लोक नाटक र लोक नाच



                   लोक नाटक र लोक नाच
                      प्रा.डा.जीवेन्द्र देव गिरी
१.    लोक नाटकको परिचय र परिभाषा
       लोक नाटक मानिसहरुको व्यापक पहुँच हुने लोकप्रिय लोक साहित्यिक विधा हो । 'नाट्यशास्त्र'का रचनाकार भरतमुनिले नाटकलाई  सबै वर्णको पहुँच रहने  विधा भनेर यसको व्यापकता र  लोकप्रियताबारे उहिल्यै प्रकाश पारि सकेका छन् । गाउँका होउन् वा सहरका जहाँसुकैका महिला पुरुषको यसमा सहज पहुँच रहन्छ । नेपाली समाजमा घाटु, सोरठी, बालन, नचरी, लीला, चरित्र र भारतका साथै मारुनी आदि अनेक नाचहरु लोक नाटकका रूपमा प्रचलित छन् । नाटकीय विशेषताले गर्दा नै होला डेउडा, भुओ आदि कतिपय लोकनाचलाई पनि खेल भन्ने गरिएको  पाइन्छ । यस्तै कतिपय नाच र गाई जात्रा, रोपाइँ जात्रा आदिका पर्व र मेलामा स्वाङ पार्दै हास्य प्रस्तुति गर्ने पात्रहरुका अभिनय पनि हेर्न लायक हुन्छन् । यसरी  हुने  नाट्य प्रस्तुतिहरुमा रामायण, महाभारत र पुराणहरुका प्रसङ्ग, ऐतिहासिक सन्दर्भ, सामाजिक घटना र धार्मिक प्रचलन विषयवस्तुका रूपमा आएका हुन्छन् । मञ्चको सजधज खासै नगरिने यी लोक नाटकहरु  घर मन्दिरका आँगन र चोक तथा गाउँ सहरका चौर, चौतारा र डबली जस्ता खुला मन्चमा प्रदर्शित गरिन्छन् । सामान्य  वेशभूषामा रहेका पात्रहरुद्वारा आडम्बरविहीन रूपमा  यी प्रस्तुत हुन्छन् । यिनमा लयात्मक गीतको गुञ्जन, मादल, खैँजडी, मुजुरा आदि स्थानीय बाजाको साङ्गीतिक स्वर र हाउभाउले युक्त नाचको आकर्षक प्रस्तुति हुन्छ । मान्छेले जीवन जगत्‍को अनुकरण गर्ने क्रम अनवरत चलि रहेको छ र   लोक नाटकमा त्यसको प्रतिविम्ब सुरक्षित छ । परम्परागत रूपमा धार्मिक अनुष्ठान, पर्वोत्सव, संस्कार कर्म, मेलापर्व र विभिन्न माङ्गलिक कार्यमा यिनको प्रदर्शन हुँदै आएको छ । यिनको सरल आञ्चलिक भाषा दर्शक एवम् श्रोताहरुका लागि बोधगम्य  र सहज ग्राह्य हुन्छ जसको आस्वादनबाट पर्याप्त मनोरञ्जन लिइ रहेको देख्‍न सकिन्छ ।  यिनैका जगमा आजका आधुनिक नाटकहरुको विकास भएको हो । लोक नाटकलाई चिनाउन   तल दिइएका परिभाषाहरुले थप सहयोग पुर्‍याउँछन् :
      स्वाभाविक, शुद्ध र विकाररहित, लोक प्रचलित कार्यसँग सम्बद्ध, अङ्ग-लीलारहित, सहज अभिनययुक्त विभिन्न प्रकारका स्त्री र पुरुषहरुद्वारा अभिनीत नाटक नै लोकधर्मी नाटक हो ।
                                   भरतमुनि (बन्धु,२०५८:२६१)
      लोकनाट्य नाट्यतन्त्रको नियमबद्धता, साजसज्जा, रङ्ग प्रसाधनहरुको औपचारिकताबाट निर्लिप्त बाह्याडम्बरहरुको जकडाइबाट मुक्त हुन्छ । लोक जीवनमा जीवन्तता उराल्न अन्य कुनै पनि उपादानले यसको समता गर्न सक्तैन ।
                                      पूर्णचन्द्र शर्मा (१९८३:३१)
      लोक नाटकमा नृत्य, सङ्गीत, अभिनय तिनै तत्त्वको समान भूमिका रहन्छ । ...लोक नाटकमा शास्त्रीय नाटक तन्त्र तथा नाट्य रचना विधा इतर लोक मानसको सहज स्वाभाविक अभिव्यक्ति हुन्छ जसमा चिर विकसित नाट्य रूढिहरु तथा लोक परम्पराहरु अभिव्यक्ति पाउँछन् र प्रदर्शित हुन्छन् ।
                                    तुलसी दिवस(२०३५ :२६-२७)
     जुन लोक साहित्यिक विधा कुनै कथावस्तुमा आधारित भई लामो कथात्मक गीतहरुमा विरचित हुन्छ र जहाँ गीत, सङ्गीत र नृत्य तिनै प्रकारका साङ्गीतिक तत्त्वको त्रिवेणी बग्दछ त्यही नै लोकनाट्य हो ।
                      धर्मराज थापा र हंसपुरे सुवेदी (२०४१ : ३४९)
लोक जीवनको आस्था र व्ववहारको सरल प्रदर्शनमूलक अभिव्यक्ति नै लोक नाटक हो । लोक नाटकमा लोक भावनाको अभिव्यक्ति हुन्छ । लोक नाटक लोक परम्परा र रूढिमा आधारित हुन्छ ।
                                    चूडामणि बन्धु(२०५८:२६२)
      लोक नाटक लोक अभिव्यक्तिका क्रममा लोकगीत, नृत्य र सङ्गीतको त्रिवेणी  हुँदै आउने अभिनेय विधा हो ।
                               कृष्णप्रसाद पराजुली(२०५७ :४९)
        लोकधर्मी रूढिहरुको अनुकरणात्मक अभिव्यक्तिहरुको त्यो नाट्यरूप जसले आआफ्ना क्षेत्रका लोक मानसलाई आह्लादित, उल्लसित एवम् अनुप्राणित गर्छ त्यो लोक नाट्य हो ।
                                महेन्द्र भानावत(शर्मा,इ१९८३:३२)
        लोकनाट्य मान्छेको मनोरञ्जनको अपूर्व साधन हुन्छ । ग्रामीण जीवनमा अमरबेलि सदृश फैलिएको नाट्य बाह्य आडम्बर एवम् तडकभडकबाट सर्वथा विहीन भएर पनि लोकप्रियता एवम् रसोद्रेकको क्षमतामा कत्ति पनि हीन हुँदैन ।
                                ताराकान्त मिश्र (इ.१९८५ : २५)
        रङ्गमञ्चमा ओर्ली अभिनय गर्नु पर्ने 'ब्याले', 'बल डान्स', 'अपेरा', र नृत्यनाट्य सबैलाई  हामी एउटै साझा शब्द 'नाच' प्रयोग गर्छौँ । महाकाली नाच र देवी नाच भाव प्रधान नृत्य हुन् । ज्यापु नाटक पक्का नाटक हो । तर हामी दुबैलाई नाच भन्छौँ ।
                           प्रेम बहादुर कंसाकार (बन्धु,२०५८:२६१)
      उपर्युक्त परिभाषाहरुले लोक नाटकलाई लोक गीत, सङ्गीत, नाच र अभिनयका साथ आडम्बर विहीन रूपमा गरिने लोक जीवनको अनुकरण ठहर्‍याएका छन् । वास्तवमा लोकाख्यानयुक्त गीतमा लोक परम्परा अनुसारका पोसाक पहिरेर लोकबाजा र लोकलयका तालमा हाउभाउ प्रस्तुत गर्दै लोक नाटक प्रदर्शन गरिन्छ । यसलाई लोकले मौखिक परम्परामा बुढा मरै भाखा सरै गर्दै जोगाइ आएको छ । खुला मञ्चमा दर्शकहरुले यसको अवलोकन, श्रवण र आस्वादन गर्दछन् । विभिन्न लोक मान्यतालाई  अँगालेर यसले लोकरुचिको सम्पोषण गर्दछ । अभिनय पक्षभन्दा नृत्य पक्षको प्रधानता नेपाली लोक नाटकका विशेषता बनेको छ । साकेवा, डेउडा, सिँगारु, कौरा,  झ्याउरे, सेलो, भैलो, देउसी, तिजनाच, गाईजात्रे नाच, रोपाइँ नाच, धाननाच आदि  कैयन् लोक नाचहरुमा पनि लोक अभिनयका झाँकीहरु नियाल्न सकिन्छ ।
२. नेपाली लोक नाटकको वर्गीकरण
       नेपाली जन जीवनले नाच, खेल र स्वाङका रूपमा आत्मसात् गरेका केही लोक साहित्यिक सम्पदाले अहिले लोक नाटकका रूपमा पहिचान पाएका छन् । खास गरेर लोक साहित्यको आध्ययनले व्याप्ति पाएपछि विधागत वर्गीकरणका आधारहरुको खोजी  गरिएको छ । यस सिलसिलामा बालन, नचरी, चरित्र, लीला, भारत, घाटु, सोरठी, मारुनी र अन्य कतिपय नाच, खेल र स्वाङलाई लोक नाटकका रूपमा स्विकार्दै यिनको  वैज्ञानिक वर्गीकरण गर्ने काम हुँदै आएको छ । यस अनुसार विभिन्न आधारहरुलाई अँगाल्दै नेपाली लोक नाटकलाई निम्न अनुसार वर्गीकरण गरिएको छ :
२.१ विषयका आधारमा वर्गीकरण
     विषयका आधारमा बन्धु(२०५८ : २६५)ले नेपाली लोक नाटकलाई पौराणिक र लौकिक लोक नाटकमा वर्गीकरण गरेका छन् । उनले रामायण र महाभारतका कथामा आधारित नचरी,बालुन, लीला र चरित्रलाई पौराणिक लोक गाथामा र लोक जीवनका घटनामा आधारित घाटु र सोरठीलाई लौकिक लोक नाटकमा विबाजन गरेका छन् । उनको के पनि भनाइ रहेको छ भने यस्ता  लौकिक नाटकहरुले समय बित्दै जाँदा पौराणिक नाटककै रूप लिन्छन् । पराजुली र गिरी(२०६८ :२२६-२२७)ले भने पौराणिक, ऐतिहासिक तथा अनुश्रुतिमूलक र सामाजिक लोक नाटकका रूपमा नेपाली लोक नाटकलाई वर्गीकृत गरेको पाइन्छ । यस क्रममा चरित्र, लीला आदि राम र कृष्णका जीवन लीलामा आधारित लोक नाटकलाई पौराणिक लोक नाटकका रूपमा लिइएको छ भने घाटु र भारत जस्ता कुनै जातिका आदि पुरुष वा राजा महाराजा वर्णन भएका लोक गाथालाई ऐतिहासिक वा पौराणिक लोक गाथा मानिएको छ । यसरी नै नेपाली समाजका विभिन्न पक्षसँग सम्बन्धित सोरठी जस्तो  लोक नाटकलाई सामाजिक लोक नाटकको संज्ञा दिइएको छ । यी वर्गीकरणहरु उपलब्ध नेपाली लोक नाटकहरुलाई लिएर गरिएका छन् र अझै कतिपय लोक नाटकहरु मान्छेका मुखमा मात्र सीमित रहेकाले नयाँ जानकारीहरु भविष्यमा उपलब्ध हुन सक्छन् तापनि ती यिनै विषयको सेरोफेरोमा रहने विश्वास गर्न सकिन्छ ।
२.२ प्रयोजनका आधारमा वर्गीकरण
      प्रयोजनका आधारमा नेपाली लोक नाटकहरुलाई अनुष्ठानमूलक र मनोरञ्जनमूलकका रूपमा बन्धु(२०५८ : २६५)ले वर्गीकरण गरेका छन् र लोक साहित्यका अन्य अध्ययनकर्ताहरुले पनि यसलाई अवगालेका छन् । घाटु, बालन र लीलाका प्रस्तुतिका क्रममा आनुष्ठानिक कार्यहरु भएको र भारत र सोरठी आनुष्ठानिक कर्मभन्दा मनोरञ्जनका उद्देश्यले सम्पादन हुने गरेको पाइन्छ ।
२.३ नाट्यतत्त्वका आधारमा वर्गीकरण
        नाट्यतत्त्वका आधारमा नृत्यतत्त्व प्रधान र अभिनय प्रधान लोक नाटकका रूपमा नेपाली लोक नाटकलाई वर्गीकरण गरिएको पाइन्छ । (पराजुली र गिरी, २०६८ :२२५) यस आधारमा घाटु, भारत, नचरी र सोरठी नृत्यतत्त्व प्रधान लोक नाटकका रूपमा र रामलीला, कृष्णलीला, बालन र लोक प्रहसन अभिनय प्रधान लोक नाटकका रूपमा वर्गीकृत रहेको पाइन्छ ।
२.४ प्रस्तुतिकरणको शैलीका आधारमा वर्गीकरण
          कुनै लोक नाटक एकालाप शैलीका र कुनै वार्तालाप शैलीका हुन्छन् । एकालाप शैलीमा एकोहोरो अभिव्यक्ति हुन्छ भने वार्तालाप शैलीमा संवाद रहन्छ । प्रायजसो नेपाली लोक नाटकमा पात्रहरुका बिच संवाद हुँदैन र घटनाको वर्णन अरूबाट नै गरिन्छ । (बन्धु, २०५८ : २६५)
२.५ प्रस्तुतकर्ताकाका आधारमा वर्गीकरण
      लोक नाटकका प्रस्तुतकर्ता वा अभिनेताका आधारमा पनि लोक नाटकको वर्गीकरण गरिएको पाइन्छ । यस अनुसार सजीव प्रस्तुतकर्ता भएका र निर्जीव प्रस्तुतकर्ता भएका लोक नाटक भनेर छुट्याउन सकिने र सजीवलाई पनि मानवीय र मानवेतरमा विभाजन गर्न सकिने कुरा बन्धु(२०५८ : २६५) ले उल्लेख गरेका छन् ।  लोक नाटक र लोकनाचमा विभिन्न उमेरका स्त्री पुरुष मानवीय पात्रका साथै बाघ, भालु, बाँदर आदि मानवेतर  एवम् पुतली र कठपुतली जस्ता निर्जीव  पात्रको प्रस्तुति  रहने कुरा पनि त्यहाँ  चर्चा गरिएको छ ।

२.६ गीत्यात्मकताका आधारमा वर्गीकरण
           नेपाली लोक नाटकहरु प्रायः गीत्यात्मक नै छन् । बाल बालिकाका केही बाल अभिनय र स्वाङहरु भने गीतविनाका गद्य संवादमा पनि प्रस्तुत गरिन्छन् । अतः यस आधारमा पनि नेपाली लोक नाटकहरु वर्गीकृत हुन सक्छन् ।
    
३.नेपाली भाषाका लोक नाटकको सङ्कलन र अध्ययनको ऐतिहासिक विवेचना
        नेपाली लोक नाटकका रूपमा हाल  लिइने गरेका   बालन, नचरी, भारत, चरित्र, लीला, घाटु, सोरठी, मारुनी आदिलाई परम्परागत रूपमा नेपाली जन जीवनले लोकनाचका रूपमा आत्मसात् गरेको पाइन्छ । लोक साहित्यको विधागत अध्ययनको क्रममा कथात्मक गीतका दृष्टिले  लोक गाथाका रूपमा पनि सुरु सुरुमा  केही विद्वान्‍ले यिनको चर्चा गरेको देखिन्छ । यिनका अतिरिक्त नेपाली लोक नाटकले समेट्नु पर्ने कतिपय नाच, खेल र स्वाङ अझै ओझेलमा छन् । अतः यी कुराहरुतिर पनि दृष्टि लगाउँदै यहाँ नेपाली लोक नाटकको सङ्कलन र अध्ययनको ऐतिहासिक विवेचना गरिएको छ ।
         नेपाली  लोक नाटक नै भनेर यसको सङ्कलन र अध्ययनको थालनी हुन थालेको धेरै समय नभए पनि वि. सं. १९३४ मा रामदिल उपाध्यायको  'जैमिनी भारतको भावसारार्थ बालुन', पतञ्जलि गजुर्‍यालको 'जैमिनी भारतको बालुन' र 'दशावतार बालुन' जस्ता कृतिहरु रचिनु अनि  देवदत्त शर्माको 'विश्वजित लीला'(१९५६), रेवती रमण शर्माको 'नरान्तक लीला'(१९६०), मेदिनी प्रसादको 'रासलीला'(१९६२), पूर्णानन्द यतिको 'पतिव्रता सावित्री चरित्र खेल'१९७२) र एम.एम.पठानको 'नागलीला प्रोग्राम'(१९७४) जस्ता कृतिहरु देखिनुले लोक नाटकतर्फको अभिरुचि प्रकट गर्दछन् । वि.सं. २००७को परिवर्तनपछि रेडियो नेपालका कार्यक्रम र 'डाँफेचरी'(२०१०) लोक साहित्यिक पत्रिकाको प्रकाशनले लोक नाचहरुका बारेमा विभिन्न जानकारीहरु प्रकाशमा आए । यसपछि लोक नाच र लोक नाटकको सङ्कलन र अध्ययनको वातावरण निर्माण भयो र विभिन्न कार्यहरु यस क्षेत्रमा भए ।
        सत्य मोहन जोशीको 'हाम्रो लोक संस्कृति'(२०१३)मा विभिन्न लोकनाचहरुको वर्णन गरिएको छ । त्यहाँ 'लोक नाच गीतमा एक फन्को' लेख पनि प्रकाशित छ जसमा चरित्र लोक नाचका बारेमा विवेचना गरिएको छ र त्यसलाई कृष्ण चरित्रका रूपमा चिनाउँदै मारुनी र सोरठीसँग दाँजिएको छ । काजीमान कन्दङ्वाले 'नेपाली जन साहित्य'(२०२०)मा मारुनी र सोरठीका रागबारे चर्चा गरेका छन् । लक्षमण लोहनीले 'रोदीघर'(२०२२)मा मारुनी नृत्य,सोरठी नृत्य, खैँजडी नृत्य, बालन नृत्य, करुवा नृत्य, रामखेल वा देउडा नृत्य, ख्याली नृत्य र पुरसेङ्गी नृत्यका बारेमा गीतहरुका उदाहरण सहित  वर्णन गरेका छन् । आर.डी र एल.एल.ले बालनका साथै अन्य लोक नाचका बारेमा 'नेपालका विभिन्न जाति र लोकगीत एक परिचय'(२०२३) नामक कृतिमा बयान गरेका छन् । हरिहरराज जोशीको 'सोरठी' (२०२३) गीतिनाट्यका रूपमा प्रकाशित छ । गीतिनाट्यका रूपमा यसको चिनारी गराएर विधा पहिचानमा त जोशीले योगदान गरे नै सोरठीको महत्त्वपूर्ण पाठ गोविन्द भट्टको गहन भूमिका सहित प्रस्तुत गरे । शङ्कर बहादुर रञ्जितकारको 'प्रज्ञा' मा प्रकाशित 'हाम्रो संस्कृति र लोकनृत्य'(२०२४) नामक लेखमा मारुनी नाच लगायत नेपालका विभिन्न जातजातिका नाचका बारेमा चर्चा गरिएको छ ।
         भैरव बहादुर थापाले 'प्रज्ञा'मा 'सोरठीलाई खोज्दा(२०३०)' शीर्षकमा एक लेख प्रकाशित गरेका छन् । उनले सोरठी नेपालमा नृत्यका रूपमा र भारतमा नाट्यका रूपमा प्रचलित भएको कुरा उल्लेख गरेका छन् । रिमालले 'कर्णाली लोक संस्कृति(खण्ड५) साहित्य सङ्गीत कला'(२०२८)मा त्यहाँका विभिन्न लोक नाचको विवेचना गरेका छन् । धर्मराज थापाको 'गण्डकीको सुसेली'(२०३०)मा गुरुङ जातिको घाटु, रामायणको बालुन, कृष्णलीला बालुन, सोरठी लगायत विभिन्न लोक नाटक र लोकनाचका पाठहरुको सङ्कलन एवम् वर्णन पाइन्छ । धर्मराज थापा र हंसपुरे सुवेदीको 'नेपाली लोक साहित्यको विवेचना'(२०४१) मा नेपाली लोक नाटकको परिचय दिई त्यसका विशेषतामाथि प्रकाश पारिएको छ । त्यसमा रामायण बालुन, कृष्णलीला बालुन, सोरठी नाच, भैरव नाच आदिका पाठको सङ्कलन र अध्ययन गरिएको छ ।  मोहन हिमांशु थापाको 'नेपाली लोक संस्कृति सङ्गोष्ठी'मा प्रकाशित 'नेपाली नाट्य परम्परा'(२०३२) शीर्षकको लेखमा मारूनी र सोरठीका तत्त्वहरुको वर्णन गर्ने क्रममा तिनमा गीतिनाट्यको तत्त्व वा रूप पाइने कुरा उल्लिखित छ । देवकान्त पन्तले 'डोटेली लोक साहित्य(२०३२)' हुड्केली वा भारतका बारेमा प्रकाश पारेका छन् । सुवि शाहको 'मारुनी (पाङ्दुरे) लोक नाच'(२०३५)नामक 'नेपाली  संस्कृति'मा प्रकाशित लेखमा सोरठी, चरित्र र ख्यालीलाई मारुनी नाच अन्तर्गत समेटेर विवेचना गरिएको छ । शाहले तिनका महत्त्वपूर्ण पाठहरु पनि सङ्कलन गरेका छन् । व्रतराज आचार्यले 'गोरखापत्र'मा 'लोकगाथा सोरठी : मूलथलोको खोजी'(२०३५) शीर्षकको एक लेख प्रकाशित गरेका छन् । सोरठीको मूलथलोबारे जानकारी दिने क्रममा उनले कुमाल जातिहरुसँगै सोरठी तराईबाट पहाड उक्लेको धारणा उनले व्यक्त गरेका छन् । दयाराम श्रेष्ठले 'प्रारम्भिक कालको नेपाली साहित्य : इतिहास र परम्परा (२०३८)मा नेपाली लोक नाटक अन्तर्गत मारुनी, सोरठी, मादले र पुरसेङ्गीको चर्चा गर्दै सोरठीलाई लोक नाटकका रूपमा चिनाएका छन् ।
     पूर्णप्रकाश नेपाल 'यात्री' को 'भेरी लोक साहित्य'(२०४१)मा मारुनी नाच, सिँगारु नाच, दरी खेल लगायतका विभिन्न लोक नाच र अभिनय गाथाका रूपमा गर्रा खेल, सरौँ खेल एवम् दमाईं नाचको वर्णन गरिएको छ । 'यात्री'को 'लोक साहित्यमा लोकनृत्य'(२०५८) शीर्षकको 'नेपाली संस्कृति'मा प्रकाशित लेखमा नेपालका विभिन्न क्षेत्रमा प्रचलित लोकनाचको चर्चा गर्ने क्रममा लोक नाटकको पनि उल्लेख गरिएको छ । तुलसी दिवसले 'नेपाली लोकनाच : प्रवृत्तिगत परिचय र विशेषता' शीर्षकको 'नेपाली संस्कृति'मा प्रकाशित लेखमा  लोकनृत्यका रूपमा केही लोक नाटकको पनि चर्चा गरेका छन् ।  होमनाथ सापकोटाको 'गुल्मेली लोकगाथाको सङ्कलन, वर्गीकरण र विश्लेषण'(२०४१)मा केही महत्त्वपूर्ण लोकनाटक र लोकनाचका पाठहरु सङ्कलित छन् । तिनमा नचरी, घाटु, सोरठी, कृष्णको बाललीला आदि रहेका छन् । तिनको व्याख्या समेत त्यहाँ गरिएको छ । नारायणप्रसाद अधिकारीले 'स्याङ्जा जिल्लाका लोकगीतहरुको सङ्कलन र विश्लेषण'(२०४३) शीर्षकको स्नातकोत्तर शोधपत्रमा त्यहाँका नचरी आदि लोक नाटकको चर्चा गरेका छन् । मोतीराज बमले 'सुर्खेत डाँडा दरामा माघे सङ्क्रान्ति : एक झलक'(२०४६) नामक लेखमा माइती र पोइली बनेर माघे सङ्क्रान्तिमा गरिने अभिनयबारे चर्चा गरेका छन् । केशरजङ बरालले ' पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति'(२०५०) नामक कृतिमा मगर समाजमा प्रचलित वीभिन्न लोक नाटकका पाठहरु प्रस्तुत गर्नुका साथै तिनको चर्चा गरेका छन् ।
       कृष्ण प्रसाद पराजुलीले 'नेपाली लोक गीतको आलोक' नामक कृतिमा लोक नाटकको  विधागत परिचय दिनुका साथै नाट्यगाथाका रूपमा बालुन, सोरठी, घाटु र भारतको विवेचना गरेका छन् । विवेचनाका क्ममा उनले यिनका पाठका विभिन्न अंशहरु प्रस्तुत गर्दै तिनको व्याख्या समेत गरेका छन् । जीवेन्द्र देव गिरीको 'परम्पराका निरन्तरतामा केही नेपाली लोकनाट्य'(२०५७) शीर्षकको लेख 'जनमत'मा प्रकाशित छ । उनका 'लोक साहित्यको अवलोकन'(२०५७) र 'नेपाली लोक साहित्यमा जन जीवन' नामक कृति पनि प्रकाशित  छन् ।  उनले यी आफ्ना कृतिमा सोरठी, घाटु, नचरी, बालुन, भारत आदि नेपाली लोक नाटकका विभिन्न पक्षमा उदाहरण सहित प्रकाश पारेका छन् । गिरीको 'सुर्खेतमा प्रचलित केही लोकनाच र तिनमा गाइने गीतहरु'(२०६६) लेख पनि 'प्रज्ञा'मा प्रकाशित छ । टङ्क के.सी.को 'लोक सङ्गीतका थुँगाहरु'(२०५३)मा  विभिन्न नेपाली लोकनृत्यको जानकारी पाइन्छ ।
       चूडामणि बन्धुको 'नेपाली लोक साहित्य'(२०५८)मा  लोक नाटकका परिभाषा,  विशेषता र वर्गीकरण सहित नेपाली लोक नाटकको निर्धारणका आधार, तिनको उत्पत्ति र विकास तथा शास्त्रीय नाटक र लोक नाटकका बिचको भिन्नताका विषयमा विवेचना गरिएको छ । यसका साथै सोरठी, नचरी, चरित्र र लीला, सोरठी, गोपीचन, घाटु, बालुन, कात्तिक नाच, बाठा मानिसहरुको खेलको प्रदर्शन आदिका पाठका केही अंश सहित तिनको विवेचना गरिएको छ । मोतीलाल पराजुलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत 'नेपाली लोक नाटक'(२०५८) नामक अनुसन्धान  प्रतिवेदन प्रस्तुत गरेका छन् भने 'सोरठी नृत्य नाटिका'(२०६३) एवम् 'नेपालमा प्रचलित नृत्य र नृत्य नाटिकाहरु'(२०६३) नामक कृति प्रकाशित गरेका छन् । यिनमा उनले नेपाली लोक नाटक र लोक नाचका सैद्धान्तिक पक्षका साथै तिनको विस्तृत  विवेचना गरेका छन् । मोतीलाल पराजुली र जीवेन्द्र देव गिरीको 'नेपाली लोक साहित्यको रूपरेखा'(२०६८)मा पनि केही लोकनाच र  लोक नाटकका पाठहरु सहित तिनको विवेचना गरिएको छ  । चतुरभक्त राईको 'मारुनी नाच : एक संक्षिप्त परिचय(२०५८)' शीर्षकको 'कान्तिपुर'मा प्रकाशित लेखमा किरात लोकगाथाका साथै मारुनी नाचको परिचय प्रस्तुत छ ।   वासुदेव भाइसाबका ' डोट्याली लोक साहित्य र संस्कृति(२०६१) र सुदूरपश्चिमा डोटी प्रदेशका लोक गाथा अवलोकन'(२०६३)मा त्यहाँका विभिन्न लोकनाच सम्बन्धी जानकारी उपलब्ध छ । मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइटेलले 'लोकवार्ता विज्ञान र  लोक साहित्य(२०६३)' नामक कृतिमा केही नेपाली लोक नाटकबारे चर्चा गरेका छन् । जीतबहादुर खतिवडाले 'सोलुखुम्बु क्षेत्रको कृष्ण चरित्रमा आधारित बालुन अध्ययन'(२०६१) शीर्षकको स्नातकोत्तर  अध्ययन पत्र प्रस्तुत गरेको पाइन्छ । बीजू घिमिरे न्यौपानेले 'तनहुँमा प्रचलित कृष्णको बालुन'(२०६१) शीर्षकको स्नातकोत्तर अध्ययन पत्र प्रस्तुत गरेकी छन् । कोपिला राईले 'चाम्लिङ राई समाजमा प्रचलित चण्डी (बुन्छर) गीत'(२०६१) शीर्षकको स्नातकोत्तर अध्ययन पत्रमा चण्डी नाचका सिलीको वर्णन सहित विभिन्न जानकारी प्रस्तुत गरेकी छन् ।  कृष्ण प्रसाद न्यौपानेको 'नेपाली लोक साहित्य सन्दर्भमा रोइला'२०६५)मा रोइला गीतमा नाचिने नाचको चर्चा पाइन्छ । कुसुमाकर न्यौपानेका 'गोपीचन लोक नाटक'(२०६५) र 'दशावतार बालन लोक नाटक'(२०६९) प्रकाशित छन् जहाँ ती नाटकबारे विस्तृत व्याख्या गरिएको छ । हर्क बहादुर पुनले 'सोरठी राजा, सोरठी रानी र कर्पाके बाबाको पुर्ख्यौली गीत'(२०६५)मा धौलागिरिका पुन मगर समुदायमा पुर्ख्यौली  नाचका रूपमा सोरठी चलि आएको चर्चा गरेका छन् । टीका बहादुर श्रेष्ठको 'रावाखोलामा प्रचलित मारुनी लोक नाटकहरुको अध्ययन(२०६५)' शीर्षकको स्नातकोत्तर शोधपत्रमा खोटाङ जिल्लाको रावाखोला वरिपरिका राई जातिमा प्रचलित मारुनी नाचको अध्ययन गरिएको छ । दिन बहादुर थापाले 'धवलागिरिका लोकगीतको पहिचान : झाम्रेगीत'(२०६६)मा सोरठीका विषयमा वर्णन गरेका छन् । मीन श्रीस मगरले 'पश्चिमाञ्चल विकास क्षेत्रका मगर समुदायमा प्रचलित लोकगीत नृत्यको वर्तमान अवस्था र चुनौतीहरु'(२०६६) नामक कृतिमा आख्यानयुक्त लोक नाट्यगाथाका रूपमा मारुनी नाचभित्र सोरठी, चरित्र, सिँगारु र गोपीचन तथा घाटुनाच र कौह्रानाचको अनि  आख्यान मुक्त लोकगीतभित्र झाम्रे, झोरा आदिको विवेचना गरेका छन् । उनले 'मगर जातिको चिनारी'(२०६७)मा आख्यानयुक्त लोक नाट्यगाथाका रूपमा मारुनी लगायत पाँच किसिमका नाचको चर्चा गरेका छन् ।  मीन श्रीस मगरको सम्पादनमा मगर अध्ययन केन्द्रबाट प्रकाशित 'समाज शोधमाला घाटु विशेषाङ्क'(२०७०)मा विष्णुकुमार सिन्जाली, पूर्णमाया पुलामी मगर, तिलबहादुर थापा मगर, छविलाल चिनी मगर, टीकाराम आले मगर, हिमाल पुन, विष्णु प्रभात, राजकुमार गुरुङ, पदम श्रीस मगर, यमबहादुर दुरा, टी.बी. पुन मगर, गिरिप्रसाद घर्ती मगर र स्वयम् मीन श्रीस मगरका विभिन्न क्षेत्रमा प्रचलित घाटु सम्बन्धी लेखहरु र पाठहरुको सङ्कलन प्रस्तुत छ ।  मेजर पुनले 'पुन मगर एक अध्ययन'(२०६६)मा मादल मारुनीका रूपमा सोरठीलाई चिनाएका छन् ।  तुल्सीराम ज्ञवालीले आफ्नो 'गुल्मी जिल्लामा प्रचलित मारुनी लोक नाटकको अध्ययन(२०६८)' शीर्षकको स्नातकोत्तर शोधपत्रमा र मीन बहादुर पुन मगरले 'प्युठान जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा प्रचलित मारुनी लोक नाटकको अध्ययन' शीर्षकको स्नातकोत्तर शोधपत्रमा त्यहाँका मारुनी नाचका पाठहरु दिई विवेचना गरेका छन् । प्रतिभा पुनको 'धौलागिरि अञ्चलका पुन मगर जातिमा प्रचलित सोरठीको सन्दर्भपरक अध्ययन(२०७०)' शीर्षकको दर्शनाचार्य शोध प्रबन्धमा सोरठीको पाठको सङ्कलन सहित विस्तृत विवेचना गरिएको छ । मुकुन्दराज पथिक वाग्लेको 'नेपाली बालनको सङ्कलन र विश्लेषण'(२०७०) शीर्षकको विद्यावारिधि शोध प्रबन्धमा कृष्ण, राम र दशावतार बालुनका विभिन्न पाठहरुको सङ्कलन सहित सन्दर्भपरक अध्ययन गरिएको छ । कुलराज निरौलाको 'सँगिनी लोकगाथाको सन्दर्भपरक अध्ययन(२०७१)' शीर्षकको विद्यावारिधि शोध प्रबन्धमा सँगिनी गीतमा गरिने नृत्यको पनि वर्णन गरिएको छ । भक्त राईको 'किरात राई जातिमा प्रचलित लोकगीतको विधातात्त्विक अध्ययन'(२०७१) शीर्षकको शोध प्रबन्धमा विभिन्न गीतसँग सम्बन्धित लोकनाचबारे पनि जानकारी दिइएको छ । तुलसीमान श्रेष्ठको 'नेपाली लोकगीत : परिचय र विश्लेषण'(२०७१)मा गीतको वर्णनसँगै केही लोक नाचको पनि चर्चा गरिएको पाइन्छ
४.केही प्रसिद्ध लोक नाटक र लोकनाचका पाठको चयन
    नेपाली लोक नाटक र लोक नाचका एक एक वटा पाठ नमुना स्वरूप यहाँ प्रस्तुत छन् :
४.१ सोरठी लोक नाटकको पाठ
    (क) रानीको गर्भावस्था
सातै र तले आठै र तले राजैजुको दरबार
चारै पाइ खटिया राजैजुको खटिया
सुनै रुपको गेँडुवा राजैजुको सिरानी
सुतलेउ मारे सुतलेउ दुइबागे सुतलेउ ।
एकु र मास दुवै र मैना गरभैमा रह्यो रानी
दुबै र मास तिनै र मैना गरभैमा रयो रानी
तिनै र मास चारै र मैना गरिबैमा रह्यो रानी
चारै मास पाँचै मैना गरिबैमा रह्यो रानी
पाँचै र मास छवै मैना गरिबैमा अमिलै सँधाउ राजै
छवै र मास सातै र मैना दायिने कोखा सलिकै लयो
सातै र मास आठै र मैना बायेँ र काखा सलिकै लायो
आठै र मास नवै र मैना समयाँ पुयो राजै
नवै र मास राजैजुलाई पिरै लायो ।
(ख) सोडेनीलाई बोलावट र आगमन
यावो र चाणो कतुवाल राजै दरबार खडिया
के हो र काम के हो र हुकुम राजैमा दरिबार बोलायो
सोही र काम सोही र हुकुम रानी र जुलाई पिरै लायो
सोहि कामले बोलायो ।
जाउमा जाउ कतुवाल
पुरबै दिसाको जसुदा सुडेनी
डाकी र बोलाई कतुवाल
जाँदा त तोरे हो शिरै लाउने शिरैफुल हामुनाइँ
शिरै लाउने शिरैफुल आफै राजाले दिने छन् ।
जाँदाम् त तोरे हो जाँदाम् निले लाउने टिकिया हामु नाइँ
निले लाउने टिकिया आफै राजाले दिने छन् ।
जाँदाम् त तोरे हो जाँदाम्  नाकै लाउने नथिया हामु नाइँ
नाकै लाउने नथिया आफै राजाले दिने छन् ।
जाँदाम् त तोरे हो जाँदाम्  गलै लाउने पुँवाली हामु नाइँ
गलै लाउने पुँवाली आफै राजाले दिने छन् ।
जाँदाम् त तोरे हो जाँदाम्  आँगै लाउने बरथी हामु नाइँ
आँगै लाउने बरथी आफै राजाले दिने छन् ।
जाँदाम् त तोरे हो जाँदाम्  कुमै लाउने चोलिया हामु नाइँ
कुमै लाउने चोलिया आफै राजाले दिने छन् ।
आ हो जाँदाम् त तोरे हो जाँदाम्  कम्मरै लाउने पटुकी हामु नाइँ
कम्मरै लाउने पटुकी आफै राजाले दिने छन् ।
जाँदाम् त तोरे हो जाँदाम्  नाकै लाउने नथिया हामु नाइँ
नाकै लाउने नथिया आफै राजाले दिने छन् ।
आ हो जाँदाम् त तोरे हो जाँदाम्  नाकै लाउने नथिया हामु नाइँ
नाकै लाउने नथिया आफै राजाले दिने छन् ।
आ हो जाँदा त तोरे हो जाँदाम्  कम्मरै लाउने घाँघरी हामु नाइँ
कम्मरै लाउने घाँघरी आफै राजाले दिने छन् ।
आ हो जाँदा त तोरे हो जाँदाम् गोडै लाउने पैँजरी हामु नाइँ
गोडै लाउने पैँजरी आफै राजाले दिने छन् ।
आइ र पुघे सोडेनि माइ बैटमारे मथिया
के हो काम के हो हुकुम राजै दरिबार बोलायो ?
सोही र काम सोही र हुकुम रानीमाजुलाई पिरै लायो
सोही कामले बोलायो ।
लेखैमा केरे जडीमा बुटी जोगी र जमालीले दिने छन्
लेखै र केरे ओखतीबेखती चन्द्र र सुर्जेले दिने छन् ।
भयेंपाटो लावैला कष्टमयें गोसायेंको धेन
नवै र मासै दसै र मैना परगस्त भयौ रानी ।
(ग) कन्या (सोरठी)को जन्म
सुनैके रे सेँगिया रुपैके रे धागीमा
सातै सरे सुतले बानी नाले पैदा रे
सुनेके रे झारिया गङ्गाजल पानी
बालखुलाई हातैमा लिई नुवाई धुवाई हरहर
सुनैके रे कटौरा करुवैमा तेल
बालखुलाई काखैमा घिवैतेलको मरिदन ।
आ हो शिरै सिन्दूर, लिलाले सुदाई हो शिरै सिन्दूर
लिलाले  सुदाई हो सरसती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरसती सरै नभने
 ए सरसती, सरसती सरै नभने ।
आ हो निलै टिकिया लिलाले सुदाई हो निलै टिकिया
लिलाले सुदाई हो सरसती सरै नभने
सँगी हो सरसती सरै नभने
सरमा सती सरै नभने, सरसती सरै नभने
ए सरसती, सरसती सरै नभने ।
आ हो आँखै गाजले लिलाले सुदाई हो आँखै गाजले
लिलाले सुदाई हो सरसती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरसती सरै नभने
ए सरसती, सरसती सरै नभने ।
आ हो नाखै नथिया लिलाले सुदाई हो नाखै नथिया
लिलाले सुदाई हो सरस्वती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरमासति सरै नभने
ए सरसती, सरसती सरै नभने ।
आ हो दन्तै बिरिया लिलाले सुदाई हो दन्तै बिरिया
लिलाले सुदाई हो सरसती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरसती सरै नभने
ए सरसती, सरसती सरै नभने ।
आ हो गलै मुँगाली लिलाले सुदाई हो गलै पुँवाली
लिलाले सुदाई हो सरसती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरसती सरै नभने
ए सरसती, सरसती सरै नभने ।
आ हो आँगै बरथी लिलाले सुदाई हो आँगै बरथी
लिलाले सुदाई हो सरसती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरसती सरै नभने
ए सरसती, सरसती सरै नभने ।
आ हो कुमै चोलिया लिलाले सुदाई हो कुमै चोलिया
लिलाले सुदाई हो सरसती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरसती सरै नभने
ए सरसती, सरसती सरै नभने ।
आ हो कम्मर पटुकी लिलाले सुदाई हो कम्मर पटुकी
लिलाले सुदाई हो सरसती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरसती सरै नभने
ए सरसती, सरसती सरै नभने ।
आ हो कम्मरै घाँघरी लिलाले सुदाई हो कम्मरै घाँघरी
लिलाले सुदाई हो सरसती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरसती सरै नभने
ए सरसती, सरसती सरै नभने ।
आ हो गोडै पैँजरी लिलाले सुदाई हो गोडै पैँजरी
लिलाले सुदाई हो सरसती सरै नभने
सङ्गी हो सरसती सरै नभने
सरमासती सरै नभने, सरसती सरै नभने
ए सरसती, सरसती सरै नभने ।
एकु र थाल मुगा र मोती एकु र थाल अछेती
रोजीमा लैजाउ सोडेनी माई एकु माल हामरो
दुहुनीमै भैँसी जोतनीमै गोरु
रोजीमा लैजाउ सोडेनी माई एकु माल हामरो
जोतनीमै गोरु दुहुनीमै भैँसी
रोजीमा लैजाउ सोडेनी माई एकु माल हामरो
(घ) पण्डितद्वारा कन्या (सोरठी) मूल परेको ठहर
पुरबैको वीरसे पण्डित डाकी बोलाइ लेउ
आ उभै हेरम् बेलीमा पात्रो उँदै कोरम् धुलौटो
धुलौटोमा कोरीमा कोरी आफै पण्डित मलिनो
जस्तो देख्चौ उस्तै भन मनै डरिज नराख
आमा नै खावैल राजै मामा नै खावैल राजै
मूल परी अभिकाल राजै दो मूल परी अभिरणल
आ साठै र मासा सिथरा हो मा रे हो
धौलिफाको आधा
दिनी भए दि हाल सुनार नदिनी भए नेलै पहर ।
(ङ) कन्यालाई गङ्गामा बगाउनु : रानीको शोक
यावोमा यावो लोगै पाँच बालखु बगाउन जाम्
जमुनाको तिर तिर बालखु बगाउन जाम्
सुनैको मदुस काँदैमा हाली बालखु बगाउन जाम्
अगिया अगिया राजैजु उयिंपछि लोगै पाँच
बालखु बगाउन जाम् ।
आ अरूको बालोले पुतली खेलाउँच हामरु बाला सातै समुन्द्र
सबैका बालाले गुलेली खेलाये, हामरो बाला सातै समुन्द्र
गाईको बाछी छुमुछुमु, हामरु बालै सातै समुन्द्र
बाकरी पाठी छुमुछुमु, हामरु बालै सातै समुन्द्र
भेडीको पाठी छुमुछुमु, हामरु बालै सातै समुन्द्र
आ सबैको बाला छुमछम खेलकी हामरु बाला नाइँ रे ।
(च) कुमाले र माझीद्वारा नदीमा बल्छी हानेको प्रसङ्ग
आ एकु र अचम्म देखेँ मैले देवता हो कि भूत हो
हेउँचुलीको आँठकाँठ पुवा आड्न जाम् ।
सुत पटुकी काडओरे धागिया दोसरी साल बुनाउन जाम्
एकाली वाचा देखाली वाचा वाचै बाँधी पो खेलम्ला जाम्ला
दुवाली वाचा तेवाली वाचा तिनै तेसरीको वाचै बाँधम् ।
एकु छपनी हानओरे मजिया दोसरी जाल फिजाउ
बुडओरे मजिया झिकओरे मछिया तिघरी समको मछिया
भितरको आलमाल तुम लेउ कुमाले बाइरको देउ हामीलाई
(छ) कुमालेलाई कन्या(सोरठी) प्राप्त
आ हो नर मेरो गाईगोठ नर मेरो हियार
कसो गरी पालम्ला राजैजुको बेटिया ?
नर मेरो बकरी खोर नर मेरो हियार
कसो गरी पालम्ला राजैजुको बेटिया ?
आ कसु हो बाले चोरी ली यो कसुको बाले ढाँटी ली
पापी हे हा पापी कुमाले ।
आ हा चोरेको होइन ढाँटेको होइन करिमैले दियाको
आहा करिमले दियाको
आ हा याने बालाको करिमै
आ हो यसै बालाको धरिमै
आ हो यो बालाको धरिमैले  दिया रे दुदे धरर
आ यसै बालाको धरिमैले गाई र भैँसी दुउँला
आ यसै बालाको धरिमैले आ राजै दरिबार बनुस् ।
(ज) पुत्रशोक सन्तप्त हेमती रानी
आ दसैमा दारा दुधिया मेरो ३
झोलिया नभयो राजै ३
दसैमा धारा दुधिया चोलिया न भिजो
बिरसन सकिन राजै !
तिमीलाई जति केई होइन रानी देसै हेरी मनै बुजाउ ।
सर्जे मण्डल फुल राजै काँसीमा जाँदा लावैला
ढुङ्गे बनी हेमती रानी धुरुधुरू रोवैला ।
तारा मण्डल फुल हुवा राजै काँसीमा जाँदा लावैला
काँसी जाँदा लावैन राजै बेँसी जाँदा लावैला
ढुङ्गे बसी हेमती रानी धुरुधुरू रोवैला ।
ढुङ्गेसरी फुलवा राजै काँसी जाँदा लावैला
ढुङ्गे बसी हेमती रानी धुरुधुरु रोवैला ।
गुरधौली फुलवा राजै काँसी जाँदा लाउँला
काँसीमा जाँदा लावैन राजै बेँसी जाँदा लावैला
ढुङ्गे बसी हेमती रानी धुरुधुरु रोवैला ।
मखमली फुलवा राजै काँसी जाँदा लाउँला
काँसीमा जाँदा लावैन राजै बेँसी जाँदा लावैला
ढुङ्गे बसी हेमती रानी धुरुधुरु रोवैला ।
क्यौरासारी फुलवा राजै काँसी जाँदा लाउँला
काँसीमा जाँदा लावैन राजै बेँसी जाँदा लावैला
ढुङ्गे बसी हेमती रानी धुरुधुरु रोवैला ।
(झ) रानीद्वारा राजालाई दरबार परित्याग नगर्न अनुरोध
आँगै र तिम्रो मलिडिम्ला मडुवै देश नगए
गाठी र तिम्रो मलिडिम्ला मडुवै देश नगए
दाइने पाखुरी सिरानी दिम्ला मडुवै देश नगए
पानी पिउन पाउने छैनौ राजै मडुवा देश नगए
पानी र माग्दा हुदै देनी धन्ते मडुवै देश रानी ।
(ञ) राजाको विदेश गमन : रानीको बिलौना
एकै र पहर रातै र गो, रानी हेमती जागैला
दुवै  पहर रातै र गो, रानी हेमती जागैला
तिनै पहर रातै र गो, रानी हेमती निँदरी
चारै र पहर रातै र गो, रानी हेमती जागैला
आफ्नु स्वामीलाई खोजन लाये रानी हेमती ।
सुनको सिखरीले बाँडेको सुगा देशै हेरी घुमी आउ
सुनको पिँजरामा बसेको सुगा देशै हेरी घुमी आउ
पुरबैको देश डाली बसी हेरलसै सुगा
हामरो स्वामी कति दूर देश
उत्तरैको देश डाली बसी हेरलसै सुगा
हामरो स्वामी कति दूर देश
दक्खिनैको देश डाली बसी हेरलसै सुगा
हामरो स्वामी कति दूर देश
पच्छिमैको देश डाली बसी हेरलसै सुगा
हामरो स्वामी कति दूर देश ।
आ गाई हेर्नी गोवाला दाजै २
सबैमा मेरो माइती २
ए छोटीमोटी बाउरे जोगी देखैला कि नाइँ ?
आ बाकरी हेर्नी गोवाला दाजै २
सबैमा मेरो माइती २
ए छोटीमोटी बाउरे जोगी देखैला कि नाइँ ?
आ भेँडिया हेर्नी गोवाला दाजै २
सबैमा मेरो माइती २
ए छोटीमोटी बाउरे जोगी देखैला कि नाइँ ?
हो सोरगुको बादलु राजै चम्कैला बिजुली
आ जता र होउला हामरो स्वामी उतै बरिसाइयो मेघ

आ पुरबै दिसामा कालो र मइलो बादलु चमिकैला बिजुली
जता र हउला हामुर स्वामी उतै र बरिसला मेघ
आ पच्छिमै दिसामा कालो र मइलो बादलु चमिकैला बिजुली
जता र हउला हामुर स्वामी उतै र बरिसला मेघ
आ उत्तरै दिसामा कालो र मइलो बादलु चमिकैला बिजुली
जता र हउला हामुर स्वामी उतै र बरिसला मेघ
आ दक्खिनै दिसामा कालो र मइलो बादलु चमिकैला बिजुली
जता र हउला हामुर स्वामी उतै र बरिसला मेघ ।
(ट) राजा कुमालेको घरमा पुग्नु : सोरठीप्रति राजाको सम्मोहन
कुमालेको घरमा माटाको झारिमा कैसे जल पिउन देम्
माटाको हाँडीमा सुनको झारीमा बनाइम् हामु पानी खान देउ ।
(ठ)सोरठीबाट विवाह अस्वीकार
बाबाको गहना सबै चेली लाउँचन् २
आ होइ बाबाको गहना सबै चेली लाउँचन्
हामु पनि लावैला
बाबाको लुगा सबै चेली लाउँचन् २
आ होइ बाबाको लुगा सबै चेली लाउँचन्
हामु पनि लावैला
बाबैको दाइने बायें सबै चेली हिँड्चन्
हामु पनि हिँडैला
बाबैको अगिपछि सबै चेली हिँड्चन्
हामु पनि हिँडैला
बाबाको सिँदुर सबै चेली लाउँदैन
हामु पनि लाउँदैन । (सापकोटा, २०४१ : २११-२२१)
४.२  चण्डी पूजाका वेला राई समाजमा नृत्यमय सिली र गीतको प्रस्तुति
(क) कुङ्कार सिली( हात पक्रेर नाचिन्छ)
सैसैला............
दोहोरो पसल खोटाङको
के चिह्नो लैजाउँ यो ठाउँको । सोइ सोइला हो ..........।
(ख) वाप्पा सिली (कुखुरा खोस्रिने तरिका)
हलेसी थानको महादेउ है २
यो वेलासम्म कहाँ थ्यौ २
एनी लै लै बरी लै ...........।
(ग) नामखोभा सिली ( घाम हेर्दै नाच्ने )
ढोलकी बज्यो गजैले २
नाचीमा जाउँ है मजैले २
सोइ सोइला हो .............।
(घ) खासिमा सिली (हातले टिप्ने सिली)
बाँसका झ्याङमा चरी लै है  
नाची यो जानडुकी बरी लै २
सोइ सोइ ......................।
(ङ) लुहुमे सिली(रोपा रोप्ने सिली)
अकबरे खोर्सानी तिते करेला २
झिम्क्याइ देउ बैन तिम्रो परेली २
सोइ सोइ ............................।
(च)इङाइ खोपा( ऐना हेर्दै नाचिने)
ए है नानै दरपनको छायाँ
निरमाया एनी लै हो बरी लै २
एनी लै .............................।
(छ) तँ खइसा सिली(कपाल कोर्ने)
धानको बाला तरबर
ए होइ जौको बाला झुसै स्यामुना
हाँसी हाँसी माया लाउ भन्छ
ए होइ राईको जा छोरी रकुसे ए है स्यामुना ।
एनी लै ........................।
(ज) आ फिलु सिली(खुट्टा चाल्ने सिल)
काटे डाला पलाइमा जाला
मन पलाउने ठाउँ छैन स्यामुना
सोइ ढोले सोइ –
अर्को ढोले खोइ _
(झ)वा प्रम्पा सिली(पानी खोस्रने अथवा ठुलो बनाउने)
पारि पाखा न्याउली रुने
ए होइ गाई चर्ने चरन स्यामुना
जिन्दगीको भरोसा छैन
ए होइ कहाँ गई मरन स्यामुना  

(ञ)वासा सिली(बोक्ला जस्तै गरेर नाच्ने)
टेम्के र सेलभे हाराहार
माइत र चेली बराबर
एनी लै लै हो बरी लै लै ।
(ट) बेसारे सिली
हलेसी थानको देउदेउता
नहौला भन्थ्यौ यस्तो ता
एनी लै लै हो बरी लै लै
ए होइ नाना आकाशमा घाम छ
जय राम छ स्यामुना ।
(ठ) इछुवा बुदुमे(हातले साथीलाई बोलाइने)
त्यहीँ तल सिम्साह्रैमा
ए है स्याल मारेको सिनो स्यामुना
हातको औँठी हराइ जान्छौ
ए है के दिने हो चिह्नो स्यामुना
(ड) इछुवा - सिला ( बिदा गर्ने सिली)  
वैशाखे मकै घुन लाग्छ है
रात परे पनि जुन लाग्छ
सै सैला लै लै सै सैला ।
(राई,२०६१ : ५९-६०)



सन्दर्भ कृति सूची
अधिकारी, नारायणप्रसाद(२०४३),'स्याङ्जा जिल्लाका लोकगीतहरुको सङ्कलन र विश्लेषण', त्रिभुवन विश्वविद्लयमा प्रस्तुत अप्रकाशित शोधपत्र ।
आचार्य, व्रतराज(२०३५), 'लोकगाथा सोरठी : मूलथलोको खोजी', गोरखापत्र, चैत्र ११ ।
आर.डी. र एल.एल.(२०२३), नेपालका विभिन्न जाति र लोकगीत,          ललितपुर : जगदम्बा प्रकाशन ।
कन्दङ्वा, काजीमान(२०२०), नेपाली जनसाहित्य, काठमाडौँ : रोयल नेपाल एकेडेमी ।
के.सी. टङ्क (२०५३), लोक सङ्गीतका थुङ्गाहरु, काठमाडौँ : राष्ट्र बचाउ, नेपाल ।
खतिवडा, जीतबहादुर(२०६१), 'सोलुखुम्बुको कृष्ण चरित्रमा आधारित बालुन अध्ययन', त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर अध्ययन पत्र ।
गिरी, जीवेन्द्र देव(२०५७), 'परम्पराका निरन्तरतामा नेपाली लोकनाट्य', जनमत, १७ : ४-५, पृ.१९-२२ ।
... ... ...(२०५७), लोक साहित्यको अवलोकन, काठमाडौँ  एकता प्रकाशन ।
... ... ...(२०६७),नेपाली लोक साहित्यमा जन जीवन, काठमाडौँ  एकता प्रकाशन ।
जोशी, मोतीराज(२०४६),'सुर्खेतको डाँडा दरामा माघे सङ्क्रान्ति : एक झलक', सुर्खेती कल्याण समाज स्मारिका, पृ.४२ ।
जोशी, सत्यमोहन(२०१३), हाम्रो लोक संस्कृति, काठमाडौँ : लेखक स्वयम् ।
जोशी, हरिहरराज(२०२३), सोरठी, काठमाडौँ : रूपायन प्रकाशन ।
ज्ञवाली, तुल्सीराम(२०६८), 'गुल्मी जिल्लामा प्रचलित मारुनी लोक नाटकको अध्ययन', त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोधपत्र ।
थापा, धर्मराज(२०३०), गण्डकीका सुसेली, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
थापा,दिनबहादुर(२०६६), धवलागिरिका लोकगीतको पहिचान : झाम्रेगीत, बागलुङ : दीअ प्रकाशन ।
थापा धर्मराज र हंसपुरे सुवेदी(२०४१), नेपाली लोक साहित्यको विवेचना, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय ।
थापा, भैरवबहादुर(२०२९),'सोरठीलाई खोज्दा', प्रज्ञा, :४, पृ.५९-६३ ।
थापा,मोहन हिमांशु(२०३२), 'नेपाली लोकनाट्य परम्परा', नेपाली लोक-संस्कृति-संगोष्ठी, संयो.तुलसी दिवस, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
दिवस, तुलसी(२०३५), प्रदर्शनकारी धिमाल लोकनृत्य, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
... ... ...(२०५९), 'नेपाली लोकनाच : प्रवृत्तिगत परिचय र विशेषता', नेपाली संस्कृति, काठमाडौँ : सांस्कृतिक संस्थान ।
निरौला, कुलराज९२०७१), 'सँगिनी लोकगाथाको सन्दर्भपरक अध्ययन', त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध
न्यौपाने, कुसुमाकर(२०६५), गोपीचन लोकनाटक, काठमाडौँ : लेखक स्वयम् ।
न्यौपाने, कुसुमाकर(२०६५), दशावतार बालन लोकनाटक, काठमाडौँ : लेखक स्वयम् ।
न्यौपाने, कृष्णप्रसाद(२०६५), नेपाली लोक साहित्य सन्दर्भमा रोइला, काठमाडौँ : लेखक स्वयम् ।
न्यौपाने घिमिरे, बीजू(२०६१), 'तनहुँमा प्रचलित कृष्णको बालुनको अध्ययन' त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर अध्ययन पत्र ।
पथिक,मुकुन्दराज(२०७०), 'नेपाली बालनको सङ्कलन र विश्लेषण', त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध ।
पन्त, देवकान्त(२०३२), डोटेली लोकसाहित्य, काठमाडौँ : नेपाल र एसियाली अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय ।
पराजुली, कृष्णप्रसाद(२०५७), नेपाली लोकगीतको आलोक, काठमाडौँ : वीणा प्रकाशन ।
पराजुली, मोतीलाल(२०६३), सोरठी नृत्यनाटिका, काठमाडौँ : दीक्षान्त पुस्तक प्रकाशन ।
... ... ...(२०५८), 'नेपाली लोक नाटक' नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
... ... ...(२०६३), नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरु, ललितपुर : साझा प्रकाशन ।
पराजुली, मोतीलाल र जीवेन्द्र देव गिरी(२०६८), नेपाली लोक साहित्यको रूपरेखा, ललितपुर : साझा प्रकाशन ।
पुन, प्रतिभा(२०७०), 'धौलागिरि अञ्चलका पुन मगर जातिमा प्रचलित सोरठीको सन्दर्भपरक अध्ययन', त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित दर्शनाचार्य शोध प्रबन्ध ।
पुन मगर, मीन बहादुर(२०६९), 'प्युठान जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा प्रचलित मारुनी लोक नाटकको अध्ययन', त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोधपत्र ।
पुन, हर्कबहादुर(२०६५), सोरठी राजा, सोरठी रानी र कर्पाके बाबाको पुर्ख्यौली गीत, आफै ।
बन्धु, चूडामणि(२०५८), नेपाली लोकसाहित्य, काठमाडौँ : एकता बुक्स ।
बराल, केशरजङ(२०५०), पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
भाइसाब, वासुदेव(२०६१), डोट्याली लोकसंस्कृति र लोकसाहित्य, महेन्द्र नगर : कर्णाली बुक डिपो ।
... ... ...(२०६३), सुदूरपश्चिमा, डोटी-प्रदेशका लोकगाथा, महेन्द्र नगर : महाकाली साहित्य सङ्गम ।
मिश्र, ताराकान्त(इ.१९८५), मैथिली लोक-साहित्यका अध्ययन, पटना : जानकी प्रकाशन ।
'यात्री' नेपाल, पूर्णप्रकाश(२०४१), भेरी लोकसाहित्य, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
... ... ...(२०५९), 'लोक साहित्यमा लोकनृत्य', नेपाली संस्कृति, काठमाडौँ : सांस्कृतिक संस्थान ।
रञ्जनकार, शङ्करबहादुर(२०२४), 'हाम्रो संस्कृति र लोकनृत्य', प्रज्ञा, :३, पृ.४०-४१ ।
राई, कोपिला(२०६१), 'चामलिङ राई समाजमा प्रचलित चण्डी (बुन्छर) गीत : एक अध्ययन', त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर अध्ययन पत्र ।
राई, चतुरभक्त(२०५८), 'मारुनी नाच : एक संक्षीप्त परिचय', कान्तिपुर, पृ.७, मङ्सिर ११ ।
राई, भक्त बहादुर(२०७१), ' किरात राई जातिमा प्रचलित लोकगीत विधातात्त्विक अध्ययन', त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध ।
रिमाल, प्रदीप(२०२८), कर्णाली लोकसंस्कृति(खण्ड ५) साहित्य सङ्गीत कला, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
लोहनी, लक्षमण(२०२२), रोदी – घर, काठमाडौँ : रत्‍न पुस्तक भण्डार ।
शर्मा, पूर्णचन्द्र(१९८३), हरियाणा की लोकधर्मी नाट्य- परम्परा का आलोचनात्मक अध्ययन, चण्डीगढ : हरियाणा साहित्य अकादमी ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइँटेल(२०६३), लोकवार्ता विज्ञान र लोक साहित्य, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
शाह सुवि(२०३५), 'मारुनी(पाङ्दुरे) लोक-नाच', नेपाली संस्कृति, सम्पा.तुलसी दिवस, पृ.४७-६६ ।
श्रीस मगर, मीन(२०६६), पश्चिमाञ्चल विकास क्षेत्रका मगर समुदायमा प्रचलित लोकगीत नृत्यको वर्तमान अवस्था र चुनौतीहरु, काठमाडौँ: मगर अध्ययन केन्द्र ।
... ... ...सम्पा.(२०७०), समाज शोधमाला घाटु विशेषाङ्क, : २ ।
श्रेष्ठ, टीकाबहादुर(२०६५), 'राबाखोलामा प्रचलित लोक नाटकको अध्ययन', त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोधपत्र ।
श्रेष्ठ, तुलसीमान(२०७१), नेपाली लोकगीत : परिचय र विश्लेषण, काठमाडौँ : नवकला पब्लिकेशन ।
श्रेष्ठ, दयाराम(२०३८), 'प्रारम्भिक कालको नेपाली साहित्य : इतिहास र परम्परा', काठमाडौँ : पाठ्यक्रम विकास केन्द्र ।
सत्येन्द्र(इ १९७१), लोक साहित्य विज्ञान, आगरा : शिवलाल अग्रवाल एण्ड कम्पनी ।
सापकोटा, होमनाथ(२०४१), गुल्मेली लोकगाथाको सङ्कलन, वर्गीकरण र विश्लेषण, त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोधपत्र ।


































     






























Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण