुराले  भने सद्भाव राख्तै जुवाइँलाई सुनको खाटमा सरुमालाई चाँदीको खाटमा बस्न भनेका छन् –
जदौ मेरा ससुरा राजा
निका छौ मेरा जुवाइँ नि, जवाइँ बस सुवर्णको खाटैमा
बाह्र वर्ष पुगीकन आयौ मेरी सरुमा
छोरी बस रूपैको खटियामा नि  हो (थापा र सुवेदी, २०४१, पृ.३७२)
सरुमाकी सौतेनी आमालाई उनका पतिले जुवाइँप्रति देखाएको सम्मान मन पर्ने कुरा थिएन । उनले बाह्र वर्षमा आएका जुवाइँलाई वनको सिकार खुवाउनु पर्छ भन्दै आफ्ना पति र चार भाइ छोराहरुलाई वनतिर सिकार खेल्न पठाइन् ।  सरुमालाई बुबाले जमुना किनारमा नुहाउन सुनको धारा खुलाएको कुरा सुनाउँदै नुहाउन पठाइन् । अब जुवाइँ मात्र एक्लै घरमा रहेको मौका पारी उनलाई विष खुवाउने मेसो उनले मिलाइन् –
धतुरो प्रभु महुरो, भात खाने तामा ताउली हो
घिवमा हाल्यौ नि मेरी आमै हो विष हो राम
मनका पियारा राजा जिउनार प्रभु बसेका
राजालाई लाग्यो ढुलुमुले निन्द्रा हो सरुमा (पराजुली,२०४९:२०४)
सरुमाका पतिले शङ्का लागेर सरुमा आएपछि उनले राखेका भाँडा प्रयोग गरी पूजा गर्ने अनि मात्र खाना खाने कुरा सौतेनी  सासूसँग राखे तर ती सासूले जुन भाँडाले पूजा गरे पनि हुने कुरा झिक्तै खान जोड गरिन् । उनले खानामा विष हालेको कुरा सो खाना खाएर झिँगा मरेको देखेर मात्र नभई कुकुर र बिरालालाई आफूले खान दिँदा ती पनि मरेकोबाट थाह पाए र  नखाने कुरा गरे तर सासूले आफूलाई नराम्रो पार्न खाना नखाएको हल्ला गाउँभरि फिँजाइ दिने डर देखाइन् । त्यसपछि खाना खान विवश सरुमाका पतिको खाने बित्तिकै प्राण गयो ।
 सरुमा फर्केर आउँदा आफ्ना पतिलाई नदेखेर सोधपुछ गरिन् तर ती सौतेनी आमाले राजाका छोरा, बाघका छोरा र सर्पका छोरा एकै ठाउँ नबस्ने कुरा गरी छक्याउन खोजिन् । सरुमाका टाउकामा मोहनी मन्तरेको तेल हालिन् र आफ्ना भाइसँग सरुमाको बिहा गराउने प्रयत्न गरिन् । सरुमाले घोडतबेला, हात्तीसार र दैलोठेला जताततै खोज्दा पनि पतिको अत्तोपत्तो पाएकी थिइनन् तर बार्दलीमा बसेर कपाल कोर्दा काँगियो झरेका ठाउँमा भुसभित्र राजाले लगाएको औँठी देखिन् र विष खुवाएर मारेकोमा जन्म जन्मभरि पाप लाग्ने कुरा सौतेनी आमासँग गरिन् । आमाले सरुमाको राजा भुरे र आफ्नो राजा वीरे भएको कुरा गर्दै आफ्नो राजासँग पोइल जान भनिन् । सरुमाले मोहनी वशमा परेर सौतेनी आमाको भाइबारे जान्न खोजेपछि राजर्षि पोसाकमा देखा परेका उनका भाइले सङ्घार ठेलामा देखा परेको मुसासम्म पनि मार्न नसकेको देखिन् र जाबो मुसासम्म पनि मार्न नसक्ने उनका भाइसँग बिहा नगर्ने कुरा सौतेनी आमालाई सुनाउँदै आफ्ना पतिले मारेको बाघको जुँगानङ्ग्रा देखाइन् । यसपछि उनी मोहनीबाट पनि मुक्त भइन् । सौतेनी आमाको षड्यन्त्रले  कसरी छोरीको सिउँदो पुछिन्थ्यो र  यसरी मर्मस्पर्शी बिलौना  गर्न उनीहरु बाध्य हुन्थे भन्ने कुरा सरुमा रानी लोकगाथाको षड्यन्त्रमूलक परिवेशले स्पष्ट पारेको छ -
खाम्लापिम्ला भनेर आमै तिम्रो माइती देशमा आएतेम्
खाम्लापिम्ला भनेर आमै हो तिम्रै मन उठ्यो
मेरी आमै पाप हो राम
मनका पियाराजालाई विष हालेर मारेउ नि (पराजुली,२०४९:२०४)
यस गाथामा एउटी नारीका षड्यन्त्रबाट अर्की नारीको सिँदुर पुछिएको छ । बहु विवाहले सिर्जना गर्ने वैमनस्य, द्वन्द्व र षड्यन्त्रको सिकार बनेर मान्छेको सुन्दर जीवन अन्त्य हुने नरमाइलो परिवेश यहाँ रहेको छ । यहाँका पुरुष पात्रहरु अत्यन्त दुर्बल रूपमा देखा परेका छन् । विष खाएर मरिन्छ भन्ने जान्दा जान्दै सरुमाका पतिले कुनै विद्रोह नगरी विष मिसाएको खाना खाएका छन् । सरुमाका बाबु र भाइहरुको पनि कुनै प्रभावशाली भूमिका देखिँदैन । अतः यस गाथामा पुरुष पात्रहरु अत्यन्त लबस्तरा भएर आएका छन् । नारीहरू सक्रिय देखिए पनि एउटी षड्यन्त्रकारी कुपात्रका रूपमा घृणित बनेकी छन् भने अर्की पतिलाई गुमाउँदै अकालमा प्राण त्याग्न पुगेकी छन् । त्यसैले पुरुषभन्दा नारीलाई प्रभावशाली रूपमा प्रस्तुत गरिए पनि नारीलाई नै कलङ्कित र पीडित तुल्याउने ढङ्गको परिवेश यस गाथामा विद्यमान छ ।


(च) दाह संस्कारको प्रचलन सम्बन्धी परिवेश
सरुमा रानी लोकगाथाले तत्कालीन समाजको मान्छेको मृत्युपछिको दाह संस्कारको परिवेश प्रस्तुत गरेको छ । मान्छेको मृत्युपछि घाटमा लगेर जलाइने संस्कारसँग प्रस्तुत लोकगाथा सम्बन्धित छ । यसका लागि नदीको घाट किन्नु पर्ने, मलामी र पन्चै बाजाको व्यवस्था गर्नु पर्ने, बाटो ( मुर्दाका अगि अगि ससाना काठमा अड्याएर हिँडाइने सेतो र लामो कपडा) किन्नु पर्ने, घिउ, श्रीखण्ड, दाउरा र खरको व्यवस्था गर्नु पर्ने, वेदपाठका लागि चँदुवा र बाहुनको व्यवस्था गर्नु पर्ने चलनबारे गाथामा उल्लेख भएको छ । पतिको षड्यन्त्रपूर्ण मृत्यपछि सरुमाले कपालको फूल, शिरबन्दी, गलाको तिलहरी र हँसुली, हातका चुरा र खँगली बेचेर उपर्युक्त कुराहरू जुटाएकी छन् –
कपालको फूल बेची गङ्गा जमुना बेसायौ
शिरबन्दी बेचीकन पन्चै बाजा बेसायौ,
गलाकी तिलहरी हसुली बेचीकन मलामी बेसायौ नि सरुमाले
हातका चुरी बेची घिवै पो बेसायौ
खँगली बेचीकन दाउरा खर बेसायौ
यसै पापी मुलुकको आगो पनि लाऔँन (थापा र सुवेदी, २०४१, पृ.३७५)

    अवरिया बाटो त बेसायौ सरुमा, गङ्गाजी प्रभु बेसायौ
बाटो त बेसायौ सरुमा हो, श्रीखण्ड सोला त बेसायौ (पराजुली,२०४९:२०४)
पतिको दाह संस्कारमा सरुमाले एक्लै उपर्युक्त सबै कुराहरु जुटाउनु परेको छ । उनकी सौतेनी आमा त रमिते बन्ने नै भइन्, अरूले पनि निःशुल्क सघाएको देखिँदैन । यी सबै काम सकिसकेपछि पतिसँगै चितामा जलेर आफूलाई उत्सर्ग गर्न सरुमाले आगो दिने धर्मपुत्रको समेत व्यवस्था गर्नु परेको छ -

सोला बनाई सती जाँदा अगेनी प्रभु जलेन
धर्मपुत्री छोरा भएन हो सरुमा
अजोध्या नगरी कोटका ब्राह्मणका चेला राम
धर्मपुत्री चेला भएर आगो दिए
बल्ल तिमी त गयौ जलेर हो सरुमा (पराजुली,२०४९:२०४)
परम्परागत हिन्दु प्रचलनको चौघेरामा रहेर सतीका रूपमा डढ्दै सरुमाले आफ्नो प्राण त्यागेको पाइन्छ । यहाँको बयानबाट कति खतरनाक परिवेशमा हाम्रा अग्रजहरुको जिन्दगी गुज्रेको रहेछ भन्ने थाह पाइन्छ । यस लोकमा भन्दा परलोकमा विश्वास गर्ने र आफूलाई षड्यन्त्रमा पारेर दुःख दिनेका विरुद्ध सङ्घर्ष गर्नुको साटो आफै आफ्नो प्राण अन्त्य गरेर प्रतिष्ठा आर्जन गर्न खोज्ने चिन्तनमा जकडिएको समाजको उदाहरण यहाँ पाइन्छ ।
    
(छ)भाषिक परिवेश
वर्तमान कालको भन्दा पुरानो गण्डकी क्षेत्रको भाषिक परिवेशलाई यस लोकगाथाले अँगालेको छ । त्यसैले यसका भाषामा विशिष्टता र प्राचीनता जनाउने विभिन्न प्रयोगलाई देख्‍न सकिन्छ । यसमा 'अवरिया'(थेगो), 'हो राम', 'हो सरुमै' जस्ता थेगो  तथा "न र जाउन माइती राजाको देश हो राम", "सरुमालाई विरहे सगुन भयो", "देख्‍न पाइन मेरा माइतीको देश हो राम" जस्ता वाक्यको आवृत्ति भएको छ । नि, र, त, ता, न र जस्ता निपातहरुको प्रयोग भएको छ ।  पटाङ्गी (पटाङ्गिनी), रूप (चाँदी), अजोध्या (अयोध्या), सिरम्ला ( सिरौला), बरिखा ( बर्खा), चिउरी (चिउरा), कपडु (कपडा), चामलु (चामल), थरिया (थाल), पत्थरु (पत्थरिलो), बघुवा (बाघ), पिरथी (पिरती), जदौ (प्रणाम), घिव (घिउ), सुकेली (सुखी) जस्ता पुराना,  स्थानीय प्रचलनका, स्नेहार्थी र सुन्दरता बोधक शब्दहरु यस गाथामा छन्  । कानैकी मुदरी (कानको मुन्द्रा), नाकैकी नथिया (नाकको नथिया), हातैकी चुरिया (हातको चुरा), सुनबुट्टे चोलिया ( सुनबुट्टे चोली), सिरहिरे नाग (शिरमा हिरा भएको सर्प), सिरनिहुरे (शिर निहुरेको),  ढुलुमुले निन्द्रा (ढुलमुल पार्ने निद्रा), झुलेमुले निदरी (झुलमुल पार्ने निद्रा), खडेम्ली वर्ण जस्ता मिठासयुक्त पदावली यस गाथाले पाएको छ । बेसायो (किन्यो),  बद्रिजा (भत्कि हाल्), धुँवायो ( धुवाँ आयो), खाम्ला पिम्ला (खाउँला पिउँला), आएतेम् (आएथ्यौँ), रिङ्गै गेरु लाउनु (वरिपरि फेरो लगाउनु) आदि जस्ता स्थानीयपनका र केही पुराना क्रियापद र पदावली यहाँ भेटिन्छन् । भाषाको यस प्रकारको परिवेशले यस लोकगाथाको निजीपनामा अझ वृद्धि गरेको छ ।
४.निष्कर्ष
       सरुमा रानीको लोकगाथाको परिवेश चित्रणले 'सरुमा रानी' लोकगाथा बर्खा लाग्दा आरु र हिउँद लाग्दा पैयुँ फुल्ने अनि पानीछाया हेरेर बुढ्यौली अड्कल गरिने प्राचीन नेपालको परिवेशसँग सम्बन्धित छ भन्ने जानकारी दिन्छ । यसमा प्रयोग  भएका केही शब्दहरुमा आँखा लगाउँदा गण्डकी क्षेत्रसँग  यसको सम्बन्ध रहेको छनक पाइन्छ ।
      आधुनिक चेतना उठि नसकेको प्राचीन समाजका विश्वास र मान्यता यहाँ विद्यमान छन् । महिलाहरुले घर — माइती गर्दा भोग्नु पर्ने कठिनाइबारे यस गाथाले प्रकाश पारेको छ । महिलाहरुलाई नै समस्याका कारण ठान्ने पुरुष प्रधान समाजको दृष्टिकोण यहाँ रहेको देखिन्छ । एकातिर सरुमाको जिद्दीले अपशकुनका लक्षणहरु देखिँदा देखिँदै यात्रा गरिएको र त्यसले दुष्परिणाम निम्त्याएको बयान छ भने अर्कातिर सानीमा सासूले बाह्र वर्षपछि माइतीमा आएकी सरुमाका पतिलाई अपमान मात्र होइन हत्या नै गरेर उनलाई विधवा बनाएको बयान छ ।  पति मरेपछि महिलाले मर्त्यलोकबाट छुटकारा पाउन सती गएको कुरा पनि यहाँ उल्लिखित छ । अझ छोरा नहुनेले धर्मपुत्र नखोज्दासम्म चिता नजल्ने कुरा उठाएर पुत्रको महत्त्व स्थापित गर्ने काम पनि यहाँ भएको छ । यस लोकगाथाले वर्णन गरेको परिवेशतिर दृष्टिपात गर्ने हो भने हाम्रो विगत कति कष्टकर थियो र हाम्रो समाजमा कस्ता रूढिले जरा गाडेका छन् भन्ने कुरा प्रस्ट हुन्छ । यी कुराहरुका जानकारीले विगतबाट शिक्षा लिँदै हाम्रो वर्तमानलाई कसरी कष्ट रहित बनाउने भन्ने कुरा सोच्न हामी सबैलाई बाध्य बनाउँछ ।
सन्दर्भ सामग्री
गिरी, जीवेन्द्र देव(२०५७), हाम्रा लोकगाथा, काठमाडौँ : एकता प्रकाशन ।
थापा, धर्मराज र हंसपुरे सुवेदी(२०४१), नेपाली लोक साहित्यको विवेचना, काठमाडौँ : पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय
पराजुली, मोतीलाल(२०४९), नेपाली लोकगाथा, पोखरा : श्रीमती तारादेवी पराजुली ।
          लामिछाने, कपिलदेव(२०६४), नेपाली लोकगाथाको अध्ययन, ललितपुर : साझा प्रकाशन ।

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण