श्रद्धेय नेता पुष्पलाललाई भेट्ता



                    श्रद्धेय नेता पुष्पलाललाई भेट्ता
                                      प्रा.डा.जीवेन्द्र देव गिरी
मलाई मनैदेखि श्रद्धा गर्न मन लाग्ने नेतामद्ध्ये एक जना पुष्पलाल हुनु हुन्छ । उहाँलाई मैले दुई पटक भेट्ने अवसर पाएको छु । पहिलो पटक उहाँद्वारा नेतृत्व गरिएको नेकपाले दरभङ्गाको एक धर्मशालामा आयोजना गरेको  किसान सम्मेलनमा वि.सं.२०३१को फागुनतिर र दोस्रो पटक सो पार्टीकै भारत बनारसको दुग्ध विनायकमा रहेको दशपुत्र गल्ली स्थित के २९/३०को घरमा रहेको  केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कमिटीको विस्तारित बैठकमा वि.सं.२०३२को मङ्सिरको अन्त्य र पुसको सुरुका दिनहरुमा । त्यतिखेर म पार्टीको भेरी अञ्चल सङ्गठन कमिटीको सचिव थिएँ । त्यसैले दुबै भेट पार्टीको जिम्मेवारी वहन गर्ने सिलसिलामा भएका थिए ।  
पहिलो पटक म बनारस जाँदा गोरख पुरमा डी.बी. गुरुङसँग सम्पर्क राख्‍ने र उहाँले निर्देश गरे अनुसार बनारस पुग्ने गरी भेरी अञ्चलको बाँके जिल्लाबाट पठाइएको थिएँ । गोरख पुर पुगेपछि डी.बी.ले नै आफ्ना डेरामा खाना खुवाएर बनारसमा  दुई वटा रेल स्टेसन रहेको र तीमध्ये बनारस सिटीमा नझरी बनारस क्यान्टमा उत्रिन सल्लाह दिनु भएको थियो । म उहाँको सल्लाह अनुसार रेलको यात्रा गर्दै  बनारस पुगेँ । उहाँले भनेको रेल स्टेसनमा झरेँ । रातको समय थियो । मनमा कोही जासुस पछि लागेका छन् कि भन्ने त्रास पनि थियो । मैले एउटा रिक्सा लिएँ र निर्देशित स्थानको ठेगाना भन्दै त्यता लैजान रिक्सावालालाई अर्‍हाएँ । बनारसका गल्लीभित्र रिक्साले मलाई कुदाउन थाल्यो । निकै बेर कुदाएपछि पनि तोकेको ठाउँ नआएपछि मलाई ठिक ठाउँमा पुर्‍याइँदैन कि भन्ने शङ्का  लाग्यो र पुनः पहिलेकै रेल स्टेसनमा फर्काउन भनेँ । मेरो रात त्यहीँको मुसाफिर खानामा जागा बसेरै बित्यो ।
बिहान भएपछि एउटा रिक्सालाई आफू पुग्नु पर्ने ठेगाना भनेर त्यहाँ पुर्‍याउन भनेँ । उनले 'वही गोरे गोरे बाबुजी रहते हैँ वहीँ तो' भन्दै रिक्सा कुदाए । मैले न पुष्पलाललाई पहिले कहिले देखेको थिएँ न त पार्टीको कार्यालय नै । त्यसैले 'हाँ हाँ' मात्र भनेँ । नभन्दै उनले त ठ्याक्कै पार्टी कार्यालयका अगि नै पुर्‍याए । त्यहाँ पुष्पलाल हुनु हुन्नथ्यो, गोविन्द ज्ञवाली मात्र हुनु हुँदो रहेछ । मैले आफू भेरी अञ्चलबाट आएको अञ्चल सङ्गठन कमिटीको सचिव जनक 'आगो' हुँ र  पार्टीको सल्लाह अनुसार त्यहाँ  आइ पुगेको हुँ भनी सबै बताएँ । त्यति वेला मेरो पार्टीभित्रको टेकनाम जनक 'आगो' थियो । मैले खाना खाएको थिइनँ र गोजीमा नगद पनि अत्यन्त कम थियो ।  त्यसैले पार्टी कार्यालयमै खाना खानु पर्ला भन्ने सोचेको थिएँ । गोविन्द दाइले खाना खान जाऊँ भनेपछि उहाँका पछि लागेँ । एक जना विद्यार्थीले टिनको थालमा केही भात र तरकारी राखि दिनु भएको रहेछ । सोही बाँडेर हामीले खायौँ । कति दुःख गरेर उहाँहरु त्यहाँ बस्नु भएको रहेछ भन्ने मैले नजिकबाट देखेँ । त्यसपछि फेरि हामी पार्टी कार्यालय आयौँ र उहाँले मलाई दरभङ्गाको एउटा धर्मशालामा  किसान भेला राखिएको हुँदा त्यहाँ भाग लिन जानु पर्ने कुरा गर्नु भयो । पुष्पलाल त्यसतर्फ गइ सकेको कुरा पनि उहाँले सुनाउनु भयो । मैले उहाँको निर्देशन अनुसार दरभङ्गा जाने रेलको टिकट काटेँ । रातभर रेल चढेपछि भोलिपल्ट दरभङ्गा पुगियो । सङ्केत अनुसार सोधपुछ गर्दै  धर्मशाला पहिल्याई त्यहाँ पुगेँ । पुष्पलालसँग त्यहीँ मेरो पहिलो भेट भयो । आफ्ना नेतालाई भेट्न पाउँदा मन हर्षले फुरफुर भयो । सरल पहिरन र बोली व्यवहार देख्‍ता उहाँप्रतिको श्रद्धा अझ मौलायो । त्यहाँ पार्टीका नेता रोहित तथा साहित्यकारहरु युद्ध प्रसाद मिश्र, मोदनाथ प्रश्रित र बोधराज काफ्ले समेत देशभरका प्रतिनिधिहरु हुनु हुन्थ्यो । भेलामा पुष्पलालले प्रतिवेदन पढ्नु भयो । किसानका देशभरिका समस्या, किसान आन्दोलन आदिबारे उहाँले महत्त्वपूर्ण जानकारी दिनु भयो । पूर्वी पहाडको किपट प्रथा र  लुम्बिनीतिरको ओखडा प्रथा मलाई नौला लागे । रौतहट, भक्तपुर  र लुम्बिनीका किसान आन्दोलनबारे पनि विशेष जानकारी प्राप्त भयो । रौतहटको रे आन्दोलन र भक्तपुरको साँढे धपाऊ आन्दोलनबारे  सम्बन्धित व्यक्तिहरुले सुनाउनु भयो । यसरी नै लुम्बिनीका विभिन्न जिल्लामा भएको किसान आन्दोलनको पनि कुरा उठ्यो । मैले पनि आफ्नो क्षेत्रको जानकारी दिएँ । पुष्पलालले सबैका कुरा धैर्यपूर्वक सुन्नु भयो र आवश्यक टिपोट गर्नु भयो । उहाँले नयाँ जनवादी क्रान्ति सम्पन्न भइ छाड्ने अटोट सहित त्यसमा किसान आन्दोलनको विशिष्ट भूमिका रहने र आआफ्ना ठाउँका विशेषता अनुरूप आन्दोलनलाई सशक्त तुल्याउनु पर्ने विचार व्यक्त गर्नु भयो । भेलामा नेता कार्यकर्ता सँगै पराल ओछ्याएको आसनमा बसेको, सबै मिलेर खाना पकाएको र सबैले आआफूले खाएको भाँडा आफै माझि रहेको देख्ता नेता र कार्यकर्ताबिच कुनै दूरी नरहेको अनुभूति भयो ।
पुष्पलाल कविता  मन पराउनु हुँदो रहेछ । त्यसैले कार्यक्रमका बिचमा कविताको ढोका पनि  त्यहाँ खुल्यो । प्रश्रितले 'बहादुर, कुत्ताको नहिँ नहलाया ?', युद्ध प्रसाद मिश्रले 'को हुन् ठुला को हुन् साना ?' र बोधराज काफ्लेले ' म ब्याउने भएँ' शीर्षकको कविता सुनाएको म सम्झन्छु  । मिश्रले लेखेको 'मुक्त सुदामा' पुष्पलाललाई मन पर्ने गरेको बारे पनि त्यहाँ चर्चा भयो । 'मुक्त सुदामा'मा कृष्ण निर्मित दरबारमा सुदामाले जान नचाहेको वर्णन छ र मिश्रलाई तत्कालीन प्रज्ञा प्रतिष्ठानको लोभ देखाइँदा त्यसप्रति उहाँले देखाएको अनासक्तिसँग यसको तुलना गरिन्छ । यही सम्मेलनमा कवि मिश्रले भेलामा देशभरिको उल्लेख्य सहभागिता हुनु नै क्रान्ति सफल हुनु हो र क्रान्ति सफल भइ सकेको छ भनी हामी सबैमा उत्साह छर्नु भएको थियो । प्रश्रितको कवितामा भारतीय भूमिमा नेपाली कामदारले भोग्नु परेको पीडाको जीवन्त वर्णन थियो भने बोधराजले मुलुकभित्र क्रान्तिले गर्भ धारण गरी बिहाउने वेला भएको विचार  व्यक्त गर्नु भएको थियो । मलाई यी कविता आफूले कक्षाकोठामा पढेका कविताभन्दा नितान्त नौला र उपयोगी लागे । आफूले पनि त्यस्तो लेख्‍न सके हुन्थ्यो भन्ने हुटहुटी पनि मनमा जाग्यो ।
भेला सकिएपछि म पुनः बनारस फर्केँ । त्यहाँ गोविन्द दाइले भेरी अञ्चलमा पुर्‍याउन पुस्तक र पत्र पत्रिकाको एउटा ठुलै पोका तयार गरि दिनु भएको रहेछ । त्यसलाई मैले कसरी  जोखिम बेहोर्दै आफ्ना ठाउँमा पुर्‍याएँ भन्नेबारे कृष्ण प्रसाद पराजुलीको सम्पादनमा प्रकाशित हुने 'गोधूलि' मा प्रकाशित गरि सकेको छु । बनारसबाट फर्किन मसँग टिकट काट्ने पैसा पनि थिएन । गोविन्द दाइले नै त्यसको व्यवस्था गरि दिनु भयो र म आफ्नो कार्य क्षेत्रमा पुगेँ ।
यस पटकको बनारस यात्राले मलाई धेरै कुरा सिकाएको थियो । क्रान्तिमा जीवन समर्पण गर्दै अभावका बिच पनि क्रान्तिकारीहरुलाई उत्साह बाँडि रहनु भएका नेता र देशभरिका क्रान्तिकारी साथीहरुका विचारले मेरा आँखा उघारेका थिए । क्रान्तिकारी विचारले युक्त पार्टीका प्रकाशन र विभिन्न पत्र पत्रिकाको कोसेली लिएर म फर्केको थिएँ । आफ्नो अनुभव   घुमी घुमी साथीहरुबिच पुर्‍याउन पाएकोमा मलाई ठुलो सन्तुष्टिको अनुभव भएको थियो । पोकाभित्रका पुस्तकहरुले पनि साथीहरुका हात हातमा पुगेर चेतनाको बिउ फिँजाउन ठुलो सहयोग पुर्‍याएका थिए ।
दोस्रो पटक म  नेता  मधु गुरु र नेत्र पन्थीसँग बनारस पुगेको थिएँ । नेत्र पन्थी क. महेशका रूपमा हामीमाझ चिनिनु हुन्थ्यो । त्यतिखेर मलाई पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठकमा भाग लिन बनारस पुर्‍याइएको रहेछ । बनारस पुगेपछि पुष्पलालले एक्लै कोठामा राखेर हाल खबर सोध्नु भयो । मैले राजनीतिक मुद्दा लागेर  केही साथीहरु जेलमा पर्नु भएको र आफू लगायत केही जना  भूमिगत हुनु परेको कुरा सुनाएँ ।  उहाँले अँगालो हाल्दै एउटै दुःखका सहभागी भएको र आफू पनि बर्सौंदेखि देश बाहिर रहनु परेको कुरा सुनाउनु भयो । मैले साथीहरुले उहाँसँग राख्‍नु भन्नु भएका कुरा पनि राखेँ र उहाँबाट महत्त्वपूर्ण सल्लाह प्राप्त गरेँ ।
बैठक बस्यो । रिपोर्टिङका साथै विस्तृत रूपमा छलफल भयो । केही  सहभागीहरुद्वारा तुरुन्त सशस्त्र क्रान्तिमा जानु पर्छ भन्दै चर्को बहस सुरु भयो । पुष्पलालले भने 'नयाँ जनवादी कार्यक्रम'मा उल्लिखित दीर्घकालीन सशस्त्र क्रान्तिकै पक्षमा अडान लिइ रहनु भयो । यसरी नै उहाँमाथि काँग्रेसको पुच्छर भएको आरोप पनि थियो । उहाँ  पञ्चायत विरोधी आन्दोलनमा काँग्रेसलाई पनि सँगै हिँडाउन सकिने र काँग्रेसभित्रको वामपन्थी तत्त्व आन्दोलनमा सँगै उत्रिने विश्वासमा हुनु हुन्थ्यो । यो कुरा सबैलाई पचि रहेको थिएन । उहाँमाथिका व्यक्तिगत आरोप पनि सतहमा आउन थाले । पछि मैले थाह पाएँ - झापाको कोअर्डिनेसन केन्द्रले आरम्भ गरेको सशस्त्र क्रान्तिप्रति  ठुलै पार्टी पङ्क्ति आकर्षित रहेछ । स्वयम् मधु गुरु र लुम्बिनीका कार्यकर्ताहरुको पङ्क्ति पुष्पलालको आलोचनामा उत्रेको थियो । त्यति वेलाका प्रभावशाली नेता केसर मणिको नेतृत्वमा लुम्बिनीमा भएको आन्दोलन, उहाँ र कैयन् कार्यकर्ताको धरपकड,  जेल गमन तथा कैयन् नेता कार्यकर्तामाथिको मुद्दाको असरका कारण पनि  खैलाबैला मच्चिएको रहेछ  । जतिसुकै वाद विवाद भए पनि पुष्पलाल  आफ्नो अडानमा दृढ रहनु भयो । म भने अलमलमा परेँ । एकातिर पुष्पलालप्रतिको श्रद्धा र विश्वास अनि अर्कातिर आफूलाई पार्टी काममा डोर्‍याइ रहनु भएका  मधु गुरु । बैठक सकिएपछि म मधु गुरुसँगै काठमाडौँ प्रवेश गरेँ । भेरी अञ्चल सङ्गठन कमिटीले मेरो व्यावहारिक कठिनाइका कारण केही समय छुट्टी दिएकाले पनि म यता लागेको थिएँ । काठमाडौँ आएपछि गुरुले कोअर्डिनेसन केन्द्रका सामग्री पढ्न भन्नु भयो र अखिल नेपाल किसान सङ्घका तर्फबाट पुष्पलालका विरोधमा उहाँले तयार गरेका पर्चा हातले लेख्‍न लगाई वितरण गर्न थाल्नु भयो । मलाई पनि लोककृष्ण भट्टराई सचिव रहेको बाग्मती अञ्चल कमिटीमा रहेर काम गर्ने वातावरण जुराइ दिनु भयो । लोककृष्ण पुष्पलालबाट अत्यन्त प्रभावित हुनु हुन्थ्यो र उहाँ विरुद्धका आक्षेप सबै निराधार हुन् भन्नु हुन्थ्यो । उहाँ पुष्पलालका विरुद्ध गतिविधि गर्नेहरुका कट्टर आलोचक हुनु हुन्थ्यो । मैले गुरुको निर्देशन त पालन गरि रहेको थिएँ तर पुष्पलालप्रतिको भित्री विश्वास भने मनको गहिराइमा सञ्चित गरेको थिएँ । उहाँसँगका दुई पटकका मेरा भेटघाट, उहाँले एक कार्यकर्ताका रूपमा आफूप्रति गरेको सद्व्यवहार, नेपाली क्रान्तिका बारेमा उहाँका तर्कपूर्ण र व्यावहारिक  व्याख्‍या, त्यसका लागि गरेका त्याग र समर्पण सबैको गहिरो प्रभाव मभित्र गढेको थियो र  त्यो सदा अमिट छ ।
      २०७३ वैशाख ९ गते
      २००/२६ कुमुद देवकोटा मार्ग, काठमाडौँ



Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण