Posts

Showing posts from December, 2017

'सूक्ष्मदृष्टि'का लागि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीसँग गरिएको अन्तरङ्ग भलाकुसारी

'सूक्ष्मदृष्टि'का लागि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र       देव गिरीसँग गरिएको अन्तरङ्ग भलाकुसारी (परिचयः सुर्खेत सिम्ता काप्रीचौरमा जन्म भई वीरेन्द्र नगर १८ मूलपानीमा स्थायी बसोबास गर्नु हुने प्रा.डा.जीवेन्द्र देव गिरी हाल काठमाडौँ-३४ शान्ति नगरमा बस्नु हुन्छ । "सिम्तालीको भाषा वैज्ञानिक अध्ययन"मा विद्या वारिधि गर्नु भएका गिरी हाल नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव हुनु हुन्छ । भाषा, साहित्य, लोक साहित्य र पाठ्य पुस्तकसँग सम्बन्धित १५ वटा पुस्तक प्रकाशित गरि सक्नु भएका गिरी त्रि.वि. नेपाली केन्द्रीय विभागको सेवा निवृत्त प्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व भाषा विभाग प्रमुख पनि हुनु हुन्छ । उहाँ दर्जनौँ साहित्यिक सामाजिक सङ्घसंस्थासँग सम्बन्धित हुनुका साथै दर्जनौँ साहित्यिक पत्रिकाका सम्पादक पनि हुनु हुन्छ ।) प्रश्न १.यहाँलाई स्वागत छ सूक्ष्मदृष्टि साप्ताहिकमा । उत्तर – धन्यवाद छ सूक्ष्मदृष्टिका तर्फबाट अन्तर्वार्ताका लागि चाँजोपाँजो मिलाउनु भएकोमा । प्रश्न २. तपाईं प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव, हामीलाई बताइ

आचार्यको 'मच्छिन्द्र नाथको सवारी' : नेपाली लोककथाको महत्त्वपूर्ण कृति

             आचार्यको 'मच्छिन्द्र नाथको सवारी' : नेपाली लोककथाको महत्त्वपूर्ण कृति                     अर्घाखाँची जिल्ला मर्‍याङ-४ निवासी   राजेन्द्र कुमार आचार्यको सङ्कलन र लेखनमा 'मच्छिन्द्र नाथको सवारी' लोककथा सङ्ग्रह प्रकाशनमा आएको छ । नेपाली भाषा र साहित्यका क्षेत्रमा समर्पित लेखक आचार्यको 'केन्द्रीय नेपाली   शब्दकोश' (२०६० ) जस्तो उल्लेखनीय   कृति यसअगि नै प्रकाशित भइ सकेको हो । दुर्गमभन्दा दुर्गम ठाउँमा पुगेर शोधखोजका कार्य गर्ने र समाजलाई उपयोगी कृति सुम्पने आचार्यले आफ्नो   गम्भीर र उत्तरदायित्वपूर्ण लेखनको परिचय दिइ सक्नु भएको छ । प्रस्तुत कृतिका लागि पनि उहाँले नेपाली वाङ्मयमा डुबुल्की लगाउनुका साथै यहाँको भूगोलका अनेक फाँटहरु चहार्नु भएको छ । समाजमा छरिएर रहेका सामग्रीको मूल्य बुझ्ने र त्यसको जगेर्ना गर्दै समाजका पोल्टामा हालि दिने आचार्यको काम प्रशंसनीय र अनुकरणीय छ । प्रस्तुत कृति प्रकाशनको यस सुखद अवसरमा म उहाँप्रति हार्दिक बधाई तथा शुभ कामना व्यक्त गर्दै यो कृति समाजमा ज्ञानको विस्तार गर्न र   लोकप्रियता प्राप्त गर्न सफल हुने विश्वास व्य

मैले धूम्रपान किन छाडेँ

                                           मैले धूम्रपान किन छाडेँ                                     प्रा.डा.जीवेन्द्र देव गिरी म पहिले धूम्रपान गर्थेँ अर्थात् चुरोट, बिँडी, तमाखु र सुर्ती सेवन गर्थेँ । त्यसकै कारण अहिले खोकीको सिकार भएको छु र दमको पनि सम्भावना नजिकिँदै छ । सर्व प्रथम यसले मलाई म सात वर्षको छँदा आफ्ना फन्दामा पारेको थियो । म जन्मेको सुर्खेत जिल्लाको सिम्ता काप्रीचौर गाउँमा यसले मलाई पहिलो पटक बल्झाएको थियो । वि.सं.२०१५को चुनाब प्रचार गर्न हाम्रो गाउँमा आएका एक जना नेताजीलाई भेट्न मेरा बा जानु हुँदा म पनि सँगै गएको थिएँ । त्यहाँ नेताजीले गाउँलेहरुका निम्ति बिँडीका खोचीहरु राखि दिनु भएको थियो । मान्छेहरु बिँडी तान्दै धुवाँ उडाइ रहेका थिए । धुवाँ नाक र मुख दुबैतिरबाट निस्कि रहेको दृश्य मलाई   रमाइलो लाग्यो । मैले त्यहाँ त धुवाँ उडाइन तर सुटुक्क एकदुई वटा बिँडी झिकेर गोजीमा राखेँ । घरमा पुगेर बिँडी सल्काइ धुवाँ तान्ने अभ्यास गरेँ तर यो काम निकै कठिन लाग्यो । त्यसपछि म सुर्खेत उपत्यकाको मामाघरमा फर्केँ जहाँ मेरो स्कुले शिक्षा चल्दै थियो । त्यहाँ मैले बिँडी