राधिका रायाको 'आत्मकथ्य  : विविध' चहार्दा             
                                            प्रा.डा.जीवेन्द्र देव गिरी
१.आरम्भ    
            राधिका रायाको 'आत्मकथ्य : विविध' (२०६६) परिवर्तित र  परिवर्धित संस्करणका रूपमा पढ्ने अवसर प्राप्त भयो । यसको चाँजोपाँजो मिलाउने काम अग्रज साहित्यकार चूडामणि रेग्मीले गरे । चूडामणि रेग्मी राम्रा प्रतिभालाई कसरी सम्मान गर्नु पर्छ भन्नेबारे सदा चिन्ता गर्ने वरिष्ठ स्रष्टाको  नाम हो  । जुही प्रकाशनको ५२ औँ प्रकाशन मालाका रूपमा यसले सार्वजनिक हुने अवसर पाउनुमा उनको विशेष अभिरुचि र अग्रसरता रहेको देखिन्छ । यसको प्रकाशक्यौलीमा उनी साहित्यकार राधिका रायालाई चिनाउँदै भन्छन्, "असी छुन आँटेको यो समयमा पनि न जाडो न गर्मी केहीको वास्ता नगरी अझ रोगलाई बाँधेर राख्न सक्ने ह्याउ राखेर झैँ हातमा कलम र  गोडाको गतिशीलतालाई सक्रिय बनाएको कुरा राधिका रायाज्यूलाई नजिकबाट चिन्नेजान्नेका दृष्टिबाट लुकेको कुरा होइन ।" रायाकी सुपुत्री डा.रवीना लेप्चाले प्रबन्धकका रूपमा यसको प्रकाशनमा गरेको लगानी र उपेन्द्र पागलले आवरणका निम्ति गरेको परिश्रम पनि यस कृतिका सन्दर्भमा उल्लेख्य छन् ।
            प्रस्तुत कृतिका भूमिका लेखक चूडामणि वशिष्ठले ऐतिहासिक महत्त्व भएकी  'भारती' कालीन नारी हस्ताक्षरका रूपमा उनको बयान गर्दै उनी सहज, भावुक र सुकुमार सुकोमल शैली, जातीय उत्थानको चाहना तथा मानवतावादी भावना भएकी एकाङ्कीकार,कथाकार र निबन्धकार हुन् भन्ने जानकारी दिएका छन् । उनको यस कृतिका विषयमा वशिष्ठको टिप्पणी यस्तो छ ‌- "यस पुस्तकमा‌ विभिन्न विधाहरु तिल चामल झैँ मिसिएर आएका छन् । उनको यस आत्मकत्थ्य निबन्धमा विचारहरु कतै निबन्धात्मक, कतै समीक्षात्मक, कतै पुस्तक परिचयात्मक, कतै व्यक्ति परिचयात्मक र कतै पत्रात्मक हुँदै छ्यासमिस भएर पोखिएका छन् ।" यसका अतिरिक्त उनले कमल दीक्षित, भवानी घिमिरे, डा. गोपाल भण्डारी, डा.नरेन्द्र चापागाईं र शरद छेत्री जस्ता विद्वान्हरुले गरेको रायाको सकारात्मक मूल्याङ्कनलाई पनि उद्धरण सहित प्रस्तुत गरेका छन् ।
           मिश्र वैजयन्तीले  'आत्मकत्थ्यः विविध'मा   राया र उनको सिर्जनाका सम्बन्धमा आफ्नो विचार व्यक्त गरेकी छन् । राधिका रायाले सूर्य विक्रम ज्ञवाली, रूप नारायण सिंह,अच्छा राई रसिक, लैनसिंह वाङ्देल,पारस मणि प्रधान, अगम सिंह गिरी जस्ता साहित्यकारहरूको सङ्गत, स्नेह र मित्रतामा साहित्यिक गतिविधि गरेको तथा समकालीन नारी साहित्यकारहरुको तुलनामा  उनले पाएको साहित्यिक वातावरण गज्जबको रहेको धारणा मिश्रले प्रकट गरेको पाइन्छ । मिश्रले उनका विविध विधाका सिर्जनाका विशेषताबारे पनि यसमा सम्यक् टिप्पणी  गरेकी छन् ।
          लेखक्यौलीका रूपमा राया आफूले विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त गरेको सम्मान र माया तथा प्रकाशक एवम् प्रबन्धक लगायत समग्र सहयोगीको सहयोगको   स्मरण गरेकी छन् र आफ्नो गुणग्राही प्रवृत्तिको परिचय दिएकी छन् । राजधानी काठमाडौँ लगायत देशका अनेक भाग र कालिङपोङमा उनीप्रति खन्याइएको स्नेहबाट उनी अभिप्रेरित छन् भन्ने कुरा पनि त्यहाँ स्पष्टतः झल्किएको छ ।
          उपर्युक्त चर्चा परिचर्चा र विवेचनाले राधिका राया र उनको 'आत्मकत्थ्यः विविध ' का सम्बन्धमा कतिपय जानकारी प्रस्तुत गरेका छन् भने स्वयम् स्रष्टा रायाका त्यसमा प्रकाशित रचनाहरु झन् उनका परिचायकका रूपमा विद्यमान छन् जसका बारेमा यसपछि केही प्रकाश पार्ने चेष्टा यहाँ गरिएको छ ।
२. सार
           राधिका रायाको प्रस्तुत कृति 'विचार', 'आत्मकत्थ्य', 'व्यक्ति – व्यक्तित्व' र 'कृति समीक्षा' शीर्षकमा चार खण्डमा विभाजित छ । यहाँ समग्रमा साढे तिन दर्जन अर्थात् ४२ ओटा रचनाले आकार ग्रहण गरेका छन् । तिनमा के कुरा रहेका छन् भन्ने कुराको सार तल प्रस्तुत छः-
२.१ विचार
                 'विचार' खण्डमा रेडक्रस र नेपाल स्काउटका सम्बन्धमा रायाको धारणा प्रकट भएको छ । 'रेडक्रसप्रति बालिकाको जिज्ञासा' र 'कर्तव्य पथमा नेपाल स्काउट' शीर्षकमा उनले ती दुई संस्थाप्रतिको आफ्नो दृष्टिकोण सार्वजनिक गरेकी छन् । एक बालिकाका जिज्ञासा मेटाउने क्रममा आमा पात्रले रेडक्रसका काम र महत्त्वमाथि प्रकाश पारेकी छन् । यस क्रममा स्विटजरल्यान्ड निवासी हेनरी ड्युनाको उत्साह, त्याग र साहसबाट यस संस्थाको निर्माण भएको र अन्तर्राष्ट्रिय रेडक्रस  समिति, लिग अफ रेडक्रस सोसाइटी, राष्ट्रिय रेडक्रस सोसाइटीका माध्यमबाट दुःखी,पीडित र असहाय मानिसहरुलाई  सहयोग हुँदै आएको  जानकारी आमाले ती बालिकालाई दिएकी छन् । बालिकाले रेडक्रसमा भर्ना हुने र असहाय मानिसहरुलाई सहयोग गर्ने विचार पनि व्यक्त  गरेकी छन्  । शिक्षित र अन्धविश्वासबाट पर पन्छिएकी आमाबाट बालबालिकाले विशेष ज्ञान प्राप्त गर्ने रायाको विश्वास यसमा अभिव्यक्त छ । 'स्काउट' शब्दमा प्रयोग हुने हरेक अङ्ग्रेजी वर्णको अर्थ दिँदै निःस्वार्थ सेवा, विनम्र बोली, आज्ञाकारिता, एकता र सत्यता जस्ता अर्थ तिनमा अन्तर्निहित जानकारी पनि यहाँ दिइएको छ । यिनको पुष्टिका लागि स्काउटका जन्मदाता लर्ड वेडेन पावेल,रवीन्द्र नाथ टैगोर र विभिन्न धर्मग्रन्थका उद्धरण सहित लेखकीय व्याख्या पनि प्रस्तुत छ । रायाको परोपकारी भावना यी लेखहरुमा प्रतिविम्बित छ ।
२.२ आत्मकथ्य
        'आत्मकत्थ्य' अन्तर्गत पन्ध्र ओटा रचनाहरु रहेका छन् । 'आफ्नो विषयको चर्चा' शीर्षकमा नै रायाका तिन ओटा लेखहरु  प्रकाशित छन् जसमा उनले आफू १९८८ मा झापाको अनारमनीमा पिता नन्दलाल सिंह रायमाझी र आमा लक्ष्मी रायमाझीकी माहिली छोरीका रूपमा जन्मेको, पिताको रेलवेको नोकरीका कारण आफूहरूले खरसाङमा नै बसोबास गर्नु परेको  र त्यहाँको सबभन्दा ठुलो घरका रूपमा आफ्नो घर चर्चित रहेको जानकारी उनले दिएकी छन् । सोही ठुलो घरसँग प्रसिद्ध साहित्यकार रूप नारायण सिंहको  नाता गाँसिएको र इन्द्र सुन्दासको पनि गहिरो सम्बन्ध रहेको चर्चा उनले गरेकी छन् । यी लेखमा  उनले आफ्ना परिवारका सदस्यहरूका साथै शरद छेत्री,डी.बी. छेत्री, टेक बहादुर रायमाझी,काजीमान कन्दङ्वा, अगम सिंह गिरी, अच्छा राई रसिक,एस.एल.शर्मा आदि अनेक साहित्यकार तथा स्वामी प्रबुद्धानन्द, डेभिड प्रधान, प्रमोद चन्द्र शर्मा, आफ्ना शिक्षक शिक्षिका आदिका काम र विशेषताका सम्बन्धमा पनि विवेचना गरेकी छन् । उनले सन् १९६६ मा कलकत्ताको ब्रिटिस ट्रान्जिट क्याम्पमा कार्यरत  क्याप्टेन बुद्धिमान लेप्चासित आफ्नो विवाह भएको कुरा उल्लेख गर्दै उनका विशेषताका विषयमा पनि प्रकाश पारेकी छन् । इन्टरमिडियट सकेर नेपाल आमाको सेवा गर्ने भनी गजेन्द्र बहादुर प्रधानाङ्गका साथमा नेपाल आई धरानको उकालो लाग्दा साथी धनमाया तामाङ बेहोस भई निधन भएको क्षणमा मात्र नभई आफू निकटका अन्य व्यक्तिहरूको निधन हुँदा पनि उनका आँसु चुहेका छन् । उनी आफू पछिल्लो समयमा बस्तै आएको झापाको भानु नगर र चन्द्रगढीको साहित्यिक वातावरण र त्यहाँका कृष्णा छेत्री,डा.हृषीकेश उपाध्याय,चूडामणि रेग्मी,सरोज वली, भवानी थापा आदिबाट  उनी प्रभावित रहेकी छन् । उनले आफ्ना बाल्यकालका साथीहरूको  मनग्गे सम्झना गरेकी छन् । देवकोटा, सम, बी.पी., सत्य मोहन जोशी आदि जस्ता प्रसिद्ध साहित्यकारहरूसँगको भेटघाट, आफ्नो साहित्यप्रतिको आकर्षण र साहित्यिक गतिविधिका सम्बन्धमा पनि उनले प्रकाश पारेकी छन् । रायाको गुणग्राही प्रवृत्तिका अनेक पानाहरूका साथै संवेदनशील हृदयको अन्तर्य यहाँ सार्वजनिक भएको छ । उनले जीवनलाई घमाइला र अँध्यारा घडीहरूको संयोग ठानेकी छन् । आफ्ना पतिलाई वि.सं. २०५८ मा गुमाउनु परेको पीडा हृदयभरि भए पनि साहित्यले उनका घाउमा मलम पट्टी लगाउने गरेको कुरा उनका अभिव्यक्तिमा प्रकट भएको छ ।
              उनले पाएका विभिन्न पुरस्कारले उनमा उत्साह र खुसी छरेको पाइन्छ यद्यपि आफ्ना पतिसँग सो खुसी बाँड्ने अवसरबाट उनी वञ्चित रहेको पीडाले भने उनलाई सताएको छ । उनी आफूलाई पुरस्कृत र सम्मानित गर्ने सङ्घसंस्था, पुस्तकका प्रकाशक र आफूलाई विभिन्न किसिमले सघाउने व्यक्तिहरूप्रति कृतज्ञ देखिन्छिन् ।  आफूले अध्यापन गरेको विद्यालयका साथै जुही प्रकाशनदेखि मदन पुरस्कार गुठीद्वारा समेत सम्मानित स्रष्टाका रूपमा उनको उज्यालो छवि यहाँ देखिन्छ।
               'मेरो पहिलो समुद्र यात्रा'मा रायाको भारतको  खिदिर पुर डकदेखि बर्माको रङ्गुनसम्म र रङ्गुनदेखि सिङ्गापुरसम्मको समुद्र यात्राको वर्णन गरिएको छ । बस्ती, जहाज, रातदिन, समुद्र र यात्रीका बयान अनि यात्राका क्रममा मनमा उठेका भावनाका लहरहरू यसमा उर्लिएका पाइन्छन् । स्वच्छन्द उडानमा राया कसरी प्रवाहित हुन्थिन् भन्ने कुराको अनुभूति यहाँ गर्न सकिन्छ । यात्रामा हुने मिलन र बिछोड ,उत्सुकता र कुतूहल अनि हर्ष र विषादका अनेक भुल्काहरू यहाँ भुलभुलाइ रहेका पाइन्छन् । 'भिखारी : विशेष झझल्को' मा एकातिर उत्सव,खुसियाली र हर्षोल्लासको वर्णन छ भने अर्कातिर एक दुःखी भिखारीको वर्णन छ । भिखारीको दुःखी जीवनप्रति लेखिकाले संवेदनशील हुँदै सहानुभूति व्यक्त गरेकी छन् तर ऊ त्यो अवस्थामा किन र कसरी पुग्यो  अनि त्यसबाट मुक्तिको उपाय के हो भन्नेतिर भने घोत्लिन सकेकी छैनन् । उनको सहानुभूति भीमनिधि तिवारीको "काम्यो लुगलुग त्यो गरिब बिचरा ...." सित तुलनीय छ । भावुकतालाई यथार्थ दृष्टिले पर्गेल्नेतिर उनी लाग्न सकेको भए उनको अभिव्यक्ति अझ सार्थक हुन्थ्यो 
                 'सम्झनाका कोसेलीहरू'मा आफ्ना आमा र छोरीबाट टाढा रहेकी रायाका मिलन बिछोडका सन्दर्भसँग गाँसिएका मार्मिक भावहरू अभिव्यक्त छन् । नेपालमा काम गरि रहेकी उनी दसैँमा खर्साङ पुगेर त्यहाँ पढ्दै गरेकी छोरी र असहाय आमालाई भेट्छिन् र दसैँ सकिएपछि नेपाल फर्किन्छिन् । जसरी भेट्न जाँदा उनको मन आतुर थियो त्यसरी नै फर्केर आउँदा गह्रुङ्गो भएको छ । जीवनका उकाली ओरालीमा कर्तव्य गरि रहँदा यस्तो  अवस्था आइ रहन्छ र सम्झनाका कोसेलीहरू सञ्चित गरेर मान्छे चलायमान भइ रहन्छ भन्दै उनी यही सम्झनाले एक्लो पर्न नदिने धारणा पस्किन्छन् । 'दुई थोपा आँसु'मा भद्रपुरबाट खरसाङ नजिकको गिद्धे पहाडमा रहेको राम मन्दिर मेलामा बसबाट जाँदाको बयान छ । खास गरी बसमा यात्रा गरि रहेका  दुई दृष्टिविहीनको परस्पर सद्भाव र स्नेहबाट झरेका दुई थोपा आँसु तथा त्यसको असरले भिजेका लेखिकाका परेली यहाँ देखिन्छन् । असहाय एवम् अपाङ्गप्रति लेखिकाको माया र श्रद्धा यहाँ छताछुल्ल पोखिएको छ । 'कति काली हो ?'का माध्यमबाट कालो वर्ण भएका कारण एक बालिकाप्रति गरिएको अपमानजनक व्यवहारलाई यहाँ सार्वजनिक गरिएको  मात्र नभई कालो वर्ण हुनेका असल पक्षबारे पनि उल्लेख गरिएको छ । वर्णभेदको उपहास गरेर एक मानवतावादीका रूपमा आफूलाई उभ्याउने काम लेखिकाले यहाँ गरेकी छन् । 'स्नेही उपहार – बालिका तिमीलाई'मा सन्तानप्रतिको माया खन्याइएको छ ।  एउटी आमाका निम्ति सुखको चरम अनुभूति उनकै सन्तानको तोते बोलीमा र उसको पढाइ लेखाइमा अनि प्रगतिमा हुनु स्वाभाविक हो । यहाँ आफ्नी छोरीको सुन्दर भविष्यको कामना गर्दै त्यसलाई आमाको स्नेही उपहारका रूपमा लिइएको छ । झापाबाट एस.एल.सी. परीक्षामा बोर्ड फस्ट ल्याउने विदुर इङ्लिस स्कुलका छात्र स्वच्छन्द सोङमेनको राधिकाले हृदय खोलेर प्रशंसा गरेकी छन् र 'स्वच्छन्दप्रति' शीर्षकमा एक कविता पनि लेखेकी छन् । यसै आलेखमा दरबार हत्याकाण्ड जस्तो नेपाली इतिहासको त्रासद घटना, भानु जयन्ती, झापाको साहित्य चौतारीको तेस्रो वार्षिकोत्सव जस्ता विषयमा पनि चर्चा  भएको पाइन्छ । दुःख, सङ्घर्ष र हर्ष जीवनमा आइ रहन्छ्न् भन्दै तिनको प्रभावको मापन गर्ने प्रयत्न पनि उनले गरेकी छन् ।'आमाको पत्र छोरीलाई' पत्रात्मक शैलीको निबन्धका रूपमा रहेको छ । रायाले लन्डनमा रहेकी आफ्नी छोरी रविनालाई सम्बोधन गरी लेखिएको पत्रका रूपमा यो प्रकाशित  छ । रायाकी साथी मालारानी मोक्तानप्रतिको ममता यसमा प्रकट भएको छ । एक योग्य शिक्षिका , कर्तव्यपरायण स्काउट र छोरीकी प्यारी गुरुमाका रूपमा मोक्तानको चित्रण यसमा गरिएको छ । मोक्तानको मृत्युको पीडाका साथै जीवनलाई हेर्ने रायाको दृष्टिकोण पनि यसमा आएको छ । वि.सं.२०३७ को महानन्द जयन्तीको साहित्यिक गोष्ठीको वर्णन गर्दै त्यहाँ उपस्थित मालारानी लगायतका काजीमान कन्दङ्वा, शिव कुमार राई र देव कुमारी थापाले छोरीलाई स्नेह खन्याएको कुरा पनि पत्रमा उल्लिखित छ । 'भुलभुलैयाभित्रको  मौनता' शीर्षकको कविताद्‍वारा आत्मकत्थ्य खण्डको पटाक्षेप गरिएको छ । जीवनको जटिलता, स्वतन्त्रताका चाहना र  घुमाउरा बाटा तथा मौनता र शून्यताका माझमा पनि एकान्तमा मित लगाउने र गीतहरू गाउनु पर्ने बाध्यताको अनुभव उनलाई भएको छ।
                'आत्मकत्थ्य' खण्डमा राधिका रायाले आफू र आफ्नो मनको अन्तर्यलाई खुला हृदयले खुलस्त पारेकी छन् । यहाँ उनले वर्णनात्मक, संवादात्मक, कवितात्मक र पत्रात्मक अभिव्यक्तिका रूपमा पीडित र असहायप्रतिको सहानुभूति, बालबालिकाप्रतिको स्नेह, जीवनप्रतिको मोह, अग्रजप्रतिको आदर, ईश्वरप्रतिको आस्था, सँगातीप्रतिको सम्झना, जन्मेहुर्के र खाएखेलेको ठाउँप्रतिको आत्मीयता, प्रकृतिप्रतिको आकर्षण तथा साहित्यप्रतिको अनुराग पोखेको देखिन्छ ।
२.३ व्यक्ति-व्यक्तित्व
        'आत्मकत्थ्य : विविध'को तेस्रो खण्डमा रायाले केही विशिष्ट व्यक्तिका जीवन र कर्मका सम्बन्धमा महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेकी छन् । समालोचक रामकृष्ण शर्माका समकालीन तथा कुमुदिनी विद्‍याश्रमका प्रधानाध्यापक टीकाराम शर्माको आदर्श, अनुशासित र पवित्र भावनाले युक्त जीवनबाट उनी निकै प्रभावित छन् । एकाङ्की, लघु नाटक, नाटक र निबन्ध विधामा कलम चलाई नेपाली जाति, राष्ट्रियता र संस्कृतिको महिमा गाउँदै आएका शर्मा आफू बसेको ठाउँ भद्रपुरमा मात्र नभएर दार्जिलिङ र कालिम्पोङमा पनि लोकप्रिय थिए भन्ने उनको ठम्याइ रहेको छ । उनी शिक्षाको विशेष कदर गर्थे भन्ने कुरा उनले आफ्नी छोरी रविनाप्रति  डाक्टरका रूपमा सम्मान भाव दर्साएको उदाहरण दिई उल्लेख गरेकी छन् । शर्माकी जीवन सँगिनीप्रति पनि रायाको सम्मान भाव यहाँ प्रकट भएको छ ।
              रायाले आफनी स्कुले जीवनकी बाल्यसखी एवम् दार्जिलिङ सरकारी उच्च शिक्षा माध्यमिक विद्यालयका अङ्ग्रेजी र भूगोलका शिक्षक  गम्भीरध्वज राईकी पत्नी धर्मशीला खड्काको जीवन्त सम्झनालाई यस कृतिमा अभिलिखित गरेकी छन् । सँगै स्कुल पढेको, भैलेनी खेल्न औँसीको रात  नभनी कुदेको, एउटै ओछ्यानमा सुतेको, टिफिन बिदामा विद्यालय छेउको जङ्गलमा खेलेको, 'कलम' हस्त लिखित पत्रिका निकाल्न सँगसँगै काम गरेको, सात सालमा सेवाभावले धनकुटातिर लाग्दा उकाली ओराली गरेको र घोडा चढेको, त्यसै बखत साथी धनमायालाई गुमाएको जस्ता अनेक सम्झनाको पोको खोल्ने काम यहाँ भएको छ । धर्मशीलाले शिक्षणबाट अवकाश पाएपछि पनि व्यावहारिक जीवनलाई सक्रिय र सफल तुल्याई उदाहरणीय काम गरेको र आफूलाई त्यसबाट प्रेरणा प्राप्त भएको बयान पनि उनले गरेकी छन् ।
               'मेरा पूज्य गुरु धरणीधर शर्मा' शीर्षकमा रायाले आफू उच्च कन्या माध्यमिक विद्यालय, दार्जिलिङकी छात्रा हुँदा बोइज माध्यमिक विद्यालयका कुनै एक शिक्षकद्वारा  गोरखा झन्डा अवहेलित भएको खबर पाएपछि विद्यार्थी आन्दोलनमा भाग लिँदाको रोचक संस्मरण सहित धरणीधर शर्माको शालीन व्यवहार र राष्ट्रप्रेमी कवि व्यक्तित्वमा प्रकाश पारेकी छन् । शर्माले आफूलाई 'दिदी' भनी सम्बोधन गर्ने गरेको कुरा उल्लेख गर्दै उनको अनुशासन र नैतिकताको बाटामा विद्यार्थीलाई हिँडाउने सत्प्रयास, दौरा सुरुवाल, कोट र टोपीको  नेपाली पोसाक, रातोपिरो र हँसिलो अनुहार, हातका भाउ सहित लय हाली मिठो आबाजमा काविता वाचन गर्ने शैली तथा  देशभक्तिको भावना जागृत गराउने र शोषित जनताको अति उत्पीडित रूपमाथि पूर्ण सहानुभूति राखने प्रवृत्तिको रायाले प्रशंसा गरेकी छन् ।
              कवि अगम सिंह गिरीका बारेमा यहाँ दुई वटा संस्मरण प्रकाशित छन् । भानुभक्त माध्यमिक विद्यालय, दार्जिलिङका प्रधानाध्यापकका रूपमा उनले आयोजना गर्ने तर्क वितर्क प्रतियोगिता,भाषण कार्यक्रम, निबन्ध कविता प्रतियोगिता र नृत्यगीतमा आकर्षित भई आफू र आफ्ना साथीहरुले भाग लिने गरेको जानकारी रायाले दिएकी छन् । सानै उमेरदेखि कवितामा वेदनाहरु पोखी चिन्तन गरी हिँड्ने कवि गिरी उमेरमा पाका भए पनि आफूले उनलाई भाइ  भन्ने गरेको र लाम्चिलो मुहार,ठुलठुला आँखा,सुडौल नाक भएका उनी सभ्य, सुन्दर र मृदुभाषी रहेको तथा दौरा सुरुवाल, कोट र टोपीको नेपाली पोसाकमा सुज्जित आकर्षक एवम् प्रेरणादायी व्यक्तित्व रहेको भन्ने पनि उनको टिप्पणी छ । बिरामी अवस्थामा उनलाई भेट्ता पनि उनले पीडा र वेदनाका बिच  कविता सुनाएको चर्चा यहाँ पाइन्छ । 'युद्‌ध र योद्धा'का स्रष्टा गिरी विदेशीको हित हुने युद्धको साटो आफ्नै हित हुने युद्ध लड्न नेपालीलाई आह्वान गर्थे र नेपालीका दुःखमा रुन्थे भन्दै उनी पोसाकमा होइन मुटुमै नेपाली थिए भन्ने निष्कर्ष रायाले निकालेकी छन् । रायाले गिरीको काटमाडौँ यात्राबारे पनि लामो टिप्पणी गरेकी छन् । उनले महाकवि देवकोटा र अन्य साहित्यकारहरुसँग गरेको भेटघाट र महाकविको हार्दिक व्यवहारका सम्बन्धमा   दिएको जानकारीलाई पनि यहाँ प्रस्तुत गरिएको छ ।
               आन्दोलनमा सरिक भएका कारण विद्यालय छाड्नु परेको स्थितिमा स्वमी प्रबुद्धानन्दले शारदेश्वरी विद्यालयमा पढ्ने अवसर प्रदान गरेकोमा राया अनुगृहीत देखिन्छिन् । स्वामीजीको व्यक्तित्व, ज्ञान र व्यवहारको ठुलो छाप रायामा देखिन्छ । बङ्गला, नेपाली, अङ्ग्रेजी, तिब्बती, संस्कृत र दर्शन शास्त्रका उनी विद्वान् थिए । नेपाली व्याकरणको राम्रो ज्ञान उनमा थियो र यसबाट नेपाली विषयका विद्यार्थीहरु लाभान्वित हुँदै आएका थिए । उनी सुधारवादी भएकाले अन्तर्जातीय  विवाहको पक्ष लिन्थे । रायाले उनलाई हिमाल पुत्र, दार्जिलिङका महान् सेवी, अनमोल रत्न, उच्च ललाट भएका एक स्वस्थ महात्मा,कानेटोपी गेरुवा वस्त्र धारण गर्ने तेजस्वी रूप,नेपाली विद्‌यार्थीहरुका निम्ति ज्योतिर्मय रूप, सुखदुःखका सहभागी, नेपाली भाषा, साहित्य, संस्कृति र कलाको उत्थान र उन्नतिका लागि सदैव जागरुकका रूपमा चित्रित गरेकी छन् । उनको मृत्युको खबर धनकुटामा पढाउँदा अच्छा राई रसिकको पत्रबाट रायाले पाएकी थिइन् र त्यसले उनलाई शोक विह्वल बनाएको थियो ।
               भवानी घिमिरेसँग सम्बन्धित दुई ओटा रचना यहाँ रहेका छन् । उनको मृत्युपछि संस्मरणका रूपमा यी लेखिएका छन् । 'भानु'का सम्पादकका रूपमा नेपाल र भारतका विभिन्न  भागमा पुगेर उनले गरेको नेपाली साहित्यको सेवा तथा उनको कविता वाचन कलाको उल्लेख रायाले गराकी छन् । 'भानु'का विशेषाङ्कका रूपमा प्रकाशित भानु, महाकवि देवकोटा, गोकुल जोशी, सड्क कविता क्रान्ति, महानन्द, सिक्किम, डुवर्स आदि विशेषाङ्कको सराहना गर्दै रायाले उनलाई सुप्रसिद्ध पत्रकार, सुपरिचित कवि, प्रसिद्ध साहित्यकार, डुलन्ते यायावर साहित्यकार, साहित्यिक पत्रकार सङ्घका संस्थापक अध्यक्ष, महानन्द पुरस्कारका संस्थापक, नेपाली साहित्य विकास समितिका संस्थापक अदिको संज्ञा दिएकी छन् । हात हल्लाई हल्लाई ठुलो र मिठो स्वरमा   कविता वाचन गर्ने उनको आबाजलाई एक अचम्मको क्रान्तिकारी विप्लवी आबाजका रूपमा उनले लिएकी छन् र 'जाग जाग अब जाग न जाग'का कवि धरणीधरको मिठो र सुरिलो स्वरसँग तुलना गरेकी छन् । भवानीले भद्रपुरमा भानुभक्तको प्रतिमा स्थापनामा पुरा गरेको नेतृत्वदायी भूमिकाबारे पनि उनले चर्चा गरेकी छन् । उनका घरमा हुने साहित्यिक जमघट र आफूलाई लेख्‍नका लागि उनीबाट प्राप्त प्रेरणाको सम्झना पनि उनले गरेकी छन् । भवानीका सम्झनामा मुक्तकका केही टुक्रा कोरेर पनि  श्रद्धा सुमन उनले अर्पण गरेकी छन् ।
                                        हिन्दी साहित्यकी विशिष्ट स्रष्टा अमृता प्रीतमसँग विन्द्‌या सुब्बा र उनका जीवन सँगी पूर्ण
हाङ्खिम, डा.हरि प्रसाद श्रेष्ठ तथा मीना सुब्बाको मिलनको क्षणलाई शब्दमा उन्ने काम रायाले यहाँको एक निबन्धमा गरेकी छन् । कविता, कथा, उपन्यास र जीवनीका एक सयभन्दा बढी पुस्तक र कैयन् फुटकर  रचनाकी सर्जकका साथै  दिल्ली साहित्य अकादमी पुरस्कार, ज्ञानपीठ पुरस्कार लगायत विभिन्न पुरस्कारबाट सम्मानित प्रतिभाका रूपमा उनलाई चिनाउँदै चित्रकार इमरोजले चित्रका माध्यमबाट उनीप्रति देखाएको श्रद्धा र अनुरागको पनि यहाँ वर्णन गरिएको छ । प्रीतमले नेपाल र इमरोजप्रति देखाएको सद्भाव, प्रीतम र इमरोजको एउटै भवनको वास अनि बुढेस कालमा प्रीतम लडेर फिलाको हाड भाँच्चिई थला परेको हृदय विदारक स्थितिको चित्रण पनि गरिएको  छ ।
               वरिष्ठ प्रगतिवादी स्रष्टा श्याम प्रसाद शर्माको जीवनी, व्यक्तित्व र कृतित्वबाट राया विशेष रूपमा प्रभावित रहेकी छन् । वि.सं.१९८६ मा जन्मेका उनले ५/६ वर्षको उमेरमा आमा र योवनले चिहाउनै नपाई बुबा गुमाएको तथा म्याट्रिकुलेसनसम्मको अध्ययनलाई पनि पूर्णता दिन नसकेको तर अनुभवका आधारमा नेपाली र अङ्ग्रेजीमा बराबर ज्ञान हासिल गर्नुका साथै व्याकरणमा दक्षता प्राप्त गरेको टिप्पणी उनले गरेकी छन् । गान्धी साहित्यको अध्ययनबाट उनमा सरलता आएको र प्रेमचन्द साहित्यको प्रभावबाट उनले वर्ग चेतनायुक्त प्रगतशील दृष्टिकोण अँगालेको रायाको धारणा छ । शर्मा वि.सं. २००४ मा पहिलो पटक र वि.सं. २००८ सम्म तिन पटक जेल परेको तथा २००७ साल जेठ ३ गतेदेखि सुरु भएको तेस्रो जेल जीवन विशेषतः साहित्यिक क्रियाकलापसँग सम्बन्धित रहेको उनको ठहर छ । सानै उमेरमा विवाह गरेकी पहिली पत्नीसँग वि.सं.२००९ मा नै पारपाचुके भएपछि वि.सं.२०१२ मा उनले दोस्री पत्नी विवाह गरेको तर आधुनिक किसिमकी उनीसँग पनि विचार नमिल्नाले बिछोड भएको जानकारी सहित त्यसपछिको उनको लामो अज्ञात जीवन रहेको सूचना यहाँ दिइएको छ । वि.सं.२००५ मा 'उदय' पत्रिकामा 'सन्देश'(हिन्दी कविताको अनुवाद) सर्वप्रथम छाप्न सफल उनले 'सन्देश'(हस्त लिखित), 'सेवा', 'स्वास्नीमान्छे' र 'साहित्य' जस्ता पत्रिकाको सम्पादन प्रकाशन गरेको, विभिन्न गीतहरु लेखेको, डायरी तयार पारेको, अनुवाद गरेको तथा प्रगतिवादी निबन्धकार र समालोचकका रूपमा पनि प्रतिष्ठित रहेको रायाको धारणा यहाँ अभिव्यक्त छ । श्याम प्रसादलाई निडर, विवेकशील, सहयोगी, मिलनसार, परिश्रमी, सिद्धान्तवादी , बोलीचालीको भाषाका पक्षपाती, साहित्य कला जनताका निम्ति हुनु पर्छ भन्ने लेखकमा उनले दरेकी छन् ।
                   जुही सद्भाव यात्राकी सहभागीका रूपमा इलाम पुगेर  भारती कालीन कवि श्यामकृष्ण श्रेष्ठको सम्मान कार्यक्रममा सहभागी हुँदाको खुसियाली सहित रायाले इलामको सुन्दर  प्रकृतिको  चित्रण यहाँको एक लेखमा गरेकी छन् । वास्तवमा जुहीको साहित्यिक सद्भाव यात्रा उदाहरणीय रहेको छ र चूडामणि रेगमीका नेतृत्वमा देशका विभिन्न भागमा विशेष प्रभाव छाड्न यो सफल रहेको छ । आफू पनि भारती कालीन भएकाले आफ्ना समकालीनको सम्मानले उनलाई गद्गद् तुल्याएको छ । युद्ध प्रसाद वैद्यको सभापतित्व र डी.आर. पोखरेलको प्रमुख आतिथ्यमा राम दियाली र विद्यार्थीहरुद्वारा गुञ्जित गीत सुनेर अनि सम्मानित प्रतिभालाई फुलमाला, अबिर, दोसल्ला र नेपाली टोपी लगाएर तथा जुहीबाट मोबाइल र आफू लगायत अन्य सहभागीहरुले महत्त्वपूर्ण पुस्तक उपहार प्रदान गरेर सार्थक तुल्याएको वर्णन पनि उनले गरेकी छन् । यसै क्रममा 'भारती', त्यसका सम्पादक पारस मणि प्रधान र उनका पुत्र नगेन्द्र मणि प्रधानको पनि उनले सम्झना गरेकी छन् ।
                   देव कुमारी थापालाई 'दिदी हजुर'को संज्ञा दिँदै उनीसँग भएको आत्मीय भेट, उनीप्रतिको सद्भाव र उनले लेखेको साहित्यको उल्लेख रायाले गरेकी छन् । दार्जिलिङ जिल्ला अन्तर्गत खर्साङको गिद्धे पहाडमा जन्मेकी थापाले आधा शताब्दीभन्दा अगिदेखि नेपाली साहित्यमा कलम चलाएको र 'गोर्खा' पत्रिकामा प्रकाशित 'पतन' कथाबाट उनको साहित्य यात्रा  सुरु भएको जानकारी उनले दिएकी छन् । नेपाली नारीले गर्व गर्ने प्रतिभाका रूपमा रहेकी थापाले विभिन्न विधामा कलम चलाएको र कथाकार, बाल साहित्य लेखिका, निबन्धकार, कवि, संस्मरणकार र सम्पादकका रूपमा भाषा साहित्यको सेवा गरेको कुरा उनले उल्लेख गरेकी छन् । साहित्यकार सूर्य विक्रम ज्ञवालीको सान्निध्य प्राप्त थापामा रहेका  बौद्धिकता, इमानदारी, निडरता र जातीय गौरव जस्ता विशेषतालाई उनी ज्ञवालीकै आशीर्वाद सम्झिन्छिन् । थापाका केही कथाको विवेचना पनि यहाँ गरिएको छ । यस क्रममा सर्व प्रथम उनको 'निष्ठा सौरभ' कथाकी चरित्र पवित्राले आफूलाई त्यागेर अर्को विवाह गर्ने पतिका अगाडि आफ्नो सामर्थ्य प्रदर्शन गरेको बयान गरिएको छ । पवित्राले आफ्नो आँट,स्वाभिमान, कर्तव्यको पालना र सङ्घर्षद्वारा आफ्नो छोराका साथै बहिनीको छोरालाई पनि खुट्टामा उभिन योग्य बनाएको, बाइस वर्षपछि सहयोगका आसले देखा परेको लोग्नेको बेवास्ता गरेको तर छोरालाई दसैँमा बुबाका हातको टीका भने लगाउन पठाई विनम्रताको पाठ पढाएको टिप्पणी पनि उनले गरेकी छन् । थापाकै 'मोहक जीवन' र 'अमर तिर्सना' कथाका विषयमा पनि रायाले चर्चा गरेकी छन् । यिनमा विश्व प्रसिद्ध सङ्गीतज्ञ जोहन सिवास्तियन बाखले रचेको महत्त्वपूर्ण सङ्गीतबारे प्रकाश पारिएको छ । बाखको अभाव ग्रस्त जीवन र अकाल मृत्यु अनि उनकी पत्नी अन्ना मेकडालिनले आफ्ना पतिको प्यासन सङ्गीत छाप्ने प्रकाशक नपाएपछि कबाडीलाई पाण्डुलिपि  सुम्पेको र पछि प्रसिद्ध सङ्गीतकार मेन्डलसनले दोस्री पत्नी सिसिलले मासु बेरेर ल्याएको कागजमा प्यासन सङ्गीत पाएपछि त्यसलाई अमर तुल्याएको कुरा उनले उल्लेख गरेकी छन् । अन्य व्यक्तिहरुका भनाइ समेत दिएर देव कुमारीका असल पक्षको चर्चा सहित उनलाई नारी जगत्की भुल्न नसकिने साहित्यकारका रूपमा रायाले उभ्याएकी छन् ।
२.४ कृति समीक्षा
           प्रस्तुत खणडमा रायाले विभिन्न लेखक र तिनका कृतिहरुका सम्बन्धमा समीक्षात्मक टिप्पणी पस्केकी छन् । यस क्रममा श्याम प्रसादको 'हाम्रा बालबालिकाहरु हाम्रा नयाँ पुस्ता', कथाकार श्यामकृष्ण श्रेष्ठको 'स्वप्न भङ्ग'का नौ कथाहरु, कोमल प्रसाद पोखरेलको 'हाउडी पुराण' हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, सरोज वलीको 'तम्मर नदीका धून' कविता सङ्ग्रह, भक्त बहादुर नेपालीको 'आजको चिन्तन' कथा सङ्ग्रह, माधव भँडारीको 'सम्झनाको वेगमा' कथा, रोहिणी विलास लुइटेलका 'अपराजेय कटाक्ष' व्यङ्ग्य निबन्ध सङ्ग्रह र विभिन्न तिन कथा, कपिल लामिछानेका 'ठुलो मान्छे' र 'मुसाको बस्तीभित्र' बाल उपन्यासहरु, डा.हृषीकेश उपाध्यायको 'धनको डायरी' कथा, कृष्ण धरावासीको 'ब्रह्मपुत्रको फानी' कथा र गङ्गा प्रसाद उप्रेतीको 'तिब्बतमा दश दिन' नियात्राका विषयमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै तिनका सर्जकहरुलाई चिनाउने काम पनि उनले गरेकी छन् । 'पूर्वाञ्चलको यात्रा साहित्य' नामक लेखमा उनले महेश्वर रायको 'काली सेतीका छालहरु'(२०४०), मञ्जुलको 'सम्झनाका पाइलाहरु'(२०४४), गङ्गा प्रसाद उप्रेतीको 'स्मृतिका छालमा इटाली'(२०४४), भीष्म उप्रेतीको ( 'यात्राका केही थुङ्गा फूल'(२०४६), प्रह्लाद पोखरेलको 'गोसाईं कुण्ड'(२०५६),चूडामणि रेगमीको 'घुमेका कुरा'(२०५६), कृष्ण अधिकारीको 'जर्मनी यात्रा स्मृति'(२०५६), राममणि पोखरेलको 'सम्झनाको पोखरीमा छचल्किए छालहरु '(२०५८) र पुण्य प्रसाद खरेलको 'घुमीफिरी रुम्जाटार'(२०५९)लाई लिएर आफ्नो विचार प्रवाह गरेकी छन् । 'झापाका नारी साहित्यिक प्रतिभाहरु'मा झापाका विभिन्न विधामा सृजनरत नारी स्रष्टाहरुलाई प्रकाशमा ल्याउने सदाशय रहेको पाइन्छ । यसरी नै पचास वर्षअगिको दार्जिलिङको साहित्यिक परिवेशसित हाम्रो साक्षात्कार गराउने काम पनि उनले गरेकी छन् । आफ्नो अनुभव र अध्ययनबाट प्रभाव ग्रहण गरेका विषयलाई सरल अभिव्यक्ति दिएर नेपाली वाङ्मयलाई  उनले सुम्पेकी छन् । कृतिभित्र पसेर केस्रा केस्रा केलाउने र आफूलाई लागेको कुरा निर्धक्कसँग व्यक्त गर्ने प्रवृत्ति उनमा रहेको छ । आफ्नो भनाइलाई पुष्टि गर्न उनले  कतिपय व्यक्तिहरुका भनाइ र कृतिका पङ्क्तिहरुलाई उद्धृत पनि गरेको पाइन्छ ।

३.समापन
         राधिका राया  पूर्वी नेपालबाट नेपाली साहित्यको क्षितिजमा उदाएकी एक चर्चित  साहित्यिक प्रतिभा हुन् । उनले सिर्जनाका साथै समीक्षामा पनि अभिरुचि लिई अनेक लेखक र तिनका कृतिका विषयमा कलम चलाएकी छन् । उनमा गुण ग्राह्यताको मात्रा विशेष रूपमा विद्यमान छ । वैचारिक रूपमा उनी आदर्शवादी देखिन्छिन् । दीनदुःखीहरुप्रतिको सद्भाव उनका विभिन्न रचनामा प्रकट भएको छ । राष्ट्रप्रेमको भावना उनीभित्र प्रबल  छ । अग्रज साहित्यकारहरुप्रतिको आदर भाव उनका लेख रचनामा यत्रतत्र देखिन्छ । लेखनमा उनले आफ्नै  प्रकारको शैली निर्माण गरेकी छन् जसमा कुनै कुराको उठान गर्नुअगि केही भूमिका बाँध्ने वा प्रसङ्ग उक्काउने गरेको पाइन्छ । भाषिक दृष्टिले उनका रचना बोधगम्य छन् यद्यपि व्याकरणिक रूपमा कहीँ कहीँ सङ्गति खलबलिएको  पनि स्थिति छ । उनको साहित्य कर्मले उनी स्वयम्,उनी जन्मेको थलो, उनले काम गरेको देश विदेशको परिवेश र उनका सम्पर्कका अनेक व्यक्तिहरु तथा ठुलो सङ्ख्यामा साहित्यकारहरुलाई जीवन्त रूपमा पाठकहरुमाझ पुर्‍याई उनीहरूप्रति सद्भाव जगाउने काम गरेको छ ।  यी सम्पूर्ण कुराको दरिलो साक्षीका रूपमा रायाको 'आत्मकथ्य : विविध' रहेको छ र उनी नेपाली साहित्यमा सदा स्मरणीय छन् ।

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण