आफू मरेर अरूलाई बचाउने विमान चालकको गौरव गाथा



                        आफू मरेर अरूलाई बचाउने विमान चालकको गौरव गाथा

संसारमा मान्छेहरु आउने जाने क्रम निरन्तर चलि रहन्छ । कुनै मान्छे आए गएको थाह नै हुँदैन तर कुनै मान्छे आउँछन् र सारा मान्छेका हृदयमा आसन जमाएर जान्छन् । अरूलाई पीडा दिने र आफ्नो स्वार्थमा मात्र लिप्त रहने  मान्छेहरु टिठलाग्दो मृत्यु अँगाल्दछन् भने अरूका लागि त्याग र समर्पण गर्नेहरु गौरवशाली मृत्यु वरण गर्दछन् । गौरवशाली मृत्यु वरण गर्नेहरुले धेरैका आँखामा आँसुको बाढी ल्याइ दिन्छन् । उनीहरु श्रद्ध्येय हुन्छन् र युग युगसम्म मान्छेका घट घटमा जीवित रहन्छन् । यस्तै  गौरव गाथा भएका एक व्यक्ति प्रस्तुत कृतिको केन्द्र बनेर  उज्ज्वल नक्षत्रका रूपमा यहाँ उदाएका छन् । उनले जे जस्तो जीवन बाँचेर यस धर्तीबाट बिदा भए त्यसलाई मान्छेहरुले सदा सम्झना गरि रहने छन् । उनको सम्झनाबाट मान्छेहरुले शक्ति, सामर्थ्य र प्रेरणा प्राप्त गर्ने छन् । गर्वले शिर ठाडो पार्दै उनको नाम उच्चारण गर्ने छन् । उनी अरू कोही नभएर  आफू मरेर अरूलाई बचाउने विमान चालक क्याप्टेन दिनेश न्यौपाने हुन् । उनकै बारेमा उनकी दिदी कृष्णा न्यौपाने भुसालले बगाएको अन्तर्हृदयको स्नेहको भेल यस कृतिमा उर्लिएको छ ।
दिदी कृष्णासँग २०७२ फागुन १४ गतेका दिन जुम्लाको उडानबाट फर्केर आई आफू सहित परिवारका अरू सदस्यहरुले सुर्खेतमा रमाइलो साँझ बिताउने सल्लाह  दिनेशले गरेका थिए । यसै अनुसार सुर्खेतमा सबै चाँजोपाँजो मिलाउन दिदी व्यस्त थिइन् । नेपाल गन्जमा भएका भाइ दिनेशका साथै बुबाआमा, पति दिपेन र परिवारका अरू सदस्यहरुसँग फोनवार्ता गरी बेलुकाको भोजको तयारीमा उनी जुटेकी थिइन् । यस्तैमा दिनेशले नेपालगन्जबाट जुम्लाका लागि  काष्ठमण्डप एअरको  हवाई जहाज उडाएका  थिए ।  बिच बाटामा चिलखाया लेकको नजिक पुगेपछि विमानको इन्जिन खराब भएछ । एकल इन्जिन भएको सो विमान जुम्ला पुग्ने स्थिति नभएपछि बिचमै अवतरण गर्नु पर्ने स्थिति आएछ । क्याप्टेन दिनेशले त्यस विकट पहाडी भूभाग माथिको आकाशमा सङ्कट आउँदा पनि आफू पटक्कै विचलित नभई त्यस दिन जे महान् कार्य गरे त्यो नेपाली  इतिहासमा स्वर्णाक्षरले अङ्कित भएको छ । त्यस कठिन र संवेदनशील घडीमा उनले यात्रीहरुलाई इन्जिनमा खराबी आएको र जुम्ला पुग्न नसकिने कुराको सूचना प्रवाह मात्र गरेनन् आफूहरु मरेर पनि अरूलाई बचाउने सङ्कल्प सुनाए । उनले साहसका साथ कालिकोटको बारीका पाटामा हवाई जहाजलाई  अवतरण (फोर्स ल्यान्ड) गराए । उनले भने जस्तै यात्रीहरु सबै बाँचे तर उनी आफू र सहचालक सन्तोष रानाले प्राण गुमाए । समयमा उद्धार हुन सकेको भए उनीहरु पनि बाँच्न सक्ने सम्भावना गुमेको पीडाले उनका  आफन्त र सहृदय सबैलाई भतभती पोलि रहेको छ । यही कुरालाई मार्मिक रूपमा यस कृतिमा अभिव्यक्त गरिएको छ । जुन मन छुने तीव्र भावाभिव्यक्ति यहाँ छ त्यो पढ्दा आँखा नरसाउने व्यक्ति सायदै कोही पाइएला ! शोकमा डुबेका वेला पनि कृष्णाले गरेको यो कार्य ज्यादै महत्त्वपूर्ण र सराहनीय  छ । यसले दिनेशले गरेको सुकार्यलाई धर्तीका विभिन्न बस्तीमा पुर्‍याउन र सुदूर भविष्यसम्म उनको त्यागमय जीवनबाट प्रेरणा बटुल्न सकिने सामल समाजका पोल्टामा पुर्‍याएको छ ।
प्रस्तुत कृतिमा दिनेशको जीवनीका विभिन्न पक्षहरु प्रकाशमा आएका छन् । उनले बाल्यकालमा  बिताएका क्षणहरु र बाल कौतुकहरु, शिक्षाका लागि गरेका सङ्घर्षहरु, खेलकुदप्रतिका अभिरुचिहरु, अफ्रिका र अमेरिकामा लिएका विमान चालकका तालिमहरु, स्वयम् दिदी कृष्णा र परिवारका सदस्यहरुसँग गरेका वार्तालाप र आत्मीय व्यवहारहरु, दिदी कार्यरत विद्यालयमा खेलकुद र शिक्षण प्रशिक्षणमा गरेका योगदानहरु, विवाह र परिवारप्रतिका  दायित्वहरु आदिसँग सम्बन्धित अनेक कुराहरु यहाँ पढ्न सकिन्छ । लेखिकाले सुर्खेतमा आफूसँग दिन  बिताउँदा उनले अनेक किसिमले  पुर्‍याएको आत्मीय सहयोगको पनि विशेष स्मरण गरेकी छन् । डोल्पा जस्तो विकट दुर्गम जिल्लामा जन्मेर उनले हासिल गरेको उपलब्धिबाट आफन्त र जिल्लावासीहरु कति हर्षित थिए भन्ने कुराको रहरलाग्दो वर्णन पनि यहाँ छ । जीवनको अन्तिम क्षणमा पुग्दा पत्नी रजनी र उनका गर्भमा रहेको सन्तान, बुबाआमा र आफूहरुलाई सम्झेर आफ्नो ज्यान जोगाउन उनी लागेनन्, बरु विमानमा रहेका अरूकै उद्धार उनको कर्तव्य बन्यो भन्ने कुरा कृतिका विभिन्न पानामा पोखिएको छ । रजनीलाई उनी आफैले मन पराएर परिवारलाई सहमत तुल्याई  विवाह गरेका थिए र अत्यन्त मिलेको जोडीका रूपमा सुखद र सफल दिनहरु गुज्रँदै थिए । हुन पनि हो, उनले  आफू मात्र बाँच्न चाहेको भए अनेक जुक्ती निकाल्न सक्थे । उनी अन्तिमसम्म पनि आफ्ना बारेमा भन्दा अरूकै उद्धारमा केन्द्रित रहे । विमानका यात्रीहरुको भनाइलाई अगि सार्दै  सचेत रूपमा अगाडि रहेको बालकलाई पछाडि हुत्त्याएर अनि विमानको ढोका समेत खोलेर आफ्ना परोपकारी भाइले सबैलाई बाँच्ने आधार दिएको कुरा लेखिकाले उल्लेख गरेकी छन् । उनले मुटुका टुक्रारूपी प्रिय भाइलाई  परिवारप्रति उनी निर्दयी नबनेको भए आफू सहित सबै आँसुका आहालमा डुब्नु पर्ने थिएन भन्ने आरोप पनि लगाएकी छन् । पीडा, वेदना र आर्तनादपूर्ण  अभिव्यक्तिको यहाँभन्दा गहिराइ के हुन सक्तछ ! जतिसुकै गहिरो शोकमा परे पनि भाइको वीरता, धैर्य, साहस र परोपकारी भावनाप्रति भने उनले गर्व गरेकी छन् । यसका साथै  वेलैमा उद्धार हुन नसकी बाँच्ने सम्भावना भएको व्यक्तिको ज्यान गुमेकोमा  र पीडाले आक्रान्त भएको समयमा पनि व्यथितका कानमा पीडा घटाउने शब्द उच्च तहबाट नपुगेकोमा उनको चित्त बेसरी दुखेको छ  । यसलाई सम्बन्धित सबैले हृदयङ्गम गरी भविष्यमा त्यस्तो पीडा नदोहोरिने स्थिति सिर्जना गर्न आवश्यक छ । नेपाल सरकारले वीर पदक प्रदान गरेर उनको वीरताको  सम्मान गर्नुले नै जनाउँछ - क्याप्टेन दिनेशले गरेको काम असाधारण थियो । यसले पीडितको चहराएको घाउमा मलम पट्टीको काम गरेको छ । साथै गृहमन्त्रीको  गृहागमन र सान्त्वनाप्रति पनि कृतिकारको सकारात्मक दृष्टि रहेको छ ।
यस प्रकारको कृतिको सिर्जना जहिले पायो तहिले हुन सक्तैन । एउटा विशिष्ट परिस्थितिमा अनुभूतिको तीव्र ज्वार उत्पन्न भएको वेलाको यो अभिव्यक्ति हो । त्यसैले शोकमा डुबेका कैयन् व्यक्तिहरुले यसको अध्ययनबाट आफ्ना पीडा घटाउन सक्ने छन् । यसमा कुनै कृत्रिमता नभएकाले  स्वाभाविक अभिव्यक्तिका रूपमा यो सहज ग्राह्य हुने छ । अभिव्यक्तिमा एक प्रकारको प्रवाह भएकाले पढ्नेहरुलाई बिचमा नअड्की सरासर अन्तसम्म पुर्‍याउने तागत यसले राख्तछ भन्ने मलाई लागेको छ । आफन्तहरुका मृत्युपीडामा लेखिएका विभिन्न कृतिहरु नेपाली वाङ्मयमा उपलब्ध छन् । तीमध्ये कुनै गद्यमा र कुनै पद्यमा छन् । प्रस्तुत कृति गद्यमा लेखिए पनि वाक्यमा विद्यमान समानान्तरता र छरिता वाक्यहरुका प्रवाहले गर्दा कवितात्मक अभिव्यक्तिका नजिक छ । लेखिकाको कलम यसरी नै चलायमान होओस् र शोकलाई शक्तिमा बदल्दै समाजलाई अगाडि बढ्न उत्प्रेरित गरि रहोस् !
अन्त्यमा प्रातः स्मरणीय क्याप्टेन दिनेश र सहचालक सन्तोषप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै  प्रस्तुत कृतिका साथै भविष्यमा उहाँहरुका स्मृतिमा गरिने कामहरुले नेपाली समाज र विश्व समाजको दुःख, पीडा र जलन घटाउन विशेष सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दछु ।  
२०७३ वैशाख ३१                                प्रा.डा.जीवेन्द्र देव गिरी
                  सदस्य सचिव, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ



Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण