मार्क्सवाद र भाषा




मार्क्सवाद र भाषा
डा. जीवेन्द्र देव गिरी
१. थालनी
मार्क्सवाद संसारका वाद वा चिन्तनहरु मध्ये सर्वश्रेष्ठ मान्छि । कार्ल मार्क्स (इ १८१८१८८३) ले प्रवर्तन गरेको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी चिन्तन नै माक्र्सवादका रूपमा सुपरिचित छ । माक्र्स पछि विशेषत ः एङ्गेल्स, लेनिन, स्टालिन र माओ जे दुङले यस चिन्तनको उचाइ उठाउने काम गरे । गोर्की र लु सुन जस्ता सर्जकले आआफ्ना सिर्जनाका माध्यमबाट यस चिन्तनलाई बढाउन र फिँजाउन विशेष सहयोग पु¥याए । वर्तमान विश्वमा माक्र्सवादका पक्षमा ठुलो जन समूह क्रियाशील छ । कुनै पनि प्रकारको शोषण, उत्पीडन र दासताका विरुद्ध त्यो सक्रिय छ । यस चिन्तनका आलोकमा राजनीति, अर्थ व्यवस्था, साहित्य, संस्कृति, भाषा, कला, विज्ञान, प्रविधि आदि अनेक क्षेत्रमा विशिष्ट उपलब्धि भएका छन् र मानव समाज त्यसबाट लाभान्वित छ ।
मार्क्सवाद र भाषा दुबै मानव समाजको हित र उन्नयन सँग गाँसिएका छन् । माक्र्सवादले मान्छेलाई संसार र यहाँका सम्पूर्ण कुराहरुलाई हेर्ने दृष्टिकोण प्रदान गरेको छ भने भाषाले मान्छेका मनका कुरालाई अभिव्यक्त गर्ने बाणी दिएको छ । त्यसैले यी दुबै मानव समाजका निम्ति महत्त्वपूर्ण छन् । यिनैको अन्तर्सम्बन्धको खोजी गर्ने चेष्टा यहाँ गरिएको छ ।
२. उत्पत्ति
मार्क्सवाद भन्दा भाषा जेठो हो । भाषाको उत्पत्तिका सम्बन्धमा सुरु सुरुमा दैवी सिद्धान्तको पनि चर्चा पाइन्छ तर पछि विभिन्न तथ्य र तर्क सतहमा आए र मान्छेको विकास क्रम, आवश्यकता, उत्पादन सम्बन्ध आदि सँग गाँसेर यस बारे विवेचना भयोे । माक्र्सवाद वैज्ञानिक सिद्धान्त भएकाले उडन्तेबुडन्ते कल्पना वा दैवी सिद्धान्तमा त्यसले भर गर्ने कुरा भएन । त्यसैले भाषाको उत्पत्ति बारे यसले तर्क सम्मत वैज्ञानिक व्याख्या गर्दै आएको छ । माक्र्स र एङ्गेल्सले के भनेका छन् भने चेतना झैँ भाषा अरू मान्छेहरु सँगको संसर्गको आवश्यकता र अनिवार्यताबाट उत्पन्न भएको हो । उनीहरूले यसलाई सामाजिक संसर्गका सिलसिलामा अस्तित्वमान भएको संज्ञानको प्रत्यक्ष यथार्थका रूपमा लिएका छन् । कात्यायनी सत्यमको तलको भनाइले यसलाई अझ प्रस्ट पारेको छ ः
यस धारणाले माक्र्सवादको जन्म भन्दा पहिले नै मान्यता प्राप्त गरि सकेको थियो कि भाषा एक सामाजिक परिघटना हो जो मानवको कार्यकलापको साधन हो । ऐतिहासिक भौतिकवादले भाषा वैज्ञानिक चिन्तनलाई अगि बढाउँदै उपरोक्त धारणामा के कुरा जोड्यो भने भाषा सामाजिक उत्पादनको विकासका सिलसिलामा जन्म लिन्छ र उत्पादनको विकासका योगका आधारमा जीवनको जो समग्र सामाजिक, बौद्धिक, राजनीतिक प्रक्रिया गतिमान हुन्छ, त्यसको माध्यम बन्नुका साथै, त्यही सिलसिलामा, त्यसका साथसाथै, सतत विकसित पनि हुँदै रहन्छ । (सत्यम, इ २००३ः९)
उपर्युक्त भनाइले भाषा र समाजको सम्बन्ध, भाषासित उत्पादन सम्बन्धको साइनो अनि भाषाको गतिशीलतामा सामाजिक, बौद्धिक र राजनीतिक प्रक्रियाको भूमिका अनि यिनै माझ भाषा निरन्तर विकसित हुँदै आएको अवस्था जस्ता कुरामा प्रकाश पारेको छ । वास्तवमा भाषाको विकास मानव समाजमा नै हुँदै आएको हो । मान्छेहरुका बिच भाव वा विचार विनिमय गर्ने क्रममा नै यसको जन्म भयो । सुरु सुरुमा आङ्गिक, त्यस पछि वाचिक र अझ पछि लिखित रूपमा मान्छेले आफ्ना कुरा अरूलाई सम्प्रेषण गर्ने र अरूका कुरा आपूmले ग्रहण गर्ने गरेको पाइन्छ । अहिले पनि कतिपय प्राणीहरु आङ्गिक चेष्टामा नै सीमित कुरा बुभ्mने बुझाउने गर्छन् तर मान्छे भने त्यसभन्दा अगि बढेर बोल्ने र लेख्ने तहमा भाषाको प्रयोग गर्दै आएको छ मान्छेका क्रियाकलापहरु जति बढ्दै गएका छन् भाषाको प्रकार्य पनि त्यति नै विस्तारित हुँदै गएको छ र निरन्तर यसको विकास भइ रहेको छ ।
भाषाको उत्पत्ति भएको निकै समय बिते पछि मार्क्सवादको जन्म भएको हो । प्रसिद्ध कम्युनिस्ट घोषणा पत्र (इ १८४८)का माध्यमबाट विश्वमा यसको अस्तित्व देखा परेको हो । यसमा समाजको वर्गीय संरचना, पुँजी र श्रम बिचको सम्झौताहीन सङ्घर्ष र त्यही सङ्घर्षका क्रममा समाजवादी समाज निर्माण हुने कुराको उद्घोषका साथै मजदुरले क्रान्तिमा गुमाउनका लागि हत्कडी बाहेक केही नभएको तर जित्नका लागि सिङ्गो संसार भएको कुरा समेत उल्लेख गरियो । हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादको गम्भीर अध्ययन पश्चात् माक्र्स र एङ्गेल्सले माक्र्सवादको विकास गरेका थिए । यतिखेर सम्म भाषिक क्षेत्रमा धेरै कामहरु भइ सकेका थिए र माक्र्सवादी दृष्टिकोणले पनि भाषालाई हेर्नु पर्ने आवश्यकता अनुरूप विभिन्न चर्चा परिचर्चा भएका थिए । उत्पत्तिका दृष्टिले यसरी भाषा माक्र्सवाद भन्दा जेठो हो र मानव समाजको प्रारम्भिक अवस्थामा नै यो अस्तित्वमा आएको हो तापनि माक्र्सवादीहरुको भाषा प्रतिको दृष्टिकोणले यसलाई जान्न, बुभ्m, विकसित हुन र समाजका लागि बढी उपयोगी बन्न अझ सहयोग पुग्यो ।
३. विकास
भाषाको विकास तर्फ स्टालिनले दृष्टि लगाएका छन् । भाषिक विकासको सोपान बारे उनले गोत्र भाषाहरु, जातीय भाषाहरु, राष्ट्रियताका भाषाहरु र पुनः राष्ट्रिय भाषाहरुको अनुवर्ती विकास क्रममा भाषिक विकासलाई हेरेका छन् । उनले के कुरा पनि भनेका छन् भने पुँजीवादको उदय सँगै र राष्ट्रिय बजारको निर्माण सँगै राष्ट्रियताहरुको विकास राष्ट्रमा र राष्ट्रियताका भाषाहरुको विकास राष्ट्रिय भाषाहरुमा भयो । भाषाहरुको विकासमा आकस्मिक विस्फोट (गुणात्मक छलाङ) र आकस्मिक भाषिक क्रान्तिका माध्यमबाट नयाँ भाषाको जन्मको अवधारणा अवैज्ञानिक एवम् अनैतिहासिक छ भन्ने पनि उनको अभिमत छ । भाषिक सम्पर्कको सुदीर्घ परम्परा रहेको र सयौँ वर्ष सम्म चल्ने एक निरन्तर प्रक्रियाबाट त्यसको विकास भएको अवधारण उनले प्रस्तुत गरेका छन् ।
स्टालिनले विभिन्न भाषिक भेदबारे पनि कुरा उठाएका छन् । भाषा समाजका सबै वर्गप्रति तटस्थ रहने तर विभिन्न सामाजिक वर्ग भाषाप्रति तटस्थ नरहने कुरा झिक्तै उनले प्रायः शासक वर्गले आफ्नो जमातको भाषा, वर्ग उपभाषा र वर्गबोलीका विशेष शब्दावली र अभिव्यक्ति चलाउने गरेको कुरा उल्ल्लेख गरेका छन् । नेपालको दरबारी भाषिका जस्ता भेदतिर उनको अभिव्यक्ति लक्षित छ तर यी भेदहरु स्वतन्त्र पृथक् भाषा नभई एउटै राष्ट्रिय भाषाका अङ्ग हुन् र यिनको अलग्गै आफ्नो मूल शब्द भण्डार र व्याकरण हुँदैन भन्ने उनको ठम्याइ छ ।
कुनै पनि भाषाको विकास एकाएक नहुने र विभिन्न प्रक्रिया र परम्पराका माझबाट भाषिक विकास अगि बढ्ने सान्दर्भिक कुरा उठाएर स्टालिनले भावावेगमा आजको भोलि कुनै भाषामा चमत्कार खोज्ने प्रवृत्तिलाई निषेध गरेका छन् । उनले राष्ट्रिय भाषा वा राष्ट्रभाषाका विकासका खुड्किलातिर दृष्टिपात गर्न भाषिक जगत्को ध्यानाकर्षण गरेका छन् ।
४. संरचना र चिन्तन
भाषाको आफ्नो संरचना हुन्छ । त्यसका ध्वनि, वर्ण, रूप, पदावली, वाक्य आदि भाषिक नियम अनुसार सङ्गठित हुन्छन् । यही आन्तरिक संरचनाका आधारमा नै भाषाको बाह्य सङ्केत र अर्थको बोध गरिन्छ । मार्क्सवादले यस कुरालाई आत्मसात् गरेको पाइन्छ तर तुलनात्मक ऐतिहासिक भाषा विज्ञान र संरचनावादी भाषा विज्ञानले प्रत्यक्षवाद, रूपवाद र नव प्रत्यक्षवादका नाममा भाषाको सङ्केत वैज्ञानिक र अर्थ वैज्ञानिक अध्ययनलाई गरेको निरपेक्षीकरण तथा दार्शनिक अध्ययन र ज्ञान मीमाम्साका सम्पूर्ण समस्यालाई तार्किक विश्लेषणसम्म मात्र सीमित गर्ने प्रयासको भने विरोध गरेको पाइन्छ (सत्यम, २००३ः२०२१) । बिसौँ शताब्दीको पूर्वार्धमा विशेष गरी सोभियत संघका मार्क्सवादी वैज्ञानिकहरुले विज्ञानका रूपमा दर्शनलाई सारतः विघटित गर्ने प्रयत्नका विरोधमा तर्कहरु प्रस्तुत गरेको पाइन्छ । माक्र्सवाद के ठान्दछ भने सम्प्रेषण भाषाको एक मात्र प्रकार्य होइन, बरु तर्कपूर्ण र तथ्यपूर्ण रूपमा मान्छेहरुका बिच पारस्परिक सम्पर्क, संसर्ग र अन्तक्र्रियाका लागि यसको अस्तित्व अनिवार्य छ । एङ्गेल्सले भाषाको उत्पत्ति श्रम वा कामबाट भएको हो भन्नुले पनि विचार सरणीलाई सामाजिक श्रम प्रक्रियासँग गाँस्न खोजेको पाइन्छ । जार्ज लुकाचले एङ्गेल्सको धारणाको थप व्याख्या गरेर सबै मानवीय क्रिया कलापहरु आधारभूत प्रकल्प हुन् र यिनमा भाषा सम्बन्धी क्रिया कलाप पनि समाविष्ट छन् भनेका छन् ।
बोलोसिनोव (इ २००२) ले भाषालाई एक सामाजिक विचारधारात्मक परिघटनाका रूपमा प्रस्तुत गरेर भाषिक क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेका छन् तापनि उनले भाषिक समुदायहरुका विचको भेदलाई वर्ग भेद भन्दा भिन्न रूपमा लिएका छन् । उनका अनुसार विभिन्न वर्गका व्यक्तिहरुले एउटै भाषा प्रयोग गर्छन् । त्यसैले भाषाको प्रयोगमा भाषिक समुदायहरू विच होइन स्वयम् भाषाभित्र वर्ग सङ्घर्ष जारी रहन्छ भन्ने पनि उनको विचार रहेको छ ।
यी विभिन्न भनाइहरुलाई केलाउँदा के प्रस्टिन्छ भने भाषाका आफ्ना प्रकारका संरचना र नियमहरु हुन्छन् र ती सबै किसिमका विचार व्यक्त गर्न प्रयोग गरिन्छन् । भाषालाई त्यसका विभिन्न तत्त्वहरुले प्रदान गरेको संरचनाको उपयोगबाट सबै चिन्तन लाभान्वित छन् । त्यसैले भाषालाई शुद्ध भाषिक रूपमा मात्र हेर्नेहरुले यो पहिला कस्तो थियो , बिचमा कस्तो रह्यो र अहिले कस्तो छ अथवा यसका संरचनामा के कस्तो जोड घटाउ छ भन्ने कुरालाई मात्र महत्व दिन सक्छन् तर त्यतिले मात्र भाषा प्रति न्याय हुन सक्तैन । यसका प्रकार्य र व्यापक विषय क्षेत्रमा रहेको यसको पहुँच अनि यसका माध्यमबाट मानव समाजले प्राप्त गरेका उपलब्धि आदिका समग्रतामा मात्र भाषाको महत्त्व स्पष्ट हुन सक्छ । अतः भाषिक संरचना र त्यसभित्र अन्तर्निहित चिन्तन दुबै आयामबाट यसलाई हेर्दा नै यसको वास्तविक अवस्था खुलस्त हुन सक्तछ ।
५. अधिरचना भन्दा भाषाको पृथक् अस्तित्व
भाषालाई आर्थिक आधारमा अडेको अधिरचना मान्न नसकिने कुरा स्टालिनको माक्र्सवाद र भाषा विज्ञानका समस्याहरु (इ १९५०) नामक प्रसिद्ध पुस्तकमा स्पष्ट पारिएको छ । सामन्ती व्यवस्था, पुँजीवादी व्यवस्था र सममाजवादी व्यवस्थाका आआफ्ना आधार रहेका हुन्छन्, आधार परिवर्तन हुँदा तिनका माथिल्ला ढाँचा पनि परिवर्तन हुन्छन् तर भाषा भने ज्युँका त्युँ रहन्छ भन्ने उनको भनाइ छ । उनले यसलाई प्रस्ट्याउन भनेका छन् ः
बितेका तिस वर्षको अवधिमा रुसमा पुरानो पूँजीवादी आधारलाई नष्ट गरियो र एउटा नौलो समाजवादी आधारको निर्माण गरियो । त्यसै अनुसार पुँजीवादी आधारमाथिको माथिल्लो ढाँचालाई नष्ट गरियो र समाजवादी आधारसित मिल्दोजुल्दो एउटा नौलो माथिल्लो ढाँचा निर्माण गरियो । फलस्वरूप
पुराना राजनैतिक, वैधानिक र अरू संस्थाहरुको ठाउँ नौला समाजवादी संस्थाहरुले ओगटे । तर यसो हुँदाहुँदै पनि आधारभूत रूपमा रुसी भाषा अक्टोबर क्रान्तिको अघिको जस्तै नै रह्यो । (स्टालिन, १९५०ः२)
स्टालिनका अनुसार भाषा एक वर्गद्वारा नभई पुरै समाजद्वारा तथा सयौँ पुस्ताको प्रयासमा निर्मित भएको हो र यसले कुनै वर्ग विशेषको आवश्यकतालाई पुरा गर्ने नभई समाजका सबेै वर्गहरुको आवश्यकतालाई पुरा गर्दछ । अतः भाषाको वर्ग चरित्रको अवधारणा ठिक छैन भन्ने उनको विचार छ । उनले भाषालाई उत्पादनसँग सम्बन्धित उपकरणहरुसँग दाँजेका छन् र मेसिनहरु सबै वर्गका लागि साझा भए झैँ भाषा पनि सबैका निम्ति साझा छ भन्ने अवधारणा प्रस्तुत गरेका छन् । मेसिन र भाषाको भिन्नतालाई पनि छुट्ट्याउँदै उनले मेसिनले भौतिक सम्पदा उत्पादन गरे झैँ भाषाले नगर्ने, बरु त्यसभन्दा भिन्न सामाजिक परिघटनाका रूपमा चिन्तन , संसर्ग र सम्प्रेषणको प्रकार्य सम्पन्न गर्ने कुरा औँल्याएका छन् । भाषाका प्रकार्यको व्याख्या गरेर माक्र्स एङ्गेल्सका प्रस्थापना वरपर नै उनी उभिएको देखिन्छ ।
६. सरलता, स्पष्टता र बोधगम्यता
मार्क्सवाद व्यापक श्रमजीवी जनता सँग सम्बन्धित छ । त्यसैले जन्जाल, जटिलता र क्लिष्टताबाट मुक्त सरल र स्पष्ट भाषिक प्रयोगलाई माक्र्सवादीहरुले महत्त्व दिएको पाइन्छ । अभिव्यक्ति एवम् लेखनलाई बोधगम्य र सम्प्रेषणीय तुल्याउन उनीहरु सचेष्ट देखिन्छन् । कतिपय व्यक्तिहरु मान्छेहरुलाई रनभुल्ल पार्ने र आफूलाई बौद्धिक देखाउने मनसायबाट निर्देशित भई कठिन शब्दहरुको चयन गर्छन् र लेखन, अभिव्यक्ति आदिलाई अत्यन्त जटिल पारामा प्रस्तुत गर्छन् । यसबाट मान्छेहरु लाभान्वित हुन नसकी भ्रमित हुन जान्छन् । त्यसैले माक्र्सवादीहरुका लागि यस प्रकारको लेखन अनपेक्षित छ । साहित्य वा काव्यमा पनि माक्र्सवादीहरु सरलता, स्पष्टता र बोधगम्यताका पक्षमा रहेका पाइन्छन् । मिश्र (इ १९६६ः २७४) को भनाइ यस सन्दर्भमा उल्लेख्य छ । उनी भन्दछन् ः
प्रगतिवादी कविको भाषाको त्यही रूप सबभन्दा अधिक श्रेयस्कर हुन्छ जसले उसद्वारा व्यक्त विचारहरु र भावहरुलाई सफलतापूर्वक उसका पाठकहरुसम्म पु¥याउँदछ । ... ...प्रगतिवादी काव्य उपर्युक्त धारणाहरुको सङ्गतिमा नै भाषाको सरल, स्पष्ट र सुबोध रूप लिएर प्रकट भएको हो । प्रगतिवादी कविहरुले सर्वत्र यही ध्यान राखेका छन् कि तिनको भाषा यस प्रकारको होस् जसले तिनको कथ्यलाई पुरा तरहले स्पष्ट गर्न सकोस् । तिनको वाक्य विन्यासमा कहीँ पनि अस्पष्टता देखा पर्दैन ।
यहाँ प्रगतिवादीशब्दमार्क्सवादी का निम्ति नै प्रयोग गरिएको हो । राजनीतिमा माक्र्सवादमाक्र्सवादीशब्द प्रचलित भए झैँ साहित्यमा प्रगतिवादप्रगतिवादीशब्दहरु समान अर्थमा प्रचलित रहेका छन् । माथि व्यक्त भए जस्तै विचार उप्रेती (२०५८ः१०८) ले जन साहित्यका सन्दर्भमा यसरी व्यक्त गरेका छन् ः
जन साहित्यलाई सरल बनाउने अर्को तत्त्व हो भाषा । साहित्यकारले सामान्यतः आफ्नो सृजना भाषाको आकृतिमा प्रस्तुत गर्दा आफ्नो स्तरको भाषाभन्दा आफ्ना पाठकको पहुँचको भाषा प्रयोग गर्नु पर्दछ । ग्रामीण निम्न वर्गीय समाजको चित्रण हुने जन साहित्यमा ग्राम्य भाषा, गाउँले मुहाबरा, ग्रामीण जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विम्ब र प्रतीकहरुको प्रयोग गरिनु पर्छ ।
जन साहित्यको आड आधार पनि माक्र्सवादी वा प्रगतिवादी साहित्य नै हो । चिन्तनका दृष्टिले प्रगतिवादी साहित्य जति प्रखर नभए पनि जन साहित्य श्रमजीवी जनताकै हितका लागि लेखिएको साहित्य हो । अतः त्यसको भाषाबारे उप्रेतीले व्यक्त गरेको विचारले माक्र्सवाद र भाषाको सम्बन्धलाई प्रस्ट्याउन नै सघाउ पु¥याउँछ ।
सरलता, स्पष्टता र बोधगम्यताका अधिक पक्षधर हुँदा माक्र्सवादी साहित्य र साहित्यकार आलोचनाका सिकार पनि बनेका छन् । यसबारे पनि मिश्र (इ १९६६ः२७७ ) ले व्यक्त गरेको निम्न लिखित भनाइ मननीय छ ः
प्रगतिवादी काव्यभाषाको दुर्बल पक्ष पनि छ जसलाई प्रगतिवादका धेरैजसो रचनामा देख्न सकिन्छ । यस्ता अनेक कविताहरु छन् जहाँ सरलता तथा सुबोधता ल्याउने कवि प्रयत्नले भाषाको स्वरूपलाई धेरै हलुँगो बनाइ दिएको छ । यहाँ सम्म कि असाहित्यिक बनाइ दिएको छ ।
भाषिक सरलताको प्रसङ्गमा माथि व्यक्त सबल र दुर्बल पक्षको विचार गरी कुन सन्दर्भमा कहाँ कसरी भाषाको प्रयोग गर्ने भन्ने सन्दर्भमा जोसुकैले सोच पु¥याउनु आवश्यक छ । मान्छेलाई अक्करमा पार्ने गरी अडबाङ्गे भाषाको प्रयोग नगर्नु जति आवश्यक छ सरलताका नाममा भद्दा र अप्रिय भाषाबाट जोगिनु पनि उत्तिकै जरुरी छ । माक्र्सवादी चिन्तकहरुको भाषा सम्बन्धी भनाइको सार यसरी नै अभिव्यक्त भएको पाइन्छ ।
७. संरक्षण
माक्र्सवादीहरुले संसारका भाषाहरुको संरक्षणमा विशेष जोड दिँदै आएका छन् । रुसमा बुदउँ द कुर्तनेको एउटा बहुभाषिक गणराज्यमा बोलिने भाषाहरूको समान अधिकार हुनु पर्छभन्ने विचारलाई लेनिनले समर्थन गरेका थिए भने जार शासकले त्यो विचार सम्प्रेषण गरे बापत उनलाई बन्दी बनाएका थिए । लेनिन आफैले पनि सोभियत सङ्घका सबै भाषाहरूको आधुनिकीकरण,तिनको लेखन व्यवस्था,ती भाषाहरूमा पठनपाठन, समुचित भाषिक नीतिको निर्माण, भाषाबारे सामाजिक जागरण ल्याउने जस्ता कुरामा विशेष सक्रियता देखाए । रुसी भाषालाई सबल राष्ट्रभाषाका रूपमा उठाउने र राज्यका सबै भाषाको समुन्नयनमा ध्यान दिने गरेर सोभियत सङ्घले भाषिक विकासमा उदाहरणीय काम ग¥यो ।
मानवले आर्जन गरेको कुनै पनि भाषिक सम्पदा धर्तीबाट नहराओस् भन्ने सदाशय माक्र्सवादीहरुले व्यक्त गरेको पाइन्छ । वास्तवमा भाषा हराउँदा संस्कृतिसँग सम्बन्धित कैयन् महत्त्वपूर्ण कुराहरु पनि लोप हुन पुग्छन् । त्यसबाट हुने क्षति मानव समुदायले भोग्नु नपरोस् भन्ने उनीहरुको चाहना छ । साम्राज्यवादीहरु भने यसका विपरीत संसारका विभिन्न मुलुकहरुलाई उपनिवेश बनाउने मात्र होइन, त्यहाँ आफ्नो भाषा लादेर पूर्ण आधिपत्य कायम गर्न चाहन्छन् । थ्योंगो (२०१२ः५६५७) ले साम्राज्यवादीहरुको दमनको विरोध गर्दै व्यक्त गरेको भावना कति मार्मिक छ भन्ने कुरा तलको अनुच्छेदको अध्ययनबाट थाह पाउन सकिन्छ ।
अङ्ग्रेज, फ्रेन्च र पुर्तगालीहरुले तेस्रो विश्वका देशहरुमा बाइबल र तरबारको आगमनको घोषणाका साथ प्रवेश गरे । उनीहरु यहाँ सुनको खोजीमा आए, कालो सुनलाई जन्जिरमा जकड्न आए, कारखाना र बगानहरुमा पसिनाका रूपमा चमचमाइ रहेको सुनलाई कैद गर्नका लागि आए । बन्दुकले यी सुनको खननमा उनीहरुलाई मद्दत पु¥यायो जसका सहायताले उनीहरुले यी खानीका मालिकहरुलाई राजनैतिक बन्दी बनाए भने तिनको भाषाले यी बन्दीहरुको संस्कृति, यिनका मूल्य र दिमागमाथि कब्जा गर्ने काम ग¥यो ।
गुलाम देशका भाषाहरुमाथि कब्जा जमाएर त्यहाँका भाषाद्वारा सञ्चालित संस्कृति र इतिहासलाई रद्दीका थुप्रामा पु¥याई बर्बाद गर्ने तथा बिजेताका रूपमा आफ्नो भाषालाई बढाई चढाई प्रचार प्रसार गर्ने साम्राज्यवादी गतिविधिको थ्योंगोले कडा शब्दमा विरोध गरेका छन् । उनले डिकोलोनाइजिङ दी माइन्डनामक पुस्तकमा पनि अफ्रिकी भाषा बोल्ने बाल बालिकालाई कसरी डण्ड दिइन्थ्यो र अपमानित गरिन्थ्यो भन्ने कुराको हृदय विदारक वर्णन गरेका छन् ।
माक्र्सवादीहरु त्यस प्रकारका कुनै पनि दमन र थिचोमिचो सहँदैनन् र राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानका पक्षमा दरो रूपमा उभिन्छन् । न उनीहरु अरूका भाषा र संस्कृतिमाथि आक्रमण गर्छन् न त उपनिवेश कायम गरेर अरूमाथि हैकम लाद्ने सपना नै देख्छन् । सबै जोगी मर मेरै तुम्बा भरभन्ने साम्राज्यवादी ज्यादतीका विरोधमा उनीहरुले ठुलठुला सङ्घर्ष गरेका छन् र स्थानीय भाषाहरुको संरक्षण र संवर्धनमा पनि विशेष बल पु¥याएका छन् । पछि परेका समुदाय र तिनका भाषाहरुको उत्थानमा उनीहरुले लिएको चासो र अभिरुचिका कारण विश्वका कैयन् सङ्कटापन्न भाषाहरुको अस्तित्व जोगिएको छ ।
८. निष्कर्ष
माक्र्सवादले भाषा के हो भन्ने बारेमा स्पष्ट दृष्टिकोण राख्तै यसलाई मानवीय श्रम, संसर्ग, आवश्यकता आदिका कारण पुस्तौँपुस्ताबाट विकसित महत्त्वपूर्ण मानव सम्पदा ठह¥याएको छ र भाषाको प्रयोग विभिन्न कालमा समाजका सबै वर्गबाट हुँदै आएको र आधारको परिवर्तन हुनासाथ राजनीति, संविधान आदि फेरिए झैँ भाषा नफेरिने हुँदा यो अधिरचनाभन्दा पृथक् रहेको कुरा स्पष्ट पारेको छ । वर्गीय आधारमा भाषिक प्रयोगका भिन्न शब्द शब्दावली रहे पनि आधारभूत रूपमा व्यापक जन समुदाय र शासक वर्गले प्रयोग गर्ने भाषिक तत्त्वहरु एकै प्रकारका हुने हुँदा शासक वर्गको भाषा त्यही भाषाको एउटा भेद मात्र हो भन्ने यसको धारणा छ । भाषालाई ऐतिहासिक विकास क्रम र संरचनात्मक विश्लेषणका कोणबाट मात्र नहेरी यसले गर्ने प्रकार्य, समाजसँगको यसको संसर्ग, यसका प्रकार्य र दर्शन चिन्तनसँग सम्बन्धित पक्षहरुलाई पनि ख्याल गरी समग्रतामा यसलाई हेरिनु पर्ने धारणा पनि मारक्र्सवादीहरुले प्रस्तुत गरेका छन् । जटिल जन्जालपूर्ण भाषा प्रयोगभन्दा श्रोता र पाठकमा सम्प्रेषण हुन सक्ने सरल, स्पष्ट र सुबोध भाषा प्रयोगमा यसले जोड दिँदै आएको छ यद्यपि साहित्यिक वा काव्यिक भाषाका सन्दर्भमा सरलताका नाउँमा भद्दा र रुखो प्रयोगबाट जोगिन पनि सचेत तुल्याएको छ । संसारका विभिन्न देशमा आधिपत्य जमाउने क्रममा साम्राज्यवादीहरुले गरेका भाषिक दमनका विपरीत उभिँदै संसारका भाषाहरुको संरक्षण र संवर्धनमा माक्र्सवादले विशेष जोड दिँदै आएको छ ।
सन्दर्भ कृति सूची
उप्रेती, गङ्गा प्रसाद (२०५८), व्यक्ति,कृति र प्रवृत्ति,काठमाडोँै ः प्रतिभा प्रकाशन ।
ज्ञवाली, प्रदीप (२०५७), माक्र्सवादको सृजनात्मक प्रयोग र नेपाली क्रान्ति, काठमाडौँ ः दृष्टि प्रकाशन प्रा.लि. ।
थ्योंगो, न्गुगी वा (इ २०१२), ‘भाषा का साम्राज्यवाद’, समकालिन तीसरी दुनिया, जुलाई २०१२, पृ.५६६२ ।
माक्र्स, कार्ल र फ्रेडरिक एङ्गेल्स (इ १८४८), कम्युनिस्ट पार्टीका घोषणापत्र, (हिन्दी अनुवाद), मास्को ः प्रगति प्रकाशन ।
मिश्र, उमेशचन्द (इ १९६६), प्रगतिवादी काव्य, कानपुर ः ग्रन्थम ।
वोलोशिनव, वी.एन. (इ २००३), माक्र्सवाद और भाषाका दर्शन, अनु.विश्वनाथ मिश्र, नई दिल्ली ः राजकमल प्रकाशन प्रा.लि. ।
सत्यम, कात्यायनी (इ २००३), ‘भाषा विज्ञान के इतिहास मे माक्र्सवाद और वोलोशिनव’, माक्र्सवाद और भाषाका दर्शन, अनु.विश्वनाथ मिश्र, नई दिल्ली ः राजकमल प्रकाशन प्रा.लि. ।
स्टालिन, जे.भी. (इ १९५०), भाषा विज्ञानबारे माक्र्सवाद, अनु.सी.एन., धरान ः पुर्बेली प्रकाशन ।
स्तेपानोभा, एभगेनिया (२०५७), कार्ल माक्र्सको जीवनी, अनु. राजेन्द्र मास्के, काठमाडोैँ ः प्रगति पुस्तक सदन ।

Top of Form
LikeShow More Reactions
4 comments
Comments
Bottom of Form
Chudamani Regmi प्रा. डा जीवेंद्रका धेरै पुस्तक मध्येको एक पुस्तक


Bhisma Raj Subedi फ़ोटो राम्रो छ..,
पुस्तक त झनै राम्रो .,

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण