चार सर्जकहरुको सङ्क्षिप्त परिचय



                 (कृपया मेरो हिज्जे नचलाइ दिनु होला । अङ्ग्रेजी मैले मेरो नाम Jivendra Deo Giri  लेख्‍ने गरेकाले यही राखि दिनु होला । लु सुन सम्बन्धी केही सूचना नेटबाट लिइएकाले नाम आदिका स्पेलिङमा अप्ठेरो परे त्यहाँबाट भिँडाउनु होला । धन्यवाद –गिरी । )
                                       चार सर्जकहरुको सङ्क्षिप्त परिचय
                                                      प्रा.डा.जीवेन्द्र देव गिरी
  (क)लु सुनको परिचय लु सुनको परिचय
                                लु सुन आधुनिक चिनियाँ साहित्यका अग्रणी व्यक्तित्वका साथै विश्व प्रसिद्ध महान् साहित्यकार हुन् । उनी सर्वहारा वर्गका महान् लेखकका रूपमा संसारभरि सम्मानित छन् । उनको जन्म चीनको चेकियाङ प्रान्तको साओसिङमा भएको थियो । उनी इ.सं. १८८१ को २५ सेप्टेम्बरमा आमा लु जु ई र बुबा चौ बोयीका सुपुत्रका रूपमा जन्मेका थिए । उनी  जम्मा ५५ वर्षको अल्पायु बाँचे र इ.सं. १९३६ को अक्टुबर १९ मा मृत्यु वरण गर्न पुगे तर उनको अमर साहित्यमा उनी सदा जीवित  छन् र भविष्यमा पनि  जीवित रहि रहने छन् । सामन्तवाद र साम्राज्यवाद तथा सबै प्रकारका शोषण उत्पीडन विरुद्धको उनको उद्घोष  युगौँयुगसम्म गुन्जि रहने छ ।
                                बाल्यकालमा चाउ चाङसोउ, युसान र युकाइ नामले पुकारिने उनले शिक्षालय पुग्दा भने चौ सुरेन नामलाई अँगाले । उनका रचनाको प्रकाशनसँगै उनको  नाम लु सुनका रूपमा सार्वजनिक भयो । यही लु सुन नाम नै आज संसारले जान्ने बुझ्ने अत्यन्त प्रिय साहित्यिक नाम बनेको छ र  धेरैको मन मुटुमुटुमा टाँसिएको छ ।  लु सुनले बाल्यकालका आफ्ना केही प्रारम्भिक दिनहरु मावलीमा बिताएको पाइन्छ । त्यतिखेर उनले त्यहाँको सुन्दर प्राकृतिक वातावरणलाई नजिकबाट नियालेका थिए । त्यहीँ उनले स्थानीय ठुलाठालुको अन्याय, शोषण र थिचोमिचो पनि देखेका थिए । उनी मावलीबाट घरमा फर्केपछि आफ्ना बुबाको बिग्रेको स्वास्थ्य सुधार्ने प्रयत्नमा लागे । यस क्रममा उनी आमाका गहना बेच्तै वैद्यकहाँ पुगे तर रोगका अगाडि उनको केही लागेन । उनका पिताको मृत्युशोक  बेहोर्न उनी विवश भए । वैधव्यको पीडामा भए पनि उनकी आमाले शिक्षाको महत्त्व बुझेकाले उनको शिक्षामा ध्यान दिइन् । खराब आर्थिक स्थितिका कारण सरकारी शिक्षालयमा उनको अध्ययनको चाँजोपाँजो मिलाइयो । उनले ६ महिना जति जियाङनन नौसेना प्रतिष्ठानमा अध्ययन गरे भने त्यसपछि स्कुल अफ माइन्स एन्ड रेलवेजमा अध्ययन गरी  स्नातक तह पुरा गरे । बाल्यकालमा सुसारेबाट लोककथाहरु सुन्ने अवसर पाएका उनले आधुनिक शिक्षा लिने सिलसिलामा साहित्य, दर्शन, इतिहास र विज्ञानका साथै अङ्ग्रेजी र जर्मनेलीको पनि ज्ञान बटुले । यसपछि आधुनिक डाक्टर बन्ने रहर बोकेर उनी इ.सं. १९०२ मा जापान गए र त्यहाँको सेनडाई मेडिकल कलेजमा अध्ययन गर्न थाले । शारीरिक डाक्टर बन्न जापान पुगेका उनलाई त्यहाँ रहँदा पनि चीनको पीडादायी अवस्थाले पोल्न थाल्यो ।
                           जापानमा रहँदा उनले एउटा स्लाइड प्रदर्शन हेरे जसमा एक जना चिनियाँ नागरिकलाई जापान विरुद्ध रुसका पक्षमा जासुसी गरेको अभियोग लगाई हत्या गरिएको थियो र रमिते बनेर त्यो दृश्य हेर्नेहरुमा त्यहाँ रहेका चिनियाँहरु पनि थिए । उनको हृदयमा संवेदनाको ज्वार उर्लिन  थाल्यो । उनी चेतनाको बिउ जापानमै रहेका चिनियाँहरुमाझ छर्न लागे । उनले त्यहाँ विश्व साहित्यको पनि अध्ययन गरे । चीनमा भइ रहेको विद्रोह र क्रान्तिले उनलाई तान्न थाल्यो । आखिरमा उनी "घाउको चिरफार होइन, मानिसको मगजको चिरफार" गर्ने उद्देश्यका साथ इ.सं. १९०८ मा  स्वदेश फर्के । चीनमा डा. सन यात सेनको नेतृत्वमा सञ्चालित मञ्चु राजवंश विरुद्धको आन्दोलनमा उनले सघाउ पुर्‍याए । राजवंशको अन्त्य भएपछि पनि चीनका समस्याहरु समाप्त भएनन् । च्याङ्काइसेक र साम्राज्यवादीहरुको ज्यादती जनताले बेहोर्नु पर्ने अवस्था रहि रह्यो । उनी एक शिक्षक र लेखकका रूपमा चिनियाँ जनताको सेवामा जुटे र उनले आफनो ज्ञान एवम् अनुभव समाज र  राष्ट्रको हितमा खन्याउन थाले । यसका निम्ति आफ्नो देश र समाजलाई राम्ररी बुझ्न इतिहास, दर्शन, शास्त्रीय साहित्य र संस्कृतिको गहिरो अध्ययनका साथै विश्व साहित्यको नवीन चेतना  ग्रहण गर्ने काम उनले गरे । उनका चेतनाले भरिएका साहित्यक रचनाहरु प्रकाशित हुन थाले ।
                                   इ.सं.१९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएपछि चीनमा क्रान्तिको नवीन आलोक देखा पर्‍यो । लुसुनले क्रान्तिकारी र समाज रूपान्तरणकारी   लेखनलाई बढाउँदै र फिँजाउँदै लगे ।  चिनियाँ जनता र क्रान्तिका पक्षमा  उनले अनेक  कविता, आख्यान र  निबन्ध लेखे । उनले प्राचीन चिनियाँ लोक साहित्यलाई समेत समाज रूपान्तरणका निम्ति सदुपयोग गरे । उनका 'बौलाहाको डायरी' र 'आहक्युको साँचो कथा' जस्ता कृतिले चीनमा मात्र होइन संसारभरि नै जागरणको लहर सिर्जना गरे । 'आखिरी कुराकानी', 'हाँक', 'विचरण' र 'पुराना कथा नयाँ रूपमा' जस्ता आख्यानात्मक कृतिका साथै 'कुकुर आफ्नो मालिकभन्दा भयङ्कर हुन्छ', 'लामखुट्टेले टोक्नुभन्दा पहिले गाउँछ', 'उचाल्नु र थचार्नु', 'झुटो सफलताको पुस्तक', 'मृत्यु' जस्ता निबन्ध लगायत एकभन्दा एक उम्दा गद्य रचना उनले लेखे ।  उनले 'अग्लो देवल', 'आफैमाथि व्यङ्ग्य', 'कालानिला रगतका टाटाहरुबिच' जस्ता करिब  सात दर्जन कविता लेखेको जानकारी उपलब्ध छ । चीनका महान् नेता माओ ज दुङ स्वयम् उनका रचनाका प्रशंसक रहे   'येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन'मा उनले लु सुनका कविताका यी पङ्क्ति उद्धृत गर्दै तिनलाई मार्ग दर्शक सिद्धान्त बनाउनु पर्ने धारणा सार्वजनिक गरे :
                               आँखिभौँ तन्काउँछु रत्तिभर पर्बाह नगरी
                               मतिर ठड्याइएका हजार वैरीका औँलाको
                               शिर निहुँर्‍याउँछु बनेर गोरु नै
                               सेवा गर्छु बरु केटाकेटीहरुको
                      लु सुनले समीक्षा, अनुवाद र सम्पादनका माध्यमबाट पनि परिवर्तनकारी विचार जनता समक्ष पुर्‍याए ।  उनले रुस र पूर्वी युरोप लगायत विश्वका विभिन्न देशमा लेखिएको  मार्क्सवादी  सिद्धान्त र साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरे । उनले समालोचनाका माध्यमबाट गलत विचारको  तर्कपूर्ण खण्डन गर्दै असल विचारको पक्ष पोषण गरे । उनले विभिन्न पत्र पत्रिकाको सम्पादन गरेर पनि जाज्वल्यमान जनहितकारी चिन्तनलाई समाजमा छर्ने काम गरे । त्यसैले  चीनका अर्का श्रद्धेय नेता चाउ एन लाइले उनलाई पुरानो जनवादी र नौलो जनवादी क्रान्तिलाई जोड्ने चीनको सङ्क्रमणकालीन अवधिताकका एउटा ठुलो साँघुका रूपमा चित्रण गरे ।
                       उनका रचनाहरु अत्याचारी शासकहरुका मुटु रोप्ने वाण बने । प्रतिक्रियावादीहरुले रिसले मुरमुरिँदै  र उनीप्रति दारा किट्दै उनलाई मुल्याहाको संज्ञा दिए । गुप्तचरहरु उनका पछि लागे । भेष बदलेर उनले आफूलाई जोगाउनु पर्‍यो । कष्टकर भूमिगत जीवनबिच उनले दिन गुजार्नु  पर्‍यो । उनीमाथि  वर्गवैरीहरुका जति  गिद्धे दृष्टि लागे पनि उनले कत्ति विचलित नभई तिनको दृढतापूर्वक  सामना गरे ।   जस्तोसुकै आँधीहुरीका बिच जीवन डुङ्गा खियाउनु परे पनि उनले आफ्नो लेखनीलाई झन् पछि झन् तिखार्दै लगे । अनेक प्रतीक, विम्ब र शैलीको प्रयोग गर्दै उनले आफ्नो सिर्जनात्मक छटाद्वारा तत्कालीन शासनलाई नङ्ग्याउने र त्यसका विरुद्ध जनमत तयार पार्ने काम गरे । उनको लेखनलाई पछ्याउने विशाल पङ्क्ति  देखा पर्‍यो । उनी तमाम जनवादी, प्रगतिशील र प्रगतिवादी लेखकहरुका प्रेरणाका स्रोत  र संसारभरिका दुःखी गरिबका पत्यारिला मित्र बने ।
                     नेपालमा  पनि उनी र उनका   रचनाका प्रशंसकहरुको विशाल ताँती रहेको छ  । कसैले उनका कृतिको अनुवाद गरेर, कसैले उनका कृतिको चर्चा, परिचर्चा र समीक्षा गरेर, कसैले उनको जीवनीमा प्रकाश पारेर  अनि कसैले उनी सम्बन्धी विशेषाङ्क प्रकाशन गरेर उनीप्रति सद्भाव व्यक्त गरेका छन् । नेपाल चीन मैत्री सङ्घले नेपालीमा लु सुनका कृतिहरु सुलभ तुल्याउन उनका केही कृतिहरुको अनुवादमा अग्रसरता लिएको पाइन्छ । लु सुनका   कृतिहरुको अनुवाद  गर्ने  काममा शान्तदास मानन्धरको विशिष्ट भूमिका रहेको छ । उनले लु सुनका 'बौलाहाको डायरी', 'आहक्युको साँचो कथा', 'लु सुनका केही निबन्धहरु' र 'लु सुनका  निबन्धहरु' लगायतका केही अन्य रचनाहरु पनि अनुवाद गरेका छन् । उनले 'लु सुनको सम्झनामा' र 'लु सुनप्रति म कसरी आकर्षित भएँ' जस्ता लेखहरु पनि प्रकाशित गरेका छन् र लु सुनका निबन्ध आगाका झरझराउँदा फिलिङ्गा हुन् भन्दै उनको साहित्यबारे विशेष प्रकाश परेका छन् । भक्तपुरबाट प्रगतिशील लेख भण्डारले प्रकाशन गरेको 'लु सुनका अरू केही निबन्धहरु', दीप प्रकाशनले प्रकाशित गरेको रमेश सुनुवार अनूदित 'लु सुनका उत्कृष्ट कथाहरु' तथा  एसिया पब्लिकेसन्सले प्रकाशित गरेको गोपीरमण उपाध्याय अनूदित  'चिनियाँ पौराणिक कथाहरु'ले पनि लु सुन सिर्जित साहित्यको स्वाद  चखाएका छन् ।
                              लु सुनको साहित्यबारे नेपालका अन्य व्यक्तिहरुले व्यक्त गरेका विचारहरुबाट पनि उनको साहित्यिक शक्तिसँग नेपालीहरु परिचित हुन पुगेका छन् । कविवर सिद्धिचरण श्रेष्ठले लु सुनका कथाहरु जति स्वस्थ विचार र स्वस्थ विषयले सिर्जिएका छन् त्यति नै ती कलात्मक दृष्टिले उत्कृष्ट रहेको टिप्पणी गरेका छन् ।  गोविन्द प्रसाद लोहनीले उनलाई चीनको रुग्ण सांस्कृतिक संस्कार, संस्कृति, कला र साहित्यलाई तहसनहस पार्ने साहित्यिक  योद्धाको संज्ञा दिएका छन् । श्याम प्रसादले विश्व साहित्यका पढ्नु पर्ने  शिखर स्रष्टाहरुका पङ्क्तिमा उनलाई उभ्याएका छन् । गोविन्द भट्टले चिनियाँ नव संस्कृतिको जागरण आन्दोलनमा अगुवा भएर काम गर्ने, आफ्ना सजिला, रसिला र प्रगतिशील कथा, निबन्ध र संस्मरणहरुद्वारा दासताको अन्धकारमा छटपटाइ रहेका चिनियाँ जनताहरुको मथिङ्गललाई घचघच्याउने, हृदयलाई हौसल्याउने र चिनियाँ जनताका दुस्मन सामन्तशाही र साम्राज्यवादीहरुका टाउकामा व्यङ्ग्यको मुङ्ग्रो ठटाउने साहित्यकार  भनेर उनलाई चिनाएका छन् । निनु चापागाईंले आधुनिक चिनियाँ साहित्यका संस्थापक एवम् चिनियाँ साहित्यको समाजवादी यथार्थवादी धाराका प्रमुख हस्ती र प्रतिनिधि लु सुन आफ्ना रचनाबाट आफ्नो देश र काललाई अतिक्रमण गर्ने महान् विश्व प्रसिद्ध साहित्यकारमध्ये एक हुन् भन्ने विचार प्रकट गरेका छन् । उनका कृतिहरुबारे महाकवि चित्तधर हृदय, वैकुण्ठ प्रसाद लाकौल, ईश्वरानन्द श्रेष्ठाचार्य, रुद्र शाक्य, निरञ्जन भट्टराई, जनक प्रसाद हुमागाईं, रघु पन्त आदिले पनि सटीक टिप्पणी गरेका छन् । लुसुनको जीवनी प्रकाशमा ल्याएर नेपाली पाठकहरुमाझ पुर्‍याउन कोशराज रेग्मी, राजीव (रामबाबु सुवेदी) र खगेन्द्र  सङ्ग्रौलाले विशेष परिश्रम गरेका  छन् ।  रेग्मीले 'नौलो पाइलो' (२०१३)मा  लुसुनको जीवनीमा प्रकाश पारे भने सङ्ग्रौलाले 'लु सुनको जीवनी'(२०४२) नामक कृति वाम बुद्धिजीवी  निरञ्जन गोविन्द वैद्य मार्फत प्रकाशमा ल्याए । राजीवले लोकप्रिय शार्दूल विक्रीडित छन्दमा 'लु सुन' (२०३८) खण्डकाव्य 'नव आलोक' नामक पत्रिकामा सार्वजनिक गरे । लु सुन शत वार्षिकीका अवसरमा र त्यस अगिपछि पनि लु सुनबारे नेपाली पत्र पत्रिकाले विभिन्न लेख रचना एवम् विशेषाङ्क प्रकाशित गरेका छन् र तिनमा स्वयम् लु सुनका रचनाहरु र उनका जीवनी,  व्यक्तित्व र कृतित्वका सम्बन्धमा लेखिएका लेखहरु प्रकाशित गरेका छन् । देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानले आफ्ना गतिविधिद्वारा लु सुन र उनको कर्मलाई नेपाली  जीवनको गहिराइमा  पुर्‍याउन योगदान गर्दै छ । भविष्यमा यसका गतिविधि अझ झ्याङ्गिँदै जाने र लु सुन सम्बन्धी बढ्दो जानकारीबाट नेपाली समाज लाभान्वित हुने विश्वास गर्न सकिन्छ ।
                             लु सुन चीनमा जन्मे पनि नेपाली क्रान्ति र यहाँको समाजको रूपान्तरणमा प्रेरणाका स्रोतका रूपमा रहेका छन् । त्यसैले यहाँको न्यायप्रेमी समुदायले  आस्था र श्रद्धाका साथ  उनको नाम लिने गर्दछ । उनको अनुकरणीय जीवन र शक्तिशाली विचारले युक्त सिर्जनालाई कहिल्यै बिर्सिन सकिँदैन । यसरी लु सुनको भौतिक देहले यो धर्ती छाडेको १३४ वर्ष भइ सक्ता पनि उनले पहिल्याएको चहकिलो मार्गले हामीमा उत्साह र आशा छरि रहेको छ । अमर छन् लु सुन ; अमर छन् उनका विचार ; अमर छन् उनका सिर्जना !
                                                 प्रस्तुत रामबाबु सुवेदी सिर्जित  'लु सुन' खण्डकाव्यले काव्यात्मक भाषामा लु सुनको जीवन र सिर्जनका कैयन् महत्त्वपूर्ण पक्षमा प्रकाश पारेको छ । लोकप्रिय शार्दूल विक्रीडित छन्दमा यस कृतिको रसपान गराउँदै लु सुनप्रति आस्था र श्रद्धाका पुष्पहरु चढाइएको यो कृति नेपाली वाङ्मयको एक विशिष्ट उपलब्धि हो । यसबाट चीनका एक महान् साहित्यकारसँग चिनापर्ची त  बढ्ने नै छ, चिनियाँ साहित्य र साहित्यकारको अध्ययनप्रति समेत नेपाली पाठक र सर्जकहरुको रुचि अभिवृद्धि हुने कुरा सुनिश्चित छ । यस कृतिलाई नेपाली भाषामा गुनगुनाउने अवसर त पहिले पनि जुरेको थियो तर अहिले चित्र सहित चिनियाँ र अङ्ग्रेजी भाषाका पाठकहरुमाझ पुर्‍याउने काम  समेत देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानबाट भयो । यस कार्यमा सर्जक र प्रकाशकका  साथै चित्रकार के. के. कर्माचार्य र अनुवादक महेश पौड्यालको योगदानको समेत सबैबाट सराहना हुने विश्वास म गर्दछु ।
                                                                                                                                            




 (ख) रामबाबु सुवेदीको परिचय
 रामबाबु सुवेदीको परिचय
                               रामबाबु सुवेदी नेपाली साहित्यमा एक सुपरिचित नाम हो । उनको जन्म वि.सं.२००४ जेठ १० गते कास्की जिल्लाको हंसपुरको सुरम्य प्राकृतिक एवम् ग्रामीण वातावरणमा एक मध्यम वर्गीय परिवारमा भएको हो । माता पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका उनी पाँचौँ सन्तान हुन् । उनको न्वारनको नाम झलनाथ हो ।  मातापिता र अरूले बोलाउने उनको बाल्यकालको नाम बाबुराम रहे पनि पछि यसैलाई क्रम विचलन गरी रामबाबु भन्न थालियो । यही रामबाबु अहिले साहित्यका साथै सबै क्षेत्रमा उनलाई चिनाउने नाम भएको छ । उनका दुई दाजुभाइ र दुई दिदी बहिनीको मृत्यु भएपछि उनी जन्मेकाले मातापिताको विशेष स्नेह उनले पाएका थिए । उनी छ वर्षका हुँदा पिताको मृत्यु भयो र  आमाको लालानपालनमा उनी हुर्कनु  पर्‍यो । पिता छँदै चार वर्षको उमेरमा उनको चूडाकर्म भएको थियो ।  उनका जेठा बा कालिदासबाट गायत्री मन्त्र प्राप्त गर्दै वि.सं. २०१० मा उनको उपनयन संस्कार पनि सम्पन्न भएको थियो  भने बार वर्षको उमेरमा उनले वैवाहिक जीवनमा प्रवेश गरेका हुन् । विवाहको समयमा उनकी जीवन सँगिनी गोमाको उमेर १० वर्ष मात्र थियो । अहिले उनका दुई छोरा र एक छोरी रहेका छन् ।
                               पिता छँदै चार वर्षको उमेरमा धुलेपाटीमा अक्षर लेखेर शिक्षारम्भ गरेका रामबाबु सुवेदीले पछि  जेठा बा कालिदासबाट  वेदमन्त्र, स्तुति, स्तोत्र, भजन आदि पाठ गर्न सिके । बाल्यावस्थामै उनले गाईभैँसी चराउने, घाँस काट्ने, दाम्ला बाट्ने र स्याखु बुन्ने जस्ता कृषिकर्मका सिप पनि सिके । उनले आफ्नो किशोर कालमा अङ्ग्रेजी भाषाको केही ज्ञान लिनुका साथै संस्कृतका व्याकरण र अमरकोशको पनि अध्ययन गरे ।  पछि उनको अध्ययन अङ्ग्रेजी शिक्षातिर ढल्किँदै  गयो र  उनले एस. एल. सी. र आई. ए. पश्चात् बी. ए. अनर्सको ऊपाधि प्राप्त गरे ।  अध्ययनका क्रममा उनले नेपालीका साथै संस्कृत र अङ्ग्रेजी भाषाका पाठ्य सामग्रीको पनि अध्ययन गर्ने अवसर पाए । गाउँको परिवेशमा जन्मेहुर्केका उनी लोक संस्कृतिका विविध पक्ष र गीतगाथाका भाकाहरुसँग पनि राम्रैसँग परिचित थिए ।
                               सुवेदीले आफ्नो जीवनको महत्त्वपूर्ण समय अध्यापनमा लगाए । उनले माध्यमिक तहको पढाइ पुरा गरेपछि गाउँको विद्यालयमा अध्यापन  गरे भने त्यसपछि काठमाडौँका त्रिभुवन माध्यमिक विद्यालय, फर्पिङ र बुढानीलकण्ठ स्कुलमा वि.सं. २०३० देखि २०६४ सम्म नेपाली विषयको शिक्षकका रूपमा सक्रिय  जीवन बिताए । यस बिचमा उनले बुढानिलकण्ठ स्कुलका तर्फबाट बेलायतको इटन कलेजमा  पनि  वि. सं. २०४४ र २०५२ मा एक  एक वर्ष अध्यापन गर्ने काम गरे । उनको सफल र उदाहरणीय शिक्षण कर्मबाट कैयन्  विद्यार्थीहरु लाभान्वित छन् । उनले युवा उमेरमा आफ्ना गाउँमा विद्यालय स्थापना र पुस्तकालय सञ्चालनमा पनि उत्साहपूर्ण काम गरेका थिए ।
                                 सुवेदीको जीवनमा साम्यवादी राजनीतिको संलग्नता पनि एक महत्त्वपूर्ण पक्ष बनेको छ । उनले वि.सं. २०२४ पछिका चार पाँच वर्ष सक्रिय राजनैतिक कार्यकर्ताका रूपमा बिताए । यसनिम्ति उनले आफ्नो बी.ए. अनर्सको पढाइ नै त्यागेका थिए र गाउँमा पुगी आफ्नो विचारको प्रचार प्रसार गर्ने र सामाजिक आर्थिक रूपान्तरणमा जुट्ने काम गरेका थिए । उनको जीवन शैली र लेखनमा यसको प्रभावलाई देख्‍न सकिन्छ ।   
                                रामबाबु सुवेदीका कर्महरुमा साहित्य लेखनले सर्वोपरि महत्त्व राख्तछ । उनको चौध बर्से किशोर कालदेखि नै उनले आर्जन गरेको नेपाली, संस्कृत र अङ्ग्रेजीको ज्ञान  तथा लोक सांस्कृतिक परिवेशगत वातावरणले उनलाई साहित्य लेखनको कुतकुती लगाएको र उनले कविता गुनगुनाउन थालेको देखिन्छ । यसको फलस्वरूप सर्व प्रथम वि.सं. २०२२ मा  उनको 'प्रभात' शीर्षकको कविता 'भानूदय' पत्रिकामा बनारसबाट प्रकाशित भयो । त्यसपछि वि.सं. २०२४ मा प्रकाशित 'दुई धारा' संयुक्त कविता सङ्ग्रहमा उनको अर्को कविता छापियो । यसपछिका उनका रचनाहरु विभिन्न कृतिमा सार्वजनिक भएका छन् । खास गरेर कविता गीतमा  उनको कलमले विशेष करामत देखाएको पाइन्छ । उनका हालसम्म प्रकाशित कविता कृतिहरु हुन् : दुई धारा (२०२४) संयुक्त बाल कविता सङ्ग्रह, लु सुन (२०३८) खण्डकाव्य, कमिनी आमा (२०३९) कविता सङ्ग्रह, जमुनीको छोरो (२०४१) बालगीत सङ्ग्रह, गङ्गा (२०४४) कविता सङ्ग्रह, बाँ बाँ बाच्छी (२०४४) बालगीत सङ्ग्रह, पानी पानी (२०४९) बालकाव्य, भँगेरी (२०५१) बाल कविता सङ्ग्रह, बालबोध ( २०५२) बाल कविता सङ्ग्रह, नेपाल आमा (२०५६) बाल कविता सङ्ग्रह, घान्द्रुक झलल (२०५९) बाल कविता सङ्ग्रह, आमा जस्ती गुरुमा (२०६०) बाल कविता सङ्ग्रह, आगोपानी (२०६५) बालकाव्य, झस्किएको सिन्दूर (२०६६) बकविता सङ्ग्रह, सहिदकी छोरी (२०६७) बाल कविता सङ्ग्रह तथा गाई र घोडा (२०६७) । उनका भ्यागुतो र बाच्छी (२०३७) बालचित्र कथा, च्यान्टे घोडाको कथा (२०६०) बालचित्र कथा सङ्ग्रह, चमेलीको बास्ना (२०६०) बालचित्र कथा, छाउरा छाउरी (२०६०) बालचित्र कथा, उपमा मामाघरमा (२०६६) बालचित्र कथा र एक कचौरा दुध (२०६७) बालचित्र कथाका साथै फुलझरीको बिहे (२०६२) बाल एकाङ्की पनि प्रकाशित साहित्यिक कृति हुन् । सुवेदीले बाललीला (२०५६) , बालमेला (२०५८) र ताराबाजी लै लै (२०५९) संयुक्त बाल कविता सङ्ग्रहका साथै विभिन्न कक्षाका शिक्षक निर्देशिका र नेपाली भाषा सम्बन्धी शैक्षिक सामग्रीको लेखन सम्पादनमा पनि योगदान गरेका छन् । यिनका अतिरिक्त प्रतिभा, भन्ज्याङ र भानुस्मृति जस्ता पत्रिकाका साथै सिद्धिचरण श्रेष्ठको मङ्गलमान, माधव घिमिरेको सुनपङ्खी चरी, राज नारायण प्रधानको बुद्धिको पदोन्नति, दुर्गालाल श्रेष्ठका सन्तको छाता र  कागजको डुङ्गा, कृष्ण प्रसाद पराजुलीको जून – तारा, लेखनाथ पौड्यालको पिँजराको सुगा जस्ता  पुस्तकहरुको सम्पादन पनि उनले गरेका छन् । उनी 'चिचिला' नामक बाल पत्रिकाको सल्लाहकार पनि रहेका छन् ।  उनका भँगेरी र घान्द्रुक झलल  बाल कविता सङ्ग्रह गीतिचक्काका रूपमा सिडीमा पनि उपलब्ध छन् । उनले कतिपय नेपाली नाटकको मञ्चन र अभिनयमा समेत भाग लिएका छन् । उनलाई स्वच्छन्दतावादी धारा र प्रगतिवादी धाराका स्रष्टाका रूपमा प्रस्तुत गर्दै उनका साहित्यिक प्रवृत्तिबारे प्राध्यापक डा. महादेव अवस्थीले यसरी टिप्पणी गरेका छन् :
                             उनले  आफ्ना कविता र बाल कवितामा प्रकृतितर्फको आकर्षण, गाउँले जीवनप्रतिको उन्मुखता, समाजतर्फको सचेतता, लोक संस्कृतितर्फको झुकाउ, युवा सुलभ प्रणयको सुकोमलता, आत्मपरकता, भावुकता, कल्पनाशीलता, गीतिमयता जस्ता स्वच्छन्दतावादी प्रवृत्ति देखाएका छन् भने सामन्ती समाजका शोषण उत्पीडनका यथार्थको चित्रण गर्दै पौरखका साथ समाजको सुधार र नव निर्माण गर्ने अनि राष्ट्रियता र मानवतामा जोड दिँदै यथास्थितिका विरुद्ध अग्रगामी क्रान्तिकारी सञ्चेतनाको अभिव्यक्ति गर्ने प्रगतिवादी प्रवृत्ति पनि अँगाल्न पुगेका छन् ।
                             रामबाबु सुवेदीले विभिन्न साहित्यिक सामाजिक सङ्घसंस्थाको महत्त्वपूर्ण जिम्मेवारी वहन गरेर पनि आफ्नो सेवा प्रदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, नेपाल बाल साहित्य समाज, हिमालय शैक्षिक तथा विकास केन्द्र, पेस्टालोजी नेपाल, पश्चिमाञ्चल विकास मञ्च र नेफ जस्ता संस्थाको विकासमा उनले विभिन्न हैसियतमा सहयोग पुर्‍याएका छन् । अहिले उनले देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानलाई नेतृत्व प्रदान गरि रहेका छन् । उनको सेवाकार्यका लागि उनी विभिन्न सम्मान र पदकबाट सम्मानित पनि भएका छन् ।  यस क्रममा उनले नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवदेखि विभिन्न अन्य साहित्यिक प्रतियोगितामा पुरस्कार प्राप्त गरेका छन् । यसका साथै गरिमा सम्मान पुरस्कार, दीप स्मृति पुरस्कार, विष्णुचन्द्र वाङ्मय पुरस्कार, साझा बाल साहित्य पुरस्कार, शिक्षा पुरस्कार, मधुरिमा सम्मानका साथै प्रबल गोरखा दक्षिण र प्रख्यात त्रिशक्ति पट्ट पनि उनलाई प्रदान गरिएको छ ।
                              समग्रमा सुवेदीले साहित्य सिर्जना, शिक्षण, सामाजिक कार्य आदिका माध्यमबाट विभिन्न  जिम्मेवारी वहन गरेर समाजलाई गुन लगाएका छन् भने राष्ट्रिय अन्तराष्ट्रिय स्तरका विभिन्न साहित्यिक जमघट, सम्मेलन र सद्भावना भ्रमणमा सहभागी भएर पनि नेपाली र विश्व साहित्यबारे विचार प्रवाह  गरेका छन् । उनको सक्रिय जीवन यात्रा र साहित्य यात्राबाट साहित्य र समाज दुबै लाभान्वित छन् ।
                               'लु सुन' खण्डकाव्यले खण्डकाव्यकार रामबाबु सुवेदीको काव्यिक सिर्जना र साधनाको एक सुन्दर नमुना प्रस्तुत गरेको छ । उनले यसका अन्तर्वस्तु र रूप पक्षको सुसंयोजनले यसलाई सहज ग्राह्य तुल्याएका छन् । नेपाली जनमनमा रिझेभिजेको शार्दूल विक्रडित छन्दलाई अँगाल्दै लु सुन जस्ता प्रगतिवादी र अत्यन्त लोकप्रिय साहित्यकारकारलाई नेपाली भाषाका लाखौँ पाठकहरुमाझ पुर्‍याउन काव्यकारले विशेष मिहिनेत गरेका छन् । उनले लुसुनको बाल्यकालदेखि  मृत्युसम्मको जीवनका विभिन्न आयामको अध्ययन गरी त्यसलाई काव्यात्मक रूप दिएका छन् । लु सुनले कसरी कठोर सङ्घर्षमय र गौरवपूर्ण  जीवन बिताए भन्ने कुराको सविस्तार वर्णन यसमा गरिएको छ ।  उनले नेपालमा पनि लुसुनका विचार फिँजाउनु पर्ने र लुसुन जस्ता प्रतिभा जन्मिनु पर्ने धारणा पनि आफ्नो कृतिका माध्यमबाट उहिल्यै सार्वजनिक गरेको पाइन्छ ।    कविको प्रतिभा, अध्ययनशीलता, ऊर्जावान् सक्रियता र मार्क्सवादप्रतिको आस्थाकै फलस्वरूप यसको रसिलो गुदी तयार भएको छ । यसलाई नेपालीबाट अन्य भाषामा पुर्‍याउन र चित्रले सजाउन उनले देखाएको तत्परताले काव्यको महत्त्व झन् बढ्न गएको छ । यसरी नै उनका कविताको रसपान नेपाली र अन्य विभिन्न भाषामा गरि रहन पाइयोस् !
                                  












      कर्माचार्यको परिचय
            (ख)                    के.के. कर्माचार्य प्रसिद्ध नेपाली कलाकार हुन् । उनको नेपाली नाम कान्छा कुमार कर्माचार्यको छोटकरी अङ्ग्रेजी रूप नै के. के. हो । उनी काभ्रे पलान्चोक जिल्लाको पनौती बजारमा वि.सं २००४ चैत्र ८ गते जन्मेका हुन् । उनकी आमाको नाम तुलसी माया कर्माचार्य र बुबाको नाम  भीम बहादुर कर्माचार्य हो । यही दम्पतीका कान्छा सुपुत्रका रूपमा उनको जन्म भएको हो । उनको परिवार सुरुमा जजमानी पेसासँग सम्बन्धित थियो तर त्यसले गुजारा नचलेपछि वि.सं. १९९० मा काठमाडौँ आई डेराको वास गर्दै खुद्रा व्यापारमा संलग्न भएको थियो । व्यापारका सिलसिला धोक्रामा सामान बोकेर घर पसल गरेको देखेर कतिपय साथीहरु उनलाई धोक्रे कान्छा पनि भन्थे । उनको बाल्यकाल आर्थिक अभावका बिच कष्टकर अवस्थामा बित्यो ।
                                  चित्रप्रति बाल्यकालदेखि नै उनको  विशेष अनुराग थियो ।  भुईं भित्ता कागज जे देख्यो त्यहीमै उनी चित्र कोर्थे । विष्णुमतीको बालुवामा पाइने खैरो माटो घोटेर पनि उनी चित्र बनाउँथे । उनको चित्रकलाप्रतिको अभिरुचि र उनले बनाएका राम्रा चित्र देखेर रामकृष्ण श्रेष्ठ नामका टोलकै एक जना वरिष्ठ व्यक्तिले उनलाई नेपाल आर्ट स्कुल पनि भनिने जुद्धकला पाठशाला पुर्‍याए । उनले दश वर्षको उमेरमा वि.सं. २०१४ मा त्यहाँ भर्ना भई वि.सं. २०२१ सम्म त्यहाँ अध्ययन गरे र कला प्रवीणको प्रमाण पत्र प्राप्त गरे । उनले कलाका साथै सामान्य शिक्षा प्रणालीको  पनि अध्ययन अगि बढाए । यस क्रममा शान्ति निकुञ्ज हाई स्कुल लगायतमा बिहान बेलुका पढे र वि. सं. २०२६ मा दरबार हाई स्कुलबाट एस. एल. सी. परीक्षा उत्तीर्ण गरे । वि. सं. २०३२ मा उनले त्रिभुवन विश्व विद्यालयबाट स्नातक उपाधि हासिल गरे । उनले अध्ययन गर्दा मूर्तिकला लगायत विभिन्न विषयको ज्ञान प्राप्त गरे पनि चित्रकला नै उनको सिर्जनाको मुख्य  क्षेत्र बन्यो ।
                                   वि.सं. २०२४ जेठ ३ मा उनी हुलाक सेवाको सरकारी जागिरमा प्रवेश गरे र करिब ३८ वर्ष त्यहाँ कार्यरत रही अधिकृत पदबाट सेवा निवृत भए । त्यहाँ रहँदा उनले ४०१ र त्यसपछि वि.सं.२०७२ मा ६ वटा हुलाक टिकटको डिजाइन गर्ने महत्त्वपूर्ण काम सम्पादन गरे । ती टिकट मालामा प्रकृति जगत्का चरा, पुतली,  फुल, हिमाल आदिका साथै कला, साहित्य, धर्म, संस्कृति जस्ता विविध क्षेत्रका विशिष्ट व्यक्तिका सुन्दर चित्रहरु अङ्कित छन् । राजा वीरेन्द्र, बी.पी. कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह,  ज्ञान दिलदास, पहलमान सिंह स्वाँर, बालकृष्ण सम, बाला गुरु षडानन्द, सिद्धिदास अमात्य, चन्द्रमान मास्के, युद्ध प्रसाद मिश्र, सोमनाथ सिग्द्याल, नारायण गोपाल गुरुवाचार्य आदि एकभन्दा एक चर्चित व्यक्तिका चित्र उनले हुलाक टिकटमा उतारेका छन् ।
                                   उनको चित्रकलाबाट नेपाली बाल साहित्य पनि लाभान्वित छ । शान्तदास मानन्धर, जनक प्रसाद हुमागाईं र गोपाल राज मैनालीको सक्रियतामा प्रकाशित 'बालपोष' बाल पत्रिकामा चित्रकला प्रस्तुत गरी उनले यस क्षेत्रमा पाइला हालेका हुन् । रामबाबु सुवेदीको 'भ्यागुतो र बाच्छी', 'भँगेरी', 'नेपाल आमा' तथा 'चमेलीको बास्ना', जनक प्रसाद हुमागाईंको 'चम्पा र मायालु काका' तथा 'मालतीको यात्रा वर्णन', शान्तदास मानन्धरका 'कथा कोसेली'का दुबै भाग तथा गुलिभरको 'लिलिपुट यात्रा', माधव घिमिरेको 'सुनपङ्खी चरी', दुर्गालाल श्रेष्ठका 'सिमानाको द्विप' तथा 'सन्तको छाता' लेखनाथ पौड्यालको 'पिँजराको सुगा', कृष्ण प्रसाद पराजुलीको 'जूनतारा', ध्रुवकृष्ण दीपको 'रसबरी', शाश्वत पराजुलीको 'गुनिला पाँच बालकथा' जस्ता कृतिहरुमा पनि उनको चित्रकला देख्न सकिन्छ । उनी 'बाल कोसेली' र 'मचाक्यब' जस्ता बाल पत्रिकाका सम्पादक रहेका छन् । उनका चित्रकलाबाट कैयन् पुस्तक र  पत्रिकाका सुन्दर आवरण पनि तयार रहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, एकता प्रकाशन, रुम टु रिड, रत्न पुस्तक भण्डार, विवेक सिर्जनशील प्रकाशन, नइ प्रकाशन, तलेजु प्रकाशन आदिका प्रकाशनहरुका साथै विभिन्न साहित्यकारका कृतिहरु उनका चित्रकलाबाट उज्यालिएका छन् ।
                                       कर्माचार्यले नेपालका विभिन्न स्थानका साथै संसारका अनेक मुलुकमा चित्रकला प्रदर्शन गरि सकेका छन् । देशभित्र विभिन्न कला ग्यालरीका साथै विदेशमा भारत, बङ्गला देश, दक्षिण कोरिया, जापान, जर्मनी, चीन आदि देशमा उनका चित्रकला  प्रदर्शनीहरु भएका छन् । उनका कलाकृतिहरुले स्वदेश विदेशका विभिन्न कलादीर्घाहरु सजिएको देख्‍न सकिन्छ ।
                                        उनी कला समाजको दर्पण हो भन्ने मान्यता राख्छन् । उनका दृश्य चित्रहरुका साथै मुहार चित्रहरु पनि सुन्दर एवम् आकर्षक छन् । रङ र रेखाको समुचित चयन एवम् संयोजन गरिएका उनका चित्रहरु स्पष्ट र सन्देशमूलक छन् । उनको चित्रकलामा आकार, चेष्टा, मुद्रा, संवेगको प्रस्तुति पनि उम्दा किसिमको हुन्छ । नेपाली संस्कृति र राष्ट्रियताप्रतिको  प्रेम उनका कलाकृतिमा मुस्कुराएको देख्‍न सकिन्छ । उनको मूर्तिकलाका कृतिहरु पनि चित्ताकर्षक रहेका छन् ।
                                         नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको प्राज्ञिक प्रशासनिक जिम्मेवारी सफलतापूर्वक पुरा गरि सकेका कर्माचार्यले नेपाल कलाकार समाजको अध्यक्ष र  नेपाल बाल साहित्य समाजको उपाध्यक्षका रूपमा समेत आफ्नो सेवा प्रदान गरेका छन् । उनले कलासँग सम्बन्धित कलेजहरुमा अध्यापन गरेर पनि आफ्नो ज्ञान र अनुभवको सदुपयोग गरेका छन् । कर्माचार्यलाई नेपाल बाल साहित्य समाजले चार पटकसम्म विभिन्न उत्कृष्ट पुस्तकहरुको चित्राङ्कनका लागि पुरस्कृत  गरेको छ । उनी श्री ५ वीरेन्द्र स्वर्ण जन्मोत्सव पदक र श्री ५ वीरेन्द्र गद्दी आरोहण पदकबाट विभूषित हुनुका साथै नेपाल फिलाटेलिक सोसाइटीबाट उत्कृष्ट हुलाक डिजाइनरका रूपमा र अन्य सङ्घसंस्थाहरुबाट सम्मानित भइ सकेका छन् । उनको कला सिर्जनाको यात्रा अविरल गतिशील छ  र नेपाली समाजका  भरोसालाग्दा प्रतिभाका रूपमा उनको उज्ज्वल छवि निर्मित छ ।
                          के. के. कर्माचार्यको उज्यालिएको चित्रकलाबाट 'लु सुन' खण्डकाव्य अझ चहकिलो भएको छ । कर्माचार्यले चित्रकलाका माध्यमबाट यहाँका कविताको भाव सम्प्रेषणमा सहजता ल्याउन आफ्नो सामर्थ्यको भरपुर उपयोग गरेका छन् । जटिलताबाट मुक्त उनको सुन्दर र सजीव चित्रकलाले  यस काव्यको लोकप्रियता बढाउन विशेष बल पुर्‍याउने कुरामा कुनै दुबिधा छैन । साहित्यिक कृतिलाई चित्रसँग एकाकार गराउन उनले लामो समयदेखि गर्दै आएको साधना यस कृतिमा पनि मुस्कुराएको देख्‍न सकिन्छ । उनको चित्रकलाले पक्कै पनि पाठकहरुका हृदयमा लुसुन र उनको सुकर्मको गहिरो प्रभाव स्थापित गर्न योगदान गर्ने छ । उनको कर्मशील जिन्दगीले यसरी नै  जनहितकारी कुची चलाइ रहने हाम्रो विश्वास छ ।


                                           
                                 

                                   
      (घ) महेश पौड्यालको परिचय
                       महेश पौड्याल नेपाली साहित्यमा उदाइ रहेका एक प्रतिभाशाली स्रष्टा र कुशल अनुवादक हुन् । उनको जन्म इ. सं. १५ फेब्रुअरी १९५२ मा ...................मा भएको हो । उनकी आमाको नाम ..........र पिताको नाम खुम प्रसाद पौड्याल हो । उनको मूल थलो इलाम जिल्लाको सुलुबुङ भए पनि उनको बाल्यकाल भारतको मणिपुरमा बित्यो ।  हाल उनी भक्तपुरको नयाँ ठिमीमा बस्तै आएका छन् ।
                       पौड्यालको स्नातक स्तरसम्मको शिक्षादीक्षा भारतको मणिपुरमा भयो । हुने बिरुवाको चिल्लो पात   भने झैँ सानैदेखि उनी पढाइमा तेजिला र अन्य गतिविधिमा सक्रिय थिए ।  त्यहाँको  विद्यालयमा पढि रहेको  अवस्थामा उनी विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कृत भएको पाइन्छ ।  इ.सं. १९९४ मा भारत सरकारको मानव संसाधन मन्त्रालयले उनलाई बाल मनोवैज्ञानिक घोषणा गरेको थियो । एस. एल. सी. परीक्षामा अतिरिक्त अङ्ग्रेजी विषयमा मणिपुरभरिमा प्रथम र सेनापति जिल्लाभरिमा  सर्वोत्कृष्ट अङ्क उनले प्राप्त गरे भने मणिपुर विश्व विद्यालयबाट अङ्ग्रेजीतर्फ प्रथम श्रेणीमा प्रथम भई उनले स्नातक उपाधिका साथै स्वर्ण पदक समेत प्राप्त गरे । उनले काठमाडौँको कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयबाट अङ्ग्रेजी विषय लिई प्रथम श्रेणीमा प्रथम भएर स्नातकोत्तर तह उत्तीर्ण गरे र त्यस बापत राष्ट्रपतिबाट नेपाल विद्याभूषणको पदकबाट विभूषित हुने अवसर पाए । नेपालकै पोखरा विश्व विद्यालयबाट एम. फिल. स्तरमा ४ मा ४ अङ्क ल्याई प्रथम श्रेणीमा प्रथम भई उनले सो तह पार गरे भने त्यस निम्ति डिनबाट विशेष प्रमाण पत्र उपलब्ध गरे । यसरी एक मेधावी विद्यार्थीका रूपमा उनको विशिष्ट पहिचान बनाउन उनी सक्षम भए ।
                         उनी त्रिभुवन विश्व विद्यालयको अङ्ग्रेजी विभागमा इ.सं. २००८ देखि पढाउँदै आएका छन् भने इ.सं. २००९ देखि पोखरा विश्व विद्यालय अन्तर्गत काठमाडौँको बानेश्वरमा सञ्चालित एडभान्स्ड कम्युनिकेसन, एजुकेसन एन्ड रिसर्च नामक शैक्षिक संस्थामा सहायक प्राध्यापकका रूपमा प्राध्यापनरत छन् । यसका साथै इ. सं. २०१४ देखि काठमाडौँको हात्तीवन स्थित स्कुल अफ एजुकेसनले पनि आमन्त्रित प्राध्यापकका रूपमा उनको  सेवा प्राप्त गरेको छ ।
                           मणिपुरबाट प्रकाशित हुने 'द सङाइ एक्सप्रेस'मा इ. सं. १९९४ मा उनका कविता र कथा प्रकाशन भएपछि उनको साहित्य यात्रा प्रारम्भ भएको हो । नेपाली साहित्यमा भने उनले  गोर्खा सुधारक सङ्घको अधिवेशन स्मारिकामा 'उषाको नियति' कविता प्रकाशन गरेर पाइला हालेका हुन् । यसपछि पनि उनका केही कविता र निबन्ध  छापिए तर मूल रूपमा उनी कथा, समालोचना र अनुवादतिर केन्द्रित भए ।
                              पौड्यालले सुरुमा पुस्तकाकार रूपमा अङ्ग्रेजी भाषामा एक बाल उपन्यास र त्यसपछि अन्य चार वटा उपन्यास लेखि सकेपछि नेपालीमा उनको पहिलो कथाकृति 'अनामिक यात्री' (इ.सं.२००८) प्रकाशित भयो । उनका अन्य कृतिहरुमा 'पुस्कर लोहनी : सिजो, सेक्स एन्ड वियोन्ड'(२०१०) समालोचना ग्रन्थ, 'आमा नहुँदा एकछिन' (इ.सं.२०११) एकाङ्की सङ्ग्रह, 'सपनाको पुल' ( इ. सं.२०१२) कथा सङ्ग्रह, 'हुलाकी' (इ. सं.२०१३) कथा सङ्ग्रह, 'तादी किनारको गीत' (इ. सं २०१५) किशोर उपन्यास आदि रहेका छन् । उनले नाटक एकाङ्कीको लेखन, निर्देशन र अनुवादका साथै अभिनय पनि गरेको पाइन्छ । उनका 'दाजुको कर्तव्य' (इ.सं.१९९०), 'देशको माटो' (इ.सं.१९९९), 'चङ्गा' (इ.सं.२००८), 'दाइजो'  (इ.सं.२००१) जस्ता आफ्नै   तथा प्लेटोको 'एलोगरी अफ द केभ', चेखबको  'भान्का  र द बियर', पुस्किनको 'द सोट', गागोलको 'ओभरकोट', रसियाली लोककथाको 'बाबा यागा' जस्ता नाटक एकाङ्की रूपान्तरण गरेर मञ्चन गराउने काम उनले गरे । पौड्यालले पटकथा र गीत लेखनको उदाहरण 'वनफुल' नामक कथानक चलचित्रमा प्रस्तुत गरेका छन् । उनले दर्जनौँ रचना नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गरेका छन् । उनले अनुवाद गरेको 'द डान्सिङ सोल अफ एभरेस्ट' नामक कृति प्रकाशित पनि भइ सकेको छ । उनले विद्यालय पढ्ने बाल बालिकाका शैक्षिक सामग्रीका रूपमा केही पुस्तकहरुका शृङ्खलाहरु नै तयार पारेका छन् । उनका सम्पादनमा 'द गार्डन (२००८) र 'केटाकेटी न्युज' (२०११) प्रकाशित हुँदै आएका छन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका 'समकालीन साहित्य' र 'रूपान्तरण' का पनि सम्पादक मण्डलका सदस्य रहेका छन् । उनका अनुसन्धात्मक कार्यहरु पनि उल्लेख्य रहेका छन् । उनी केटाकेटी सञ्चारका सचिव,  नेपाल बाल साहित्य समाजका आजीवन सद्स्य, , नेपाल कला साहित्य डटकम फाउन्डेसनका कार्यकारी सदस्य र लु सुन देवकोटा प्रतिष्ठानका सदस्यका रूपमा पनि साहित्यिक कार्यमा  सक्रिय छन् । यसरी युवा उमेरमै उनले बहुमुखी प्रतिभाको परिचय दिइ सकेका छन् ।
                             उनका असल र उत्कृष्ट कामका लागि उनले विभिन्न सम्मान पाएका छन् । त्यस्ता सम्मानमा रेविता देवी स्मृति स्वर्ण पदक, नरेन्द्रमणि आ.दी. स्वर्ण पदक, नेपाल विद्याभूषण, गोठाले युवा प्रौढ साहित्य पाण्डुलिपि पुरस्कारका साथै विद्यालय र कलेज जीवनका प्रतियोगिताहरुमा पाएका अनेक पुरस्कारहरु पर्दछन् । उनका रचना र अनुवादका प्रशंसक नेपालीका साथै विदेशी विद्वान्हरु पनि रहेका छन् । उनका वर्तमान कार्यहरुले नै उनको उज्ज्वल भविष्यको द्योतन गरि रहेका छन् ।
                            महेश पौड्यालले विशेष अभिरुचि र तत्परताका साथ 'लु सुन' खण्डकाव्यलाई अङ्ग्रेजीमा अनुवाद गरेको पाइन्छ । यसै पनि सिर्जनाको अनुवाद सजिलो हुँदैन, त्यसमा झन् कविताको अनुवाद त अझ कठिन हुन्छ । पौड्यालको प्रस्तुत अनुवादमा उनको यस क्षेत्रको ज्ञान र अनुभव एवम् लु सुनप्रतिको आस्थाको सम्मिश्रण पाइन्छ । त्यसैले 'लु सुन' खण्डकाव्यको यो अनुवाद पाठकहरुका निम्ति सुरुचिकर होला भनी सहज अनुमान गर्न सकिन्छ । नेपालीमा लेखिएको कृतिलाई विश्वका अन्य भाषामा फिँजाउने दृष्टिले मात्र होइन, नेपालीमा लेखिएको एउटा असल कृति संसारका धेरैभन्दा धेरै पाठकहरुमाझ पुर्‍याउने दृष्टिले पनि यस अनुवादको विशेष उपादेयता रहेको छ । यस्ता क्षेत्रमा पौड्यालले जुन सिद्धि प्राप्त गरेका छन् त्यो हामी सबैको पुँजीका रूपमा रहेको छ । उनको अनुवाद शिल्पबाट हाम्रो वाङ्मयका साथै विश्व जन समुदाय  लाभान्वित भइ रहने आशा एवम् अपेक्षा गर्न सकिन्छ ।

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण