'अनुपम'का प्रश्नहरुको उत्तर



                                      'अनुपम'का प्रश्नहरुको उत्तर
१.       सुरुमा ममा साहित्यतिरको रुचि पारिवारिक वातावरणबाट उत्पन्न भएको होला भन्ने लाग्छ । मलाई  मावली बज्यै सन्तु भारतीले  बाल्यकालमा लोककथा र  लोकगीतहरु सुनाउँदै हुर्काउनु भयो । मेरा पिता नारायण गिरी आफै लोकगीत गायक हुनु हुन्थ्यो । खास गरी फागको दोहोरीमा विजय पाउन उहाँको खोजी हुन्थ्यो । उहाँ गीत रचना पनि गर्नु हुन्थ्यो । यसका अतिरिक्त गाउँमा हुने नाचगान, कथा भन्नेसुन्ने परम्परा, गाउँ खाने कथाका प्रतिस्पर्धा आदिको प्रभाव आफूमा पर्नु पनि स्वाभाविक थियो ।  विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा सुनाइने गीत कविताप्रति पनि म रुचि राख्थेँ र आफूले पनि केही कोर्थेँ । गाउँघरमा मर्दापर्दा लय झिकी झिकी रामायण वाचन गरेर रात बिताएको पनि म सम्झन्छु । विद्यालयमा पढ्दा मैले प्रेम प्रकाश मल्ल र धर्मराज थापाका गीत प्रत्यक्ष सुन्ने अवसर पाएँ ।  देवकोटा, लेखनाथ, सम, रिमाल, महानन्द आदिका रचना पनि त्यहाँ पढ्ने अवसर जुर्‍यो । पछि म वाम राजनीतितिर तानिएपछि युद्ध प्रसाद मिश्र, मोदनाथ प्रश्रित आदिका रचनाको अध्ययन र लेखनप्रति आकर्षित भएँ र समाज परिवर्तनमा साहित्यको महत्त्वबारे जान्नेबुझ्ने अवसर पाएँ ।  मेरो लेखनको सुरुवाततिर मैले वि.सं.२०२०मा 'जुन अवस्थामा छौँ दाजुभाइ; यसको श्रेय श्री ५ त्रिभुवनलाई | सहिद चारलाई' लोक लयमा लेखेको थिएँ । त्यो लगायत ममाथि राजनैतिक मुद्दा लागेपछि मेरा सुरुका रचनाहरु सबै खानतलासी हुने डरले खाल्डामा पुरिए ।  प्रकाशनका दृष्टिले भने 'मातृभूमि' साप्ताहिकमा 'प्रदेशी' उपनामले 'मेरो मुटुले ढ्याङ्ग्रो ठोक्तै छ' शीर्षकको कथा वि.सं.२०३३को वर्षातिर सर्व प्रथम  छापिएको हो । साहित्यप्रतिको मेरो रुचिको पृष्ठभूमि यही हो; भाषाप्रतिको रुचि भने वि.सं.२०३३मा त्रिभुवन विश्व विद्यालयमा भाषा विज्ञान पढ्ने क्रममा जागेको हो । भाषिक नियमहरु बुझ्न थालेपछि आफ्ना भाषिकाका रहस्यहरु खुल्न थाले अनि त्यसतर्फको रहर पलायो । एउटा कक्षामा बालकृष्ण पोखरेलले 'जहाँ ढाडी हुन्छ त्यहाँ धेरै लिखा हुन्छन्' भन्दै पश्चिम नेपालका वारि डाँडा र पारि डाँडाका भाषामा हुने भेदबारे चर्चा गरेपछि आफू पश्चिमकै भएको हुँदा त्यसले आफूलाई भाषा पढ्नलेख्‍न थप प्रेरणा दिएको म ठान्छु ।
२.       मैले लोक साहित्यमा गम्भीर अध्ययन गरेको छु भन्नु अतिशयोक्ति हुन जान्छ । त्यसमा केही काम भने मैले अवश्य नै गरेको छु । 'लोक साहित्यको अवलोकन'(२०५७), 'हाम्रा लोकगाथा'(२०५७), 'नेपाली लोक साहित्यमा जनजीवन'(२०६७) र 'नेपाली लोक साहित्यको रूपरेखा'(सहलेखन,२०६८) नामक पुस्तक र केही फुटकर लेखहरुमा मैले मेरा कामलाई सार्वजनिक  गरेको छु । त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रीय विभागमा दुई दशकभन्दा बढी लोक साहित्य पढाउने अवसर मैले  पाएँ । लोक साहित्यमा स्नातकोत्तर तहका ६० भन्दा बढी विद्यार्थीहरुलाई र विद्या वारिधि तहका पनि केही शोधार्थीहरुलाई शोध निर्देशन गरेको छु । त्यसैले लोक साहित्यको महत्त्वबारे धेरथोर जान्नेबुझ्ने अवसर मलाई मिल्यो ।  भाषिक अध्ययनका क्रममा मलाई लोक साहित्यबाट ठुलो सहयोग प्राप्त भयो । सम्बन्धित क्षेत्रमा पुगेर  जनताका पोल्टाबाट मैले सामग्री बटुलेँ ।

         यी सबै काम गर्ने सन्दर्भमा भाषा र लोक साहित्यको निकटतालाई मैले नजिकबाट अनुभव र अनुभूत गर्ने मौका पाएँ ।  कुनै पनि भाषाको विकाससँग त्यसको मौखिक परम्परामा रहेको लोक साहित्यको विशिष्ट भूमिका रहने कुरा स्पष्ट नै छ । भाषिक अध्ययनमा पनि मौखिक परम्पराले नै बढी महत्त्व पाएको हुन्छ । लिखित साहित्यमा नपाइने कतिपय प्राचीन शब्दहरु र सूक्तिहरु लोक साहित्यले जोगाएको हुन्छ । लोक जीवनका सुन्दरतम अभिव्यक्तिहरु लोक साहित्यमै व्यक्त हुन्छन् ।  गायन, कथन र संवादका मिठा मिठा शैलीहरु त्यहीँ सुरक्षित छन् । त्यसैले भाषाका अध्येताहरुका लागि लोक साहित्य अमूल्य निधि हो । लोक साहित्यका माध्यमबाट फिँजाइने सन्देश अत्यन्त शक्तिशाली हुन्छ । लोक साहित्यको सम्प्रेषण शक्ति ज्यादै प्रभावशाली हुने भएकाले विभिन्न क्षेत्रमा यसको व्यापक प्रयोग गरिन्छ ।  भाषालाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याई भाषाको विकास गर्न लोक साहित्यको विशिष्ट भूमिका रहि आएको छ । सम्पन्न लोक साहित्य भएको भाषा  जनप्रिय हुने भएकाले पनि भाषाको विकासमा लोक साहित्यको ठोस योगदान रहन्छ भन्ने कुरा छर्लङ्ङ छ ।
३.       लोक साहित्यभित्र लोक गीत, लोक कविता, लोक गाथा, लोक काव्य, लोक कथा, लोक नाटक, उखान, टुक्का, पहेली वा गाउँ खाने कथा, मन्त्र, चुट्किला आदि पर्दछन् । त्यसैले लोक साहित्यकै एउटा अङ्ग  लोक गाथा हो । लोक साहित्यका विभिन्न विधाहरुको संरक्षण भनेको त्यसको सङ्कलन , अध्ययन अनुसन्धान, प्रकाशन, ध्वन्यङ्कन, प्रस्तुति आदि कार्य गर्नु हो । यस कार्यमा संस्कृति मन्त्रालय, प्रज्ञा प्रतिष्ठानहरु, विश्व विद्यालयहरु, सांस्कृतिक संस्थानहरु, विभिन्न प्रकाशनहरु, सञ्चार माध्यमहरु र गैरसरकारी संस्थाहरुको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । अहिले केही मात्रामा संरक्षणको काम भएको छ । लोक साहित्यमा केही विद्यावारिधि र स्नातकोत्तर तहका शोधहरु भएका छन् ; अन्य प्राज्ञिक शैक्षिक संस्थाका केही अध्ययन प्रतिवेदनहरु उपलब्ध छन् ; पुस्तकहरु लेखिएका छन् ; रेडियो, टेलिभिजन, पत्र पत्रिकाका माध्यमबाट प्रसार प्रचार गरिएका छन् ; मञ्च प्रदर्शन, दोहोरी आदिका प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना भएका छन् ; लोकवार्ता र लोक साहित्यसँग सम्बन्धित संस्थाहरु सक्रिय छन् र विश्व विद्यालयहरुमा लोकवार्ता विभाग स्थापनादेखि लोक साहित्यलाई पाठ्यक्रममा संलग्न गरी पढाउने काम भएको छ । यतिबिधि काम भए पनि लोक साहित्यको भण्डार कति विशाल छ भने यी सबै काम हात्तीको मुखमा जिरा भने झैँ देखिन्छन् । नेपाल बहु सांस्कृतिक मुलुक भएकाले लोक साहित्यको ठुलो खजाना यहाँ छ । अतः सामान्य प्रयासले मात्र सम्पूर्ण रूपमा यसको संरक्षण हुन गारो पर्छ । समाज छिटो छिटो परिवर्तन भइ रहेको छ र समयको गतिलाई पक्रिन सकि रहिएको छैन । यस स्थितिमा कतिपय महत्त्वपूर्ण सम्पदाहरु लोप भइ रहेका छन् । लोक गाथाभित्र पर्ने गाथा, कर्खा, सँगिनी, चैत, चाँचरी, धमारी, सवाई, भारत, पैकेलो आदिका साथै अन्य लोक साहित्यिक सम्पदाहरु हराउँदै छन् । नेपाली भाषा मात्र नभएर मैथिली, भोजपुरी, थारु, अवधी, तामाङ, मगर, गुरुङ, शेर्पा, लिम्बु, चाम्लिङ, बान्तवा, राजवंशी, धिमाल, सतार, झाँगड, राजी, राउटे आदि नेपालका अन्य मातृभाषा पनि लोक साहित्यका दृष्टिले सम्पन्न छन् । ती सबैको संरक्षण हुन  आवश्यक छ । वेलामा तिनको संरक्षण हुन सकेन भने हाम्रा पुर्खाले आर्जन गरेको महत्त्वपूर्ण सम्पदा गुम्न जाने छ । यसतर्फ राज्य, शैक्षिक प्राज्ञिक सांस्कृतिक संस्था, सम्बन्धित समुदाय र तद्विषयक विज्ञहरुको विशेष ध्यान जान आवश्यक छ ।
४.       नेपाली भाषा भारोपेली परिवारको आर्य इरानेली शाखाबाट संस्कृत प्राकृत अपभ्रंश हुँदै विकसित भएका अनेक आधुनिक आर्य भाषाहरुमध्ये एक हो । यसका मौलिक विशेषताले गर्दा यसको बेग्लै परिचय रहेको छ । यसका पाठ, वाक्य, पदावली, शब्द, रूप, वर्ण, ध्वनि आदिका संरचना र प्रयोगमा अनेक मौलिक पक्ष विद्यमान छन् । यसका उखान टुक्काहरुमा आफ्नै प्रकारको स्वाद छ । यसमा प्रयोग हुने अनुकरण शब्दहरु र निपातको मिठास लोभलाग्दो छ । यसले एक हजार वर्षभन्दा बढीको यात्रा गरि सकेको छ र प्राचीन, मध्यकालीन र आधुनिक समयका अनेक वैशिष्ट्य यसमा अन्तर्निहित छन् । यसको आफ्नो काव्यभाषा, गद्य शैली,  बोलीचाली र संवादमा पनि यसको मौलिक स्वरूप झल्कि रहेको छ । यसको मौखिक परम्परा तथा  कोश, व्याकरण, साहित्य र वाङ्मयमा यसको आफ्नो पहिचान सुरक्षित छ ।  त्यसैले अन्य भाषाहरुभन्दा यसलाई भिन्न तुल्याउने विविध मौलिक विशेषता यसमा विद्यमान छन् ।
५.       भाषा विवाद भनेर वर्ण विन्यास सम्बन्धी छलफलतिर सङ्केत गरिएको हो जस्तो मलाई लाग्यो । नेपाली भाषाको वर्ण विन्यास वा लेखन पद्धतिमा वेला वेलामा सुधार भई आजको अवस्थामा हामी आइ पुगेका छौँ । अहिले चलेको ह्रस्वदीर्घ लेखन तथा पदयोग र पद वियोग सम्बन्धी बहसलाई नै   चुरो कुरो भन्न खोजिएको हो कि जस्तो लाग्यो ।
६.       नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली भाषालाई कुरूप बनाउन सक्रिय छ  भनी आरोप लगाउन खोज्नेलाई नै यस भनाइको आधार के हो भनी सोध्नु उपयुक्त होला । प्राज्ञिक मन्थनहरुबाट निस्केका निष्कर्षहरुलाई लागु गर्ने सन्दर्भमा यस्तो भनिएको हो भने त्यो सर्वथा गलत हो । नेपाल प्रज्ञा प्रतिष्ठानभित्र सम्पन्न  गोष्ठी सम्मेलन आदिबाट निस्केका  निष्कर्षहरु पहिले पनि लागु भएका छन् र पछि पछि पनि  लागु हुँदै जाने छन् । यसरी नै  वर्ण विन्यास सम्बन्धी गोष्ठीका निष्कर्षहरु पनि लागु गरिएका हुन् । यसबाट वर्ण विन्यासका क्षेत्रमा रहेका नियमहरुको अपवाद घटाउने र लेखनमा एकरूपता एवम् सरलता ल्याउने काम भएको छ । लेखनमा स्पष्टता र छरितोपनाका टृष्टिले पनि यसो गरिनु उपयुक्त छ । उदाहरणका रूपमा पहिले "आगन्तुक र तद्भव शब्दका सुरु र बिचमा ह्रस्व लेखिन्छ भन्ने नियम छ" भनि सकेपछि यसका पाँच वटा अपवाद छन् भन्नु पर्थ्यो तर अहिले पर्दैन । अब क्षतिपूरक दीर्घीकरणका तितो(सं.तिक्त), मिठो(सं.मिष्ठ), दुध(सं.दुग्ध) आदि, सङ्ख्यावाची तिन(सं.त्रि) बिस(सं.विंश) आदि, आगन्तुक चिफ, डिन, हकिम, श्रुतिसम भिन्नार्थक जुन (सं.ज्योत्सना), फुल (सं.पुष्प) आदि, संस्कृत निकट निलो(सं.नील), किरो(सं.कीट) सबैलाई एउटै नियमद्वारा व्यवस्थित गरियो । यसबाट अपवादको जटिलता घटी सरलीकरण आयो । यस्तै पदयोग र वियोगमा संयुक्त क्रिया, सार्थक द्वित्व र नामयोगीमा पदयोग गर्नु पर्छ भनी विवाद गरिएको छ । यसमा पहिले संयुक्त क्रिया जोडेर लेख्‍ने नियम थियो तर प्रयोग तिन प्रकारका थिए । जस्तै; गरिसकिहाल्छ, गरिसकि हाल्छ, गरि सकिहाल्छ । यस्ता प्रयोगबाट अनेकरूपता आउने हुँदा संयुक्त क्रियाका सबै घटकलाई अलग लेख्‍नु उपयुक्त ठहराई अहिले 'गरि सकि हाल्छ' लेख्‍ने गरिएको हो । सार्थक द्वित्वका शब्दहरुलाई पदयोग गर्दा  लामा लामा शब्द जोड्नु पर्ने अवस्था (जस्तै; कारखानाकारखाना, विद्यालयविद्यालय, खुइल्याउँदैखुइल्याउँदै) आउने हुँदा अलग अलग लेख्‍नु उचित ठानिएको देखिन्छ । यस्तै  नामयोगी जति सबै पदयोग गर्नु पर्छ भन्ने नियम पहिले थियो भने अहिले विभक्ति सरहको लम्बाइ भएका माथि, मुनि जस्तालाई पदयोग गरिन्छ र त्यसभन्दा लामा नामयोगीलाई पद वियोग गरिन्छ । यस नियमले मलगायत, महानगरपालिकाअन्तर्गत आदि जस्ता प्रयोगमा देखिने जटिलता नआउने गरी छरितो रूपमा म लगायत, नगरपालिका अन्तर्गत प्रयोग गर्न सकिने तुल्याएको छ । यसरी गरिएका सुधारहरुबाट भाषा कुरूप भयो होला कि  प्रयोग गर्न सजिलो होला आफै थाहा पाउन सक्नु हुन्छ ।
७.       नेपाल प्रज्ञा प्रतिष्ठानको सङ्गोष्ठीले गरेका निर्णयहरु तोडमरोड किन गर्नु पर्छ र ? यथास्थितिबाट समयको आवश्यकता अनुसार अगि बढ्न विधि सम्मत निर्णय लिई  भाषा प्रयोगलाई सहज र व्यवस्थित तुल्याउन सकिन्छ ।
८.       सरकारी सञ्चार माध्यम मात्र नभएर कतिपय सरकारी कार्यालयमा प्रयोग गरिने भाषाको शुद्धताका आफ्नै प्रकारका समस्या छन् । २०३०-२०३२ सालका परिवर्तनलाई त अझै ग्रहण गरि सकिएको छैन भने पछिल्लो परिवर्तनमा अभ्यस्त हुन समय लाग्नु स्वाभाविक छ ।
९.       वादे वादे तत्त्वबोध भन्नु सिवाय अरू के भन्न सकिन्छ र ?
                                                                   जीवेन्द्र देव गिरी

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण