काठमाडौँमा गुजारेका सुरुका दिनहरु



काठमाडौँमा गुजारेका सुरुका दिनहरु
                                                प्रा.डा.जीवेन्द्र देव गिरी
आजभन्दा ४१ वर्षअगि मैले काठमाडौँमा पाइला टेकेको थिएँ । वि.सं. २०३२ पुसको २ वा ३ गतेको दिन थियो त्यो ।  पुष्पलालले नेतृत्व गर्नु भएको नेकपाको केन्द्रीय कमिटीको  विस्तारित बैठकमा भाग लिएर बनारसबाट वीरगन्ज हुँदै म यहाँ आइ पुगेको थिएँ । बनारसबाट रेलमा फर्कँदा सप्तरीका हीरालाल चौधरी र सिन्धुलीका गोले थरका एक साथी सँगै हुनु हुन्थ्यो । वीरगन्ज पुगेपछि उहाँहरु आआफ्नो बाटो लाग्नु भयो भने म काठमाडौँ जाने बस चढेँ । बसमा नेपालीका साथै केही भारतीय यात्रीहरु हुनु हुन्थ्यो ।  बाटो अग्लो पहाड काटेर आउँदो रहेछ । नयाँ ठाउँको नयाँ अनुभूति  एकातिर मनमा सँगालिँदै थियो भने अर्कातिर समस्याहरुले आफूलाई पिरोलि रहेका पनि थिए । सीम भन्ज्याङ पुगेपछि हिउँले तर्साउन थाल्यो  । गाडीमा बस्ने भारतीय यात्रीहरु 'दादा रे दादा ! बरफ ऐसा होता है'  भन्न थाले । उनीहरुका विस्मित स्वर मैले त्यहाँ सुनेँ । दामन पुगेपछि मान्छेहरु गाडीबाट ओर्लिए र चियाखाजाका लागि होटलतिर लागे । मैले भने गाडी छाडिन ।  मसँग  न्यानो कपडा थिएन । जाडो लागि रहेको थियो । बाटामा खर्च गर्न पैसा पनि थिएन । गाडीले कति वेला गन्तव्यमा पुर्‍याउला भन्ने मात्र सोचि रहेको थिएँ । गाडीले  वेलुकातिर काठमाडौँको धरहरा नजिक पुर्‍यायो । त्यस ठाउँलाई सुनधारा भनिँदो रहेछ । अँध्यारो भइ सकेको थियो ।  जाडो पनि कम थिएन ।  मैले गाडीमै रात बिताउने विचार गरेको थिएँ तर चालकले सबै यात्री ओर्लिनु पर्ने आदेश दिए । मेरा जेठान टेकराज भारती र भाइ प्रेमदेव गिरी राष्ट्रिय नाचघरमा कलाकारका रूपमा काम गरि रहेको थाह थियो तर डेराको ठेगाना थाह थिएन । मसँग फोन नम्बर पनि थिएन र फोन सम्बन्धी जानकारी पनि थिएन । कुहिराको काग झैँ बनेँ म । रातमा कता जानु ? गोजी छामेँ । मसँग मात्र दश रुपियाँ थियो । मैले सबैभन्दा सस्तो होटल कुन छ भनी स्थानीय पसलेलाई सोधेँ । उनले नजिकैको एक होटल देखाइ दिए । होटल भएको ठाउँ खिचा पोखरी नामले चिनिँदो रहेछ । होटलमा अढाई रुपियाँमा खाना खान पाइने सूचना मैले पाएँ । त्यहीँ नजिकैको लजमा साढे तिन रुपियाँमा सुत्न पाइने जानकारी पनि मैले पाएँ । मलाई निकै भोक लागेको थियो । थकाइले पनि खुबै सताएको थियो । छिटो छिटो खाना खाएर म सुत्नका लागि लजतिर गएँ । खान र सुत्न ६ रुपियाँ मात्र तिर्नु परेपछि भोलि बिहानलाई पनि खाना खान पुग्ने भयो भनी म ढुक्क भएँ ।  लजको एउटै कोठामा  सामान्य खालका धेरै ओछ्यानहरु  थिए । त्यहाँ साझा रूपमा धेरै जना एउटै कोठामा सुत्नु पर्ने रहेछ ।  हरेक ओछ्यानमा एक एक ओटा च्यादर थिए ।  ती उनबाट नभई सुतीबाट बनेका थिए ।  तिनलाई हाम्रातिर सिम्ले भनिन्छ ।  पुसका जाडामा एउटा सिम्ले ओढेर के निदाउन सकिन्थ्यो ! जिउ लुगलुग काम्न थाल्यो । जसरीतसरी रात काट्ने विचारले बेलुका त एउटै च्यादर ओढेर पल्टेँ । रात केही गुज्रेपछि भने मैले  नजिकैका अरू ओछ्यानतिर आँखा तन्काएँ । ओछ्यानहरु खाली नै रहेछन् । त्यहाँका सिम्ले बटुलेँ र पछिल्लो पहर निदाएर रात गुजारेँ ।
भोलिपल्ट बिहानै उठेर नित्यकर्म सकेपछि म आफन्त खोज्ने काममा लागेँ । बाहिर निस्केर नाचघर जाने बाटो सोधेँ । पूर्वबाट सिधै ठाडो गए पनि हुन्छ, पश्चिम गएर उत्तर मोडिए पनि हुन्छ भनी कसैले भने । मेरा बाबै ! अब कसरी पुग्ने ? पूर्वबाट गए पनि त्यहीँ, पश्चिमबाट गए पनि त्यहीँ । म त निकै अलमलमा परेँ । भारतको बनारस, दरभङ्गा जस्ता बजारमा त जानु पर्ने ठाउँ  सोद्धै फेला पारियो भने नाचघर कसो फेला नपर्ला भनी पूर्वको बाटातिर लागेँ । सोद्धै जाँदा ठ्याक्कै नाचघर पुगेँ । खोजेको थलो पत्ता लागेपछि ढुक्क भएँ । रानी पोखरीको दृश्य हेरेँ । घण्टाघर नियालेँ र आफन्तहरु भेटिने विश्वासमा त्यहीँ कुरेर बसेँ । नभन्दै केही समयपछि उहाँहरुसँग भेट भयो । जेठान टेकराज भारती र भाइ प्रेमदेव गिरी मात्र नभएर त्यहाँ मितकाका गोपाल बस्नेत पनि कार्यरत रहेको चाल पाएँ । उहाँहरुले मलाई डेरामा पुर्‍याउनु भयो । डेरामा भाइ महेन्द्र, मामा बलभद्र भारती र सानीमा गोमा भारती पनि हुनु हुँदो रहेछ । भाइ महेन्द्र र म एउटै वाणका  घाइते  थियौँ । सुर्खेतको राजा विरोधी पोस्टर काण्डमा  पोल परेर भेरी अञ्चलाधीशको पक्राउ पुर्जी हामीमाथि जारी थियो । महेन्द्र आफ्नो देहरादुन स्थित घर हुँदै पढ्न भनी काठमाडौँ आएका रहेछन् । उनी काठमाडौँको कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयमा एम.ए. नेपालीको विद्यार्थी बनेका रहेछन् । यसले मलाई त्यहाँ बस्न झन् सहज बनायो । डेरा असन बजारको अलिकति दक्षिणमा रहेको मच्छिन्द्र बहालका पूर्वपट्टिको सडक छेउमै थियो । तिन वटा सुत्ने कोठा र एउटा भान्साकोठाको भाडा रु. २०० मात्र रहेछ । पानी र बत्तीको खास समस्या थिएन । साहु अर्कै घरमा बस्थे । उनी भाडा उठाउन र  बिग्रेभत्केको बनाउन मात्र हामी बसेको  घरमा आउँथे । यहीँ रहेर मैले केही दिन  बिताएँ । दिनभरि सिरगमा गुटमुटिएर समय बिताउनु र कहिले कहीँ आफन्तहरुले व्यवस्था गरे अनुसार घुमफिर गर्नु मेरो दिनचर्या बन्यो । यस क्रममा राष्ट्रिय नाचघरका केही कार्यक्रम देखाएर मेरो  चिन्ता निमग्न मनलाई सान्त्वना दिने काम पनि उहाँहरुले गर्नु भयो । काठमाडौँ सहरका केही ठाउँका साथै पशुपति, स्वयम्भू, दक्षिण काली जस्ता ठाउँहरु पनि उहाँहरुले देखाउनु भयो । उहाँहरुले सुरुका दिनमा यस नौलो ठाउँमा गरेको सहयोगले मलाई ठुलो सहयोग पुग्यो । आभारी छु म उहाँहरुप्रति ।

आफन्तहरुको माया र आश्रय पाएपछि मैले  त्यहीँ आसन जमाएँ । उहाँहरुको मेसमा नै मैले खाना खान सुरु गरेँ । त्यहाँ कहिले कहीँ बङ्गुरको मासु पनि पाक्तो रहेछ । मैले असजिलो मानी मानी त्यो पनि खान थालेँ । काठमाडौँका होटलहरुमा पुगेर राँगाको मम पनि सबैले खानु हुँदो रहेछ । हामीहरु भेरीका गाउँघरमा  राँगा खाने साथीहरुलाई जिस्क्याउँदै राँगाको मासु खुवाउनु होला नि भन्दै उहाँहरुका घरमा खाना  खान्थ्यौँ र परि आए खानु पर्छ भन्ने मानसिकतामा हुन्थ्यौँ । जातपातको ख्याल नगरी दलित साथीहरुकहाँ पनि हामी खाना खान्थ्यौँ । समाज परिवर्तन हाम्रो लक्ष्य थियो । यहाँ त साँच्चै सबैले राँगाको मासुबाट बनेका परिकार खानु हुँदो रहेछ ।  मैले सोचेँ – धार्मिक रूपमा कट्टर विचार राख्‍नेले त   खानु हुँदो रहेछ भने म प्रगतिशील विचार राख्‍नेले किन नखाने ?  मैले राँगाको मम  भुटन सहज रूपमा खान  सुरु गरेँ ।  
 त्यतिखेर म निकै चुरोट पिउँथेँ । जेठानले यो आवश्यकता पुरा गरि दिनु भएको थियो ।   उहाँले वेला वेलामा म छँदै छु, पिर नगर्नोस् भनी आश्वासन दिनु हुन्थ्यो । म भने तनाब र चिन्तामा थिएँ । परिवारका सदस्यहरु तराईको सुकुमवासी बस्तीमा थिए । श्रीमती ममाथिको पक्राउ पुर्जीका कारण  पिरमा त हुने नै भइन्, शारीरिक रूपमा पनि पेटमा पानी भरिने रोगले थला परेकी थिइन् । पतिका नाताले उनलाई बचाउनु मेरो कर्तव्य थियो । हाम्रो बिहा भएको करिब डेढ वर्षमै ममाथि वारन्ट जारी भएको थियो । उनलाई राजनीतिबारे केही थाह थिएन । बा आफै जीर्ण रोगी भएकाले पढेलेखेका छोराबाट गरेको  आस पुरा नहुँदा निकै छटपटाउनु भएको थियो । म बाहेकका अरू चार साना छोराहरुको लालनपालन र शिक्षादीक्षाको अभिभारा उहाँमाथि थियो । उहाँ मेरा कारणले प्रहरी प्रशासनले आफूलाई र परिवारका अरू सदस्यलाई सताउन सक्ने कुराले अत्यन्त सन्त्रस्त हुनु हुन्थ्यो । राजनीतिक रूपमा सचेत नरहेको त्यस ठाउँमा  कतिपय खराब मान्छेहरुले मलाई अपराधी, अरूको सम्पत्तिको डाह गर्ने र जति वेला पनि सरकारले ज्यान लिन सक्ने जखमी मान्छेका रूपमा प्रस्तुत गरी तर्साउन खोज्दा उहाँ प्रतिवाद गर्न सक्नु हुन्नथ्यो ।  कहिले कहीँ परिवारलाई भेट्न म घरमा पुगेका वेला पनि अब के होला भनी कहालिनु हुन्थ्यो र कहिले मलाई सम्झाउने र चिढाउने पनि गर्नु हुन्थ्यो । यही कारणले उहाँ सरकारले आफूलाई बाँकेको सुकुमबासी बस्तीमा दिएको डेढ बिघा जग्गाको लालपुर्जा लिनसम्म जान सक्नु भएन । उहाँ मलाई टाढिएमा शान्तिको सास फेर्न पाइन्छ कि जस्तो गर्नु हुन्थ्यो । यो सबै स्थितिका कारण मैले भेरी अञ्चलबाट बाहिर गई केही समय काम गर्ने प्रस्ताव राखेपछि पार्टीले  स्वीकृति प्रदान गरेको थियो र म काठमाडौँतिर लागेको थिएँ ।
बनारस पुगेपछि ममा अर्को तनाब थपिएको थियो । केन्द्रीय कमिटीको बैठकमा जे भएको थियो त्यो त्यस तनाबको कारण थियो । त्यहाँ पुष्पलालको नयाँ जनवादी कार्यक्रमले अँगालेको नीतिको विरोध भएको थियो । उहाँप्रति व्यक्तिगत आक्षेप पनि त्यहाँ लगाउन थालिएको थियो । सशस्त्र क्रान्तिको कार्यक्रम  नभई केही हुँदैन भन्दै विशेषतः लुम्बिनीका कार्यकर्ताहरुले प्रतिवाद गरि रहनु भएको थियो । पुष्पलाल भने नयाँ जनवादी कार्यक्रममा दीर्घकालीन सशस्त्र कृषि क्रान्ति लेखिएकाले थप संशोधन गर्न आवश्यक छैन भनि रहनु भएको थियो । मैले नजिकबाट चिनेजानेका र भेरी अञ्चल इन्चार्ज रहनु भएका मधु गुरु पनि पुष्पलालका विपक्षमा उभिनु भएको थियो । उहाँहरु  पुष्पलालको कमजोरीले गर्दा लुम्बिनीका कैयन् नेता कार्यकर्ताले जेलनेल भोग्नु परेको, घरबास छाड्नु परेको र आन्दोलनको उपलब्धि गुमेको जस्ता कुरा गरि रहनु भएको थियो । देशभरि कडा सङ्घर्षको कार्यक्रम उहाँले अगि बढाउन नसकेका कारण धेरै जना दमन र यातनामा परेको आक्षेप उहाँलाई लगाइएको थियो । स्मरणीय छ त्यति वेलाका प्रभावशाली केन्द्रीय नेता  केशर मणि पोखरेल त्यतिखेर  जेलमा हुनु हुन्थ्यो । उहाँ पनि लुम्बिनी अञ्चलकै हुनु हुन्थ्यो । म भने रनभुल्ल थिएँ । एकातिर पुष्पलालको कुरा पनि ठिकै हो जस्तो लागेको थियो भने अर्कातिर मधु गुरुसँगको निकटताका कारण उहाँको कुरा पनि काट्न सक्तैनथेँ । पुष्पलालले आफूप्रति देखाएको स्नेह र सद्भाव मनभरि भए पनि  मैले गुरुको निर्देशनको पालना गरेँ ।
म काठमाडौँ आएको केही दिनपछि मधु गुरु काठमाडौँ आउनु भयो ।  उहाँले मलाई बागमती अञ्चल कमिटीमा रहेर  काम गर्ने व्यवस्था मिलाउनु भयो । त्यस कमिटीका सचिव लोककृष्ण भट्टराई हुनु हुन्थ्यो भने सदस्यहरुमा रामसिंह रावल, पद्मराज शाक्य लगायतका साथीहरु हुनु हुन्थ्यो । अप्ठ्यारो परे हिक्मत सिंह र यादव प्रसाद पन्तसँग सम्पर्क राख्‍न सकिने कुरा पनि उहाँले गर्नु भयो । हिक्मत सिंहको नाम मैले पुष्पलाल लिखित 'मूलबाटो' र 'सिंहावलोकन' जस्ता कृतिमा पढेको थिएँ । उहाँ पुष्पलालको नयाँ जनवादी कार्यक्रमका पक्षमा साथ दिने ६ जनामध्ये एक भनी चर्चित हुनु हुन्थ्यो । उहाँ आर.आर. क्याम्पसमा पढाउनु हुँदो रहेछ । यादव प्रसाद पन्त चाहिँ सरस्वती क्याम्पसमा पढाउनु हुँदो रहेछ । म पार्टी कमिटीकै साथीहरुसँग सम्पर्कित भइ सकेकाले उहाँहरुको सम्पर्कमा जानु पर्ने खाँचो भने परेन ।
केही समय आफन्तहरुको आश्रयमा गुजारेपछि मलाई असजिलो लाग्न थाल्यो  । काठमाडौँमा आफन्तहरुको बोझ बनेर सधैँ बस्नु उचित थिएन । मैले आफन्तहरुलाई तत्काल आफूसँग पैसा नभए पनि पछि तिर्ने गरी मेसखर्चको हिसाब राख्‍न भनेँ । उहाँहरुले पनि  त्यसै गर्नु भयो । म आफ्ना खुट्टामा कसरी उभिने भन्नेतर्फ सोच्न थालेँ । कतै काम पाइन्छ कि भनी  खोजी गर्न थालेँ । सरकारी जागिर पाइने विश्वास लागेको थिएन । मामा बलभद्र भारती त्रिभुवन विश्व विद्यालयको डिन कार्यालयमा भएकाले त्यता केही काम पाइन्छ कि भन्ने आशा भने लागेको थियो । उहाँले सकेसम्म सहयोग गर्ने आश्वासन दिनु भएको पनि थियो ।  यस्तैमा मैले केन्द्रीय तथ्याङ्क विभागले मध्यावधि जन गणनाका लागि अस्थायी ना.सु. पदपूर्ति गर्न विज्ञापन गरेको देखेँ र जागिरीका लागि दरखास्त हालेँ । मेरो नाम निस्क्यो र ६ महिने नियुक्ति पाएँ । नियुक्ति पत्र पढेपछि चिलचिले पसिना आए । त्यहाँ लेखिएको थियो - प्रहरी प्रतिवेदन प्रतिकूल भई आएमा खाएको तलब फिर्ता गर्नु पर्ने छ । आफूमाथिको भेरी अञ्चलाधीशको पक्राउ पुर्जीले गर्दा जागिर जाने खतराको कालो बादल मडारिइ रहेकै थियो । ६ महिनामै प्रहरी प्रतिवेदन नआउन पनि त सक्छ भन्ने लाग्यो र जे पर्ला पर्ला भनी मैले आफूलाई खटाइएको रामेछाप जिल्लातिर जाने निर्णय गरेँ । एक त आफूमाथि जहाँ बसे पनि खतरा  छँदै थियो, त्यसैमा पूर्वी नेपाल पनि हेर्न पाइने र केही आर्थिक गर्जो पनि टर्ने भएकाले म जागिरमा संलग्न भई रामेछापतिर लागेँ ।

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण