सरुमा रानी लोकगाथामा परिवेश चित्रण प्रा.डा. जीवेन्द्र देव गिरी ( लेखको सार - सरुमा रानी नेपाली लोक साहित्यमा एक चर्चित लोकगाथा हो । रानी सरुमा र उनका पतिले भोगेको घटनासँग सम्बन्धित यो लोकगाथा थापा र सुवेदी (२०४१) तथा पराजुली (२०४९) मा प्रकाशित छ । यसको परिवेश अर्थात् त्यति वेलाको देश, काल र परिस्थितिको वर्णन रोचक त छँदै छ, प्राचीन समयका कैयन् जानकारी समेत दिन सक्षम छ । यसले उहिलेको नेपाली समाज र भूगोललाई अङ्गीकार गरेको पाइन्छ । यस गाथाको परिवेशको वर्णनबाट हाम्रा पुर्खाहरु कस्तो परिवेशबाट गुज्रँदै आए भन्ने रोचक सूचना पाइन्छ । पानीछायाँलाई ऐनाका रूपमा हेरेर उमेरको अड्कल काट्नु पर्ने, आरु फुलेको देख्ता बर्खा लागेको र पैयुँ फुलेको देख्ता हिउँद लागेको थाह पाउनु पर्ने प्रस...