मैले धूम्रपान किन छाडेँ



                 

                         मैले धूम्रपान किन छाडेँ
                                    प्रा.डा.जीवेन्द्र देव गिरी
म पहिले धूम्रपान गर्थेँ अर्थात् चुरोट, बिँडी, तमाखु र सुर्ती सेवन गर्थेँ । त्यसकै कारण अहिले खोकीको सिकार भएको छु र दमको पनि सम्भावना नजिकिँदै छ । सर्व प्रथम यसले मलाई म सात वर्षको छँदा आफ्ना फन्दामा पारेको थियो । म जन्मेको सुर्खेत जिल्लाको सिम्ता काप्रीचौर गाउँमा यसले मलाई पहिलो पटक बल्झाएको थियो । वि.सं.२०१५को चुनाब प्रचार गर्न हाम्रो गाउँमा आएका एक जना नेताजीलाई भेट्न मेरा बा जानु हुँदा म पनि सँगै गएको थिएँ । त्यहाँ नेताजीले गाउँलेहरुका निम्ति बिँडीका खोचीहरु राखि दिनु भएको थियो । मान्छेहरु बिँडी तान्दै धुवाँ उडाइ रहेका थिए । धुवाँ नाक र मुख दुबैतिरबाट निस्कि रहेको दृश्य मलाई  रमाइलो लाग्यो । मैले त्यहाँ त धुवाँ उडाइन तर सुटुक्क एकदुई वटा बिँडी झिकेर गोजीमा राखेँ । घरमा पुगेर बिँडी सल्काइ धुवाँ तान्ने अभ्यास गरेँ तर यो काम निकै कठिन लाग्यो । त्यसपछि म सुर्खेत उपत्यकाको मामाघरमा फर्केँ जहाँ मेरो स्कुले शिक्षा चल्दै थियो । त्यहाँ मैले बिँडी तान्ने रुचि लिइन । गुरुहरुले देखेमा हप्कीखप्की खानु पर्ने भएकाले पनि त्यो आँट आएन । चुरोट बिँडी तान्नेहरुले पनि लुकेर डराई डराई तान्थे ।
म वि.सं.२०२२तिर फेरि मेरो गाउँ काप्रीचौर पुगेँ । यतिखेर मेरो उमेर १४ वर्ष पुगेको थियो र किशोरकालीन उमेरमा म थिएँ । त्यतिखेर भूमि सुधार लागु भएको थियो र जग्गाको ७ नं.फाराम भर्न तँछाडमछाड थियो । त्यो फाराम भर्न जान्ने मान्छे गाउँमा ज्यादै कम थिए । म त्यति वेला ८ कक्षामा पढ्दै थिएँ र त्यो फाराम भर्ने क्षमता राख्थेँ । एक जनाको फाराम भरेको एक रुपियाँ म पाउँथेँ । गाउँलेहरु भन्थे, "कुर्सीमा बसेर लेखेको अनि बिँडी तानेको, कति सुहाएको !"  म दङ्ग परेर बिँडी तान्थेँ । अझ के पनि भनिन्थ्यो भने बिँडी वा सुल्पामा भरेको तमाखु कसैले दिएमा नलिनु बेसोमत हुन्छ । सँगैका साथीसँगातीहरु के पनि थप्थे भने अरूले दिएको कक्कर(सुल्पामा भरेको तमाखु) तान्न नजाने पनि लिएर तान्ने प्रयत्न गर्नु पर्छ । यसो गरे सर(सम्मान) रहन्छ । मलाई यी कुरा अनौठा र रमाइला लाग्थे । म सकी नसकी आफूप्रति बढाइएका हातको सुल्पा तान्न थालेँ । अझ अलि अलि कमाइ गरि रहेको मैले अरूलाई बिँडी किनेर नखुवाउनु त कन्जुस्याइँ हुन्थ्यो । त्यसैले आफूलाई अरूले दिएको पनि म तन्काउन लागेँ र अरूलाई आफूले तान्ने चिज दिएर सोमतिलो  बन्ने प्रयत्न पनि गर्न थालेँ । यति वेला भने कक्कर बिँडी खाने सिप सिकेर सुर्खेत उपत्यका फर्केँ।
सुर्खेत उपत्यका पुगेर मैले बिँडी चुरोट तान्दै धुवाँ उडाउन थालेँ । साथीहरुलाई नाकबाट धुवाँ निकालेर जिल्ल्याउन लागेँ । हुँदा हुँदा मलाई चुरोट बिँडीको लतले  समात्यो । खाजाका लागि घरबाट पाएको पैसा चुरोट बिँडीमा खर्च हुन थाल्यो । त्यति वेला पैसा पाउन सजिलो थिएन तापनि जे जति पाइन्थ्यो त्यो धूम्रपानले उडाउन लाग्यो । एस.एल.सी.पास गरेर फेरि सिम्तामै पढाउन म पुगेँ जहाँ चुरोट बिँडी तमाखुले स्वागत गर्नु सोमतको व्यवहार मानिन्थ्यो । अब त हातमा तलब पनि आउँथ्यो । त्यसैले मेरो लतको तलतल फेरि मजैले मेटिन थाल्यो । म त चुरोट बिँडीको धित मार्न निकै तान्नु पर्ने अवस्थामा पुगेँ । चुरोट बिँडी टुप्पैसम्म नसल्किँदासम्म म तानि रहने भएँ । गाउँघरमा प्रायः तमाखु भरेको सुल्पाले स्वागत गरिएको राम्रो लाग्न थाल्यो ।
यस्तैमा राजनीतिले पनि तान्यो । केही समाज सुधारका काममा  म संलग्न भएँ । जुवातास नखेल्ने, मदिरा सेवन नगर्ने र अश्लील गतिविधिबाट टाढा रहने जस्ता अभियानमा म गाँसिएँ तर धूम्रपानलाई भने मैले निषेध गरिनँ । फलस्वरूप यसको सङ्गत रहि नै रह्यो । झन् राजनीतिक समस्याले पिरोलेका वेला तनाब कम गर्न यसबाट सहयोग पुगे जस्तो पो लाग्न थाल्यो । लुकेर दिन गुजार्नु परेको वेला यसको सहारा लिन लागियो । हुँदा हुँदा एक बट्टा होइन त्यसभन्दा बढी चुरोट एक दिनमै सखाप हुन थाल्यो । वेला वेलामा यसलाई छोड्ने निर्णय लिए पनि प्रयत्न सफल भएन । भारतीय भूमिमा भौँतारिइ रहेका वेला नेपाल पसेपछि छाड्ने भन्दै पनामा चुरोट तन्काउने तर नेपाल पसेपछि छाड्न नसकी यसकै कब्जामा परि रहने अवस्था पनि आयो । मुखबाट रगत आउँदा यसैलाई कारण ठानी अलगिन गरेका सुरुका प्रयत्नहरु पनि विफल भए ।
वि.सं.२०३२तिर जन गणनाको जागिर खाएर म रामेछाप पुगेको थिएँ । मसँगै मलाई सघाउन एक जना खरिदार पनि त्यहाँ पुगेका थिए । उनले आफ्नी पत्नी पनि सँगै लिएर गएका थिए । म उनलाई भाउजू भन्थेँ । उनले नै हामीलाई खाना खुवाउँथिन् । हामी एउटै घरमा बस्थ्यौँ । मैले चुरोट खाएको देखेर उनी छक्क पर्थिन् । म एउटा चुरोट नसकिँदै अर्को सल्काइ हाल्थेँ । दिनमा तिन बट्टा म किनेर राख्थेँ । भाउजूले वेला वेलामा चुरोट लुकाउँथिन् र चुरोट कम पिउन आग्रह गर्थिन् । त्यसले अलि अलि कम खाने बनाए पनि ठुलो फरक भने पार्दैनथ्यो । ती भाउजूलाई  म अहिले पनि झलझली सम्झन्छु र हृदयदेखि धन्यवाद दिन चाहन्छु जसले मेरो स्वास्थ्यको त्यति धेरै चिन्ता लिन्थिन् । त्यतिखेर म तापमा थिएँ । राजनैतिक मुद्दाले गर्दा जिल्लामा बस्ने अवस्था थिएन भने बिरामी पत्नी, वृद्ध आमाबा र नाबालक भाइहरुबाट टाढा रहेर मेरा दिनहरु गुज्रँदै थिए ।
 म वि.सं.२०३३मा नेपाली विषय लिएर एम.ए. पढ्न कीर्तिपुरमा भर्ना भएँ । त्यतिखेर कक्षाबाट पटक पटक बाहिर निक्लेर म चुरोटको तलतल मेट्थेँ । गुरु वासुदेव त्रिपाठी पनि चुरोट पिउनु हुँदो रहेछ । मैले चुरोट पिउने कुरा थाह पाएर होला उहाँ म बाहिर निस्कन लाग्दा चुरोट ल्याइ दिन मलाई अह्राई पैसा हातमा पार्नु हुन्थ्यो । म भने अप्ठ्यारो मान्दै सो काम सम्पन्न गर्थेँ र आफू पनि धुवाँ उडाएर फर्कन्थेँ । काठमाडौँ सहरबाट कीर्तिपुरसम्मको बसयात्राका लागि टिकट किन्न ३०—३५ पैसा लाग्थ्यो । त्यो पैसा जोगाई चुरोट पिउन  कति दिन त म पैदलै हिँडेर कीर्तिपुर जान्थेँ । कम्ती त सताएन यस लतले ! अहिले सम्झिँदा रिस पनि उठ्छ ।
वि.सं.२०३४को हिउँदमा म रा.वि.से.विद्द्यार्थी बनेर बर्दियाको मैनापोखर पुगेँ र बसाइ बढैयामा भयो । ती दुबै थारुहरुका पुराना बस्ती थिए । त्यहाँ माखुर (खैनी) खुबै खाइँदो रहेछ । बुढापाकाहरुसँग घुलमिल हुन यसको सहारा लिनु पर्ने अनुभूति मैले गरेँ । चुरोट, बिँडी र सुल्पाको धुवाँ त निकै उडाएको थिएँ, खैनीको अनुभव भने बाँकी थियो । त्यसको पनि मैले आरम्भ गरेँ । सुर्ती र चुना किन्न धेरै ठुलो खर्च लाग्दैनथ्यो । त्यसैले किनेर डेरामा राखि दिन्थेँ र गाउँलेहरु आएर चुना मल्दै आफू पनि खान्थे र मलाई पनि खुवाउँथे । त्यहाँ अझ सस्तोमा चुना मल्नु नपर्ने गुलियो खैनी पनि पाइन्थ्यो । त्यो पनि म किनेर राखि दिन्थेँ । गाउँलेहरु "देओ तो पहुना चुन टुहारे माखुर खाई" भन्दै मेरै चुन र खैनी ठट्यौलो भाषामा माग्दै मकहाँ आउँथे र मसँग झ्याम्मिन्थे । त्यसले  उनीहरुसँग आत्मीय सम्बन्ध गाँस्न त मलाई सजिलो भयो, ओठ लेब्र्‍याएर चुना हालेको खैनी खाने लत पनि थपियो ।
मेरो जागिरले मलाई वि.सं.२०३५ मा पोखराको पृथ्वी नारायण क्याम्पसमा पुर्‍यायो । जागिरमा बढोत्तरी भएको थियो । तलब पनि बढेको थियो । म कार्यालयको कुर्सीमा बसेर याक चुरोटको धुवाँ उडाउन थालेँ । क्याम्पस प्रमुख जोर्ज जोन हुनु हुन्थ्यो । उहाँले केही दिन नयाँ ठानेर होला केही भन्नु भएन । एक दिन त असह्य भएछ क्यारे, मेरा अगाडि आएर भन्नु भयो, "गिरीजी, हामी त यहाँ कोही चुरोट पिउँदैनौ । नपिए राम्रो हुन्थ्यो ।" कुरा जायज थियो । मैले कुनै प्रतिवाद नगरी टाउको हल्लाएँ तर मलाई पर्‍यो फसाद ! अब के गर्ने ? म छिन छिनमा चुरोट पिउनलाई क्याम्पसको हाता बाहिर निस्कन थालेँ । यो पनि कम्ती सकसको काम थिएन । मैले सुनेँ, "जोन सर विद्यार्थीले चुरोट पिएको थाह पाएपछि कतै आगो लागेको धुवाँ आएको हो कि भन्दै बाल्टीमा पानी बोकेर धुवाँ आएको ठाउँतिर निस्किनु हुन्छ ।"
यस्तैमा म बिदाको समयमा बाँके जिल्ला स्थित आफ्नो हसना पुरको घरमा पुगेँ । पोखरा फर्केर आउँदा मलाई सन्चो भएन । ख्वाक्क खोक्ता मुखबाट रगत निस्कन थाल्यो । दिनभरि त्यसो भएपछि म निकै डराएँ किनकि केटाकेटी अवस्थामा मैले त्यसरी रगत फाल्नेहरु टी.बी. रोग लागेर मरेको देखेको थिएँ । मैले आफ्नी जीवन सँगिनीलाई सो कुरा सुनाएँ । हामीले डाक्टरकहाँ जाने सल्लाह गर्‍यौँ र त्यतिखेरको पोखराका प्रसिद्ध डाक्टर कुमार शमशेर राणाकहाँ पुग्यौँ । डाक्टरले खकार लगायत विभिन्न जाँच गराइ सकेपछि भन्नु भयो, "टी.बी. नै त होइन, घाँटीमा घाउ भएको छ । औषधी खाए ठिक हुन्छ । सक्नु हुन्छ भने चुरोट छाड्नोस् ।" भारतीय रेलको चिसो खाँदै ओहोरदोहर गर्दा घाँटीमा घाउ हुनु स्वाभाविक थियो तर पनि मेरो मन भने डराइ रह्यो । मैले क्याम्पसमा चुरोट पिउन घरि घरि हाता बाहिर गइ रहनु पर्ने झन्झटबाट मुक्ति  लिने र टी.बी.जस्ता रोगको डरबाट कहालि रहनु पर्ने अवस्था पनि आउन नदिने अठोट गरेँ । चुरोटलाई मैले त्यसै दिनदेखि सदाका लागि छाडि दिएँ । केही समय तलतलले सताए पनि दृढताका अगाडि त्यसको केही जोर चलेन । सुरु सुरुमा अरूले धुवाँ तानेको देख्ता मन लोभिइ रहन्थ्यो तर पछि भने त्यही कुरा गनाउन थाल्यो । चुरोट छाडेपछि घाँटीका घ्यारघ्यार र खोकी लगायतका समस्याहरु हल पनि भए । तर अचम्म ! धूम्रपानबाट अलग भएको ३६ वर्षपछि पनि यसले पुरै साथ भने छाडेको रहेनछ । अहिले श्वास प्रश्वासको समस्याले सताएर डाक्टरकहाँ पुग्दा थाह भयो - उहिलेको धूम्रपानको प्रभावले  फोक्सोमा पारेको प्रभावको फल अझै पो भोगिँदै रहेछ त ! त्यसैले म पछुताउँदै सोच्छु, अल्लारे समयमा  गल्ती नगरेको भए पछिल्लो समयमा आएर पछुताउनु पर्ने थिएन, समाज जागरुक भइ दिएको भए धूम्रपानले  स्वागत गर्ने प्रचलन कतै मौलाउने थिएन । सँगसँगै सङ्गत गरेको पन्ध्र वर्षमै सम्बन्ध विच्छेद  गर्दा त अहिले आएर स्याँफ्याँ गर्नु परेको छ भने अझै बढी टाँस्सिएको भए धूम्रपानले आफूलाई कहाँ पुर्‍याउँथ्यो होला भनी म झल्याँस्स हुन्छु । अब बढी भन्दिन, आफै सोच्नोस्, मैले धूम्रपान किन छाडेँ ।
     

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/