समाजवादी समाजमा ज्येष्ठ नागरिकप्रतिको दृष्टिकोण



                               समाजवादी समाजमा ज्येष्ठ नागरिकप्रतिको दृष्टिकोण
                                                         प्रा.डा.जीवेन्द्र देव गिरी
                      ज्येष्ठ नागरिकका रूपमा प्रायः ६० वर्ष नाघेका महिला वा पुरुषलाई गणना गरिएको पाइन्छ । उमेरले खुड्किलो चढाउँदै जोकसैलाई पनि ज्येष्ठ नागरिक तुल्याउँछ । यस उमेरमा मानिस शारीरिक रूपमा केही कमजोर हुनु स्वाभाविक हुन्छ तर अनुभवले भने उनीहरु खारिएका र परिपक्व हुन्छन् । यस उमेरमा उनीहरु परिवारको अभिभावकीय भूमिकामा पुगेका हुन्छन् । उमेर अवस्थाका व्यक्तिले जस्तो काम गर्न सक्ने उनीहरुको भौतिक बल रहेको हुँदैन । जागिरे जीवनमा रहेकाहरु प्रायः सेवा निवृत्त भएका हुन्छन् । यस उमेरमा सम्मानित र प्रतिष्ठित जीवन जिउन पाउनु, परिवारका सदस्यहरुबाट आदर र माया पाउनु,  आफ्ना ज्ञान र अनुभव समाजमा बाँडचुँड गर्न पाउनु, जीवनलाई बोझका रूपमा नभई रमाइलोसँग बिताउन पाउनु तथा समाज र राष्ट्रको हितमा आफ्नो सेवा समर्पण गर्न पाउनुबाट मनुष्य जीवनले सार्थकताको अनुभव गर्नु स्वाभाविक छ । तर यस्तो सौभाग्य सबैलाई कहाँ उपलब्ध छ र ? कैयौँ ज्येष्ठ नागरिकहरुले परिवारकै सदस्यहरुबाट अपमान बेहोर्नु परेको र समाजका निम्ति पनि उपयोगी काम गर्ने अवसर नपाउँदा पिर र वेदनामा दिन गुजार्नु परेको अवस्था छ । कतिको त हातमुख जोर्ने अवस्थासम्म नभएर भोकैनाङ्गै  कष्टकर जीवन बाँच्नु परेको स्थिति छ । अझ रोगले गाँजेको छ भने त झन् कहाली लाग्दो अवस्थामा आँसु बगेको देखिन्छ । जीवनभरि धर्तीमा पसिना पोखेका व्यक्तिहरुले यस संसारमा हाँसीखुसीसँग समय बिताउन पाउनु पर्ने हो  तर संसारका कैयन् ठाउँमा ज्येष्ठ नागरिकहरुको अवस्था दुःखदायी र चिन्ताजनक छ ।
              खास गरेर व्यक्तिवादी चिन्तन अँगालिएका समाजमा ज्येष्ठ नागरिकहरुको अवस्था राम्रो हुँदैन । "मै खाऊँ  मै लाऊँ" सोच्नेले अरूका समस्याबारे के सोच्न सक्छन् र ? त्यसैले त्यस्ता समाजमा ज्येष्ठ नागरिकहरुले दुर्दशा भोग्नु परेको हुन्छ । कहिले काल आउला र दुःखबाट छुटकारा पाइएला भनी उनीहरु सुस्केरा हालि रहेका हुन्छन् । टाढा जानु पर्दैन, हाम्रै नेपाली समाज हेर्‍यो भने थाह भइ हाल्छ, हाम्रा ज्येष्ठ नागरिकहरुले कति कठिन जीवन भोगि रहेका छन् भनेर । हिँड्न नसक्ने उमेरमा बाँच्नका लागि गह्रुँगो भारी बोकि रहेका, स्याँस्याँ गर्दै खेतबारीका काममा दलिइ रहेका, कुप्री परेका ढाडमा दाउरा घाँसका बिटा बोकेर उकाली ओराली गरि रहेका तथा एक गाँसका निम्ति  गिटी कुटि रहेका र गैँटीबेल्चा चलाइ रहेका कैयन् ज्येष्ठ नागरिक यहीँ छन् । कतिपय सन्तान हुनेहरुले नै पनि सन्तानबाट स्याहार सम्भार नपाई पीडित हुनु परेको अथवा अरूका संरक्षणमा वृद्धाश्रममा दिन गुजार्नु परेको छ भने सन्तान नहुनेका पीडा त झन् कति छन् कति ? बिरामी हुँदाका बखत खानाको कुरा त छाडि दिऊँ,एक घुड्को पानीका लागि पनि तड्पिँदै  उनीहरु वेदनामा बाँच्न विवश छन् । व्यक्तिवादी समाज कति निष्ठुर हुन्छ भने त्यसले आफ्नै बाबुआमा तथा हजुरबा हजुर आमालाई पनि बोझका रूपमा लिएर पीडा दिइ रहेको हुन्छ । 'बाबु फाल्ने डोको' लोककथाको छोरो पात्रतिर दृष्टि लगाए प्रस्ट हुन्छ, कसरी आफनै बाबुलाई घरको भार ठानेर डोकामा हाली बोक्तै लगेर भिरबाट खसाउन छोरो उद्यत भयो भनेर । यी विडम्बनामाझ गुज्रेका ज्येष्ठ नागरिकको जीवनमा परिवर्तन ल्याउन नितान्त आवश्यक छ । सम्भवतः मन मोहन अधिकारीको सुधार त्यतैतिर लक्षित थियो । वरिष्ठ नागरिकहरुका लागि वृद्धभत्ताको कार्यक्रम लागु गरेर उनीहरुको हृदयको जलनमा मलम लगाउने काम उनले गरेका थिए । यसले ज्येष्ठ नागरिकहरुलाई हेर्ने दृष्टिकोणमै ठुलो परिवर्तन ल्याइ दिएको छ । यसभित्र महत्त्वपूर्ण जीवन दर्शन लुकेको थियो र त्यो समाजवादी चिन्तनबाट प्रभावित थियो ।  त्यो ज्येष्ठ नागरिकहरुप्रति मानवीय व्यवहार आमन्त्रण गर्न आएको थियो । त्यसैले कैयन्‍ले टिप्पणी गरे, दुईचार सय भत्तामा त्यसको मूल्य सीमित छैन, त्यसको मूल्यको आकलन ज्येष्ठ नागरिकलाई समाजमा हेरिने दृष्टिकोणमा आएको परिवर्तनमा  गरिनु पर्छ ।

                ज्येष्ठ नागरिकहरु अर्थात् ६० वर्ष पुगेका नागरिकहरुलाई कम्युनिस्ट मुलुकमा गोली ठोकिन्छ भन्ने प्रचारलाई पनि एकताका निकै तेज पारिएको थियो । चुनाबमा मत बटुल्ने दृष्टिले गरिएको सो प्रचारबाजीले एक्काइसौँ शताब्दीका जनताको बुद्धि भुट्न सम्भव छैन भन्ने कुरा नेपालका चुनाबी परिणामहरुले सिद्ध गरि दिए । बरु समाजवादीहरु सामाजिक सुरक्षाका पक्षपाती हुन् भन्ने कुरा चेतनशील समुदायले बुझ्दै र फिँजाउँदै गयो जसको परिणामस्वरूप आजको नेपाली चेतना निर्माण भएको छ । छिमेकी जनवादी गणतन्त्र चीन र अन्य समाजवादी मुलुकहरुका अनुभवबाट पनि धेरै कुरा मान्छेहरुले थाह पाए ।
                 चीनमा ज्येष्ठ नागरिकहरुले सामना गरि रहेका समस्या कसरी समाधान गर्ने भनी विशेष चिन्ता र चासो लिइएको पाइन्छ । त्यहाँ परिवार, स्थानीय समुदाय र सिङ्गो समाजको संयुक्त प्रयासमा ज्येष्ठ नागरिकहरुलाई सहयोग पुर्‍याउने सञ्जाल निर्माण गर्नेतिर पाइला चालिएको पाइन्छ । त्यसका माध्यमबाट ज्येष्ठ नागरिकहरुलाई औषधोपचार गर्ने, अध्ययन र मनोरञ्जनद्वारा एक्लोपना त्याग्न मद्दत पुर्‍याउने तथा सेवा निवृत्तिपछि उनीहरुको ज्ञानको सदुपयोग गरी समाज सेवालाई निरन्तरता दिन प्रेरित गर्ने प्रयास भएका पाइन्छन् । ज्येष्ठ नागरिकहरुको सार्वजनिक गतिविधिमा बढी सहभागिता तथा साथीसँगाती, इष्टमित्र र नातापाताका व्यक्तिहरुसँगको नियमित भेटघाटमा पनि त्यहाँ विशेष जोड दिइएको देखिन्छ । त्यहाँ परिवारप्रतिको उनीहरुको दायित्व पुरा गर्ने तथा स्वस्थ मानसिक चिन्तनलाई जीवन्त तुल्याइ रहन मन बहलाउने कामहरुको चाँजोपाँजो पनि उनीहरुका लागि आवश्यक  ठानिएको पाइन्छ ।
                चीनका अतिरिक्त उत्तर कोरिया, भियतनाम र लाओस जस्ता एसियाका समाजवादी मुलुकहरु र क्युबाका साथै हिजोको सोभियत सङ्घ, युगोस्लाभिया, अल्बानिया र पूर्वी युरोपका मुलुकहरुका अनुभवहरुले पनि समाजवादी मुलुकहरुमा ज्येष्ठ नागरिकहरुका अनुभव, भावना र चाहनाको विशेष ख्याल गरिन्छ भन्ने कुरा जग जाहेर गरेका छन् । समाजवादी मुलुकका ज्येष्ठ नागरिकहरुको संरक्षण, सुरक्षा, खानपान, बासोबास आदिमा राज्यले प्रदान गर्ने सुविधा अन्य मुलुकका तुलनामा उल्लेखनीय रहेकै कारण आज पनि समाजवाद पतन भएका मुलुकका ज्येष्ठ नागरिकहरु देवकोटाको 'शाकुन्तल'को कोइलीले सूर्य दक्षिण लाग्नाले बेहोरे जस्तो चिसो बेहोरि रहेका छन् र कोइलीले उत्तर फर्कने दिनको प्रतीक्षा गरेर वसन्त ऋतुको स्मरण गरे झैँ उनैको यस पङ्क्तिको स्मरण गरि रहेका छन्‍, "फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।"
             समाजवादी समाज ज्येष्ठ नागरिकहरुबाट गुणस्तरीय सामुदायिक सेवा प्राप्त हुने कुरामा विश्वस्त छ । जीवनको लामो यात्रा पार गर्दा उनीहरुले पार गरेका गौँडा गल्छेडा र उकाली ओरालीका अनुभवबाट समाजले विशेष मार्ग दर्शन प्राप्त गर्दछ भन्ने ऊ ठान्दछ । किसान, मजदुर होओस् वा व्यापारी, उद्योगी ;  शिक्षक, डाक्टर, इन्जिनियर, वकिल  होओस् वा निजामती कर्मचारी, सेना, प्रहरी अथवा अन्य कुनै सेवा ; सबैसित आआफ्ना क्षेत्रका विशिष्ट अनुभव सञ्चित हुन्छन् । ती ज्ञानका भण्डारबाट समाज विशेष रूपमा लाभान्वित हुन सक्छ । कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको त्यसै कहाँ भनिएको हो र ? ज्येष्ठ नागरिकहरुले कुनै बोझ महसुस नगर्ने ढङ्गले  उनीहरुको ज्ञानसिपको प्रयोग समाजका हितमा हुन सक्छ । समाजमा स्वस्फूर्त रूपमा त्यसको प्रयोग भइ रहेकै हुन्छ भने त्यसलाई अझ व्यवस्थित, मर्यादित र स्वाभिमानको शिर उँचो हुने किसिमले  समाजवादी समाजले सदुपयोग गरेको पाइन्छ । ज्येष्ठ नागरिकहरु आफ्नो क्षमता र प्रतिभाको कदर हुने वातावरण पाउँदा खुसीले रमाएका पाइन्छन् ।
           ज्येष्ठ नागरिकहरुको रुचि अनुसारको भ्रमणका आयोजनाहरु गरेर पनि उनीहरुको जीवनको उत्तरार्ध काललाई सार्थक पार्ने प्रयत्न गरिएको पाइन्छ । नेपालमा नेकपा(एमाले)ले ज्येष्ठ नागरिकहरुको भ्रमणको हरेक वर्ष आयोजना गरेर उनीहरुमा उत्साह जगाउने काम गरेको छ । देशका विभिन्न भागमा आफ्ना दौँतरीहरूसँग घुम्न पाउँदाका उनीहरुका अनुभूति साँच्चीकै सुन्न लायक छन् । समाजवादी मुलुकहरुमा यस्ता भ्रमणका विभिन्न आयोजनाहरु गरिन्छन् । उनीहरुका मनोरञ्जनका लागि नानावली खेलकुदहरुको सञ्चालन पनि गरिएको पाइन्छ ।
             बुढेसकालमा ज्येष्ठ नागरिकहरुलाई थरी थरीको सहयोगको खाँचो पर्दछ । कमाइ नहुनेहरुका लागि पेन्सन दिएर, बिरामीका लागि अस्पतालमा निःशुल्क सेवा प्रदान गरेर, बस्नका लागि सुविधाजनक आवासको व्यवस्था गरेर, यात्रामा छुटको व्यवस्था गरेर, मनोरञ्जन र विचार विमर्शका लागि उचित अवसर प्रदान गरेर तथा स्याहारसुसारका लागि सहयोगीको व्यवस्था गरेर यस धर्तीमा उनीहरु बाँच्न र रम्नलायक वातावरण सिर्जना गरिनु पर्दछ । जति उनीहरु  सुरक्षित भए उति बढी लाभ समाजले प्राप्त गर्न सक्छ । परिवार र समाजले उनीहरुलाई भार होइन वरदान ठान्ने वातावरण सिर्जना हुनु पर्छ । यस दृष्टिले समाजवादी समाज नै सर्वश्रेष्ठ समाज हुन सक्छ भन्ने कुरामा कुनै दुबिधा छैन ।
               आजको समाजमा संयुक्त परिवारको पद्धति क्रमशः विखण्डित हुँदै छ र जागिर, पढाइ वा अन्य कामका सिलसिलामा परिवारका सदस्यहरु बाहिरिँदा घरमा वृद्धवृद्धाको हेरचाह गर्ने  व्यक्तिको अभाव पनि समस्या बन्न थालेको छ । अझ जिन्दगीभरिको कामबाट पनि केही सञ्चय गर्न नसकेका व्यक्तिहरुको उत्तरार्ध अवस्था झन् नराम्रो छ । अतः परिवार, समाज र राज्य ज्येष्ठ नागरिकका समस्याप्रति गम्भीर हुन अत्यावश्यक छ । "जसरी पनि कमाऊ अनि खाऊ, पिऊ र मोजमस्ती गर"को आदर्श बोकेको साम्राज्यवादी समाजले ती समस्याको हल गर्ने उद्देश्य कुनै पनि हालतमा राख्तैन । यसर्थ समाजवादी समाजको निर्माणतिर हाम्रा पाइला जति अगाडि लम्किन सके उति ज्येष्ठ नागरिकहरुका दिन सहज रूपमा बित्ने समय नजिकिने छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण