सम्झनामा चीन भ्रमण
                                            प्रा.डा.जीवेन्द्र देव गिरी
              नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डलको एक सदस्य भएर यस पटक चीनका केही ठाउँ भ्रमण गर्ने अवसर जुर्‍यो । चिनियाँ लेखक सङ्घको निम्तामा सो अवसर जुरेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबिच भएको सम्झौता अनुरूप गत वर्ष चिनियाँ लेखक सङ्घको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आएको थियो भने यस वर्ष हामी त्यहाँ पुगेका थियौँ । चीन जाने धोको पुरा भएकोमा एक प्रकारको सन्तोषको अनुभव पनि भएको छ । अगिल्लो पटक म प्रज्ञा प्रतिष्ठानमा भाषा विभाग प्रमुख हुँदा नेपाली र चिनियाँ साहित्यकारहरुको सद्भावना भ्रमण पालैपालो हुने प्रचलन थियो । चिनियाँ प्रतिनिधि मण्डललाई निम्त्याउने हाम्रो पालो थियो तर कारणवश हामीले निम्त्याउन सकेनौँ । त्यसैले त्यतिखेर चिनियाँ प्रतिनिधि मण्डल पनि आएन, हामी पनि  जान सकेनौँ । त्यतिखेर मनको कुरा मनैमा रह्यो भने झैँ भएको थियो जुन अहिले हुन पाएन । यस भ्रमणले चीन हेर्ने मात्र होइन त्यहाँका लेखकहरुलाई भेट्ने, नेपाली र चिनियाँ साहित्य एवम् वाङ्मयका विविध विषयमा जानकारी साटासाट गर्ने अनि सांस्कृतिक महत्त्वका स्थलहरुको अवलोकन गर्ने मौका प्रदान गर्‌यो ।
              यस भ्रमणका निम्ति हामीले प्रस्ताव गरेपछि चीनबाट  ७ जनाको प्रतिनिधि मण्डल आउन निम्ता प्राप्त भएको थियो । यसबारे  हामीले प्राज्ञ परिषद्का पदाधिकारीहरुबिच सल्लाह र सहमति गर्‍यौँ । कुलपति गङ्गा प्रसाद उप्रेतीको नेतृत्वमा म स्वयम् र प्राज्ञहरु प्रा. दिनेश राज पन्त, डा.अमर गिरी, नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ तथा आर्थिक प्रशासन महाशाखा प्रमुख सुमन अधिकारीको सात सदस्यीय प्रतिनिधि मण्डल चयन भयो । हामीले भ्रमणको तयारी स्वरूप राहदानी लिने काम सक्यौँ  र चिनियाँ अनुरोध अनुसार राहदानीका छायाप्रतिहरु  त्यहाँ पठायौँ । चीनबाट हाम्रो भ्रमणको कार्यक्रमलाई अन्तिम रूप दिई जानकारी पठाइयो । हामीलाई पथ प्रदर्शन एवम् अन्य आवश्यक व्यवस्थाका लागि छेन्दु विमान स्थलमा चिनियाँ लेखक सङ्घका विदेश विभागका महानिर्देशक चाङ थाओ र सोही विभागकी युरोपेली एवम् अमेरिकाली महाशाखा सम्बद्ध चिन लिउयुएको उपस्थिति रहने जानकारी पनि प्राप्त भयो । नेपालमा रहेको चिनियाँ राजदूतावासबाट हामीले निःशुल्क प्रवेशाज्ञा पनि पायौँ । हामीले चीनमा खर्च गर्न चिनियाँ मुद्रा युआन साट्यौँ । २० भदौ २०७२ देखि २६ भदौ २०७२ सम्म अर्थात् ६ सितम्बर २०१५ देखि १२ सितम्बर २०१५ सम्म चीनको भ्रमण गरी त्यसको भोलिपल्ट २७ भदौ तदनुसार १३ सितम्बरमा काठमाडौँ फर्कने चाँजोपाँजो मिलायौँ । यसका निम्ति एअर चाइनाको टिकट लिने काम भयो । यस भ्रमणमा छेन्दुसम्म पुग्न र त्यहाँबाट नेपाल फर्कन लाग्ने यातायात खर्च हामीले बेहोरे पनि चीन भ्रमणको अरू सम्पूर्ण खर्च चिनियाँ लेखक सङ्घले बेहोर्ने व्यवस्था भएको थियो ।
              हामी अन्तर्राष्ट्रिय उडानको नियम अनुसार समयमै विमान स्थल पुग्यौँ । टिकट र  सुरक्षा जाँच गरायौँ  अनि त्रिभुवन विमान स्थलको अति विशिष्ट कक्षमा गएर विमानको प्रतीक्षा गर्‍यौँ । विमानले हामीलाई १०.४० मा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडायो । सगरमाथा हेर्दै उडिने कुराले मेरा मनमा उत्सुकता र उल्लास छाएको थियो । नभन्दै काठमाडौँ छाडेको २० मिनटमै त्यहाँ पुगियो । सबैले सगरमाथा आयो भने तर आफू त विमानको दक्षिणी झ्यालतिर पो परिएछ । त्यसैले सगरमाथा पार गरेको चाल त पाइयो तर देख्‍न भने पाइएन । अलिकति थकथकी लाग्यो । फर्किँदा मौका नगुमे हुन्थ्यो भन्ने सोच्तै मन थुमथुम्याएँ । एक घण्टामा विमानले चीनको तिब्बत स्थित ल्हासाको गङ्ग ग विमान स्थलमा उतार्‍यो । हामी ११.४० मा त्यहाँ पुग्यौँ । हाम्रो ११.४० त्यहाँको १. ५५ पो हुँदो रहेछ । मौसम राम्रो थियो । विमान स्थल व्यवस्थित थियो । रमाइलो लाग्यो । त्यहाँ पुनः टिकट र सुरक्षा जाँच गराउनु पर्दो रहेछ । अरू यात्रीहरु झैँ विमानबाट ओर्लेर सो प्रक्रिया पुरा गर्न हामी अगि बढ्यौँ । हाम्रा एक जना साथी फोटो लिँदै हुनु हुन्थ्यो । त्यसै वेला  फोटो खिच्न पाइँदैन भन्दै एक जना सैनिक वेशभूषाका व्यक्ति त्यहाँ देखा परे । ती त मैले त्रि.वि.को कीर्तिपुरमा चार वर्ष पढाएका चिनियाँ विद्यार्थी आइछुङ  पो रहेछन् । उनले त्यहाँको नियम अनुसार फोटो खिच्न नमिल्ने कुरा गरेको बताए र गुरुलाई आफ्नो ठाउँमा देख्‍न पाइयो भन्दै आफ्नो कार्यालयमा लगेर सत्कार गरे । म भने नयाँ ठाउँमा आफूलाई सम्मान गर्ने विद्द्यार्थी पाउँदा मक्ख परेँ । चिनियाँ विद्द्यार्थी लगायत जापानी, कोरियाली, मलेसियाली, अस्ट्रेलियाली, युरोपेली, अमेरिकाली, दक्षिण अमेरिकाली आदि  कैयन् विदेशी विद्द्यार्थीलाई मैले कीर्तिपुरमा पढाउने अवसर पाएकोमा मनमनै खुसी पनि लाग्यो । चीनका अन्य ठाउँमा पनि यसरी नै विद्यार्थी भेटिने सम्भावनाले भित्रभित्रै मनको सन्तुष्टिलाई मुसार्‍यो किनकि सयौँ चिनियाँ सञ्चारकर्मी, शिक्षक र युवाहरु त्रि.वि.मा नेपाली भाषा साहित्यको अध्ययन गरेर चीन फर्केका छन् ।
               ल्हासाको विमान स्थलबाट हामी छेन्दुका लागि चिनियाँ समय ३.४५ मा उड्यौँ । तिब्बतका खुरिल्ला डाँडाका माझ ल्हासा विमान स्थल वरपरको हरियाली लोभ लाग्दो देखिँदो रहेछ । हवाई जहाज र हेलिकोप्टरहरु पनि ठुलै सङ्ख्यामा विमान स्थलमा देखिए । त्यहाँको दृश्य नितान्त नौलो थियो आफ्ना लागि । छेउको सिटमा प्राज्ञ नर्मदेश्वरी सत्याल हुनु हुन्थ्यो । नजिकै कुलपति र अरू प्राज्ञहरु पनि हुनु हुन्थ्यो । यात्रा रमाइलो लागि रहेको थियो । सामान्य कुराकानी पनि गर्दै थियौँ । २० मिनट उडि सकेपछि अचानक विमानमा धुवाँ र त्यसको गन्ध आयो । अब पर्‍यो बित्यास ! मान्छेहरु डराउन थाले । चालक दलका सदस्यहरु हातले नडराउन सङ्केत गर्दै यताउता दगुर्न थाले । कसै कसैले 'ब्याक टु ल्हासा' भन्न थाले । अब बाँचिन्न क्यारे जस्तो लाग्यो । केही छिनमा भुईंमा पुगिन्छ र खोज्नेहरुले लासका टुक्राहरु फेला पार्ने छन् भनी मनले हिसाब लगायो । परेको नबेहोरी सुख छैन भनी चुपचाप बसियो । प्राज्ञ नर्मदेश्वरी पनि के हुन्छ होला भन्ने त्रासमा देखिनु हुन्थ्यो । हामीले वैशाख १२ को भूकम्पको त्रासदी  पनि प्रज्ञा भवनमा सँगसँगै बेहोरेका थियौँ । अरूको पनि मुखमा सन्त्रासका रेखाहरु दगुरि रहेका थिए । यस्तैमा विमान ल्हासा फर्किने सूचना दिई पछाडि मोडियो । छिटै विमान स्थल पुगे हुन्थ्यो भन्ने लाग्न थाल्यो । ठिक २० मिनटमा हामी अगि उडेको विमान स्थलमा आइ पुग्यौँ । त्यहाँ माथिबाटै विमान स्थलमा दमकलहरु ठुलो सङ्ख्यामा यताउता गर्न लागेको देखियो  । सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति देखियो । स्वास्थ्यकर्मीहरु पनि ठुलै सङ्ख्यामा तैनाथ थिए । तलको वातावरण देखेपछि मन ढुक्क भयो । केही छिनमै विमानले सुरक्षित अवतरण गर्‍यो । हामीले सकुशल भुईंमा पाइला टेक्यौं । हामीलाई तुरुन्त गाडीमा हालेर कुदाइयो । मूर्च्छा परेका तिन जना यात्रीलाई स्वास्थ्यकर्मीहरुले उपचार गरेपछि ठिक भयो । उहाँहरुमध्ये चीनमा कला प्रदर्शनीका लागि आउनु भएका नेपाली कलाकारहरु पनि हुनु हुन्थ्यो । सबै स्थिति सामान्य भएपछि हामीलाई खाना खुवाइयो । हामीलाई भोक र थकाइ दुबैले सताएका थिए । हामीले त ल्हासामै हाम्रो वास हुन्छ कि भन्ने  ठानेका थियौँ तर त्यसो भएन । विमान स्थलबाटै हामीलाई छेन्दुमा हाम्रो प्रतीक्षा गरि रहनु  भएका चिनियाँ लेखक सङ्घका मित्रहरुसँग हाम्रो टेलिफोन सम्पर्क गराइयो । हामीलाई विमान परिवर्तन गरेर तिब्बतियन एअर लाइन्सको विमानबाट छेन्दु पठाउने तयारी भयो । नेपाली समय अनुसार साँझको ८.४५ मा विमान छेन्दुका लागि उड्यो । अँध्यारो भएकाले भुईंमा केही देखिएन । एकै पटक छेन्दु नजिक पुगेपछि ठुलो क्षेत्रमा सहरको झिलिमिली देखा पर्‍यो । हामीले हाम्रो समय अनुसार  १०.४५ मा छेन्दु विमान स्थलमा पाइला टेक्यौँ । चीनको समय अनुसार रातिको १ बजेको थियो । हामीलाई त्यहाँ चाइना एअरले हस्ताक्षर गराउँदै प्रतियात्री ४०० युआन दियो । सायद दिउँसोको घटनाको क्षतिपूर्ति होला भन्ने हामीले सोच्यौँ ।  हामी चेकजाँच सकेर निस्किने बित्तिकै चाङ थाओ, चिन लिउयुए र सिचुआन लेखक सङ्घका मित्र सोइ छिङ जिङसँग भेट भयो । उहाँहरुले स्वागतका हात मिलाउनु भयो । उहाँहरु अङ्ग्रेजी बोल्ने भएकाले दुबैतिरको स्थिति बुझ्न बुझाउन सजिलो भयो । गाडीमा राखेर उहाँहरुले हामीलाई सिचुवान होटलमा पुर्‍याउनु भयो । त्यहाँ खाना खुवाउने र कोठा कोठामा हामीलाई पुर्‍याउने काम समेत उहाँहरुले गर्नु भयो । दिउँसोको घटनाले पटक पटक झस्काइ रहे पनि चिनियाँ साथीहरुको न्यानो आतिथ्यमा मन रमाइ रह्यो ।

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/