मदिरा पानबाट म किन टाढा रहेँ ?



 मदिरा पानबाट म किन टाढा रहेँ ?
                                        प्रा.डा.जीवेन्द्र देव गिरी
मैले आजसम्म कुनै पनि प्रकारको मदिराको थोपा मुखमा पारेको छैन । यो मेरो कुनै गर्वोक्ति होइन । आजको युगमा खुबै स्वागत गरिने मदिराको म अपमान गर्न चाहन्न । गाउँघरमा होस् वा सहरमा मान्छेहरु यसको सेवनमा रमाइ रहेका पाइन्छन् । भोजमा त झन् यसको मागको पारो अत्युच्च रहेको पाइन्छ । मेला मालिका, नाचगान, चाडपर्व जताततै मदिराको मातमा मान्छेहरु झुमि रहेका देखिन्छन् । म जन्मेको गाउँतिर यसका विभिन्न नाउँ प्रचलित छन् । त्यहाँ यसलाई पग्ला वा जाँड र रक्सीका नामले पुकार्छन् भने अन्यत्र पनि यसले अनेक नाम पाएको छ । वाइन, रम, ह्विस्की, बियर आदि यसका के के नाम छन् के के । अझ हाम्रा बाबुबाजेले 'भुत्ले साग' (कुखुराको मासु)का साथीका रूपमा 'नर्सिङ ट्वाक'का नामले पनि यसलाई पुकारेको पाइन्छ ।
म बाल्यकालमा  मावली बज्यैका रेखदेखमा मावलमा हुर्केँ । त्यहाँ मदिरा वर्जित थियो । बज्यै धार्मिक स्वभावकी भएकाले कतिपय खाने कुरा भान्सामा पुग्न पाउँदैन्थे । त्यसमा एक मदिरा पनि पर्थ्यो । मेरा माइला मामा बिरामी परेर रक्सी खान थालेपछि बज्यैको भान्साबाट अलग गरिनु भएको थियो । त्यस परिस्थितिमा म मदिरा पिउने कुराको कल्पना गर्न पनि सक्तैन्थेँ । पछि मेरा बाआमा सुर्खेत बसाइ सरेपछि म पनि आफ्नै परिवारमा सामेल भएँ । मेरा बा मदिरा पान गर्नु हुन्थ्यो । संयुक्त परिवारमा रहँदा उहाँलाई पनि घर परिवारले भान्साबाट अलग्याएको रहेछ । उहाँ पेसाले वैद्य हुनु हुन्थ्यो । बिफर लगायत विभिन्न रोगको औषधीमुलो र तन्त्रमन्त्र  उहाँ गर्नु हुन्थ्यो । उहाँ भन्नु हुन्थ्यो, "रोगीहरुको उपचार गर्ने काममा रात रातभर अनिदो बसियो र पेटको रोगी भइयो । त्यसैले शुभेच्छुहरुका सल्लाहमा मदिरा पान गर्न थालियो ।" उहाँ ठुलो काँसको बटुकामा रक्सी तताउनु हुन्थ्यो र स्वास्थ्यका लागि भन्दै खानु हुन्थ्यो । उहाँ गाउँघरमा तयार गरिएको पग्ला वा जाँड पनि रुचिपूर्वक खानु हुन्थ्यो । मेरी आमालाई भने यो कुरा पटक्कै मन परेको थिएन । घरको आर्थिक अवस्था नाजुक भएकाले मदिरामा पैसा खर्च गरेको उहाँलाई मन नपर्नु स्वाभाविक थियो । त्यसैले घरमा पटक पटक कचकच  भइ रहन्थ्यो । हामी पनि आमाको पक्षमा लागेर बालाई जाँडरक्सी छाड्न दबाब दिन्थ्यौँ  तर बाको  लत छुटेन । सुर्खेत उपत्यकामा कोदाको रक्सी नपाएपछि उहाँ अन्य प्रकारका रक्सी र जाँड खान थाल्नु भयो । मतभट्टीका ठेकेदारहरुले तयार गर्ने महुवाको रक्सी पनि उहाँको आहारा बन्यो । तराईमा बस्न थालेपछि त झन् ठर्रा वा जाँड त्यहाँ जे पाइन्छ त्यही खाने उहाँले गर्नु भयो । थारु किसानहरुको गाउँ हाम्रो वासस्थान नजिकै थियो । उनीहरु जाँडरक्सीमा रमाइ रहन्थे । त्यसैले हाम्रा बाले उनीहरुको सङ्गत बढाउनु भयो भने उनीहरु पनि उहाँलाई बारम्बार निम्त्याउन थाले । उनीहरुका गाउँमा उहाँको धेरै समय बित्न थाल्यो  । मलाई राजनैतिक मुद्दा लागेपछि त झन् उहाँ बढी रन्थनिनु भयो र रक्सीको मात्रा  बढाउनु भयो । अन्तमा रक्सी नै उहाँको काल बन्यो । यो सब देखि रहेको हाम्रो परिवार रक्सीबाट त्रस्त थियो । मदिराप्रतिको मेरो वितृष्णाको एउटा प्रमुख कारण यो थियो भने अर्को कारण राजनैतिक अनुशासन बन्यो ।
मैले वि.सं. २०२८मा तुलसी लालद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएँ । केही समय सेल कमिटीमा रहेर सुर्खेत र सल्यानमा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको प्रचार एवम् सङ्गठनात्मक काम गरेपछि म  बाँके झरेँ र त्यहाँको सङ्गठनमा सक्रिय भएँ । त्यहाँ रहँदा नयाँ जनवादी कार्यक्रमले तान्यो र त्यतैतिर सङ्गठित भई सुरुमा बाँके जिल्ला सङ्गठन कमिटीको सदस्यको र पछि भेरी अञ्चल सङ्गठन कमिटीको सचिवको जिम्मेवारी वहन गरेँ । पार्टीले रक्सी, जुवा, तास र कुनै पनि अनैतिक काम गर्नेप्रति कडा दृष्टि राखेको थियो । आफैले पार्टीको नेतृत्व गरि रहेकाले पार्टीपङ्क्तिलाई त्यस्ता कामबाट जोगाउनु पनि मेरो एक प्रमुख दायित्व थियो । त्यसैले मैले पहिला आफैलाई कस्नु आवश्यक थियो । यस कारणले पनि म मदिराका नजिक पुग्ने सम्भावना रहेन ।
पार्टीको गोपनीयता जोगाउनु  त्यतिखेरको ठुलो काम थियो । कहिले कहीँ मदिरा सेवन गरेका सङ्गठित व्यक्तिहरुले नै फुर्तीफार्ती झिकेर सङ्गठन र सङ्गठित व्यक्तिहरुलाई खतराको धरापमा पारि दिन्थे । एकाध त्यस्ता घटना हामीले बेहोरि सकेका थियौँ । त्यसैले पनि कुलतको नियन्त्रण हाम्रो प्राथमिकतामा थियो । यस कडा अनुशासनको बाटाबाट गुज्रिनु पर्दा मदिराले त के अरू कुलतले पनि गाँज्ने अवसर रहेन ।
बाको मृत्यु भइ सकेपछि हामी पाँचै भाइ छोराहरुले एउटा सङ्कल्प गर्‍यौँ । त्यो थियो आजीवन  मदिरा सेवन नगर्ने सङ्कल्प । हाम्रा नातेदारहरु र पण्डितको सल्लाह अनुसार हामीले बालाई मन पर्ने एउटा खाने कुरा  छाड्नु पर्थ्यो । यसमा हामीले बालाई मन परेको त्यही मदिरा सदाका लागि त्यागि दियौँ । धार्मिक व्यक्तिहरुले  पनि यसको सराहना गरे । त्यसपछि त झन् हाम्रो घरमा मदिराले प्रवेश पाउने अवस्था नै अन्त्य भयो । अहिले  हामी सबै भाइहरु मदिराबाट अलग छौँ ।
मदिरा पान नगर्ने भएपछि कहिले कहीँ समस्यामा पनि पर्ने गरेको छु । कतिपय साथीभाइहरुले युगलाई नचिनेको आरोप आफूलाई लगाउँछन् । कोही आधुनिक हुन नसकेको भनी घोचपेच गर्छन् । घरमा आउने मदिरा प्रेमी इष्टमित्र र अतिथिहरुको चाहना पुरा नहुँदा  ऊनीहरुको मन खिन्न हुँदो हो भन्ने पनि लाग्छ ।  कतिपय स्वदेशी विदेशी भोजमा एक्ले हुनु पर्दाको स्थितिले पनि अप्ठ्यारामा पार्ने गर्दछ । यी सबै स्थिति बेहोर्नु पर्दा पनि मन भने मदिरातिर लोभिएको छैन ।
मान्छेहरु भन्छन्, देउताका पालादेखि सोमरस सेवन गर्ने चलन चलेकाले यसको सेवन नराम्रो होइन । अझ कोही थप्छन्, मात्रा मिलाएर सेवन गर्न सके यो त अमृत हो । हाम्रो युगका लामो समय बाँचेका व्यक्तिहरुको आयु तन्किनुको कारण यही हो भनी पुस्ट्याईँ गर्नेहरुका कुरा पनि सुन्छु । मान्छेहरुबिच परस्पर आत्मीयता बढाउन यो खुब काम लाग्छ भनेको पनि सुनेको छु । कसै कसैले यसको सङ्गतबाट ठुला ठुला काम पट्याएको चर्चा  गरेको पनि पाइन्छ । जस्तोसुकै अन्तर्विरोध भए पनि गिलास समातेर टेबुलमा सँगै बस्ता चट हुन्छ भनी डङ्का पिट्नेहरु धेरै छन् । मदिरा पान गर्नेले गरेका कतिपय ज्यादती 'पिएको वेलाका कुरा'का रूपमा क्षम्य हुन्छन् पनि भनिन्छ । मनका कुरा हलाँसखलाँस पारेर मन माझ्न यो खुब काम लाग्छ भनेर यसको बढिबढाउ पनि गरिन्छ । यति भए पनि यसले मलाई आफूतिर तान्न भने सकेको छैन ।
मदिराले घर घरमा झगडा गराएको  कसरी बिर्सन सकिन्छ र ? परिवारमा भोको पेट भरिन नपाउने अवस्थामा मदिराको मातमा झुम्नु गतिलो काम हो र ? मदिराको मातमा भएका हिंसा बलात्कारका वारदातले जिउ सिरिङ्ङ नपारी कोही बस्न सक्छ र ? यसले कतिपय गोपनीयता भङ्ग गराएर निम्त्याएको जोखिमलाई बेवास्ता गर्न सकिन्छ र ? कचकच, झगडा, मारकाट र व्यभिचारको एक मुख्य स्रोत भएकाले होला यसका विरुद्ध ठाउँ ठाउँमा आन्दोलन भए । खास गरी हाम्रा चेलीबेटी र जिम्मेवार नागरिकहरु मदिरा मुक्त जिल्ला घोषणा गराउने अभियानमा सक्रिय भए । रक्सीभट्टी तोडफोड गरिनुका साथै त्यसको व्यापारमा समेत रोक लगाउन आबाज उठे,  नाराबाजी भए ।  आन्दोलनका रापतापका कारण मदिरा निषेधित जिल्लाहरु घोषणा मात्र भएनन् सामाजिक, राजनैतिक र प्रशासनिक क्षेत्र त्यसलाई कार्यान्वयन गराउन क्रियाशील भयो ।  यी गतिविधि देख्ता आफूले अँगालेको बाटाको औचित्य साबित भएको अनुभूति मैले गरेँ । मैले जे गरेको रहेछु ठिकै गरेको रहेछु  भन्ने मलाई लाग्यो । यसबाट  विचलित नहुनु नै वर्तमान समय अनुकूल हुनु हो भन्ने धारणा ममा अझ प्रबल बन्यो ।
हाम्रो देशको भौगोलिक  र सांस्कृतिक विविधतामा कतिपय ठाउँ र स्थानमा मदिरा सेवनको आवश्यकता पनि होला तर यसको सही  सदुपयोग हुन भने अत्यन्त जरुरी छ । कुन काममा कति वेला कति मात्रामा यसको प्रयोग गर्ने भनी होसियार हुन  सकिएन भने विभिन्न विकृति र हिंसाको कारण यो बन्न सक्तछ । यी सबै कुरा थाह पाएर पनि मान्छेहरुले नियन्त्रण गुमाएको र अनेक घटना दुर्घटनाको सिकार भएको यी आँखाले देख्‍नु परि रहेको छ । अब मदिरा सेवन गर्दिन भनी  वाचा कसम गर्नेहरु पनि घरि घरि यसका लफडामा बेरिएर फन्दामा परेको देख्ता यसबाट टाढिएर ठिकै गरेको रहेछु भन्ने म ठान्छु । यति भनि सक्ता त थाह पाउनु भयो होला नि म मदिरा पानबाट किन टाढा भएँ !
             

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण