प्रयोजनपरक लेखनमा शैली मिश्रणको निराकरण



                प्रयोजनपरक लेखनमा शैली मिश्रणको निराकरण
                                       प्रा.डा.जीवेन्द्र देव गिरी

१.     विषय प्रवेश     
                    भाषाका विभिन्न भेदहरु हुन्छन् । तिनलाई मुख्यतः क्षेत्रीय भेद, सामाजिक भेद र प्रयोजनपरक भेदका रूपमा वर्गीकरण गरिएको पाइन्छ । क्षेत्रीय भेद भूगोलसँग सम्बन्धित छ र स्थान अनुसार भाषामा देखा पर्ने भिन्नता यस अन्तर्गत पर्दछ । एउटै चराका निम्ति काली,  डाङ्ग्रे, रूपी, सारौँ, सारिका, सारुँ, सारौँटे, सिम्टाल्नो आदि शब्द प्रयोग हुनुको कारण भौगोलिक भिन्नता हो । सामाजिक भेद समाजसँग सम्बन्धित छ । समाजमा हुने मान्छेका वर्ग, शक्ति, जात, जाति, धर्म, शिक्षा, व्यवसाय, उमेर, लिङ्ग, बसोबासको स्थिति आदि जस्ता वैविध्यका कारण सामाजिक भेद देखा पर्दछ । दिनोस्/बक्सियोस्, नमस्कार/जदौ, ईश्वर/अल्ला, बुबु/दुध, विद्द्या/ बिद्दे जस्ता अलग अलग प्रयोग सामाजिक भिन्नताले गर्दा देखिएका हुन् । भाषाका  क्षेत्रीय र सामाजिक भेदलाई भाषिका भन्ने गरिन्छ । यसरी नै प्रयोजनपरक भेद प्रयुक्तिसँग सम्बन्धित छ । वाङ्मयका विविध विषय अनुरूपको भाषिक प्रयोग यसमा हुन्छ । साहित्यमा 'रस', कानुनमा 'तारिख', चिकित्सामा 'शल्यक्रिया', भाषा विज्ञानमा 'रूप', कृषिमा 'अब्बल', इन्जिनियरिङमा 'कालो पत्र', वित्तीय क्षेत्रमा 'भौचर' र प्रशासनमा 'टिप्पणी' विशिष्ट अर्थमा प्रयोग गरिन्छन् । प्रयुक्तिगत भिन्नताले गर्दा यस्तो स्थिति देखा परेको हो । त्यसैले जुन विषयका निम्ति भाषा प्रयोग गरिएको छ सो अनुसारका आफ्नै विशेषता हुने भएकाले यस्ता भाषिक भेदलाई प्रयोजनपरक भेदका रूपमा लिइन्छ । बल्लभमणि दाहालले प्रयोजनपरक भेदलाई क्षेत्रीय वा सामाजिक भाषिकाबाट  अलग्याउने मुख्य आधार भाषिक स्वरूप हो भन्दै भाषिकाका विशेषता मुख्य रूपमा ध्वनिगत र अर्थगत हुन्छन् भने प्रयोजनपरकका मुख्य विशेषता स्वरूपात्मक अर्थात् शब्द र व्याकरण सम्बन्धी हुन्छन् भनेका छन् । (दाहाल, २०६१ : २१८)
                    प्रयोजनपरक भेदलाई पनि कथ्य भेद र लेख्य भेदमा विभाजन गर्न सकिन्छ । विभिन्न व्यक्तिका कुराकानी, भाषणकर्ताका सम्बोधन, रेडियो टेलिभिजनका प्रसारण आदिमा कथ्य प्रयोगहरु सुन्न सकिन्छ । लेख्य प्रयोग चाहिँ साहित्यिक, कानुनी, प्रशासनिक, साञ्चारिक, व्यावसायिक, प्राविधिक आदि अनेक विषयको लेखनमा विद्‍यमान रहन्छ । बन्धु (२०५३ : २०) ले भाषाका कथ्य र लेख्य भेदका आधारभूत भिन्नताबारे उल्लेख गर्दै भाषाको आधारभूत रूप कथ्य हो भने त्यसको विकसित रूप लेख्य हो भनेका छन् । यसैमा  उनले  स्वाभाविकता, उच्चारणको विभिन्नता, निपातहरुको बाहुल्य, गतिशीलता, अपूर्ण वाक्य प्रयोग, परिवर्तनशीलता, आधुनिकता आदि जस्ता कतिपय विशेषता भएको कथ्य भाषा तुलनात्मक रूपमा कृत्रिमता, प्रयोगको एकरूपता, पारिभाषिक शब्द र चिह्न प्रयोग, स्थिरता, पूर्ण वाक्य प्रयोग, विशेष प्रयासमा गरिने आधुनिकीकरण जस्ता विशेषता भएको लेख्य भाषाभन्दा भिन्न रहने विचार पनि व्यक्त गरेका छन् । वास्तवमा कथ्य भाषामा स्वरको आरोह अवरोह, शरीरका विभिन्न अङ्गको हाउभाउ र सङ्केतले जुन जीवन्तता प्रदान गर्दछ त्यो लेख्य भाषामा रहँदैन तर पनि मानक प्रयोगका दृष्टिले लेख्य भाषा नै स्तरीय  हुन्छ । कथ्य सरल र सहज त अवश्य हुन्छ तर त्यसले कतिपय व्याकरणिक मान्यतालाई अँगाल्नै पर्ने आवश्यकता रहँदैन । कथ्य र लेख्य प्रयोगका यी नमुनाबाट यी दुईको भेद बुझ्न सहयोग पुग्ने छ :
          कथ्य प्रयोग                           लेख्य प्रयोग
ओइ कान्छा, कताट आको होस् ?            गधा गुरु मानेको भए मेरो
कत्थेर गाम फिर्छस् ? खेताँ धान             दुनियाँमा यत्रो आत्मपतन हुने
रोपिस् कि क्यारिस् ? अचेल काँ जान्चस् ?     थिएन तर मेरा गुरुजीले मलाई
क्यार्छस् ? क्यै कुरो नभनि किन चुप्पो        यस्ता शिक्षकहरु दिनु भयो जसले
बस्या छस् ?                             अनन्तको मगजमा बोझा पर्दछ र
                                       मानव जाति भुलभुलैयाहरुको                                                                                  .                                      अँधेरी चक्करमा घुम्दै हराउँछ
                                         (देवकोटा,२०६७:८८)             
                    प्रयोजनपरक भाषाका  कथ्य र लेख्य दुई भेदमध्ये यहाँ लेख्य भेदसँग सम्बन्धित  रहेर प्रयोजनपरक लेखनलाई अझ स्पष्ट पार्दै त्यसका विषयगत क्षेत्र र शैली अनि शैली मिश्रणबाट उत्पन्न हुने स्थितिको निराकरणबारे विवेचना गर्ने प्रयत्न गरिएको छ ।
२. प्रयोजनपरक लेखन
                    प्रयोजनपरक लेखन भन्नाले भाषाको प्रयुक्तिसँग सम्बन्धित लेखन हो । प्रयुक्तिलाई रजिस्टर पनि भन्ने गरिन्छ । भाषा खास  सन्दर्भमा खास कार्य वा व्यवहारका निम्ति प्रयोग गरिन्छ । त्यसैले प्रयोजनपरक लेखनलाई सन्दर्भपरक, कार्यपरक वा व्यवहारमूलक लेखनका रूपमा  लिइन्छ । ( भट्टराई र लुइँटेल, २०६१ : २१५) प्रयोजनपरक लेखन समाजमा व्यवहृत भाषाको लेखन भएकाले समाजसँग यसको साइनो गाँसिनु स्वाभाविक छ ।  समाजमा प्रयोग हुने भाषाका  विषय  र तिनका शैली अनेक प्रकारका हुन्छन् । साहित्य, सञ्चार, कानुन, शिक्षा, विज्ञान, वन, कृषि, चिकित्सा, इन्जिनियरिङ, वाणिज्य, दर्शन, प्रशासन आदि विषय प्रयुक्तिका विभिन्न क्षेत्र हुन् । यी विषयहरु भाषाका माध्यमद्वारा व्यक्त हुँदा थरी थरीका शैली अँगाल्न पुग्दछन् । शैली  भाषिक घटनामा संलग्न प्रयोक्तासँग सम्बन्धित हुन्छ । हरेक विषयको लेखनको विशिष्ट शैली हुन्छ । विभिन्न विषयको लेखनमा  साझा बेहोरा हुँदै नहुने होइन तर पनि आआफ्ना अलग अलग वैशिष्ट्यबाट ती विभेदित हुन्छन् ।  त्यसको ख्याल नगरी ठिक ढङ्गले प्रयुक्तिलाई नअँगाली शैली मिश्रण गरिँदा अनर्थ भई हास्यास्पद स्थिति पनि उत्पन्न  हुन जान्छ । ( ह्यालिडे र अन्य, इ.१९६४ : ८८) त्यसैले यस लेखमा विभिन्न विषय वा प्रयुक्तिका क्षेत्र र तिनका शैलीगत विशेषताहरुलाई औँल्याउने र शैली मिश्रणबाट उत्पन्न हुने समस्यालाई केलाई तिनको निराकरणका उपाय खोज्ने प्रयत्न गरिएको छ ।
 ३. विषय वा प्रयुक्तिका क्षेत्र
                    प्रयोजनपरक लेखनको एक प्रमुख पक्ष विषय वा प्रयुक्ति नै हो । यसका अनेक क्षेत्र छन् । अलग अलग क्षेत्रका निम्ति अलग अलग प्रकारका प्रयोग हुने भएकाले तिनलाई भाषिक दृष्टिले साहित्यिक भाषा, कानुनी भाषा, प्रशासनिक भाषा, वाणिज्य सम्बन्धी भाषा, वैज्ञानिक भाषा, प्राविधिक भाषा, सञ्चार क्षेत्रको भाषा आदि भन्ने गरिएको पाइन्छ । यस्ता क्षेत्र धेरै हुन सक्छन् । विज्ञानमा मात्रै पनि भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, वनस्पति विज्ञान, भूगर्भ विज्ञान, गणित आदि कैयन् विषय हुन सक्छन् । यस्तै मानविकी र सामाजिक शास्त्रमा भूगोल, इतिहास, अर्थशास्त्र, भाषा, मनोविज्ञान, दर्शन, समाज शास्त्र, मानव शास्त्र, मूर्तिकला, चित्रकला, सङ्गीत, चलचित्र आदि किसिम किसिमका विषय छन् । यस्तै व्यवस्थापन, शिक्षा, प्रविधि आदिका पनि अनेक विषय हुन्छन् । यी सबैमा आआफ्ना प्राविधिक पारिभाषिक शब्द, वाक्य गठन र अभिव्यक्तिका शैली हुन्छन् । कुनैमा लामा लामा वाक्य प्रयोग हुन्छन् भने कुनैमा छोटा र छरिता वाक्य प्रयुक्त गरिन्छन् । अधिकारी(२०६२:२४)ले  आत्मपरक र वस्तुपरक अभिव्यक्तिका आधारमा पनि कुनैमा भाषाका प्रयोजनपरक भेदहरुमा अन्तर पर्ने कुरा उल्लेख गरेका छन् । कुनैमा कर्तृवाच्यको प्रधानता रहन्छ भने कुनैमा कर्मवाच्य र भाववाच्यको बढी प्रयोग हुन्छ । एउटा व्यापारी र अर्को व्यापारीले प्रयोग गर्ने भाषा एउटा खेलाडी र अर्को खेलाडीले प्रयोग गर्ने भाषाभन्दा फरक हुन्छ । अस्पताल र अदालतमा प्रयोग गरिने भाषा अवश्यमेव भिन्न हुन्छ । यी कुराहरुलाई ख्याल गर्दै यहाँ मुख्य मुख्य केही विषय वा प्रयोग क्षेत्रका भाषाका बारेमा विवेचना गरिएको छ ।
३.१ साहित्यिक  लेखन
                    साहित्यिक क्षेत्र भन्नाले कविता, आख्यान, निबन्ध, नाटक जस्ता सिर्जनाका  साथै समालोचनासँग सम्बन्धित क्षेत्र हो । यसका आफ्नै पारिभाषिक शब्दहरु छन् । जस्तै; पात्र, रस, अलङ्कार, प्रतीक, विम्ब, कथानक, गति, यति, छन्द, यथार्थवाद, प्रगतिवाद, अति यथार्थवाद, फ्रायडवाद आदि । सिर्जनामा सुललित, काव्यात्मक, लयात्मक, लाक्षणिक, आलङ्कारिक, व्यङ्ग्यात्मक, विम्बात्मक र प्रतीकात्मक भाषाको प्रयोग गरिन्छ । यसमा जति अनेकार्थ  हुन्छ उति राम्रो मानिन्छ । आत्मपरकता, भावात्मकता र कल्पना प्राचुर्य पनि सिर्जनाका वैशिष्ट्य मानिन्छन् । तुलनात्मक रूपमा सिर्जनाभन्दा समालोचना भिन्न र वस्तुपरक हुने हुनाले  केही फरक भए पनि यसमा पनि साहित्यिक विशेषता अन्तर्निहित रहन्छन् र वाङ्मयका अन्य विधाभन्दा यो फरक रहन्छ ।  सिर्जनाको भाषामा विचलन र समानन्तरताले पनि विशेष महत्त्व पाएका हुन्छन् । नेपाली साहित्यकारका तलका प्रयोगमा साहित्यिक लेखनका विशेषतालाई नियाल्न सकिन्छ :
(क)नाट्यशाला छ आकाश, नाचने बिजुली नटी
 ताल दिन्छ तबल्ची भै मेघ 'धाकिटी धाकिटी' (पौड्याल, २०३५ : २९)
(ख) दिउँसै रमन घुम्ने गरे झैँ गस्ती लगाइ रहने मृत्यु पनि अपरिचित भएन । अस्ति अस्तिसम्म मुस्किलले देखिने कालसित अब त जताततै भेट भइ रहन्छ —  गल्ली-गल्छेँडो, सटक, मोड र एकान्तहरुमा, भिडहरुमा, शल्य चिकित्साका टेबिलहरुमा दिउँसो, समसाँझै, रातबिरात जुनसुकै वेला । ( प्रधान,२०५७ : ७०)
(ग)पूर्वीय संस्कृत नाट्यशास्त्रमा आइ पुग्दा 'अवस्थाको अनुकृति'लाई नाट्य मान्दै वस्तुजगत्को अनुकरणतर्फ दृष्टि विस्तार भइ रहेको देखिन्छ र नाट्यशास्त्रकै कोखबाट जन्मिएको रस सिद्‍धान्त अन्तर्गत वस्तुगत जीवन जगत्का आलम्बन र उद्दीपन विभाव एवम् तिनका शारीरिक अनुभाव – प्रभाव र अगणित सञ्‍चारी (व्यभिचारी) मनोभावका संयोगबाट कुनै मूल वा स्थायी भाव रसका रूपमा अभिव्यक्त हुने मान्यता समेत स्थापित भएको छ ।(त्रिपाठी,२०६६:१६०)
                    साहित्यिक लेखनका उपर्युक्त नमुनाहरुमा लयात्मकता र आलङ्कारिकता, लाक्षणिकता र व्यङ्ग्यात्मकता विद्यमान छ, पारिभाषिक शब्दहरुको प्रयोग छ र विचलनयुक्त वाक्य प्रयोगको छनक पनि पाइन्छ । साहित्यमा यस प्रकारको प्रयोगको नै अपेक्षा गरिन्छ । आकाशलाई नाट्शालाका रूपमा, बिजुलीलाई नटीका रूपमा, मेघलाई तबल्चीका रूपमा र गर्जनलाई तबलाको धाकिटी धाकिटीका रूपमा आरोपित गरेर रूपक अलङ्कारलाई सुन्दर किसिमले (क)मा प्रस्तुत गरिएको छ । यसरी नै (ख) मा मृत्युलाई दिउँसो रमन घुम्ने गस्तीसँग तुलना गर्दै उससँग मानवको नियमित सम्बन्धलाई विलक्षण रूपमा प्रस्तुत गरिएको छ र क्रियालाई वाक्यका पछिल्तिर राख्‍नुको साटो अगिल्तिर राखेर भाषिक विचलन पनि गरिएको छ । (ग) समालोचनात्मक अभिव्यक्तिसँग सम्बन्धित छ र त्यसमा नाट्यशास्त्र, अनुकृति, रस, आलम्वन विभाव, उद्दीपन विभाव, अनुभाव, प्रभाव, सञ्चारी मनोभाव, व्यभिचारी मनोभाव, वस्तु जगत् जस्ता पारिभाषिक शब्दहरु पारिभाषिक शब्दहरु प्रयो ग भएका छन् । कविता र निबन्धभन्दा समालोचनात्मक अभिव्यक्तिमा वस्तुगतता र तार्किकता भए पनि अभिव्यक्ति तुलनात्मक रूपमा रसिलो र समानान्तरताले युक्त छ । त्यसैले वाङ्मयका अन्य विषयका भन्दा साहित्यिक लेखन फरक छ ।
३.२ कानुनी  लेखन
                    कानुनी  लेखन अड्डा अदालतमा प्रचलित लेखन हो । संविधान, ऐन, नियम, विनियम, सन्धि सम्झौता, कानुनी र प्रशासनिक लेखोटमा यसको प्रयोग हुन्छ । तमसुक, फिराद पत्र, फैसला, वारेसनामा, कार्यालयीय टिप्पणी, चिठीपत्र आदिमा पनि यस प्रकारको भाषा देख्‍न सकिन्छ । कानुनी  भाषा  बह्वर्थक हुँदैन । यसमा जे भन्न खोजिएको हो त्यही कुरा टक्रक्क बुझिनु पर्छ ।  यसमा दोहोरो अर्थ लाग्ने पद, पदावली र वाक्यको प्रयोग नगरी एकार्थक प्रयोग गरिन्छ । तर्कपूर्ण र तथ्यमा आधारित वस्तुगत  अभिव्यक्ति यसमा हुनु पर्दछ । यसमा आलङ्कारिक र व्यङ्ग्यात्मक प्रयोग गरिँदैन । भाषिक विचलन पनि यसमा उपयुक्त मानिँदैन । यसरी नै अनेक पारिभाषिक शब्दको यसमा प्रयोग गरिन्छ । जस्तै;  तारिख, वारेस, वादी, प्रतिवादी, न्यायाधीश, वकिल, अधिवक्ता, मुचुल्का, सरजमिन, फौजदारी, देवानी आदि । नेपाली कानुनी भाषामा अरबी फारसी र उर्दु स्रोतका निकै शब्दहरु प्रचलित छन् । यसमा लामा लामा वाक्यहरुलाई एउटै वाक्यमा जोडेर लेख्‍ने प्रचलन छ । कानुनी  भाषा प्रयोगको उदाहरण तलको अनुच्छेदमा प्रस्तुत छ
(क)                             अड्डामा दाखिला गर्न ल्याएको अख्त्यारनामा ऐन बमोजिमको रीत पुगेको नभए यो यति रीत पुगेको छैन यति रीत पुर्‍याई ल्याए लाग्ने छ भनी तिन दिनको म्याद दिई सो अख्त्यारनामाकै पीठमा लेखी अड्डाको छाप लगाई भर्पाई लिई फिर्ता दिनु पर्छ ।(श्रेष्ठ,२०६३ : ७०)
(ख)कसैले कुनै सदनको  अवहेलना गरेमा सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिले सदनको निर्णयबाट सो व्यक्तिलाई सचेत गराउन, नसिहत दिन वा तिन महिनामा नबढ्ने गरी कैद गर्न वा दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्छ र त्यस्तो जरिबाना सरकारी बाँकी सरह असुल उपर गरिने छ । (नेपाल सरकार,२०७२ : ५१)
                    माथिका वाक्यहरुमा कानुनी भाषामा प्रयुक्त विभिन्न विशेषता विद्यमान छन् । त्यहाँ साहित्यिक स्वाद चखाउने प्रयोग भेटिँदैन । वाक्यहरुमा झन्डै चालिस शब्दहरु भएकाले वाक्यका आकार लामा छन् । तिनलाई गाँस्ने पद्धति विशिष्ट प्रकारको छ । कतै पूर्व क्रिया भनिने क्रियायोगी र कतै उत्तर क्रिया भनिने क्रियायोगीले अनेक उपवाक्यहरुलाई गाँसेका छन् । नेपाली वाक्य गठनमा कानुनी भाषाको आफ्नै प्रकारको देन रहेको छ । दाखिला, अख्त्यारनामा, अड्डाको छाप, भर्पाई, नसिहत, कैद, जरिबाना, सरकारी बाँकी जस्ता पद र पदावलीमा पारिभाषिक अर्थ निहित छ । यहाँ नाना अर्थ वा भाषिक विचलनको चमत्कार पनि देखिँदैन ।
३.३ विज्ञान र प्रविधि सम्बन्धी लेखन
                    विज्ञान र प्रविधि सम्बन्धी लेखन विज्ञानका रसायन शास्त्र, भौतिक शास्त्र, प्राणीशास्त्र, भूगर्भ विज्ञान, मौसम विज्ञान, गणित आदिका साथै प्राविधिक विषयका चिकित्सा, इन्जिनियरिङ, कृषि, वन, खाद्य प्रविधि आदि जस्ता विषयमा पाइन्छ । यसमा लेखनको निर्वैयक्तिकता र वस्तुनिष्ठता रहन्छ । साहित्यमा जस्तो आत्मपरक लेखन यसमा गरिँदैन । वाक्यहरुमा कर्मवाच्य र भाववाच्यको आधिक्य रहन्छ । कतिपय सूत्र, तालिका, आरेख आदिको प्रयोग  विज्ञान र प्रविधि सम्बन्धी वर्णनमा  खाँचो पर्दछ । पारिभाषिक शब्दहरुको व्यापक प्रयोग विज्ञान र प्रविधिसँग सम्बन्धित भाषामा हुन्छ । नेपालीमा त्यस्ता शब्दहरु संस्कृत र अङ्ग्रेजी भाषाबाट लिई प्रयोग गरिएका छन् ।जस्तै; शल्यक्रिया, एक्सरे, कालोपत्र, ट्रयाक्टर, दोयम, टाँचा, रोपाईँ आदि । कानुनका जस्ता अत्यन्त लामा वाक्य पनि विज्ञान र प्रविधिको भाषामा प्रयोग गरिँदैन । तथ्यमा आधारित वर्णन हुने भएकाले लाक्षणिकता र आलङ्कारिकता पनि यसमा रहँदैन । विज्ञान प्रविधिका क्षेत्रमा प्रयुक्त भाषाका नमुना तल प्रस्तुत छन् :
(क)                             मानिसको शरीरमा ७०% पानी अनि ३०% ठोस पदार्थ हुन्छ । शरीरका विभिन्न क्रियाहरु जस्तै; रक्त सञ्चालन, उत्सर्जन, पाचन, खाद्य रस परिवहन आदिका निम्ति पानीको आवश्यकता हुन्छ । उद्भिदले पानीको सहायताले  नै खनिज द्रव्य चुस्तछ ।(प्रधान,?, ७)
(ख)यो स्याचुरेटेड हाइड्रोकार्बन बनाउने प्रतिक्रिया हो । ड्राइ इथरको माध्यममा अल्काल्हाएडलाई Niसँग तताएर यी क्रिया पूर्ण गरिन्छ।(दाहाल,२०६१ : २१९)
              यी नमुनाहरुमा कतै पनि आत्मपरक वा भावात्मक लाक्षणिक अभिव्यक्ति छैन । निर्वैयक्तिक वस्तुपरक अभिव्यक्ति यहाँ रहेको छ । ठोस पदार्थ, रक्त सञ्चालन, उत्सर्जन, पाचन, खाद्य रस, परिवहन, हाइड्रोकार्बन, ड्राइ इथर, अल्काल्हाइड जस्ता संस्कृत र अङ्ग्रेजी पारिभाषिक शब्दहरु यहाँ प्रयोग भएका छन् । कर्मवाच्यको प्रयोग पनि यहाँ देख्‍न सकिन्छ । खँदिलो एवम् थोरैमा धेरै व्यक्त गर्न सकिने क्षमता यसमा रहन्छ ।
३.४ अर्थ वाणिज्य सम्बन्धी लेखन
              अर्थ वाणिज्य सम्बन्धी लेखन आर्थिक गतिविधि हुने उद्योग, वाणिज्य र वित्तीय क्षेत्रसँग सम्बन्धित छ । यसमा पनि वर्णात्मक भाषाकै प्रयोग हुन्छ । तथ्यमा आधारित भई यसको लेखन गरिन्छ । यसमा पनि प्रशस्त पारिभाषिक शब्दहरु प्रयोग गरिन्छन् । जस्तै; मुद्दती खाता, बचत खाता, भौचर, आयकर, बोलपत्र, कोटेसन, सञ्चय कोष, अक्षय कोष, लगानी, ठेक्कापट्टा, भुक्तानी, मूल्य अभिवृद्धि कर , मुद्रा अवमूल्यन,  आदि ।  कुरा प्रस्ट हुने ढङ्गले छरितो रूपमा वाक्यहरु लेखिनु यसको विशेषता हो । साहित्यिक छाँटको लाक्षणिक र चामत्कारिक अभिव्यक्ति यसमा आवश्यक हुँदैन । अर्थ वाणिज्य सम्बन्धी लेखनको एक नमुना निम्न अनुसार छ
           मुद्रास्फीतिलाई समायोजन नगरी घोषणा गरिएको आर्थिक       वृद्धिदर ०.७७को मुद्रास्फीति दर समायोजन नगरी देखाइएको हिसाब  हो । यसको अर्थ हाम्रो कुल गार्हस्त उत्पादन ऋणात्मक बन्न पुगेको देखिन्छ ।(रोका, २०७३ : ७ )
             
              मुद्रास्फीति, आर्थिक वृद्धिदर, समायोजन, कुल गार्हस्त उत्पादन, ऋणात्मक जस्ता शब्दहरु अर्थ वाणिज्य क्षेत्रका पारिभाषिक शब्द हुन् । यसमा विषयवस्तुको वर्णनका अतिरिक्त अन्य कुनै पनि विलक्षणता भाषामा छैन । बरु व्यापारिक चिठी आदिमा नम्रताको अपेक्षा गरिनु भने स्वाभाविक हुन्छ । अर्थ वाणिज्य क्षेत्रको भाषामा सूचना, आरेख, तालिका, तथ्याङ्क आदिको पनि प्रयोग गरिने भएकाले तिनको प्रस्तुतिका निम्ति आवश्यक भाषाको पनि खाँचो पर्दछ ।
३.५ अन्य विविध विषय क्षेत्रको लेखन 
              सञ्चार, शिक्षा, खेलकुद, दर्शन, राजनीति, धर्म, संस्कृति लगायत विभिन्न विषय क्षेत्रमा भाषिक प्रयोगका नयाँ नयाँ अवस्था देखा परेका छन् । आजको कम्प्युटर, मोबाइल, रेडियो र टेलिभिजनको युगमा सञ्चार क्षेत्रको भाषामा थोरैमा धेरै कुरा प्रभावकारी रूपमा व्यक्त गर्ने प्रयत्न भएको छ । खेलकुदका समाचार र प्रत्यक्ष प्रसारणको भाषामा आफ्नै प्रकारका विशेषता छन् । यसरी नै पठन पाठनमा पनि अनेक भाषिक प्रयोग भएका पाइन्छन् । ज्ञानको सूक्ष्म तह पर्गेलिने दर्शनको भाषाको आफ्नै गहिराइ छ । ज्ञानको क्षेत्र विशाल छ र विषय क्षेत्र पनि विस्तृत छ । त्यसैले सबै विषय क्षेत्रसँग सम्बन्धित लेखनबारे यहाँ चर्चा गर्न  सम्भव नभएकाले  त्यसतर्फ सङ्केत गर्ने प्रयास मात्र गरिएको हो ।

४.शैली मिश्रणको स्थिति
              व्यक्तिले भाषाको प्रयोग विभिन्न स्थिति र सन्दर्भमा गर्दछ ।  खास गरेर कसले कससँग के कुराका लागि भाषाको प्रयोग कसरी गर्दै छ भन्ने कुरा नै शैलीसँग सम्बन्धित छ । दाहाल ( २०६१: २१७)ले विषयगत भाषिक भेद र भाषिक क्रियाकलापमा भाग लिने सहभागीका बारेमा चर्चा गर्दै पछिल्लोसँग शैलीको सम्बन्ध रहेको कुरा स्पष्ट पारेका छन् । उनले औपचारिक, अनौपचारिक, आत्मीय, सामान्य कस्तो परिस्थितिमा भाषाको प्रयोग हुन्छ त्यसले शैलीलाई  गर्ने कुरा  पनि उल्लेख गरेका छन् । शर्मा (२०४८ : २)ले साहित्यसँग सम्बन्धित शैली वैज्ञानिक कोणबाट वर्ण्य विषय, रचना विधान र रचयिताका दृष्टिले परिभाषित गर्दै रचनाकारको त्यस्तो विशिष्ट रचना प्रकार वा अभिव्यक्तिलाई शैली भनेका छन् जसमा भाषिक एकाइको सौन्दर्य बोधक समुच्चय हुन्छ र भाषा एवम् विषयका दृष्टिबाट विचलन हुन्छ । यसले साहित्यिक लेखनका शैलीगत  विशेषतामा प्रकाश पारे पनि विषय वा रजिस्टरसँग सम्बन्धित शैलीलाई भने समेटेको  पाइँदैन । अधिकारी (२०६२ : २६१)ले सामान्य शैली विज्ञान अन्तर्गत साहित्येतर रजिस्टर वा प्रयोजनपरक भेदहरु (कानुनी भेद, धार्मिक भेद, वैज्ञानिक प्राविधिक भेद र अन्य विभिन्न वैषयिक वा शास्त्रीय भेद (अर्थशास्त्रीय, राजनीति शास्त्रीय) को पनि अध्ययन गरिने विचार व्यक्त गर्दै यसमा सामान्य र स्तरीय भेद, अनौपचारिक र औपचारिक भेद, मौखिक र लिखित भेद, स्थानीय भाषिका र सामाजिक भाषिकागत भेदमा अभिव्यक्त सङ्कथनहरुको भाषिक अध्ययन विश्लेषणलाई लिइने जानकारी दिएका छन् । युल(१९९६: २४४) ले पनि सामाजिक स्थिति र वक्ताको परिस्थिति अनुसारको अभिव्यक्तिका कारण शैलीमा  भिन्नता आउँछ भन्दै  अनौपचारिकका साथै  औपचारिक शैलीगत भेद हुने कुरा जनाएका छन् । वास्तवमा विशिष्ट व्यक्तिको सम्बोधन र सामान्य कुराकानीको संवाद एउटै हुँदैन । पहिलो धेरै औपचारिक हुन्छ भने दोस्रो अत्यन्त अनौपचारिक । यस्तै दुई देशबिच हुने सन्धिपत्र  र सामान्य चिठीको भाषा बेग्लाबेग्लै हुने नै भयो । अतः कस्तो लेखनका लागि कस्तो भाषा भन्ने कुरा हेक्का राखेर नै प्रयोजनपरक लेखनका सङ्कथनहरु तयार गरिन्छन् र गरिनु पर्दछ ।
             
               आधारभूत व्याकरण र शब्द भण्डारमा विभिन्न विषयमा  साझा  र मिल्दा कुरा हुन सक्तछन् तर पारिभाषिक शब्द र अभिव्यक्तिका शैलीमा भने अन्तर पर्दछ । यस कुरालाई ख्याल नगरी शैली मिश्रण गरियो भने अनर्थ हुन जान्छ । कानुनको भाषामा साहित्यको शैली मिश्रण गरियो भने तलको जस्तो प्रयोग हुन जान्छ :
     देश खाई शेष भएका वकिलले हावामा बहस गर्दै आकाश पाताल जोडे र युधिष्ठिर जस्ता न्यायाधीशले आँखा चिम्लिँदै टाउको हल्लाए, उनका कुरामा ताली लगाए र अदालतमा उपस्थित सबैलाई भने, " मेरा  प्रिय कुस्तीबाजहरु ! मुद्दा आकाश जस्तै व्यापक र समुद्र जस्तै गहिरो रहेछ । हार्नेले फलामको चिउरा चपाउनु पर्ने र जित्नेले  लङ्का जित्ने हनुमानको पगरी  पाउने निर्णय भयो।"
              यस प्रकारको निर्णय कानुनी भाषामा लेखियो भने के अवस्था होला ! कानुनका दफा नतोकी,  हार्नेलाई स्पष्ट सजाय नकिटी र जित्नेले के पायो भन्ने कुरा प्रस्टसँग नलेखी फुलबुट्टा भरेको भाषा प्रयोग गरियो भने कति अलमलमा वादी प्रतिवादी पर्लान् ! अदालतका निम्ति अदालती भाषाकै खाँचो पर्दछ । त्यसैले यस्तो शैली कानुनी भाषामा वाञ्छित हुँदैन ।
              साहित्यमा कानुनी भाषा प्रयोग गरियो भने त्यो पनि सुरुचिकर  हुँदैन ।  साहित्यिक कृतिमा तलको जस्तो लेखन देखा पर्‍यो भने पढ्नेलाई पक्कै पनि दिग्दारी लाग्ने छ :
     अन्याय परेपछि अदालतमा मुद्दा चलाइने हुँदा  जान्ने साथीको  मद्दत लिई वकिलको ल फार्ममा पुगी कानुनको दफा पल्टाउन लगाई बुझ्दा जग्गा सम्बन्धी कानुनको दफा ५ को उपदफा ६  मलाई काम लाग्ने थाह पाएँ र  नालिस दिई सजाय गराउँछु भनी अदालत पुगेँ ।
               यस लामो वाक्यमा न लय छ नत  अलङ्कार छ  नत लाक्षणिक प्रयोग नै । यहाँ कुनै विम्ब र प्रतीकको प्रयोग पनि छैन । भाषिक विचलनबाट यसलाई विलक्षण बनाउने प्रयत्न पनि गरिएको छैन । यसमा अनेक अर्थ आउने व्यञ्जनाको स्वाद पनि लिन सकिँदैन । यसमा हास्यव्यङ्ग्यको संयोजन पनि रहेको छैन । त्यसैले यसले साहित्यिक आनन्द दिन सक्तैन ।
              विज्ञान प्रविधिको भाषामा कानुन र कानुनको भाषामा विज्ञान प्रविधिको भाषा  मिसमास गर्न पनि सकिँदैन किनकि तिनका वाक्य गठन र पारिभाषिक शब्दमा अन्तर छ   तर साहित्यको जस्तो लाक्षणिक र व्यङ्ग्यात्मक प्रयोग तिनमा नहुने भएकाले साहित्यको भन्दा तिनको लेखन शैली सामान्य   हुन्छ । H2o=पानी जस्ता विज्ञान प्रविधिका सूत्र पनि कानुनमा प्रयोग हुँदैनन् । वाङ्मयका अरू विषयहरुमा पनि साहित्यको जस्तो विशिष्ट प्रयोग नहुने भएकाले भाषिक प्रयोगमा ती अपेक्षाकृत निकट हुन्छन् तापनि तिनका आआफ्ना पारिभाषिक शब्दले भने तिनलाई एक अर्काबाट अलग्याउँछन् ।
५.निराकरण
              प्रयोजनपरक लेखनका विभिन्न विषय र तिनका शैलीबारेको माथिको विवेचनाले के कुरा स्पष्ट पारेको छ भने भाषाका विभिन्न विषयगत र शैलीगत विशेषता हुन्छन् । यति हुँदाहुँदै पनि आधारभूत व्याकरण र शब्द भण्डारमा तिनले साझेदारी गर्दछन् । अतः यस कुरालाई हृदयङ्गम गरी विषय अनुसार भाषिक एकाइहरुको चयन गर्नु पर्दछ । प्रयोजनपरक लेखन जति व्यवस्थित हुन सक्यो त्यति सम्बन्धित क्षेत्रमा भाषिक अभिव्यक्ति सहज र  सम्प्रेष्य बन्दछ । कुनै पनि भाषालाई मानकीकृत र सम्पन्न तुल्याउन प्रयोजनपरक लेखनका क्षेत्रमा हुने कामले विशेष बल पुर्‍याउँछ । नेपाली भाषामा प्रयोजनपरक लेखनबारे सामान्य चिन्तन त गरिएको छ तर यसको संवर्धनका लागि उल्लेख्य काम भने हुन सकेको छैन । यसको विकासका लागि शब्दकोशहरुको निर्माणका साथै सम्बन्धित क्षेत्रको चासो र तत्परता अत्यावश्यक छ । अहिलेसम्म सञ्चार, कानुन, प्रशासन, विज्ञान प्रविधि जस्ता महत्त्वपूर्ण क्षेत्रमा प्रयोजनपरक लेखनका सम्बन्धमा खासै काम नभएकाले मिसमासबाट काम चलाउने प्रवृत्ति छ । कैयन् विषय क्षेत्रमा पारिभाषिक शब्दको अभाव भएर अभिव्यक्ति कुण्ठित हुनु परेको स्थिति छ भने हाल चलाइएका शब्दहरु पनि सही हुन् कि होइनन् भन्नेबारे विचार विमर्श र परीक्षण भएको पाइँदैन । व्यापक जनतामा समाचार पुर्‍याउनु पर्ने समाचार पत्रको भाषा नै सहज सम्प्रेष्य नहुनु, कानुन प्रशासनको भाषा पुरातन पन्थी प्रयोगमै रुमलिनु, अर्थ वाणिज्य क्षेत्रको भाषाले राम्रोसित अभिव्यक्ति गर्न विदेशी भाषाको मुख ताक्नु, चलचित्र लगायतमा लोकप्रिय लेखनको खोजी नहुनु आदि जस्ता समस्याबाट मुक्तिका लागि नेपाली प्रयोजनपरक लेखन छटपटाइ रहेको छ । सम्बन्धित क्षेत्र र प्राज्ञिक शैक्षिक जगत्को यसतर्फ विशेष ध्यान जान सक्यो भने प्रयोजनपरक लेखनले अहिलेको जस्तो गन्जागोल शैली मिश्रणको स्थितिमा रुमलि रहनु पर्ने छैन ।
सन्दर्भ सामग्री
अधिकारी, हेमाङ्ग राज(२०६२), सामाजिक र प्रायोगिक भाषा विज्ञान,      काठमाडौँ : रत्न पुस्तक भण्डार ।
गौतम देवी प्रसाद र प्रेम प्रसाद चौलागाईं(२०६७), भाषा विज्ञान, काठमाडौँ : पाठ्य सामग्री पसल ।
ढुङ्गेल भोजराज र दुर्गा प्रसाद दाहाल(२०६०), प्रायोगिक भाषा विज्ञान, काठमाडौँ : एम.के. पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स ।
त्रिपाठी, वासुदेव(२०६६), साहित्य सिद्धान्त शोध तथा सृजन विधि, काठमाडौँ : पाठ्य सामग्री पसल ।
दाहाल, बल्लभमणि(२०६१), "प्रयोजनपरक नेपाली", डा. बल्लभमणि दाहालका भाषिक चिन्तन, सम्पा. गोविन्द राज भट्टराई र खगेन्द्र प्रसाद लुइटेल, काठमाडौँ : रत्न पुस्तक भण्डार, पृ.२१५- २३७।
देवकोटा, लक्ष्मी प्रसाद(२०६७), लक्ष्मी निबन्ध सङ्ग्रह, आठौँ संस्करण, काठमाडौँ : साझा प्रकाशन ।
नेपाल सरकार(२०७२), नेपालको संविधान, काठमाडौँ : कानुन किताब व्यवस्था समिति ।
पौड्याल, लेखनाथ(२०३५), ऋतु विचार, दसौँ संस्करण, काठमाडौँ : साझा प्रकाशन ।
प्रधान, कृष्णचन्द्र सिंह(२०५७), बाग्मतीको हरक, काठमाडौँ : साझा प्रकाशन ।
प्रधान, प्रेम(?), जीव विज्ञान, भाग १, दार्जिलिङ : साझा पुस्तक प्रकाशन ।
बन्धु, चूडामणि(२०५३), भाषा विज्ञान, सातौँ संस्करण, काठमाडौँ : साझा प्रकाशन ।
युल,जर्ज/Yule, George(1996), The Study of Language,second edition, Cambridge : Cambridge University Press.
रोका, हरि(२०७३), "अर्थ राजनीतिमा 'ट्रेन्ड सेटर'का गफ", गोरखा पत्र,२०७३ वैशाख २९गते बुधवार, पृ.७ ।
शर्मा, मोहन राज(२०४८), शैली विज्ञान, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
श्रेष्ठ, ज्ञाइन्द्र बहादुर(२०६३), मुलुकी ऐन एक टिप्पणी, काठमाडौँ : पैरवी प्रकाशन ।
ह्यालिडे, एम.ए.के.एन्ड अदर्स /Halliday,M.A.K.and others(1964), The Linguistic Sciences And Language Teaching, London : Longman Group.

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण