'सूक्ष्मदृष्टि'का लागि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीसँग गरिएको अन्तरङ्ग भलाकुसारी



'सूक्ष्मदृष्टि'का लागि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र      देव गिरीसँग गरिएको अन्तरङ्ग भलाकुसारी

(परिचयः सुर्खेत सिम्ता काप्रीचौरमा जन्म भई वीरेन्द्र नगर १८ मूलपानीमा स्थायी बसोबास गर्नु हुने प्रा.डा.जीवेन्द्र देव गिरी हाल काठमाडौँ-३४ शान्ति नगरमा बस्नु हुन्छ । "सिम्तालीको भाषा वैज्ञानिक अध्ययन"मा विद्या वारिधि गर्नु भएका गिरी हाल नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव हुनु हुन्छ । भाषा, साहित्य, लोक साहित्य र पाठ्य पुस्तकसँग सम्बन्धित १५ वटा पुस्तक प्रकाशित गरि सक्नु भएका गिरी त्रि.वि. नेपाली केन्द्रीय विभागको सेवा निवृत्त प्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व भाषा विभाग प्रमुख पनि हुनु हुन्छ । उहाँ दर्जनौँ साहित्यिक सामाजिक सङ्घसंस्थासँग सम्बन्धित हुनुका साथै दर्जनौँ साहित्यिक पत्रिकाका सम्पादक पनि हुनु हुन्छ ।)
प्रश्न १.यहाँलाई स्वागत छ सूक्ष्मदृष्टि साप्ताहिकमा ।
उत्तर – धन्यवाद छ सूक्ष्मदृष्टिका तर्फबाट अन्तर्वार्ताका लागि चाँजोपाँजो मिलाउनु भएकोमा ।
प्रश्न २. तपाईं प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव, हामीलाई बताइ दिनु होस् न तपाईं प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएपछि नेपाली साहित्यका क्षेत्रमा प्रतिष्ठानले के के काम गर्‍यो ?
उत्तर – नेपाल प्रज्ञा प्रतिष्ठानले वर्तमान कार्यकालमा ४० भन्दा बढी गोष्ठी कार्यशाला महोत्सवका कार्यक्रमहरु काठमाडौँ लगायत देशका विभिन्न भागमा सम्पन्न गरेको छ ।  त्यति नै सङ्ख्यामा अध्ययन अनुसन्धानका कामहरु भएका छन् ।  एक दर्जनभन्दा बढी किताबहरु प्रकाशित भएका छन् । राष्ट्रका प्रतिभाशाली कविहरु प्रतिष्ठानबाट पुरस्कृत र सम्मानित हुनु भएको  छ । सीमित साधन स्रोतको सदुपयोग गर्दै राष्ट्रिय प्रतिभाहरुको उपचार र साहित्यिक  पत्रिकाहरुको सहयोगमा टेवा पुर्‍याइएको छ । यसका अतिरिक्त प्राज्ञहरुले विभिन्न सङ्घसंस्थाबाट आयोजित कार्यक्रमहरुमा सहभागी भई साहित्यिक गतिविधिको संवर्धनमा योगदान गर्नु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले गैरआवासीय नेपाली सङ्घसँगको सहकार्यमा डायस्पोरिक साहित्यबारे महत्त्वपूर्ण अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न गर्नुका साथै नेपाली डास्पोरिक कविताको सङ्ग्रह प्रकाशन गरेको छ । अन्तर्राष्ट्रिय तहमा प्राज्ञिक आदान प्रदानका  कामहरु  भएका छन् । साथै प्रतिष्ठानबाट कविता, समकालीन, सयपत्री, रूपान्तरण, आँगन, थाय्‍भू, फकताङ्लुङ, महुआ, अङ्ग्रेजी जर्नल, प्रज्ञा गतिविधि जस्ता पत्रिका र बुलेटिनको प्रकाशनमा पनि  पनि हुँदै आएको छ ।
प्रश्न ३. प्रज्ञा प्रतिष्ठानबाट पाउने कार्यक्रमहरु प्राप्त गर्न पहुँचमा हुनु पर्छ, अन्यथा सम्भव छैन हकि ?
उत्तर – प्रज्ञा प्रतिष्ठान आफ्ना कार्यक्रमहरुमा विभिन्न सङ्घसंस्था र स्रष्टाहरुको देशव्यापी रूपमा पहुँच रहोस् भन्ने चाहन्छ । यसका आफ्ना विधि र नियममा रही यसले आफ्ना कार्यक्रम सञ्चालन गर्दछ । त्यस अन्तर्गत जसको पनि यसमा पहुँच रहन सक्तछ । विद्वत्वृत्तिका लागि पत्रिकामा सूचना प्रकाशित गरी विधि सम्मत रूपमा  प्रतिभा छनोट गरिन्छ भने अन्य अध्ययन अनुसन्धानका लागि सम्बन्धित विभाग मार्फत प्रस्तुत  प्रस्तावहरु कुलपतिबाट स्वीकृत भएपछि सचिव र सम्वन्धित विद्वान्बिच सम्झौता  गरी कार्य सम्पन्न हुन्छ । यसरी नै प्रतिष्ठान आफैले केही गोष्ठी कार्यशाला आवश्यकता र औचित्यका आधारमा काठमाडऔँ उपत्यका र  देशका विभिन्न ठाउँमा आयोजना गर्दछ  भने विभिन्न सङ्घसंस्थाबाट सहकार्यका लागि प्राप्त प्रस्तावहरुका आधारमा संयुक्त कार्यक्रम पनि सञ्चालन गर्दछ । विभिन्न विभागबाट सम्पन्न गरिने अध्ययन अनुसन्धानका प्रतिवेदनहरु मूल्याङ्कनका आधारमा कृतिका रूपमा प्रकाशन  गरिन्छन् । यसरी नै मूल्याङ्कन समितिबाट सम्मान र पुरस्कारका लागि प्रतिभाहरुको चयन गरिन्छ । पत्रिकाहरुमा लेख रचना चयन गर्न सम्पादक मण्डलको व्यवस्था गरिएको छ । त्यसैले कार्यक्रमका निम्ति विधि सम्मत पहुँचको खाँचो पर्नु त स्वाभाविक छ,   अवाञ्छित किसिमको कुनै पहुँच आवश्यक छैन । कार्यक्रममा संलग्न हुन चाहने सबैलाई प्रज्ञा प्रतिष्ठान स्वागत गर्न चाहन्छ ।
प्रश्न ४. तपाईं प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव भइ सकेपछि सुर्खेती साहित्यकारहरुले गरेको आशा त सबै निराशामा परिणत भएन र ?
उत्तर – प्रज्ञा प्रतिष्ठानमा सुर्खेतकै निवासी सदस्य सचिवमा नियुक्त भएपछि सुर्खेती साहित्यकारहरुको आशा निराशामा परिणत हुनु पर्ने स्थिति रहन्छ र ? यसले त उत्साह झन् बढाउनु पर्ने होइन र ? सुर्खेती स्रष्टाहरुको प्रज्ञा प्रतिष्ठानसँगको सम्पर्कलाई यसले त  सहज पो बनाएको छ  । जहाँसम्म प्रतिष्ठानका कार्यक्रमहरु सुर्खेतमा आयोजना होउन् भन्ने कुरा छ त्यसका लागि प्रतिष्ठानका सम्बन्धित विभागमा  प्रस्ताव पुग्न आवश्यक छ । यो वर्ष माघको पहिलो हप्तामा सुर्खेतमा आयोजना हुने पाँचौँ राष्ट्रिय लोक साहित्य सङ्गोष्ठीका लागि लोकवार्ता परिषद्, नेपालसँग सहकार्यका लागि प्राप्त प्रस्ताव स्वीकृत भई नेपाल प्रज्ञा प्रतिष्ठानले सम्झौता गरि सकेको छ ।   राष्ट्रिय कविता महोत्सवमा पनि सुर्खेतको  सहभागिता हुन थालेको छ । गत वर्ष त सुर्खेतकै स्रष्टा प्रथम हुन सफल हुनु भयो । अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा आयोजना हुने नेपालका विभिन्न मातृभाषाका कविता वाचनमा पनि सुर्खेतको सहभागिता रहोस् ! यसरी नै सुर्खेती साहित्यकारहरुबाट अध्ययन अनुसन्धानका निम्ति प्रस्तावहरु आउन् र  पत्र पत्रिकाका लागि लेख रचनाहरु प्राप्त होउन् ! राष्ट्रिय प्रतिभा उपचार कोष र साहित्यिक पत्रिका उपचार कोषको पनि सुर्खेती साहित्यकारहरुले उपयोग गर्न सक्नु होस् ! अवसरको उपयोगमा अन्य साहित्यकारहरु झैँ सुर्खेतका साहित्यकारहरु पनि अग्रसर हुनु भयो भने निराश हुनु पर्ने कारण म देख्तिन ।

प्रश्न ५.प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्ने सूचनाहरु सुर्खेतसम्म आइ नै पुग्दैनन् । कतै सामाजिक सञ्जालबाट खबर पाइयो भने पनि मिति सकिइ सकेको हुन्छ । के प्रज्ञा प्रतिष्ठान काठमाडौँका लागि मात्र स्थापना भएको जस्तो भएन ?
उत्तर – प्रज्ञा प्रतिष्ठानले सुर्खेतमा पनि उपलब्ध हुन सक्ने पत्रिकामा नै आफ्ना सूचनाहरु प्रकाशित गर्दै आएको छ । अतः ती सूचनाहरु काठमाडौँमा मात्र सीमित हुँदैनन् । नेपाल  प्रज्ञा प्रतिष्ठान सिङ्गो नेपालको हो ।  यसका गतिविधिमा सबैको चासो रहनु पर्छ  र नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रको संरक्षण, संवर्धन र समुन्नतिप्रति यो समर्पित छ । राष्ट्रका सबै प्राज्ञ, विद्वान् एवम् स्रष्टाहरुको योगदानबाट नै यसको छवि उज्यालिन्छ ।
प्रश्न ६. तपाईं त लोक साहित्यमा पनि कलम चलाउने मान्छे मध्य पश्चिमको लोक साहित्यलाई देशभर फिँजाउन यहाँले खेल्नु भएको भूमिकालाई कसरी प्रस्ट्याउनु हुन्छ ?
उत्तर – मैले लोक साहित्यमा कलम चलाएको कुरा सत्य हो । मेरा तिन वटा आफ्नै र एउटा सहलेखनमा लोक साहित्यका किताब प्रकाशन  भएका छन्  र पत्र पत्रिकामा विभिन्न लेखहरु छापिएका छन् । अनुसन्धानात्मक प्रतिवेदनहरु पनि विभिन्न प्राज्ञिक शैक्षिक संस्थाहरुमा प्रस्तुत छन् । त्रिभुवन विश्व विद्यालयको स्नातकोत्तर तहमा मैले लामै समय लोक साहित्य पढाएँ । विद्यार्थीहरुलाई स्नातकोत्तरका साथै विद्यावारिधि तहसम्म लोक साहित्यमा अनुसन्धान  गराउने अवसर पनि पाएको छु । मैले स्वदेश विदेशका सम्मेलनहरुमा लोक साहित्य विषयक गोष्ठीपत्रहरु पनि प्रस्तुत गरेको छु । यस क्रममा मध्य पश्चिमको लोक साहित्यमा पनि मैले कलम चलाएको छु । मैले बटुलेका केही लोक साहित्यिक सामग्रीहरु विश्व विद्यलयहरुका पाठ्यक्रममा पनि रहेका छन् । मेरा यी कामहरुले मध्य पश्चिमको लोक साहित्यलाई राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा फिँजाउन पनि अवश्यमेव केही सहयोग पुर्‍याएका छन् भन्ने म ठान्छु ।
प्रश्न ७. प्राध्यापन र साहित्यमाका क्षेत्रमा आफ्नो नाम अग्र पङ्क्तिमा दर्ज गराउनु भएको छ तर मोफसलको माया मारेर राजधानीमुखी हुनु भएको आरोप छ नि यहाँलाई ।
उत्तर – मेरो कामले मलाई राजधानीमा धेरै बस्न लगाए पनि म मोफसलतिर पनि पुगि रहेकै छु । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मेरो उपस्थिति रहेको छ । भर्खर यहाँकै अगिल्तिर बाँके हुँदै सुर्खेत पुगेको छु ।  सुर्खेत त म हरेक वर्ष आइ रहेकै छु । नेपाल प्रज्ञा प्रतिष्ठानको सचिवलाई धेरै जिम्मेवारी कार्यालयमै हुन्छ तापनि म समयले दिएसम्म समाज र जनताका पोल्टामा पुग्न चाहन्छु ।
प्रश्न ८. अन्तमा यहाँले भन्न पर्ने केही छ कि ?
उत्तर – जब धेरै साथीहरुमाझ पुग्दा विभिन्न सुझाबहरु म पाउँछु आफूमा ऊर्जा बढेको अनुभूति मलाई हुन्छ । यसलाई म आफ्नो पुँजी सम्झन्छु । अतः यहाँहरु जस्ता मित्रहरुबाट मलाई महत्त्वपूर्ण सुझाबहरु  सदा प्राप्त भइ रहने विश्वास म गर्दछु ।

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/