भुइँचालाले सिकाएका पाठहरु



                                       भुइँचालाले सिकाएका पाठहरु
                                                   प्रा.डा.जीवेन्द्र देव गिरी
भुइँचालो आयो र गयो । यो फेरि पनि आउने छ । हाम्रा पुर्खाले भुइँचालो  भोगेका थिए । हामीले पनि यो भोग्यौँ । प्रकृति आफ्नो गतिमा चलि रहने छ । प्रकृतिसँगको मान्छेको सङ्घर्ष पनि जारी रहि रहने छ । हाम्रा पुर्खाका अनुभव हामीलाई काम लागे । हाम्रा अनुभव हामीपछिको पुस्तालाई काम लाग्ने छन् । यसरी नै मानव समाजले अनुभवबाट सिक्तै जाने छ । अनुभवले सिकाएका पाठहरुबाट शिक्षा लिँदै समाज अगि बढि रहने छ ।
वि.सं. २०७२को नयाँ वर्षको उल्लास नसकिँदै भुइँचालो हाम्रा घरमा भित्रियो । त्यसले  कतिलाई घरभित्रबाट बाहिरिन नदिई कुप्लुक्कै पार्‍यो, कतिलाई अत्तालिने  तुल्यायो । कतिले घरका झ्याल र छानाबाट हाम फाले र कति टेबुल र ढोकाका सँगारमुनि लुक्न पुगे ।  कोहीले घरभित्र चिच्याउँदै प्राण त्याग्नु प-यो भने कोही हाम फाल्ने क्रममा प्राण गुमाउन पुगे । हातखुट्टा भाँचिने र अङ्गभङ्ग हुनेहरुको सङ्ख्या गनी साध्य भएन । आमा, बा, पति, पत्नी, छोरा, छोरी को कता परे, कति बाँचे, कति मरे, ठेगान भएन । कोही टुहुरा भए, कोहीका सिँदुर पुछिए, कोहीका काख रित्तिए ।  सन्त्रास, आतङ्क र वेदनाबिच कैयन्  जिन्दगीहरु झोक्राए र निसासिए । ठुलो कोलाहल मच्चियो । तर जति अप्ठ्यारामा भए पनि जिन्दगी त नचलाई नहुने रहेछ । विस्तारै मान्छेहरु समालिए ।  आशा, साहस र धैर्य बटुलेर उनीहरु समस्याको समाधानतिर लागे । जोखिमसँग लाप्पा खेल्दै उद्धार कार्यमा उनीहरु लागे । जस्तोसुकै अँध्यारामा पनि नआत्तिई ऊज्यालाका खोजीमा लाग्नेहरुले समाजमा उत्साह छरे । के युवा, के विद्यार्थी, के प्रौढ, के नारी, के पुरुष, के स्वास्थ्यसर्मी, के सेना, के प्रहरी, के शिक्षक, के कर्मचारी सबै आआफ्ना ठाउँबाट समाजको आँसु पुछ्न लागे । मान्छेहरु स्वार्थबाट माथि उठे । स्वदेशी मात्र होइन विदेशीहरु पनि सहयोगका लागि आइ पुगे । विमान स्थलमा कैयन् सानाठुला विमानहरु उत्रे । भूकम्पका खबरले नेपाली मात्र होइन संसारकै अखबारका पाना भरिए । सहृदय मनहरु जताततै रोए, संवेदित भए । विद्रूप र कपटी मनहरुले कपटका खेलहरु पनि खेल्न भ्याए । विजय भने मानवताकै हुने रहेछ । मान्छेहरुले विस्तारै मनलाई समाले र फेरि संसारलाई आआफ्नो संयम र धैर्यको परिचय दिए । बस्नै सकिन्न कि भन्ने ठाउँमा छाप्रा खडा गरे, लालाबाला समाले र जिन्दगीको गाडी गुडाउन थाले ।
भुइँचालो कतिखेर आउँछ भन्ने कुरा कसैलाई थाह नहुने रहेछ । त्यसैले यस सम्बन्धी शिक्षाको ठुलो खाँचो पर्दो रहेछ । हाम्रो जस्तो भूकम्पीय जोखिम भएको ठाउँमा त त्यसको झन् खाँचो रहेछ । विद्यालयकै पाठ्यक्रममा त्यो रहनु पर्ने रहेछ । अलि अलि सिकाइएको कुरा कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा हुने रहेछ । अल्प ज्ञानले गर्दा घर बाहिर रहेका कतिपय केटाकेटी घरभित्र खाटमुनि लुक्न पुग्दा मृत्युका मुखमा पुगे । कोही घरभित्र आफन्त छुटे भनी पुनः भित्र पस्ता कालका मुखमा परे । कसैले अग्ला ठाउँबाट फाल हाल्दा ज्यान गुमाए । धैर्य गुमाउनाले पनि ठुलै क्षति भयो । अतः भूकम्प आउँदा धैर्यको ठुलो खाँचो पर्दो रहेछ । घरभित्र रहेको वेला बाहिर निस्किन नसकिने अवस्था छ भने टाउको जोगाउन  घरको सँगारमुनि र खाटमुनि बस्नु उपयुक्त हुने रहेछ । तुरुन्त सुरक्षित रूपमा बाहिर निस्किन सकिने ठाउँमा भित्र टाउको लुकाएर बस्नुको के अर्थ हुने रहेछ र ? यसरी नै अत्तालिनाले पनि ठुलो क्षति पुगेका कैयन् उदाहरण देखा परे । अतः हाम्रा ज्ञान र अनुभवलाई सँगालेर एउटा गतिलो निबन्ध विद्यालय शिक्षामा समावेश गरिनु अत्यावश्यक रहेछ ।
घर बनाउँदा त्यसको सेरोफेरोको ख्याल पुगेन भने पनि दुःख पाइँदो रहेछ । यस पटकको भुइँचालामा घरबाट बाहिर निस्किन सकिए पनि खुला ठाउँमा पुग्न नसकेर कतिका ज्यान गए । कतिपय भुइँतलासम्म पुगेर त्यहीँ नै ठुलो सङ्ख्यामा एक चिहान भएको पनि थाह पाइयो । यदि छेउछाउका घरको जोखिम नभएको भए उनीहरु सहज रूपमा खुला ठाउँमा पुग्न सक्थे । अतः साँगुरा गल्लीका हाम्रा गृह संरचना पनि मृत्युका कारण बने । घरको हातामा र घर नजिकैको खुला ठाउँको महत्त्व यस पटक बुझ्नसम्म बुझियो । व्यक्तिले र सरकारका नगर पालिका लगायतले घर निर्माणमा राम्रा मापदण्डको ख्याल नगर्दा विपत्तिले सताउने  मौका पायो ।
घरको बनावट त झन् हाम्रो प्राण हरण गर्ने मूल कारण बन्यो । गाउँका ढुङ्गामाटाका धेरै घरहरु भत्के । यस हिसाबले त पुर्खाहरुले बनाएका काठका घरहरु धेरै सुरक्षित देखिए । हाम्रा गाउँघरतिरका ढुङ्गे  घरहरुको सान नै बेग्लै हुन्थे । यस पटक त ढुङ्गाका घरहरु लडे बरु काठका घरहरु पो खडा उत्रे । म सम्झन्छु - म जन्मेको  ठाउँका धेरै घरहरु काठले बनेका थिए । तिनका बिच तलामा मान्छे बस्थे । भुइँतलामा गाईगोरु बाँधिन्थे र सिरान तला सामान थन्क्याउने बुइँगलका रूपमा रहन्थे । त्यस्ता घरलाई भुइँचालाले  क्षति पुर्‍याउन गाह्रै पर्छ । बरु तिनलाई आधुनिक प्रविधिले आकर्षक तुल्याएर प्रयोग गर्नाले  पो भुइँचालाबाट सुरक्षित भइने रहेछ भन्ने मलाई लागेको छ । आधुनिक घरहरु बनाउँदा पनि जगको धेरै ख्याल गर्नु पर्दो रहेछ भन्ने ज्ञान भुइँचालाले दिएको छ । भाडामा राख्‍न वा बेच्न भनेर बनाएका कैयन् घरहरु धराप बन्नुको कारण कमजोर जग हो भन्ने पनि स्पष्ट भएको छ । अझ कतिपय तल सुकेका र माथि फुकेका घरहरुको पनि बिजोग देखियो । कतिपय घरका तला पखार्लमा उठाउनुको साटो छानाका छेउबाट उठाइएकामा पनि भुइँचालाले धावा बोलेको देखियो । त्यसैले भुइँचालाले घर हल्लाए पनि मान्छे सुरक्षित रूपमा घरबाट बाहिर निस्कन सक्ने ढङ्गले घरहरु बन्नु पर्छ भन्ने मान्यता  घर निर्माणका सन्दर्भमा ज्यादै महत्त्वपूर्ण रहेछ । घर बनाउँदा माटो परीक्षण र इन्जिनियरको नापनक्सा एवम् रेखदेख अपरिहार्य रहेछ ।
घरभित्र पुरिएर मात्र होइन सडकमा हिँड्दा हिँड्दै पनि मान्छे मृत्युका मुखमा पुगे । गेटहरु ढलेर गाडी कुच्चिँदा मान्छेहरु जहाँको तहीँ प्राण गुमाउन पुगे । बाटाका छेउका पर्खालहरु भत्किएर पेटीमा हिँडेका मान्छे पुरिए । अतः सार्वजनिक ठाउँमा कमजोर संरचना बनाउनु पनि एक प्रकारको अपराध नै रहेछ भन्ने मलाई लागेको छ । शान्ति नगर गेट र त्रिभुवन विश्व विद्यालयको कीर्तिपुरको गेटले यसरी नै मान्छे निले । बानेश्वरको एउटा पर्खालले पनि मान्छे खाएको खबर सुनिएको थियो । सिंह दरबारको त्यति बलियो देखिने चिनियाँ इटाको पर्खाल लडेको देख्ता को चित नपर्ला ?
धरहरा ढलेपछि मात्र त्यसको अन्तर्यको कथा खुल्यो । धरहराको टुप्पामा मान्छे पुर्‍याएर नगद नारायण बटुल्ने नगर पालिका यसको खोक्रो संरचनाबारे कहिले घोत्लिएको रहेनछ भन्ने पोल पनि यसै पाली खुल्यो । नौ तले दरबार,काष्ठ मण्डप लगायत वसन्त पुरको सेरोफेरोले खाएको धक्काको त झन् के कुरा गर्नु र ? सिंह दरबार लगायत सबै पुराना दरबारले यस पटक आफ्नो व्यथा देखाइ दिए ।  पाटन र भक्तपुरका सम्पदाको पनि बेहाल भयो । गोरखा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, काभ्रे, नुवाकोट, धादिङ, रामेछाप, सिन्धुली र मकवानपुरमा पुगेको क्षतिले सिङ्गो राष्ट्र कहालीलाग्दो अवस्थामा पर्‍यो ।
भुइँचालो आएर क्षति गरि सकेपछि के गर्ने भन्ने सन्दर्भमा पनि ध्यान पुग्नु पर्ने रहेछ । मृतकहरु र घाइतेहरुको उद्धार वेलैमा गर्न सकिए कैयौँलाई मृत्यु हुनबाट जोगाउन सकिने रहेछ । त्यसैले तत्काल सेना, प्रहरी, स्वयम् सेवक र सबैको मानवीयतापूर्ण सेवा यस्तो सङ्कटमा साह्रै महत्त्वको हुँदो रहेछ । एम्बुलेन्स, हेलिकोप्टर आदिको तैनाथी रह्यो भने वेलैमा अस्पताल पुर्‍याएर घाइतेहरुको उद्धार गर्न सकिँदो रहेछ । अस्पतालमा समुचित व्यवस्थापन र औषधी सहित डाक्टर नर्सको सेवा ज्यादै अर्थपूर्ण हुँदो रहेछ । परकम्पन आइ रहने र घरले हान्ने राँगाले जस्तै तर्साउने हुँदा घर बाहिर सुरक्षित बस्नका निम्ति हरेक टोलमा खुला चौरको खाँचो पर्दो रहेछ । यस पटक काठमाडौँमा भएका खुला चौर र ठुला घरका हाताहरु खुबै प्रयोगमा आए । त्यहाँ  टाउको ओत्ने पाल, चौरमा ओछ्याउन मिल्ने गुन्द्री, चकटी, राडीपाखी, ओढ्ने कम्बल च्यादर, आगो बाल्ने साधन, पकाउने भाँडाकुँडा, खाने कुरा, पिउने पानी, दिसा पिसाब गर्ने चर्पी आदिको  जोहो हुनु पर्दो रहेछ । यिनका अभावमा सुत्केरी, बालबालिका, रोगी र बुढाबुढीलाई अझ बढी सास्ती हुँदो रहेछ । यस्ता आपत् विपद् आउँदा के गर्ने भनेर सरकार, समाज र सङ्घसंस्थाले सदा चार आँखा चार कान गर्नु पर्दो रहेछ । धेरै जना मान्छे एकै ठाउँ बस्ता आइ लाग्ने समस्यातिर पनि ध्यान पुग्नु पर्दो रहेछ । अतः सुरक्षाको पनि त्यत्तिकै खाँचो पर्दो रहेछ । लुटपाट, हल्ला, अनर्गल प्रचार आदिबाट पनि सचेत र सावधान हुनु पर्दो रहेछ । धमिलो पानीमा माछा मार्न खोज्नेहरु पनि यस पटक कति ठाउँमा उदाङ्गिएका थिए । सरकारले तत्काल गर्नु पर्ने कार्यभार पुरा गर्न नसकेको आरोप पनि बेसरी खेप्नु पर्‌यो । तर धर्तीमा अँध्यारो मात्र कहाँ रहन्छ र ? उज्याला अनुहारहरु पनि मान्छे र बस्तीहरुमाझ पुग्न थाले ।
भुइँचालाले सज्जन मान्छेहरुका सुन्दर विम्बहरु पनि निर्माण गरि दियो । सिमेन्ट निर्मित कङ्क्रिट वा माटाढुङ्गामुनि पुरिएका व्यक्तिहरुलाई आफ्नो ज्यान जोखिममा पारेर बाहिर ल्याउने महान् नायकहरुका कामले धेरैका आँखामा हर्षका आँसु छचल्काइ दिए । अरूको उद्धार गर्न जाँदा आफ्नो प्राण गुमाउनेहरुको शोकले पनि धेरैलाई भाव विह्वल बनायो । संसारका विभिन्न देशबाट वायुवेगले आई उद्धार कार्यमा जुट्नेहरुले धेरैलाई मानवीय भावनाले ओतप्रोत तुल्याए । गाउँ गाउँ पुगेर बिग्रेभत्केका संरचना तह लगाउने र घर टहरा निर्माण गरी आश्रय स्थल बनाउने  लहरले पीडितका घाउमा राम्रैसँग मलम पट्टी गर्‍यो । यसरी नै खाद्यान्न लगायत राहतका सामग्रीहरु पीडितका द्वारमा पुर्‍याउनेहरुले पनि धेरैका आँसु पुछ्ने काम गरे । स्वास्थ्यकर्मीहरुका सिप र त्यागप्रति पनि मान्छेहरुले श्रद्धाको शिर निहुर्‍याए । सेना र प्रहरीका उद्धार कार्यले जनताका सुखदुःखका सहयोगीका रूपमा उनीहरुको छवि निर्माण भयो । युवा विद्यार्थीका जोस र जाँगरले भूकम्प पीडितमा उत्साह छरे । साहित्यकार कलाकार ओइलाएको मनोबल बढाउन बस्तीहरुमा कुदे । संसारभरका नेपाली र गैरआवासीय नेपाली सङ्घ लगायतका संस्थाको सद्भाव एवम् सहयोग उल्लेख्य रह्यो । जहाँ रहे पनि परि आए नेपालीहरु एकजुट हुन्छन् भन्ने सन्देश प्रवाहित भयो ।
भुइँचालाले कतिका अनुहारलाई कुरूप र विकृत पनि तुल्याइ दियो । कतिले राहतका पोकामा र्‍याल चुहाउँदा नकटो बन्नु पर्‍यो । कतिले जस्तापातामा आँखा गाड्दा निहुरमुन्टी न हुनु पर्‍यो । व्यभिचारीहरु अरूका अस्मितासँग जिस्किन खोज्दा नाङ्गेझार हुनु पर्‍यो । कतिपयले यही मौका छोपेर चेलीबेटीहरुलाई डाँडो कटाउन लाग्दा कहिले नमेटिने कालो दाग अनुहारमा लगाए । भुइँचालाका निहुँमा अर्काको देशमा गिद्दे दृष्टि लगाउनेहरुका सक्कली अनुहार पनि सार्वजनिक भए । कुहिएका खाद्यान्न बाँड्ने दानवीरहरुको विचित्रितताको अनुभूति पनि  सदा स्मरणीय रह्यो । साँच्चै भुइँचालाले त धेरै कुराको पाठ पो पढायो ।
भुइँचालो आउँदा धनको घमन्ड चौरमा पछारिएको मैले देखेँ । त्यस वेला जातको चुरीफुरी पनि गजबले ओइलाएको पाइन्थ्यो । जग्गा जमिन घर केहीको फुर्ती लगाउने आँट कसैमा थिएन । वंशको ध्वाँस पनि कोही दिँदैनथ्यो । पालमुनि एक नासले सबै वल्तिर पल्तिर पल्टिएका थिए । सबै समान, सबै घरवार विहीन । लाग्थ्यो मान्छेले अब धेरै तुजुक देखाउन छाड्ने छ र मान्छेका रूपमा जिउने प्रयत्न गर्ने छ  तर देखिँदै छ भूकम्पले सिकाएको पाठ मान्छेले बिर्सिने खतराको कालो बादल हाम्रा वरिपरि नै मडारिइ रहेको छ ।
भुईँचालामा हामीले धेरै कुरा भोग्यौँ, देख्यौँ र सिक्यौँ । हामीले पाएको शिक्षाबाट भविष्यमा हामी स्वयम् र भावी पुस्ता कसरी लाभान्वित हुने भन्नेबारे हामी गम्भीर हुन आवश्यक छ । त्यसनिम्ति एक कानले सुन्ने र अर्को कानले उडाउने वा खोलो तर्‍यो लौरो बिर्स्यो गर्ने काम नहोस् भनी हामी सचेत हुनु पर्दछ । हामीले आफू जो जहाँ छौँ त्यहाँबाट आआफ्ना क्षमता र दायित्वको सदुपयोग गरेर यस  काममा सहयोग पुर्‍याउन सक्छौँ ।  भविष्यमा आउन सक्ने यस प्रकारको सङ्कटको सामना वा बचाउमा  भुइँचालाका प्रत्यक्ष साक्षी बनेका हामीले हाम्रा योजनाबद्ध पाइला अगि बढाउनु हाम्रो अभिभारा हो । अनि मात्र भुइँचालाले सिकाएका पाठहरु सार्थक बन्ने छन् ।

शान्ति नगर, काठमाडौँ
२०७२ माघ २०

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण