खाँदबारीको साहित्यिक सांस्कृतिक जमघटमा सहभागी हुँदा



      खाँदबारीको साहित्यिक सांस्कृतिक जमघटमा सहभागी हुँदा
                                            प्रा.डा.जीवेन्द्र देव गिरी 
         पूर्वी नेपालको पहाडी जिल्ला सङ्खुसभाको खाँदबारीमा  पहिलो पटक पुग्ने अवसर मैले गएको वर्ष पाएँ । त्यहाँका लोकप्रिय शिक्षक एवम् साहित्यकार तारा बहादुर बुढाथोकीले मलाई एक पटक खाँदबारी पुर्‍याउने कुरा अलि पहिले गर्नु भएको थियो । उहाँले लेखेको "अरुण उपत्यकाका लोकभाकाहरु" शीर्षकको किताबबारे मैले राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा बोलेको थिएँ र उहाँको संस्मरणात्मक पुस्तक " जिन्दगीका कुइनेटाहरु" काठमाडौँको जिल्ला विकास समितिको सभाकक्षमा विमोचन गरिने कुरामा केही व्यवधान देखा परेपछि राष्ट्रिय जन सांस्कृतिक महासङ्घले नै विमोचनको कार्यक्रम आयोजना गर्ने जिम्मेवारी लिएको थियो । बाग बजार स्थित हार्दिक होटलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतिथ्य र  मेरै सभापतित्वमा सो कार्यक्रमको आयोजना भएको थियो । त्यसैले उहाँका कामहरुसित म परिचित थिएँ । प्रज्ञा प्रतिष्ठानका कार्यक्रमहरु राजधानी बाहिरका सुदूर प्रदेशहरुमा पुग्नु पर्छ भन्ने प्रज्ञा प्रतिष्ठानको नीति पनि रहेकाले त्यतातिर कार्यक्रम आयोजना हुँदा जाने विचारमा थिएँ । पूर्वी पहाडका इलाम र धनकुटासम्म पुगे पनि त्यहाँभन्दा उत्तरको भागतिर म पुग्न पाएको थिइन । त्यसैले त्यताको भूगोल र जन जीवनबारे जान्ने रहर पनि मनभित्र थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका बाल साहित्य - लोक साहित्य विभाग र गद्य आख्यान विभागसँग मकालु साहित्यिक समाजले सहकार्यमा कार्यक्रम  गर्ने सम्झौता भएपछि  सोही कार्यक्रममा सहभागी हुन म त्यहाँ पुगेको थिएँ । कार्यक्रमका विषय थिए - राष्ट्रिय बाल साहित्यिक सम्मेलन तथा कथा कार्यशाला एवम् बाल साहित्य सिर्जना तालिम ।  वि.सं. २०७२ को फागुन २४ मा म स्वयम्, प्राज्ञ द्वय मातृका पोखरेल र नर्मदेश्वरी सत्याल, युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष  अनिल पौडेल र  हेमनाथ पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता पहारी काठमाडौँबाट त्यता प्रस्थान गरेका थियौँ । त्यहाँ जानलाई हामीले तुम्लिङटार पुग्ने बुद्ध एअरको हवाई जहाजको टिकट लिएका थियौँ तर उडान होला र जाऔँला भनी दिनभरि कुर्दा पनि मौसमका खराबीले हवाई जहाज उडेन र अन्त्यमा  रद्द हुने छाँट आयो । कवि अनिलले  अर्को हवाई जहाजको टिकट लिएर  विराट नगर जाने र त्यतैबाट खाँदबारीतिर  सोझिने प्रस्ताव राख्नु भयो  । खाँदबारीमा कार्यक्रमको सबै तयारी पुरा भएको थियो । त्यसैले जसरी पनि त्यहाँ जानु नै पर्ने थियो । हामीले टिकट पाए हवाई जहाजबाट र नपाए रातभरि बसको यात्रा गरेर भए पनि त्यहाँ पुग्ने निधो गर्‍यौँ । अनिलजीले  पाँच जनाकै लागि हवाई जहाजको टिकट तत्काल बन्दोबस्त गर्नु भयो । हामीले सन्तोषको सास फेर्‍यौँ र विराट नगरतिर उड्यौँ । अनिलजीकै पहलमा त्यहाँबाट कृषि विकास बैङ्कको गाडीले हामीलाई इटहरी र धरान हुँदै धनकुटा पुर्‍यायो । हामी विराट नगर र इटहरीबिचका दृश्यहरु हेर्दै अगि बढ्यौँ ।  नेपाली उद्योगको महत्त्वपूर्ण थलो मानिने विराट नगरका केही औद्योगिक कारखाना पनि बाटाका छेउमा थिए तर केही वर्ष अगि जस्ता थिए त्यस्तै रूपमा ती थिए । नेपाली उद्योगको कछुवा गतिलाई अहिलेको समयले गिज्याइ रहेको कुरा मनभित्र झुल्क्यो र मन अमिलो भयो । नयाँ सहरका रूपमा उदाउँदै गरेको इटहरीको अवस्था  र त्यहाँ आयोजित  साहित्यिक कार्यक्रमहरुमा सहभागी भएको सम्झना गर्दै हामीले इटहरी नाघ्यौँ । धरानमा हामीले 'ब्लास्ट' पत्रिकाको कार्यालयमा केही समय बितायौँ । त्यहाँ 'ब्लास्ट' परिवारका साथै साहित्यकारहरु टङ्क न्यौपाने, गोपाल भण्डारी र भीम खतिवडासँग हामीले  भलाकुसारी गर्‍यौँ र साहित्य एवम् पत्रकारिताबारे पनि गफगाफ गर्‍यौँ । राति धनकुटा पुगेर वास बस्यौँ । महिला साथीहरुलाई एक जना शिक्षक मित्रकहाँ वासको व्यवस्था गरियो भने बाँकी हामी अनिलजीकै गाउँका उहाँका  परिचित साथी एवम् धनकुटाका प्रमुख जिल्ला अधिकारीका अतिथिका रूपमा उहाँकै निवासमा रह्यौँ । उहाँसँग  धनकुटा र देशकै अवस्थाबारे  महत्त्वपूर्ण कुराकानी भयो । एक बौद्धिक र राष्ट्रप्रेमी व्यक्तिका रूपमा उहाँको छाप मनभित्र गढ्यो ।
     हाम्रो अनुरोधमा प्रमुख जिल्ला अधिकारीले बिहानै आफ्नो गाडीमा महिला साथीहरु सहित हामी सबैलाई खाँदबारी जाने जिप बिसौनीमा पुर्‍याउने व्यवस्था  गरि दिनु भयो । हिलेमा पुगेर चौबाटामा रहेको बडेमानको तुम्बामुनि उभिएर हामीले फोटो लियौँ । चौबाटामा प्रायः महत्त्वपूर्ण व्यक्तिको प्रतिमा हुन्थ्यो तर त्यहाँ त तुम्बा रहेछ ।  हिलेसँगको तुम्बाको अनन्य सम्बन्धलाई साकार पारिएको नौलो र सार्थक लाग्यो ।  वि.सं. २०४० मा हिले पुगेको सम्झनाको भुल्को मनभित्र आयो र मनमा कोरिएको पुरानो नक्सालाई अहिलेको अवलोकनले संशोधन गर्‍यो । निर्धारित समयमा हामी जिपमा चढ्यौँ र छिटो गुडाउन अनुरोध गर्‍यौँ तर जिप त गुड्दैन । कुरा के हो भनी बुझ्दा त दुई वटा खाली सिट भरिनु पर्ने वा ती सिटको थप भाडा हामीले तिरेपछि मात्र गुड्ने रहेछ । खाँदबारीमा समयमा पुगेर कार्यक्रम उद्घाटन गर्नु पर्ने हुँदा हामीले थप सिटको भाडा तिर्‍यौँ र गाडी गुड्यो । बाटामा अरू यात्री नहाल्ने सर्त थियो तर त्यसको पालना भएन । चालकसँग कचकच गरेर यात्रा लम्ब्याउने वा दुर्घटना निम्त्याउने काम गर्नु उपयुक्त थिएन । त्यसैले एक दुई वटा व्यङ्ग्यका झटारा हान्नु सिवाय केही गरिएन ।
हिलेबाट ओरालो लागेर वनपाखाको दृश्य हेर्दै र भिरालो कच्ची बाटो हुँदै हामी अरुण नदीका छेउ पुग्यौँ । लेगुवा भनिने त्यही ठाउँको पुल तरेपछि भोजपुर सुरु हुने रहेछ । त्रि.वि.का उपकुलपति माधव शर्माको घर लेगुवाकै सेरोफेरोमा हो भन्ने जानकारी अनिलजीले दिनु भयो । माधव सर अहिले हामीमाझ हुनु हुन्न तर उहाँप्रतिको मेरो श्रद्धाभाव ज्युँका त्युँ छ । त्यहाँबाट अक्करको भिर काटेर सभा खोला पुग्न निकै सकस पर्ने रहेछ । उस्तै गाडीले त त्यहाँ चियाउनै पर्ने रहेनछ । हामी चढेको  जिपले भने पहराका ढुङ्गा होउन् कि धुलाको रास भएको बाटो होस् हामीलाई पिङ खेलाउँदै  नाघि छाड्यो । अक्करको भिरमा पुग्दा नर्मदेश्वरी म्याडमले आफ्नो बाल्यकालको अनुभव सुनाउनु भयो । त्यही भिर पार गर्दै उहाँले स्कुले शिक्षा लिनु भएको रहेछ । सभा खोला पुगेपछि भने धनकुटाबाट चैनपुर हुँदै खाँदबारी पुग्ने बाटासँग पनि भेट भयो ।
हामीले सभा खोलाको पुल पार गरेर तेर्पाइँ हुँदै उकालो चढ्यौँ र तुम्लिङटारको विमान स्थललाई नियाल्दै खाँदबारी बजार पुग्यौँ । विमान स्थल अरुण नदीको उत्तर र सभा खोलाको दक्षिण पूर्वी भागपट्टि रहेछ । नदीको कुहिराले गर्दा वेला वेला उडान रद्द हुँदो रहेछ । त्यसकै असर हामीलाई  अगिल्लो दिन  परेको रहेछ । बजार पुग्न अलि अलि उकालो चढाइ भए पनि बाटो राम्रो थियो । केही बेरमै हामी खाँदबारी बजार पुग्यौँ ।  बजार प्रवेश गरेपछि हामी चढेको जिपलाई होटल भएको ठाउँसम्म पुर्‍याइ दिन आग्रह गर्‍यौँ तर चालकले त्यसो गर्न नमिल्ने कुरा गरे । हामीले भाडा तिरेका सिटमा मान्छे राखेर उठाएको पैसा हामीलाई दिनु पर्दैन, पोखरीसम्म पुर्‌याइ दिए पुग्छ भनी आग्रह गरेपछि उनी मन्जुर भए र पोखरीमा  हामी जिपबाट झर्‍यौँ । बजारको मुख्य केन्द्रलाई पोखरी भनिने रहेछ । पहिले त्यहाँ पोखरी भएको र पाक्षिक हुँदै साप्ताहिक बजार लाग्ने गरेकाले पोखरी बजारले प्रसिद्धि पाएको रहेछ । त्यहीँ नजिकको भेनस होटलमा खाना खाने व्यवस्था  मिलाइएको रहेछ  । त्यहीँ हामीले खाना खायौँ ।  मकालु साहित्यिक समाजका अध्यक्ष तारा बहादुर बुढाथोकी सहितका स्थानीय साथीहरुसँग हाम्रो भेट भयो । उहाँहरुबाट कार्यक्रमबारे जानकारी पायौँ । एक घण्टा मात्रै ढिला भएको रहेछ । उहाँहरुले हवाई जहाज रद्द हुँदा पनि कार्यक्रममा आइ पुगेकोमा खुसी प्रकट गर्नु भयो । जनताप्रति उत्तरदायी व्यक्तिहरु भएकाले तपाईंहरु आइ पुग्नु भयो, उहिले यसरी कहाँ आउँथे र भनी हामीलाई उहाँले फुर्क्याउनु पनि  भयो । हामी उहाँका कुरा सुनेर मक्ख पर्‍यौँ ।  खाँदबारीका विशेषताबारे पनि उहाँले केही जानकारी दिनु भयो । पारिपट्टि भोजपुरको दिङ्ला, बिचमा अरुण नदी र हिमाली दृश्य देखिने चिटिक्क परेर मिलेको सानो डाँडामा अवस्थित यो बजार साँच्चीकै सुन्दर र आकर्षक रहेछ । सङ्खुवासभा जिल्लाको सदर मुकाम चैनपुरबाट यहाँ सरेपछि यसको रौनक  थपिएको रहेछ । नेपालका पहाडी बजारहरुमध्ये खाँदबारी साँच्चीकै आकर्षक लाग्यो । हामी खाना खाएर कार्यक्रम स्थलतिर लाग्यौँ । बाटामा भानुको प्रतिमा भेट्यौँ र उत्साहका साथ कार्यक्रमतिर जान लागेको एक समूहसँग चिनापर्ची भयो । उहाँहरुका आग्रहमा भानुको प्रतिमा वरिपरि उभिएर एक फोटो पनि लियौँ ।
कार्यक्रम स्थल जिल्ला विकास समितिको सभाकक्षमा राखिएको रहेछ ।  प्राज्ञ सभा सदस्य द्वय उपेन्द्र पागल र खेम नेपाली, साहित्यकारहरु डमरुबल्लभ भण्डारी मोरङ - सुनसरीबाट तथा लक्ष्मी निरौला काठमाडौँबाट त्यहाँ पुगि सक्नु भएको रहेछ ।  कार्यक्रममा साहित्यकारहरु, राजनीतिकर्मीहरु, शिक्षकहरु, सरकारी कर्मचारीहरु, विद्यार्थीहरु र साहित्यप्रेमीहरुको महत्त्वपूर्ण उपस्थिति थियो । ताराबहादुर बुढाथोकीको सभापतित्व, मेरो प्रमुख आतिथ्य, प्राज्ञ द्वय मातृका पोखरेल र नर्मदेश्वरी सत्यालको विशिष्ट आतिथ्य एवम् प्राज्ञसभा सदस्य द्वय उपेन्द्र पागल र खेम नेपाली, युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष कवि अनिल पौडेल, हेमनाथ पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता पहारी, साहित्यकार लक्ष्मी निरौला, विभिन्न राजनैतिक पार्टीका नेताहरु, स्थानीय प्रतिष्ठित साहित्यकार बुद्धिजीवीहरु, स्थानीय विकास अधिकारी कृष्ण सुवेदी, खाँदबारी र चैनपुर नगरपालिकाका कार्यकारी प्रमुखहरुको आतिथ्यमा  नारायण कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भयो । कृष्ण सुवेदीले  खाँदबारीको प्राज्ञिक कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरु सबैको  स्वागतमा महत्त्वपूर्ण मन्तव्य राख्नु भएको  सो कार्यक्रममा  युनिक कुलुङ राईको ' अगि बढ्ने छौँ, नेपाली धर्तीमा शोभा छर्ने छौँ ' गीति प्रस्तुतिले सबैका अनुहारमा मुस्कान छरेको थियो । स्थानीय कलाकारहरुबाट प्रस्तुत भोटे भाषाको गीतको नृत्य हाम्रा लागि नौलो र पूर्वी पहाडको सांस्कृतिक वैशिष्ट्यसँग परिचित गराउने प्रस्तुति थियो । जिना उदासको नृत्य, राज अनमोलको गीत, रोशन दीप राई र पुरुषोत्तम पोखरेलका गजल र अप्सरा गुरुङको कविताले कार्यक्रममा आकर्षण थपेका थिए । रविन कालीकोटेले कलिलै उमेरमा ' जिन्दगीको बाटो ' शीर्षकको खण्डकाव्य विमोचनको अवसर दिएर कार्यक्रममा उत्साह छरेका थिए जसका बारेमा कृष्ण बहादुर चापागाईंले सारपूर्ण समीक्षा गर्नु भएको थियो । कार्यक्रमको अर्को मुख्य पाटो कार्यपत्रहरुको प्रस्तुति र  तिनको समीक्षा थियो । ताराबहादुर बुढाथोकीले "समकालीन नेपाली कथामा गणतान्त्रिक चेतनाः एक दृष्टिकोण" शीर्षकमा र सुलोचना शर्माले "बालसाहित्यले बालबालिकामा पारेको प्रभाव" शीर्षकमा कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो भने तिनमाथि क्रमशः चूडामणि खनाल र राजेन्द्र 'सर्वहारा'ले टिप्पणी गर्नु भएको थियो । पहिलो कार्यपत्रमाथि प्राज्ञ द्वय मातृका पोखरेल र उपेन्द्र पागलले पनि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो । यस क्रममा कथामा गणतान्त्रिक चेतनाको खोजीका लागि खाँदबारीको गोष्ठीले महत्त्वपूर्ण विषयको उठान गरेको भन्दै ताराबहादुर बुढाथोकीले गर्नु भएको कामको सराहना गरिएको थियो  र यस कामलाई अझ बढाउँदै व्यापक तुल्याइनु पर्ने विचार व्यक्त गरिएको थियो । दोस्रो कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा सुलोचना शर्माले सङ्खुवासभाको बालसाहित्यको अन्वेषणमा पसिना बगाउँदै प्रस्तुत गर्नु भएका धारणा मननीय छन् भन्ने विचार व्यक्त भएको थियो ।  प्राज्ञ नर्मदेश्वरी सत्यालले पनि यसबारे प्रकाश पार्नु भएको थियो । बालबालिकाको उत्थान भए मात्र समाजको उन्नति हुने विचार व्यक्त गर्दै उहाँले त्यसका लागि देशका विभिन्न भागमा जागरण ल्याउन आवश्यक भएको र खाँदबारीको कार्यक्रम त्यसकै एक अङ्ग हो भन्नु भयो । कार्यक्रममा साहित्यकार रीता पहारी र प्राज्ञ खेम  नेपाली, साहित्यकार लक्ष्मी निरौला, गङ्गा सुवेदी लगायत विभिन्न महानुभावहरुले प्रेरणादायक अभिव्यक्ति राख्नु भएको थियो । पत्रकार प्रेम निरौला लगायतले मन्तव्य प्रस्तुत गर्नु भएको सो कार्यक्रममा बाहिरबाट आएका अतिथिहरुलाई सभाध्यक्षले सम्मान गर्दै टाउकामा अल्लाबाट तयार भएको स्थानीय टोपी र गलामा रुद्राक्षको माला लगाइ दिनु भएको थियो भने प्रमुख अतिथिका हैसियतले मैले स्थानीय विकास अधिकारी तथा खाँदबारी र चैनपुर नगरपालिकाका कार्यकारी प्रमुखहरुलाई सम्मान गरेकोको थिएँ । रुद्राक्ष र अल्लो त्यहाँका विशिष्ट आयस्रोत भएको पनि हामीले थाह पायौँ । प्रमुख अतिथिका रूपमा खाँदबारीमा आफू र आफूसँगै आउनु भएका साहित्यकारहरुलाई प्रदान गरिएको आतिथ्य र सम्मानका लागि कृतज्ञता व्यक्त गर्दै मैले पनि कार्यक्रममा आफ्नो विचार प्रस्तुत गर्दै भनेँ- "कार्यक्रम उत्साहवर्धक, प्रेरणाप्रद र चेतनामूलक रह्यो । जनताले गणतन्त्र ल्याउन गरेका कामहरु कथामा कसरी लिपिबद्ध भएका छन् भन्ने कुराको चर्चाले सामाजिक राजनैतिक चेतनाको अभिवृद्धिमा ठुलो योगदान गर्दछ र यस्ता कामहरु विभिन्न स्थानमा फिँजाउनु पर्दछ । यसरी नै स्वस्थ मनोरञ्जन, असल चरित्र निर्माण, व्यावहारिक ज्ञान र  नयाँ नयाँ सूचनाका आधारमा बालबालिकाको शारीरिक र मानसिक विकास गरी योग्य नागरिक निर्माणमा ठुलो योगदान गर्ने बाल साहित्यको महत्त्व बुझ्न आवश्यक छ । त्यसबारेमा चर्चा हुनु र कार्यशालाका माध्यमबाट बालसाहित्य सिर्जनामा बालबालिकालाई प्रवृत्त गराउन विशेष कार्यक्रम आयोजना हुनु सराहनीय छ । कार्यक्रमको महत्त्व बढाउन गीत, नृत्य, गजल, कविताका प्रस्तुति र बालसर्जकको खण्डकाव्य विमोचनबाट उल्लेखनीय सहयोग पुगेको छ । सङ्खुवासभा जिल्लाबाट विगतमा पनि विभिन्न प्रतिभाले समाज र राष्ट्रमा चेतना छरेको इतिहास छ । यसको भविष्य पनि आशालाग्दो छ भन्ने कुराको विश्वास कार्यक्रमले दिलाएको छ ।"   सभापति बुढाथोकीले प्रकृतिले छेक्न खोज्दा पनि उपाय निकालेर आफूहरुमाझ काठमाडौँबाट कार्यक्रम सफल बनाउन प्रमुख अतिथि लगायतका प्राज्ञहरु एवम् साहित्यकारहरु आइ पुग्नु खुसीको कुरा हो भन्नु भयो र कार्यक्रमको समापन गर्दै गोष्ठी विभिन्न कोणबाट उपलब्धिमूलक रहेको विचार व्यक्त गर्नु भयो । उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित सो समारोहको सङ्खुवासभाको साहित्यिक सांस्कृतिक इतिहासमा विशेष स्थान रहने विचार व्यक्त गर्दै प्रतिष्ठानको सहयोग र सद्‍भावका लागि कृतज्ञता  प्रकट गर्नु  भयो । कथा र बालसाहित्य जस्ता लोकप्रिय विधासँग सम्बन्धित कार्यक्रमलाई अन्य प्रस्तुतिले अझ रोचक र आकर्षक बनाएकोमा पनि उहाँले प्रस्तोता एवम् सहयोगीहरुको सराहना  गर्नु भयो । उहाँले  सङ्खुवासभाकी चेली नर्मदेश्वरी सत्याललाई प्राज्ञका रूपमा पाउँदा समग्र जिल्ला गौरवान्वित छ भन्दै उहाँको  जन्मभूमिप्रतिको माया ममताले पनि कार्यक्रमलाई सफल पार्न बल पुगेको धारणा राख्नु भयो ।  खेवाहाङ मेवाहाङ राईले कार्यक्रमका लागि सहयोग गर्ने र सहभागी भई सफल तुल्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रम सकिएपछि म र मातृकाजीलाई खाना खाएकै होटेलमा गासवासको व्यवस्था गरियो भने नर्मदेश्वरी माइतीतिर लाग्नु भयो; रीता, अनिल र लक्ष्मी जिल्ला विकास समितिको अतिथि गृहतिर  । त्यहाँ नर्मदेश्वरी म्याडमले सङ्खुवा सभाकी चेलीका रूपमा  तथा लक्ष्मी न्यौपानेले स्थानीय विकास अधिकारी हुँदा कमाएको जनताको माया  नजिकबाट हेर्ने मौका पनि हामीले पायौँ ।
भोलिपल्ट फागुन २५ गतेका बिहान खाँदबारीको एक एफ.एम.ले अन्तर्वार्ताका लागि मलाई निम्त्यायो । अन्तर्वार्ता प्रत्यक्ष प्रसारणका लागि थियो । मैले प्रज्ञा प्रतिष्ठानका गतिविधि, साहित्य र खाँदबारीका कार्यक्रमबारे आफ्ना धारणा सार्वजनिक गर्ने अवसर पाएकोमा एफ.एम. परिवारलाई धन्यवाद ज्ञापन गरेँ । उहाँहरुले पनि प्रज्ञा प्रतिष्ठानका गतिविधी र आफ्ना कामबारे जानकारी दिएकोमा धन्यवाद भन्दै बिदा गर्नु भयो ।
 २५ गतेकै दिउँसो राष्ट्रिय वाणिज्य बैङ्कको सभाक्षमा विभिन्न बाल क्लब र १५ वटा विद्यालयका बालबालिकासँग बसेर हामीले दिन बितायौँ । त्यहाँ साहित्य भनेको के हो भन्ने विषयमा मलाई, कविता कसरी लेख्ने भन्ने विषयमा खेम नेपालीलाई, गजल लेखन सिपबारे लक्ष्मी निरौलालाई, निबन्ध लेखनबारे उपेन्द्र पागललाई, लेखनका विषयहरु कहाँ खोज्नेबारे मातृका पोखरेललाई, 'अतीतको बिस्कुन' र स्मरणबारे अनिल पौडेललाई र छन्द कविताबारे डमरुबल्लभ भणडारीलाई बोल्न लगाइयो । बालबालिकाले बुझ्ने भाषामा हामीले आफ्ना कुरा राख्यौँ । उनीहरुले सोध्न चाहेका कुरा सोधे । बिहानको खाना खानका लागि सङ्खुवासभा बजारको टाकुरामा रहेको हिमालय उच्च माध्यमिक विद्यालयको  प्राङ्गण रोजिएको रहेछ । त्यहाँ जान उकालो चढ्दा हामीले देवकोटाको प्रतिमा पनि भेट्यौँ र बालबालिकाहरुसँगै फोटो लियौँ । विद्यालयको प्राङ्गण रमणीय थियो । त्यहाँबाट हामीले चारैतिरको दृश्य अघाउन्जेल हेर्‍यौँ । त्यहीँ पकाएको खाना   बालबालिकासँगै बसेर हामीले  खायौँ र आत्मीयतालाई अझ गहिरो बनायौँ । फर्केर फेरि हामी कार्यशाला स्थल पुग्यौँ । सहभागी बालबालिकाहरुबाट कार्यशालामै साहित्य सिर्जना भयो । सबैबाट एक एक वटा रचना लेखिए र सुनाइए पनि । रचना स्वादिला थिए । रचनाहरुबारे हार्दिक टिप्पणी र सुझाब आदान प्रदानका काम  भए । सहज वातावरणमा कुराकानी भए । कार्यक्रमले सबैलाई केही दिएको चर्चा भयो । वास्तवमा सङ्खुवासभाको यस कार्यक्रमको गहिरो प्रभाव बालबालिका लगायत हामी सबैका हृदयभित्र प्रवेश गरेको थियो । भविष्यमा यस्ता कार्यक्रम जिल्लाभरि फिँजाउने सल्लाह भयो ।  अपराह्नतिर सँगसँगै खाजा खाएर बिदाइका हात हल्लाउँदै हामी आआफ्ना गन्तव्यतिर लाग्यौँ ।
२५ गते नै कार्यशाला चल्दै गरेको समयमा  ताराबहादुरजीले मलाई तालिममा आउनु भएका सङ्खुवासभाका माध्यमिक विद्यालयका नेपाली विषयका शिक्षकहरुसँग संवाद गर्ने अवसर जुराइ दिनु भयो । उहाँहरुले तालिम गरि रहेकै ठाउँमा पुगेर मैले नेपाली वर्ण विन्यासमा आएको परिवर्तन र यसको औचित्यबारे आफ्नातर्फबाट बोलेँ । प्राज्ञ नर्मदेश्वरी सत्याल पनि त्यसमा सहभागी हुनु भयो । सहभागीहरुले विभिन्न जिज्ञासाहरु  राख्नु भयो र तिनको उत्तर मैले दिएँ । परस्पर परिचय र विचार आदान प्रदानबाट हामी दुबै थरी लाभान्वित भएको महसुस गर्दै  छुट्टियौँ ।
अरुण उपत्यकाको विद्युत् योजना सञ्चालन हुने ठाउँ फ्यक्सिम्दा पुग्ने हाम्रो रहर गाडीको अभावका कारण सम्भव भएन । विकट बाटो नाघ्ने तागत भएको गाडी नभेटेकाले अर्को पटकका लागि त्यस इच्छालाई थाती राख्न हामी बाध्य भयौँ । दिउँसो बजारको उत्तर पूर्वको केही भाग घुम्ने हाम्रो इच्छा पनि अधुरै रहेको थियो । त्यसैले साथीहरुले अपराह्नमा हामीलाई मोटर साइकलमा भए पनि त्यसतर्फको केही भाग घुमाउने विचार गर्नु भयो । ताराबहादुरजी  र अरू दुई जना साथी भएर म र लक्ष्मी निरौला सहितलाई त्यता घुमाउनु भएको सम्झना  मनभित्र ताजै छ ।  खाँदबारी र त्यस वरपरको सन्ध्याकालीन दृश्य हामीले उत्तरी डाँडाबाट नियाल्यौँ । त्यहाँको  बौद्ध मूर्ति रहेको एक महत्त्वपूर्ण धार्मिक स्थल पनि साथीहरुले हामीलाई देखाउनु भयो । उत्तरी भागमा विस्तारित हुँदै गरेको बजार पनि हामीले देख्यौँ । खाँदबारीका चारैतिरका दृश्य हामीले मनग्गे रूपमा हृदयभित्र  सञ्चय गर्‍यौँ । रुद्राक्ष खेतीले मानिसहरुमा पारेको प्रभाव र चीनको सीमासम्म पुग्न तमतयार रहेको कोसी राजमार्गबारे पनि साथीहरुले धेरै कुरा सुनाउनु भयो । चीनको सीमासम्म मोटर बाटो जोडिएपछि खाँदबारीको जीवनमा नयाँ आयाम थपिने दिन नजिकै रहेको हामीले अनुभूति गर्‍यौँ । ताराबहादुरजीले आफनै बढुवाको परीक्षाको  काममा संलग्न हुन भोलिपल्ट बिहानै  जानु पर्ने जनाउ दिँदै हामीसँग बिदा भएर वासस्थानतिर लाग्नु भयो भने अरू साथीहरु  पनि  हामीलाई वासस्थलमा पुर्‍याएर  बिदा हुनु भयो ।
खाँदबारीको कार्यक्रम सकेर हामी फागुन २६ मा चैनपुर पुग्यौँ । यो कुनै पूर्व निर्धारित कार्यक्रम नभई अचानक तयार भएको कार्यक्रम थियो । सङ्खुवासभाको  पुरानो सदर मुकाम चैनपुर पुग्नु उपयुक्त हुने आयोजकहरुको राय रहेको र अरुण उपत्यकाको जल विद्युत् आयोजना हेर्ने कार्यक्रम घटेकाले हामीसँग समय पनि थियो । चैनपुर साँच्चै महत्त्वपूर्ण इतिहास बोकेको ठाउँ रहेछ । त्यहाँको स्थानीय बजार अहिले पनि मन लोभ्याउने खालको रहेछ । मन्दिर, पाटी र पसलहरु इतिहास बोकेर बसेका रहेछन् ।  अरू जिल्ला स्तरीय अड्डाहरुले छाडे पनि अदालतले यहाँको आफ्नो थलो छाडेको रहेनछ । पहाडी अग्लो डाँडामा रहेको यस ठाउँबाट धेरै टाढाका दृश्यहरु हेर्न सकिने रहेछ । पहिले पहिले सुरक्षाका दृष्टिले पनि यस्ता ठाउँहरुमा अड्डा अदालत राख्ने  चलन थियो । चैनपुर पूर्वी नेपालको चेतनाको एक केन्द्र पनि  रहेछ ।  वि.सं. २००७ को आन्दोलनमा चैनपुरको विशिष्ट भूमिका रहेको हामीले थाह पायौँ । यहाँबाटै नेपाली भाषामा झर्रोवादी आन्दोलनको झन्डा उठाइएको थियो । त्यसका अभियन्ता बल्लभमणि दाहाल, कोशराज रेग्मी र चूडामणि रेग्मीको मूल थलो मादी र वाना सङ्खुवासभामै  रहेछन् । साथीहरुले औँला सोझ्याएर ती ठाउँहरु हामीलाई देखाउनु भयो । उहाँहरुले सांस्कृतिक आन्दोलन चलाउँदाको चैनपुरको सांस्कृतिक सभाको  कार्यथलोका रूपमा रहेको मेजर पाटी  अहिले पनि खडा रहेछ । त्यहाँ उभिएर हामीले फोटो लियौँ र  बजारका विभिन्न भागहरु पनि घुमेर हेर्‍यौँ ।  चैनपुर मेरा घनिष्ठ मित्र एवम् छिमेकी पद्मराज शाक्यको ससुराली भएकाले  उहाँबाट  र उहाँकी जीवन सँगिनी सञ्जया शाक्यबाट मैले त्यहाँका बारेमा धेरै कुरा सुनेको थिएँ । सञ्जया बहिनीकी आमा कृष्ण कुमारी शाक्य, दिदी बहिनीहरु लगायत दाजुभाइहरुसँग पनि मेरो राम्रो  चिनाजानी र सम्पर्क भएकाले पनि उहाँहरुको थलोप्रति म आकर्षित थिएँ । वाम आन्दोलनमा चर्चित वासु शाक्यको घर पनि त्यहीँ भएको थाह पाएँ । माओवादीहरूद्वारा ज्यान लिइएका आई.जी.पी कृष्ण मोहनको मूल घर पनि त्यहीँ रहेछ । उहाँको आगो लगाइएको घर पनि हामीले हेर्‍यौँ । भोलामान साहुका कब्जा गरिएका घरहरु पनि हामीले देख्यौँ । अझै पनि त्यहाँ त्रासको पूर्ण समाप्ति भइ नसकेको  अनुभूति हामीले गर्‍यौँ । त्यहाँ एक दाताले सार्वजनिक कार्यक्रम गर्न सकिने दिलमायाका नाममा सभाकक्ष निर्माण गरि दिनु भएको रहेछ । हामी पुगेको केही समयभित्रै त्यहाँ एक भव्य साहित्यिक कार्यक्रमको आयोजना भयो । त्यहाँ स्थित सङ्खुवासभा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरत कुमार शाक्यको सभापतित्वमा मलाई प्रमुख अतिथिको भूमिकामा राखेर एकु घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भयो । कार्यक्रमका अन्य अतिथिहरुमा प्राज्ञहरु मातृका पोखरेल, नर्मदेश्वरी सत्याल, उपेन्द्र पागल र खेम नेपाली, साहित्यकारहरु अनिल पौडेल, रीता पहारी, लक्ष्मी निरौला, डमरुबल्लभ भण्डारी, प्राचार्य गोविन्दमान तामाङ, चैनपुर नगरका कार्यकारी प्रमुख उत्तम रेग्मी, पत्रकार शिरोमणि लगायत हुनु हुन्थ्यो । कार्यक्रम गजबले जम्यो । रामकुमार दाहालले स्वागत भाषण गर्नु भएको सो समारोहमा स्थानीय अतिथिहरुले चैनपुरका विशेषताका साथै चैनपुरमा पहिलो पटक प्राज्ञहरुको उल्लेख्य सङ्ख्यामा  उपस्थिति रहेको भन्दै सो अवसरमा आयोजित साहित्यिक कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्नु भयो । उहाँहरुले भविष्यमा गर्न सकिने कार्यक्रम र प्रज्ञा प्रतिष्ठानसँगको  अपेक्षाका विषयमा पनि विचार व्यक्त गर्नु भयो । प्रज्ञा प्रतिष्ठानका वर्तमान अवस्था र गतिविधिबारे जानकारी दिँदै चैनपुरका साहित्यिक संस्थाहरुसँग सहकार्य गर्न सकिने जानकारी मैले दिएँ । प्राज्ञ मातृका पोखरेलले प्रतिष्ठानका  गद्य आख्यान विभागका र प्राज्ञ नर्मदेश्वरी सत्यालले  बालसाहित्य र लोकसाहित्य विभागका कार्यक्रम र गतिविधिबारे प्रकाश पार्दै कविता वाचन पनि गर्नु भयो । अनिल पौडेलले छापामार शैलीमा आयोजित कार्यक्रम पनि अत्यन्त रहरलाग्दो रूपमा सम्पन्न भएको भन्दै कविता वाचन पनि गर्नु भयो । प्राज्ञ सभासद द्वय उपेन्द्र पागल र खेम नेपालीका मन्तव्य एवम् कविताले सहभागीका मन छोए ।  रीता पहारीले आफ्नो मन्तव्यमा हेमराज पहारी साहित्य प्रतिष्ठानका विषयमा जानकारी दिँदै  पतिको मृत्युशोक बेहोर्नु परे पनि आफू निराश नभई प्रतिष्ठानका माध्यमबाट साहित्य  सेवामा सक्रिय रहेको विचार प्रस्तुत गर्नु भयो । उत्तम रेग्मी, डमरुबल्लभ भण्डारी र लक्ष्मी न्यौपानेका मन्तव्य, कविता र गजलका सन्देशले उत्साह छरे । शेर बहादुर वि.क., कल्पना पौडेल, चन्द्रमणि दाहाल, भीम कुमारी, जयराम सुनामी, प्रकाश प्रतीक्षा कान्छा, चूडा खत्री, सुरेश घिमिरे, रवीन्द्र, प्रतिभा पौडेल र विशाल न्यौपानेका कविता र गजलको स्वाद हामीले लियौँ । मङ्गला तामाङको नृत्य, प्रदीप वि.क.को हास्य, भीम बहादुर कँडेल र आबाज शेर्पाका गीतहरुले कार्यक्रममा थप रौनक ल्याए ।  अन्त्यमा सभापति भरत कुमार शाक्यले बाहिरबाट चैनपुरमा आउनु भएका प्राज्ञहरु लगायत विशिष्ट साहित्यिक महानुभावहरुको सहभागितामा कार्यक्रम सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो र भविष्यमा पनि चैनपुरमा यस्ता कार्यक्रम राखियुन् भन्ने सदिक्षा व्यक्त गर्दै सभा विसर्जन गर्नु भयो ।
त्यसै दिन चैनपुरबाट हामी भिरालो पाखाको हरियाली सहितको सुन्दर दृश्य हेर्दै सभा खोलाको पुल तरेर पुनः खाँदबारी फर्क्यौँ र त्यहीँ रात बितायौँ । हामी भोलिपल्ट काठमाडौँ फर्किनु  थियो । हामीले काठमाडौँमा  नै  हवाई जहाजबाट फर्किन २७ गतेको टिकट लिएका थियौँ । पहिले जस्तै मौसम बिग्रन्छ कि भन्ने शङ्का  लागेको  थियो तर त्यसो भएन ।  बिहानै हामी तुम्लिङटार विमान स्थलको पूर्व उत्तरपट्टि  रहेको अरुण नदीका तिरको मनोकामना मन्दिर अवलोकन गर्न गयौँ । खेम गुरुङले आफ्नो "वारि जमुना पारि जमुना जमुनाका फेदैमा मनोकामना" भनेर गीतमा महत्त्व दिएको मनोकामना त्यही रहेछ ।  मन्दिर र आश्रमहरु अनि मान्छेहरुले पूजा गर्ने गरेको नदीछेउको विशाल दुङ्गो हेररेर हामीले मनोकामनाको चित्र मनमा उतार्‍यौँ । त्यहाँबाट अलिकति उकालो उक्लेर गाडीले हामीलाई तुम्लिङटार पुर्‍यायो । सहयात्री लक्ष्मी निरौलाले हामीलाई सभा खोलाको माछा सहित  खाना खुवाउने चाँजोपाँजो खाँदबारीबाटै मिलाइ सक्नु भएको थियो । हवाई जहाजको समय एकदमै नजिक आइ सकेकाले हत्तपत्त खाना खाएर हामी समयमै विमान स्थल पुग्यौँ । सामान जाँच गराइ सकेपछि हामी बोर्डिङ पास लिएर धावन मार्गतिर जानै लाग्दा साहित्यकार मातृका तिम्सिना त्यहाँ आइ पुग्नु भयो । कामको व्यस्तताले खाँदबारीको कार्यक्रममा उहाँ सहभागी हुन नसक्नु भएको हामीले थाह पायौँ । उहाँसँग केही भलाकुसारी गरेर हामी अगि बढ्यौँ ।  सिसा हालेका सम्मान पत्र हवाई जहाजमा लिन दिने कि नदिने भनी सुरुमा सुरक्षाकर्मी झस्किए पनि अन्ततः सदाशय देखाएकाले निर्बाध हामी भित्र पस्यौँ ।  पूर्वी पहाडका वन, खोलानाला, नदी, झरना, भिर, खोँच, मैदान, खेती, गाउँ, सहर, सडक, गोरेटा आदिका दृश्यहरु नजिकबाट देखाउँदै बुद्ध एअरको फुच्चे जहाज (सायद सबैभन्दा सानो)ले हामीलाई काठमाडौँतिर हुइँक्यायो भने हामी पनि सङ्खुवासभामा हामीलाई निम्त्याएर  सहयोग, सद्‍भाव  र सम्मानका साथ बिदाइ गर्ने साथीहरुलाई हृदयबाट सलाम गर्दै गन्तव्यतिर मोडियौँ । यी रमाइला र अर्थपूर्ण क्षणहरु मेरा लागि सदा अविस्मरणीय रूपमा मेरा हृदयमा रोपिएका छन् ।




Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण